Index

गैरकानुनी गर्भपतन गराउँदै मेरी स्टोप्स

पोलिएको उपचारमा कठिनाइ

निःशुल्क औषधि दुरुपयोगको खतरा
रोल्पामा असुरक्षित गर्भपतन कायमै

सूक्ष्म पोषक तत्त्व पूर्ति गर्ने विशेष प्रविधि

पिनासले पनि टाउको दुख्छ
अन्योलमा परेको सामुदायिक औषधि कार्यक्रम
छिटो सन्तान जन्माउनुको पीडा
कब्जियतले हुने एनल फिसर
तपाँइको ..... हामो डाक्टर
मासिक राशिफल
हेल्थथ न्युज
हेल्थ टिप्स

-.

 

चिकित्सा क्षेत्रमा आक्रमणः बढ्दै धम्की चन्दाआतंक

िनेश गौतम

dineshnp@hotmail.com

तैंले डाक्टर दीक्षितलाई बचाइस्। खूब फूर्ति दिँदोरहेछस्। अहिले तँ ओम हस्पिटलबाट निस्केर अन्नपूर्ण नर्सिङ होम जाँदै छस्। तेरा छोराछोरी कहाँ पढ्छन्, त्यो सबै थाछ। हामीलाई सहयोग नगरे केटाकेटीको ज्यान खतरामा छ।कुख्यात आपराधिक समूह स्पाइडर ग्रुपका नाइके सन्दीप पाठकले धम्की दिएपछि वरिष्ठ शल्यचिकित्सक डा. सुनिलकुमार शर्माले सुटुक्क २० हजार रुपियाँ पुर्याइदिनुभयो।

तर मानवरगत चाखेको बाघले मानव नै खोजी गरेझैँ स्पाइडर ग्रुपका नाइकेले एक वर्षछि पुनः धम्क्यायो- डाक्टर हेमांग दीक्षितलाई गोली हान्ने हाम्रा केटाहरु जेल परेका छन्। तपाईंले चन्दा दिएर सहयोग गर्नुपर्यो।यसअघि पनि सहयोग गरेकोले पटक-पटक सहयोग गर्न नसक्ने बताए पनि अपराधी समूहको नाइकेले धम्क्याउन छोडेन। भोलिपल्ट फेरि उसको फोन आउँदा डा. शर्माले सहयोग गर्न सक्दिनँ, मलाई जे गर्ने हो गर्नुस् डराउँदिनँ भनेपछि नाइके पाठकले चेतावनी दिँदै फेरि धम्कीपूर्ण भाषामा भन्यो- ठीकै , तपाईंको त्यस्तो विचार भए हामी तपाईंलाई जुनसुकै बेला कारबाही गर्न सक्छौं।

नेपालका ठूला अस्पताल, नर्सिङ होम तिनीहरुमा कार्यरत चिकित्सकहरुसँग ठूलो रकम चन्दा माग्ने फिरौती असुली गर्ने स्पाइडर ग्रुपका नाइकेको अन्तिम वाक्यले डा. शर्मालाई पिरोल्नु अस्वाभाविक होइन। काठमाडौं मेडिकल कलेज तथा शिक्षण अस्पतालका प्रिन्सिपल डा. हेमांग दीक्षितलाई यस्तै लुटेरा समूहद्वारा हानेको गोली अप्रेसन गरी सफलतापूर्वक निकालेपछि डा. शर्मामाथि धम्की आउन थालेको हो। सोही अस्पतालका शल्यविभाग प्रमुखसमेत रहनुभएका डा. शर्मा भन्नुहुन्छ- परिवार , बालबच्चा छन्, स्ट्रेस परिहाल्छ। तर पनि कति दिनसम्म डराउने ? डराएर भएन। धम्की दिने हुन् कि भनेर डरायो भने बाँच्नै सकिँदैन। अगाडि बढ्नै सकिन्न नि। जे पर्छ त्यही टर्छ।

