चेत खुल्यो कि ?



आफ्नो पहिलोे नेपाल भ्रमणका क्रममा मोदीले नेपालको जलस्रोतको अधिकतम उपयोगको प्रसंग जोड्दै थेगो नै बनाए ‘पानी और जवानी’। उनको पानी मोह अझै सेलाएको छैन। पानीको प्रसंग जोड्दै उनी भोलि नेपाल आउँदै छन्। भ्रमणका क्रममा उनले बहुचर्चित अरूण तेस्रो परियोजना शिलान्यास गर्दै छन्।

नेपाली समकक्षी ओली अस्ति दिल्ली पुग्या बेला पनि पानीकै प्रसंग जोडिएको थियो। त्यो बेला रेलमार्ग र जलमार्गले दिल्लीसँगको दूरी घटाउने चर्चा भएको थियो। अहिले जनकपुर मोदीमय भएको छ, उनलाई स्वागत गर्न प्रदेश नं २को ध्यान, चित्त र सम्पूर्ण स्रोत साधन परिचालन भएको देखिन्छ, सुनिन्छ।

वर्षा नजिकिँदै छ, वर्षा अवधिभर भारतीय सीमा क्षेत्रमा बनाइएका संरचनाका कारण हरेक वर्ष तराई जलमग्न हुन्छ। अर्थात् पानीले तराईलाई ठूलो दुःख दिन्छ, क्षति हुन्छ। त्यस्तो दुःख कष्टबारे मोदी प्रस्ट छन्, तर स्वागत सत्कारमा खटिनेहरू सडक, चोक अनि घर–घरमा कलश र घडामा फूल र पानीका साथ उनलाई स्वागत गर्न उर्दी जारी गर्दै हिँड्या छन्। डुबानको समस्या भुसुक्कै बिर्सिया छन्।

यो समस्या सम्झाउन÷बुझाउन बुधबार बिहान सबेरै ठूलै हावा हुरी जनकपुर र आसपासका क्षेत्रमा पुग्यो रे, ठूलै क्षति पनि भयो रे। भारतीय भूमि हुँदै भित्रिएको हावाहुरीले डुबान समस्याबारे बोल्ने चेत पनि खुलायो कि?

प्रतिक्रिया दिनुहोस्