र, श्वासप्रश्वासद्वारा अन्य स्वस्थ व्यक्तिहरुमा पनि क्षयरोगको सङ्क्रमण हुन्छ। यस किसिमको क्षयरोगका बिरामीको समयमै उपचार गरिएन वा उपचारमा हेलचेक्रयाइँ भयो भने तीन बिरामीमध्ये दुई बिरामीको चार वर्षभित्र मृत्यु हुने सम्बन्धित चिकित्सकहरु बताउँछन्।
डा. मल्लले भनेझैँ उपचार सेवा पुर्याउने चुनौती एकातिर छँदै छ भने उपचार सेवा पुर्याइएका स्थानमा बिरामीले औषधि नियमितरुपमा नखाएका कारण जटिल किसिमको एमडीआर र एक्सडीआर टीबीका बिरामीको संख्या बढेर चुनौती थपिएको छ। नेपाल क्षयरोग निवारण संस्थाकी डा. भावना श्रेष्ठ भन्नुहुन्छ- ?उपचारपश्चात् एक पटक निको भइसकेका बिरामीमा पुनः रोग बल्झिएको पाइएको छ। यसरी पुनः उपचारका लागि आउनेहरुमा एमडीआर टीबीका बिरामीले डट्स प्लस अन्तर्गत औषधि खाइरहेकोमा ६ जनामा एक्सडीआर टीबी पाइएको छ। एक्सडीआर टीबीका बिरामीका लागि खाने औषधि बनेको अझै नेपाल आइसकेको छैन।? जटिल किसिमको एक्सडीआर टीबीलाई ट्वाक्कै छुने खालको औषधि नेपालमा नभएका कारण एमडीआरका बिरामीले खाने औषधिमध्ये जुन औषधिले हुन्छ त्यही दिने गरिएको छ।
क्षयरोगको पहिचान र उपचारका दृष्टिले यो सामान्य मानिन्छ। औषधिको ठीक मात्रा पूरा अवधिसम्म खाने हो भने अधिकांश बिरामीको दुई महिनाभित्रमा नै खकार जाँच्दा नेगेटिभ देखिन्छ। फलस्वरुप खकारमा कीटाणु देखिंदैन। र, अन्य स्वस्थ व्यक्तिलाई कीटाणु सार्ने खतरा हुँदैन। तर यस रोगका बारे पूर्ण ज्ञान नपाएर बिरामीले औषधि बीचैमा छोड्ने र एचआईभी सङ्क्रमितहरुका कारण पनि क्षयरोगले जटिल रुप लिएपछि बिरामी मर्ने गरेको डा. भावना श्रेष्ठ बताउनुहुन्छ। नेपालमा डेढ घण्टामा औसत एक जना क्षयरोगीको मृत्यु हुने गरेको छ। सरकारी एवम् गैरसरकारी क्षेत्रबाट क्षयरोगको पहिचान र उपचारलगायत विविध कार्यक्रमहरु सञ्चालन गरिएको छ। तर ती सेवाहरु ग्रामीण भेगका क्षयरोगीको पहुँचसम्म पुगिसकेका छैनन्। फलस्वरुप मुलुकमा कति क्षयरोगी छन्, कति जनाले उपचार पाइरहेका छन् र कति जनालाई निको भयो भन्ने आधिकारिक र यकिन तथ्यांक छैन। राष्ट्रिय क्षयरोग केन्द्रकी निर्देशक डा. पुष्पा मल्लका अनुसार राष्ट्रिय क्षयरोग नियन्त्रण कार्यक्रमअन्तर्गत विभिन्न स्वास्थ्य संस्थामार्फत करिब ३५ हजार क्षयरोगीले निःशुल्क औषधि सेवा पाइरहेका छन्। जुन कुल क्षयरोगीमध्ये ७० प्रतिशत हुन्। डा. मल्ल भन्नुहुन्छ- ?बाँकी क्षयरोगीले निजी अस्पतालबाट सेवा लिइरहेका हुन सक्छन्। या त औषधि उपचार नगरी घर बसेका हुन सक्छन्।? यस कुरालाई आधार मान्दा पनि करिब १५ हजार क्षयरोगीको अवस्था के-कस्तो छ, त्यो अन्योल छ। स्वास्थ्य मन्त्रालय चिकित्सा महाशाखा प्रमुख एवम् राष्ट्रिय क्षयरोग केन्द्रका पूर्वनिर्देशक डा. दीर्घसिंह बम सही तथ्यांक, उचित मूल्यांकन र सुपरीवेक्षण भए मात्र क्षयरोग नियन्त्रणमा सफलता पाइने बताउनुहुन्छ। उहाँ भन्नुहुन्छ- ?