आपराधिक समूहको धम्की पाउनेमा काठमाडौंका वरिष्ठ शल्यचिकित्सक डा. सुनिलकुमार शर्मा एक्ला व्यक्ति होइनन्। काठमाडौंकै अन्य चिकित्सक विशेष गरी भारतीय सीमावर्ती क्षेत्रका अस्पताल, नर्सिङ होम त्यहाँ कार्यरत चिकित्सकहरुलाई असुरक्षित महसुस गराउने खालका धम्कीहरु आइरहेका छन्।

राजधानीलगायत मुलुकका मुख्य सहरहरुमा स्वास्थ्य सेवा दिइरहेका स्वास्थ्य संस्था चिकित्सकहरु भारतीय आपराधिक समूहका दुहुना गाई बन्न सक्ने सम्भावना बढेर गएको छ। रोगले थलिएका बिरामीलाई औषधोपचार गरी निको पार्ने चिकित्सकहरु स्वयम् चन्दा, धम्की, अपहरण आदिबाट पीडित बनी मुक्त हुने बाटो खोजिरहेका छन्। तथापि, तनावका बीच पनि सेवाभावनालाई छोडेका छैनन्।

थरी-थरीका धम्की

तपाईंले मिर्गौलाका धेरै बिरामीको जाँच गर्नुहुँदोरहेछ। हामीले खोजी गर्दा उनान्सय दशमलव नौ प्रतिशत तपाईं मिर्गौला तस्करीमा संलग्न हुनुभएको पाइयो। त्यो सबै बाहिर ल्याउँछौं। तपाईं त्यस्तो मान्छे होइन, तैपनि फस्नु भो। तर केही गर्न सकिन्छ नि। डिल गर्न सकिन्छ। १० देखि २० को बीचमा दिनोस्। हामी रोकिदिन्छौं।

मोबाइलमा अप्रत्याशितरुपमा आएको यो धम्कीपूर्ण बार्गेनिङले वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्लेलाई अचम्मित तुल्यायो। अधिकांश स्वास्थ्य पत्रकारलाई चिनेका डा. काफ्लेलाई धम्की दिनेले खोज पत्रकारिता ग्रुपको हवाला दिँदै भोलिपल्ट पुनः थर्कायो- हाम्रोबारे जान्ने प्रयास गर्नुभएछ। अब केही काम छैन। हामी फ्ल्यास गर्र्छौं। तपाईंको भनाइ के ?

डा. काफ्लेले चुनौती दिँदै केही दिन सक्दिनँ, सत्यतथ्य बाहिर ल्याउनुस्, फेस गर्न रेडी छु भनेपछि फोन आएको छैन। चिकित्सा पेसामा झन्डै अढाइ दशक बिताइसकेको यस अवधिमा उहाँलाई पत्रकारको आवरणमा पहिलो पटक धम्की आएको हो। राष्ट्रिय मिर्गौला उपचार केन्द्रका कार्यकारी निर्देशकसमेत रहनुभएका डा. काफ्ले भन्नुहुन्छ- सरकारीभन्दा बाहिर डाक्टरले काम गर्नु भनेको सेवा नभई कमाउनका लागि हो भन्ने धारणा बढेर गएको छ। तर हामी विचलित हुनु हुँदैन।

सरकारीभन्दा निजी स्वास्थ्य संस्था त्यसमा पनि नाम चलेका वरिष्ठ अनुभवी चिकित्सकहरु भारतीय आपराधिक समूहसँग मात्र नभएर स्वदेशकै अराजक समूहबाट पनि पीडित छन्। बागबजारस्थित एक नर्सिङ होममा कार्यरत चिकित्सक नाम उल्लेख नगरिदिन आग्रह गर्दै साधनासँग भन्छन्- पाँच लाख चन्दा दिनु पर्यो भन्दै आए। पाँच हजार दिएर बल्लतल्ल पठाएँ। त्यो को हो, नसोध्नुस्, तपाईं आफैं बुझनुस्।

