बेग्लै रंगशालाः दशरथ रंगशालामा आइतबार स्वर्गीय गिरिजाप्रसाद कोइरालालाई श्रद्धाञ्जली अर्पण गर्न उर्लेका नेपाली जनता।
तस्वीरः रवि मानन्धर/नेस
कोइरालाको अन्तिम बिदाइको शवयात्रामा लाखौं जनता
दशरथ रंगशालामा पूर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली अर्पण गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशी, पूर्वअध्यक्षद्वय प्रदीपकुमार श्रेष्ठ र विनोदबहादुर श्रेष्ठ, बीके श्रेष्ठ र प्रदीपमान वैद्यलगायतका उद्योगी व्यवसायी प्रतिनिधिहरू।
माथिबाट क्रमशः प्रधानमन्त्री माधवकुमार नेपाल स्वर्गीय गिरिजाप्रसाद कोइरालाको पार्थिव शरीरमा नेपाली राष्ट्रिय झन्डा ओढाउनुहुँदै । श्रद्धाञ्जलीका लागि आइपुग्नुभएका भारतीय सभामुख मीरा कुमार, वित्तमन्त्री प्रणव मुखर्जीलगायत अन्य भारतीय नेताहरू। बलिउड अभिनेत्री तथा नातिनी मनीषा कोइराला श्रद्धाञ्जली अर्पण गर्दै । शोकाकुल महिलाहरू। एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अन्तिम श्रद्धाञ्जली अर्पण गर्ने क्रममा । नेपाली कांगे्रसको झन्डा ओढाउँदै कांगे्रसका नेताहरू । दागबत्ती दिँदै कोइरालापुत्री सुजाता । तस्वीरहरूः रवि मानन्धर/प्रदीप श्रेष्ठ/उजोल डंगोल/पी.चन्द्र न्यौपाने/नेपाल समाचारपत्र