ग्रिन लाइट कमिटीको सिद्धान्तअनुरुप सबै क्षयरोगीका लागि अधिकारको रुपमा उचित व्यवस्था गर्नु जरुरी भइसकेको छ।? एमडीआर र एक्सडीआरको जटिलता सामान्य क्षयरोगको बिरामी अलि जटिल अवस्थामा पुग्यो भने एमडीआर र एक्सडीआरका रुपमा छुट्याएर उपचार गरिन्छ। डा. भावना श्रेष्ठका अनुसार रोग लागिसकेका व्यक्तिले निको पार्न लामो समयसम्म औषधि खानुपर्ने हुन्छ। तर औषधि खाएको केही महिनापछि बिरामीलाई आफू ठीक भएजस्तो महसुस हुने र औषधि बीचैमा छोड्दा पुनः रोग बल्झिन पुग्छ। औषधि खाँदाखाँदै बीचैमा छोडेका बिरामीको रोग बल्झेपछि पुनः उपचार गर्दा औषधिलाई क्षयरोगका कीटाणुले पचाइदिने (Drug Resistance) भएकोले निको हुन गाह्रो हुन्छ। डा. श्रेष्ठ भन्नुहुन्छ- ?बिरामीको यो लापरबाहीले गर्दा ऊ स्वयम् निको हुन कठिन हुन्छ र क्षयरोग नियन्त्रणमा पनि जटिलता थपिन्छ। कतिपय अवस्थामा भने क्षयरोगको औषधि खाँदाखाँदै पनि उपचार असफल भएर एमडीआर भएको पाइएको छ। त्यस्तै क्षयरोगको उपचारपछि निको भएका व्यक्तिमा पनि पुनः रोग बल्झेर एमडीआर भएको देखिएको छ। यसबाहेक एमडीआरका बिरामीले हाच्छ्यूँ गर्दा होस् वा खोक्दा कीटाणुहरु श्वासप्रश्वासद्वारा सरेर स्वस्थ व्यक्तिलाई एकैचोटि एमडीआरसमेत हुने गरेको छ। पछिल्लो तथ्यांकअनुसार हालसम्म अधिराज्यभर ४ सय ३ जना एमडीआरका बिरामीहरु दर्ता भएका छन्। जसमध्ये सबैभन्दा धेरै मध्यमाञ्चलमा २ सय ३७ जना छन्। त्यस्तै पूर्वाञ्चलमा ४०, पश्चिमाञ्चलमा ५८, मध्यपश्चिमाञ्चलमा २९ र सुदूरपश्चिमाञ्चलमा ३१ जनाको पहिचान भएको छ। एक अध्ययनअनुसार क्षयरोगको औषधि कहिल्यै नखाएका २ दशमलव ९ प्रतिशतलाई एकैचोटि एमडीआर भएको पाइएको छ। १ हजार १ सय जना बिरामीमा गरिएको नमुना परीक्षणका आधारमा हेर्दा पहिले क्षयरोगको औषधि खाइसकेका मध्ये ११ दशमलव ७ प्रतिशतमा एमडीआर भएको अध्ययनमा उल्लेख छ। एमडीआर क्षयरोग भए/नभएको पहिचान गर्न नेपाल क्षयरोग निवारण संस्थाअन्तर्गत सञ्चालित जेनेटप ल्याबलाई मात्र विश्व स्वास्थ्य संगठनले मान्यता दिएको छ। संगठनको मान्यताको लागि राष्ट्रिय क्षयरोग केन्द्रको ल्याब प्रक्रियामा रहेको छ। उता एक्सडीआरका ६ जना बिरामीको पहिचान हुनुले क्षयरोग नियन्त्रण कार्यक्रमलाई अझ प्रभावकारी गराउनुपर्नेतर्फ सजग गराएको छ। डा. भावना श्रेष्ठ थप्नुहुन्छ- ?