चिकित्सा क्षेत्र अत्यन्त संवेदनशील, महत्त्वपूर्ण आस्थाको थलो मानिन्छ। तर त्यही आस्थाको थलोमाथि चन्दाका रुपमा होस् वा बिरामी मारेको आरोपमा होस्, स्वास्थ्य संस्था सञ्चालक चिकित्सकमाथि धम्की दिने नकारात्मक प्रवृत्ति बढेर गएको छ। हाडजोर्नी विशेषज्ञ डा. श्रीकृष्ण गिरी भन्नुहुन्छ- आक्रमण गर्ने वा धम्की दिएर नाजायज फाइदा लिने गिरोह बढेको छ।

चिकित्सकहरुमाथि विभिन्न ढंगले असुरक्षित महसुस गराउने खालका शृङ्खलाबद्ध क्रियाकलापहरु भइरहेकोमा चिन्ता व्यक्त गर्दै नेपाल चिकित्सक संघकी पूर्वअध्यक्ष एवम् परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालकी निर्देशक डा. सुधा शर्मा थप्नुहुन्छ- यस्तै हो भने चिकित्सकहरु हतोत्साही भएर मुलुकबाटै पलायन हुन सक्छन्।

चिकित्सकहरुले प्रतिवाद गर्नुपर्छ

नाम चलेका चिकित्सक एवम् स्वास्थ्य संस्थासमक्ष चन्दा नामका करोडौं रकम माग्ने नदिए अपहरण वा मार्ने धम्की आइरहेका छन्। तर यसबारेमा अधिकांश चिकित्सकहरुले कसैसँग नभनी चुपचाप सहेर बस्ने वा चन्दा दिएर समस्या पन्छाउने गरेको पाइएको छ। तर केही चिकित्सकहरु यसको भण्डाफोर गरी कारबाही गराउने प्रयासमा पनि लागेका छन्।

चिकित्सकहरुको पेसागत हकहित सुरक्षाका लागि गठित छाता संस्था नेपाल चिकित्सक संघमा धम्की दिएको भनी केही चिकित्सकले भन्ने गरेका छन्। संघका अध्यक्ष डा. चोपलाल भुषालका अनुसार धेरै चिकित्सकहरु धम्कीको आफैं समाधान गर्न खोज्छन्। डिप्रेसन मूडमा बस्छन्। केही समाधान ननिस्केपछि मात्र संघसँग हारगुहार गर्छन्। यही कारणले गर्दा पनि कति स्वास्थ्य संस्था तथा चिकित्सकलाई यस किसिमका बार्गेनिङयुक्त धम्की आएका छन् भन्नेबारे ठोकुवा गर्न नसकिने संघका अध्यक्ष डा. भुषाल बताउनुहुन्छ।

व्यक्तिगतरुपमा समाधान गर्न नसक्ने स्थिति भएपछि सीमावर्ती क्षेत्र नेपालगन्ज, वीरगन्ज राजविराजका विभिन्न अस्पताल तथा नर्सिङ होममा कार्यरत चिकित्सकहरुले सुरक्षाको व्यवस्था गरिदिन आग्रह गरेका छन्। संघका अध्यक्ष डा. भुषाल थप जानकारी दिँदै भन्नुहुन्छ- कति रकम मागिएको हो भन्ने बारेमा डाक्टरहरु केही भन्दैनन्। खालि धम्की आएको , सुरक्षाका लागि प्रधानमन्त्री वा सुरक्षा निकायमा भनिदिनु पर्यो भनी हामीलाई भन्ने गरेका छन्। भारतीय आपराधिक समूह मात्र नभई नेपालकै अराजक समूहले पनि चिकित्सकहरुलाई दुःख दिइरहेको उहाँको कथन छ।

