Index

गैरकानुनी गर्भपतन गराउँदै मेरी स्टोप्स

पोलिएको उपचारमा कठिनाइ

निःशुल्क औषधि दुरुपयोगको खतरा
रोल्पामा असुरक्षित गर्भपतन कायमै

सूक्ष्म पोषक तत्त्व पूर्ति गर्ने विशेष प्रविधि

पिनासले पनि टाउको दुख्छ
अन्योलमा परेको सामुदायिक औषधि कार्यक्रम
छिटो सन्तान जन्माउनुको पीडा
कब्जियतले हुने एनल फिसर
तपाँइको ..... हामो डाक्टर
मासिक राशिफल
हेल्थथ न्युज
हेल्थ टिप्स

-.

 

छिटो सन्तान जन्माउनुको पीडा

धनवीर दाहाल/रुकुम

dhanbir_rukum@yahoo.com

बिहे गर्न कति उमेर पुगेको हुनुपर्छ भन्ने कुरा राम्रोसँग नबुझी कलिलै उमेरमा बिहे गरिदिनाले आमा शिशुको स्वास्थ्यमा अनेक किसिमका स्वास्थ्य समस्या आउने गरेको पाइएको छ। कानुनी दृष्टिले मात्र होइन, शारीरिक दृष्टिले पनि उमेर नपुगी विवाह गर्नु हानिकारक छ। केटीको उमेर १८ केटाको उमेर २१ वर्षको भएर गरेको विवाहलाई मात्र नेपालको कानुनले मान्यता दिन्छ। त्योभन्दा कम उमेरमा बिहे गरे बालविवाह ठहरिन्छ। रुकुममा एक स्थानीय बालिकाले १२ वर्षको उमेरमा बिहे गरिन्। कलिलो उमेरमा विवाह गर्दा हुने हानिसम्बन्धमा उनी एक उदाहरण पनि हुन्।

 

 १३ वर्षको उमेरमा पहिलो सन्तान १७ वर्षमा पुग्दा सन्तानकी आमा नै बनिन्। विवाह भएको एक वर्षछि १३ वर्षको कलिलो उमेरमा पहिलो बच्चा (छोरा) जन्मियो। तर दिन बाँचेर मृत्यु भयो। १५ वर्षा दोस्रो बच्चा -छोरी) को जन्म भयो। त्यो बच्चा नहुर्काउँदै एक वर्षको अन्तरमा अर्क बच्चा -छोरा) जन्मियो, तर जन्मेको १७ दिनभन्दा बढी बच्चाको ज्यान बच्न सकेन। १७ वर्षको उमेरसम्ममा उनका चार सन्तान जन्मे। दुईको मृत्यु भयो भने बाँकी दुई सन्तानलाई उनी हुर्काउँदै छन्। सानो उमेरमा बच्चा जन्माएका कारण स्वास्थ्य अवस्था दिन-प्रतिदिन बिग्रदै गएको उनकी आमा तिला देवकोटाले साधनालाई बताइन्। तिला भन्छिन्- छोरी दुब्लाउँदै गएकी छे, खाना पनि पहिलाको जस्तो खान्न।

खैरीकुमारीले रहरले नभएर बाध्यताले विवाह गरेको बताइएको छ। तर कस्तो बाध्यता हो भन्ने बारेमा उनको परिवारले नै केही बताउन चाहेको , उनी नै बताउँछिन्। छिमेकी गाउँ फेराका २८ वर्षीय विष्णुप्रसाद खनालसँग परिवारको सहमतिमा उनले प्रेमविवाह गरेकी हुन्। सानै उमेरमा विवाह गरे पनि उमेर पुगेर मात्र बच्चा जन्माउनुपर्ने कुराबारे आफूलाई केही थाहा नभएको उनले बताइन्। उनी भन्छिन्- यस्ता कुरा श्रीमान्ले थाहा पाउने हो। विष्णुप्रसाद भने आफ्ना आमाबुबाको नाति-नातिना हेर्ने रहर पूरा गर्न बच्चा जन्माएको बताउँछन्। १७ वर्षीया किशोरीको स्वास्थ्य बारेमा उनका परिवार कसैको ध्यान नगएको छिमेकीहरु बताउँछन्।

अहेव वसन्त देवकोटाले उनी मात्र होइन, जिल्लाका धेरै गाविसमा सानो उमेरमै बच्चा जन्माउने खैरीकुमारीहरु रहेको जानकारी दिए। बालविवाह हुनु सानोमा सन्तान जन्माउनुलाई अर्का स्वास्थ्यकर्मी पतिराम ओली चेतनाको अभाव भएको बताउँछन्। सरकारले जनचेतना जगाउने खालका कार्यक्रम सञ्चालन गर्नुपर्ने ओलीको सुझाव छ। जिल्ला अस्पतालमा चौबीसै घण्टा प्रसूति सेवा उपलब्ध छ। तर पनि गाउँमा अझै पनि जोखिमपूर्ण अवस्थामा घरमै बच्चा जन्माउने चलन कायमै रहेको छ।

अरुको देखासिकी आमाबाबुको बाध्यताले पनि सानै उमेरमा विवाह गरिन्छ। सानै उमेरमा गरेको विवाह अनि त्यसमाथि बर्सेनि बच्चा जन्माउनाले आमा बच्चाको ज्यान नै जोखिममा पर्ने डाक्टर श्याम विक बताउँछन्। सन्तान जन्माउने कुरा महिलाको शारीरिक विकासमा भर पर्छ। शरीरको विकास भए पनि सानो उमेरमा सन्तान जन्माउनु स्वास्थ्यका दृष्टिले राम्रो होइन। यसको असर तत्काल दीर्घकालीन रुपमा पर्छ।

जिल्ला अस्पताल रुकुमका प्रमुखसमेत रहेका डा. विकका अनुसार सानो उमेरमा बिहे गर्दा मातृशिशु मृत्युदर वृद्धि हुने, आङ खस्ने समस्या, शरीरको वृद्धिदर नहुने, आयु घट्नेलगायत विभिन्न रोगले संक्रमण गर्न सक्ने सम्भावना हुन्छ। दीर्घकालीनरुपमा पाठेघर र्झने समस्या पनि हुन सक्छ। सानो उमेरमा सन्तान जन्माउँदा रक्तश्राव हुने, रगत कम हुने, महिनावारी बदलिने, दुब्लाउँदै जानुका साथै रोग-प्रतिरक्षा प्रणाली कमजोर हुने अनेक रोग लाग्ने डा. विकले प्रस्ट पारे।

आमा शिशुको स्वास्थ्य राम्रो राख्न परिपक्व बच्चा जन्माउन, बच्चा हुर्काउन सजिलो हुनुका साथै पढाइलेखाइ गराउनमा आमाबुबालाई सजिलो हुने भएकाले पनि २० वर्षपुगेपछि मात्र बच्चा जन्माउनुपर्ने तथा अन्तर पारेर सन्तान जन्माउनुपर्ने स्वास्थ्यकर्मीको सुझाव छ।

 [Kamanaa] [Sadhana] [Nepal Samacharpatra] [Mahanagar]] [Contact Us]


Copyright 2003-2008 newsofnepal
newsofnepal is the internet venture of Kamana Prakashan Samuha
No content available in newsofnepal may be reused in anyway without written permission.