जहाँ क्षयरोगका बिरामी हुन्छन् त्यहाँ एमडीआर र जहाँ एमडीआरका बिरामी हुन्छन् त्यहाँ एक्सडीआरका बिरामी हुन्छन्।? डा. श्रेष्ठको यो भनाइलाई आधार मान्ने र खोजी गर्ने हो भने सामान्य क्षयरोगी, एमडीआर र एक्सडीआरका बिरामीहरुको संख्या झन् धेरै हुने सम्भावना बढी छ। राष्ट्रिय क्षयरोग केन्द्रकी निर्देशक डा. पुष्पा मल्ल विशेष गरी हिमाली र पहाडी जिल्लाका बिरामीलाई घरदैलोसम्म सेवा पुर्याउने चुनौती भएको बताउनुहुन्छ। उहाँ थप्नुहुन्छ- ?सहरी क्षेत्रको नदीकिनारका र सीमान्तकृत जनतालाई पनि कार्यक्रममा समेट्नु जरुरी देखिएको छ।? डा. बमका अनुसार एमडीआर अरुलाई सर्नमा र उपचार गर्नमा पनि बढी जटिलता हुन्छ भने निको नहुनमा पनि ठूलो भूमिका हुन्छ। क्षयरोगविरुद्धको डट्सजस्तै एमडीआरविरुद्धको डट्स प्लस पनि क्रमिकरुपमा विस्तार गरी घरदैलोसम्म उपचार सेवा पुर्याउनुपर्ने खाँचो रहेको डा. बमको कथन छ। डा. बम भन्नुहुन्छ- ?क्षयरोग लागेका व्यक्ति मर्न थाले भने उपचार गरे निको हुन्छ भन्ने कुरामा अविश्वास बढ्न सक्छ। यस कुरामा बेलैमा सचेत हुनु जरुरी छ।?
पुरानो रोग भए पनि नेपालमा वि.सं. २०१७ देखि क्षयरोगीको उपचार गर्ने बन्दोबस्त थालिएको पाइन्छ। तथापि ४ दशकपछि मात्र २०५७ सालमा मात्र अधिराज्यभर डट्स विधिबाट उपचार सुरु भएको थियो। राष्ट्रिय क्षयरोग नियन्त्रण कार्यक्रमअन्तर्गत सरकारले मुलुकका ९ सय ७७ वटा डट्स केन्द्र, ३ हजार १ सय १५ वटा उपकेन्द्रबाट क्षयरोगीलाई निःशुल्क औषधि प्रदान गर्दै आएको छ। रोगको पहिचान गर्ने आधुनिक व्यवस्थित ल्याबको विस्तारको पनि त्यत्तिकै आवश्यक छ। तर क्षयरोगीहरुलाई मात्र भर्ना गरी उपचार गर्ने नेपालमा एउटै मात्र कालीमाटी चेस्ट अस्पताल छ। यस किसिमको उपचार सेवालाई विस्तार गर्नुपर्ने माग बिरामीहरुको छ। त्यस्तै प्रतिकारात्मक सेवाअन्तर्गत क्षयरोगबारे जनचेतना अभिवृद्धिलाई अझ व्यापक गर्नुपर्नेमा जोड दिंदै क्षयरोग निवारण संस्थाकी कार्यक्रम संयोजक सगुन श्रेष्ठ भन्नुहुन्छ- ?रोग लुकाउने र औषधि बीचैमा छोड्ने प्रवृत्ति अझै छ। त्यसैले जनचेतनालाई अझ बढी प्रभावकारी बनाउनुपर्ने भएको छ।?
निदानात्मक, उपचारात्मक र प्रतिकारात्मक तीनै किसिमका सेवालाई एकसाथ विस्तार गर्न सकियो भने सहस्राब्दी विकास लक्ष्यअनुरुप क्षयरोग नियन्त्रण गर्न सकिन्छ। ?म क्षयरोग रोक्दै छु? भन्ने नारासहित मार्च २४ गते मनाइएको विश्व क्षयरोग दिवसलाई र्सार्थक बनाउन प्रत्येक व्यक्तिमा नाराको सन्देश पुर्याउनुमा नै दिवसको महत्त्व हुनेछ। |
| |
|
| |
Copyright 2003-2008 newsofnepal newsofnepal is the internet venture of Kamana Prakashan Samuha No content available in newsofnepal may be reused in anyway without written permission. |