आपराधिक समूहले केही समयअघिसम्म सताएको उल्लेख गर्दै ओम अस्पतालका अध्यक्ष डा. भोला रिजाल भन्नुहुन्छ- यस्तो कुरा कसलाई भन्ने ? राज्य निरीह छ। सुरक्षाको प्रत्याभूति दिनै सकेको छैन।

त्यस्तै काठमाडौंको अर्को एक नाम चलेको निजी अस्पतालका सञ्चालक डाक्टरका छोरालाई अपहरण गरिएपछि झन्डैं करोड रुपियाँ फिरौती रकम दिएर छुटाएको चर्चा चिकित्सा क्षेत्रमा व्याप्त छ। साधनासँग टेलिफोन सम्पर्कमा आएका ती चिकित्सकले भने- यसबारे केही बोल्न चाहन्न, जे भयो भइहाल्यो।

केही महिनाअघि राजविराज अञ्चल अस्पतालका चिकित्सक डा. मुरलीप्रसाद सिंहलाई भारतीय आपराधिक समूहले अपहरण गरेका थिए। फिरौती रकम दिएर छुटे पनि फिरौती रकमका बारे केही थाहा नपाएको समाचारस्रोतले बतायो।

आफूमाथि परेको समस्याका बारेमा कतै केही नभन्ने झमेला हुन्छ भनेर उजुरी पनि नगर्ने चिकित्सकहरुको प्रवृत्तिले आपराधिक समूहलाई झन् सजिलो भइरहेको चिकित्सक संघकी पूर्वअध्यक्ष डा. सुधा शर्माको कथन छ। उहाँको सल्लाह - कतै केही नभनी सुटुक्क चन्दा दिँदा आपराधिक समूहलाई जोगिन झन् सजिलो हुन्छ। चिकित्सकहरुले उजुरी गर्ने, मिडियाबाट प्रतिवाद गर्ने हो भने त्यस्तो समूह हतोत्साही हुन्छन्।

धम्की आएको एक साताभित्रै पत्रकार सम्मेलन गरेर जानकारी दिनुभएका मिर्गौला रोग विशेषज्ञ डा. काफ्ले भन्नुहुन्छ- मलाई हतोत्साही गराउने धम्की थियो, साथीहरुसँग सल्लाह गर्दा मिडियाबाट सपोर्ट लिन सुझाव पाएपछि पत्रकार सम्मेलन गरेर जानकारी गराएँ।

चिकित्सा क्षेत्रमाथि भइरहेका चन्दाआतंक, धम्की अपहरणका घटनाले चिकित्सकहरु असुरक्षित महसुस गरिरहेका छन्। चिकित्सकमाथि अनायास भएका शृङ्खलाबद्ध धम्कीले तनाव गराइदिएको छ। चिकित्सक स्वास्थ्य संस्था आफैंमा शान्त मानिन्छन्। तथापि लाखौं, करोडौंको चन्दाआतंक धम्कीले गर्दा चिकित्सकहरु पलायन हुने चिकित्सा क्षेत्रमा भएको ठूलो लगानी धराशायी बन्न सक्ने सम्भावना बढेको छ। चिकित्सा क्षेत्रले असुरक्षाको महसुस गरिरहेको अवस्थामा सरकार सुरक्षा निकायहरु पनि गम्भीर हुन जरुरी देखिन्छ। (फोटो संकलकः लेखक)

कसैलाई गोली, कसैलाई धम्की

हेलो स्पाइडर ग्याङको सन्दीप पाठक हुँ, तपाईं काठमाडौं मेडिकल कलेजको प्रिन्सिपल हुनुहुँदो रहेछ, मलाई करोड चाहियो भनी अज्ञात व्यक्तिले मलाई घरमा फोन गर्यो। मैले पनि प्रिन्सिपल मात्र हुँ, फाइनान्सियलतर्फ मेरो केही लाग्दैन भनेपछि चेयरम्यान सदस्यको फोन माग्यो। मैले दिइनँ। त्यसपछि चेतावनी दिँदै तिमीहरुका विद्यार्थीलाई एक-एक गरेर मारिदिन्छु भन्यो। चेयरमेनलाई सो रकम दिन भन्नका लागि मलाई भन्यो तर मेले मानिनँ।

