र, श्वासप्रश्वासद्वारा अन्य स्वस्थ व्यक्तिहरुमा पनि क्षयरोगको सङ्क्रमण हुन्छ। यस किसिमको क्षयरोगका बिरामीको समयमै उपचार गरिएन वा उपचारमा हेलचेक्रयाइँ भयो भने तीन बिरामीमध्ये दुई बिरामीको चार वर्षभित्र मृत्यु हुने सम्बन्धित चिकित्सकहरु बताउँछन्।
डा. मल्लले भनेझैँ उपचार सेवा पुर्याउने चुनौती एकातिर छँदै छ भने उपचार सेवा पुर्याइएका स्थानमा बिरामीले औषधि नियमितरुपमा नखाएका कारण जटिल किसिमको एमडीआर र एक्सडीआर टीबीका बिरामीको संख्या बढेर चुनौती थपिएको छ। नेपाल क्षयरोग निवारण संस्थाकी डा. भावना श्रेष्ठ भन्नुहुन्छ- ?उपचारपश्चात् एक पटक निको भइसकेका बिरामीमा पुनः रोग बल्झिएको पाइएको छ। यसरी पुनः उपचारका लागि आउनेहरुमा एमडीआर टीबीका बिरामीले डट्स प्लस अन्तर्गत औषधि खाइरहेकोमा ६ जनामा एक्सडीआर टीबी पाइएको छ। एक्सडीआर टीबीका बिरामीका लागि खाने औषधि बनेको अझै नेपाल आइसकेको छैन।? जटिल किसिमको एक्सडीआर टीबीलाई ट्वाक्कै छुने खालको औषधि नेपालमा नभएका कारण एमडीआरका बिरामीले खाने औषधिमध्ये जुन औषधिले हुन्छ त्यही दिने गरिएको छ।
क्षयरोगको पहिचान र उपचारका दृष्टिले यो सामान्य मानिन्छ। औषधिको ठीक मात्रा पूरा अवधिसम्म खाने हो भने अधिकांश बिरामीको दुई महिनाभित्रमा नै खकार जाँच्दा नेगेटिभ देखिन्छ। फलस्वरुप खकारमा कीटाणु देखिंदैन। र, अन्य स्वस्थ व्यक्तिलाई कीटाणु सार्ने खतरा हुँदैन। तर यस रोगका बारे पूर्ण ज्ञान नपाएर बिरामीले औषधि बीचैमा छोड्ने र एचआईभी सङ्क्रमितहरुका कारण पनि क्षयरोगले जटिल रुप लिएपछि बिरामी मर्ने गरेको डा. भावना श्रेष्ठ बताउनुहुन्छ। नेपालमा डेढ घण्टामा औसत एक जना क्षयरोगीको मृत्यु हुने गरेको छ। सरकारी एवम् गैरसरकारी क्षेत्रबाट क्षयरोगको पहिचान र उपचारलगायत विविध कार्यक्रमहरु सञ्चालन गरिएको छ। तर ती सेवाहरु ग्रामीण भेगका क्षयरोगीको पहुँचसम्म पुगिसकेका छैनन्। फलस्वरुप मुलुकमा कति क्षयरोगी छन्, कति जनाले उपचार पाइरहेका छन् र कति जनालाई निको भयो भन्ने आधिकारिक र यकिन तथ्यांक छैन। राष्ट्रिय क्षयरोग केन्द्रकी निर्देशक डा. पुष्पा मल्लका अनुसार राष्ट्रिय क्षयरोग नियन्त्रण कार्यक्रमअन्तर्गत विभिन्न स्वास्थ्य संस्थामार्फत करिब ३५ हजार क्षयरोगीले निःशुल्क |