त्यसको केही महिनापछि अज्ञात व्यक्तिले डा. बी राणालाई फोन गरेछ। फोनमा डा. राणाले अस्वीकार गरेपछि १५ मिनेटपछि रिसेप्सनमा फोन गरी बम राखिएको हल्ला फिँजायो। त्यसको एक वर्षछि डा. राणालाई मोटरसाइकलमा आएका व्यक्तिले गोली हानी भागे। त्यसपछि रिसेप्सनबाट चेयरम्यानको फोन पटक-पटक माग्दोरहेछ। एक दिन अचानक डेन्टल सर्जन डा. सगुनलाई धम्की दिएको रहेछ। २०६१ बैशाख २९ गते काठमाडौं मेडिकल कलेजतर्फ गइरहेको बेला बानेश्वर हाइटमा मेरो गाडीको दायाँबाट एउटा ट्याक्सी मोटरसाइकल गए।

ड्राइभरले गाडी हाँकिरहेकोले पत्रिका पढ्नमै केन्द्रित थिएँ। अचानक मेरो कारको पछाडिपट्टि झ्यालमा आवाज आयो। केही वस्तुले प्रहार भएजस्तो लाग्यो मेरो बायाँतिर आवाज आयो। टुक्रिएका शिशाहरु मेरो बायाँ हातभरि छरिए। मैले ड्राइभरलाई केही भन्न खोज्दै थिएँ, तर आवाज निस्केन। दायाँ काँधबाट आएको रगतले मेरो सेतो सर्ट भिजिरहेको देखें। कसले हान्यो मलाई, केही भेउ पाइनँ। ड्राइभरलाई तुरुन्त काठमाडौं मेडिकल कलेज लैजान भनेँ। मरजेन्सीमा राखेपछि त्यहाँबाट अप्रेसन कक्षमा लगियो। त्यहाँ डा. सुनिल शर्माको टिमले अप्रेसन गरी दुईवटा गोली बाहिर निकालियो। जे होस्, बाँचे।

बाँचेर घर फर्कें तर पछि डा. सगुनसँग चन्दा लिन जाने क्रममा स्पाइडर ग्रुपको एक सदस्य पक्राउ पर्यो। असुरक्षित महसुस भएपछि डा. सगुन विदेश जानुभएको छ। मलाई गोली हान्नेमध्ये जना पक्राउ परेपछि पनि पुनः फोन आयो। कति दिएँ त्यो नसोध्नुस्। सबै कुरा थाहा पाएझैँ गरी भन्ने रहेछन्। शायद उनीहरुमध्येको मान्छे सुधिर थापा भन्ने व्यक्ति यही ल्याबमा काम गर्ने रहेछ। मलाई गोली हानेपछि मलेसियातिर भागेको रे।

गतवर्ष काठमाडौंबाट राति सन्दीप पाठकको भाइ हुँ भन्दै अज्ञात व्यक्तिले पक्राउ परेका जनाको मुद्दा रद्द गर्न भन्यो। मैले मुद्दा लगाएको होइन, सरकारले गरेको हो, मैले भनेर केही हुँदैन भनेँ। स्पाइडर ग्रुपको मुख्य नाइके सन्दीप पाठक दिल्लीमा समातियो रे भन्ने सुनेको छु। बाँचे। दोस्रो जीवन पाएझैँ लागिरहेको छ।

(डा. दीक्षितसँगको कुराकानीमा आधारित)

 [Kamanaa] [Sadhana] [Nepal Samacharpatra] [Mahanagar]] [Contact Us]


Copyright 2003-2008 newsofnepal
newsofnepal is the internet venture of Kamana Prakashan Samuha
No content available in newsofnepal may be reused in anyway without written permission.