|
दाँत
फोटो
खिच्दा भन्ने गरिन्छ- ँस्माइल प्लिज ।’ तपाईं हाँस्नलाई मुख
खोल्नुहुन्छ र दाँत देखाउनुहुन्छ । जब आफनो फोटो धुलाएपछि
हर्ेर्नुहुन्छ, तपाईंलाई लाग्छ- एउटा सुखी मानिस तपाईंलाई हेरेर
हाँसिरहेको छ। ती दाँत जति स्वस्थ देखिन्छन्, तपाईंको हाँसोको चमक पनि
त्यत्तिकै खुल्न पुग्छ । दाँत मान्छेका लागि धेरै कारणले महत्त्वपर्ूण्ा
छ । उचित ध्यान राखिएमा तपाईंको व्यक्तित्वनिर्माण र स्वास्थ्यका
दृष्टिकोणले पनि दाँत सहयोगी बनिरहेको हुन्छ । बलियो र स्वस्थ दाँतले
खाना राम्ररी खान मद्दत गर्छ, जसले तपाईंको स्वास्थ्य निखार्छ । दाँतले
तपाईंलाई स्पष्ट बोल्न मद्दत गर्छ। टिमिक्क मिलेको र टिलिक्क टल्केको
दाँतले अनुहारको सौर्न्दर्य पनि बढाइरहेको हुन्छ ।
शरीरका अन्य अंगजस्तै दाँतको
स्याहारसम्भारमा पनि ध्यान पुर्याउनुपर्ने हुन्छ । दाँतको सरसफाइलाई
ध्यान नदिने हो भने विभिन्न समस्या पनि आर्इपर्न सक्छन् । हाम्रो दाँतमा
एउटा यस्तो पत्र हुन्छ, जुन पातलो रूपमा टाँसिइरहेको हुन्छ । आफैंमा
त्यति नराम्रो नदेखिने भए यसले खानासँगसँगै कीटाणु र अरू पदार्थलाई
तान्न चुम्बकको काम गरिरहेको हुन्छ ।
जसरी खाना छरिएको ठाउँमा कमिलाहरू
देखिन्छन्, त्यसरी नै दाँतमा टाँसिएका खानामा पनि कीटाणुहरू झुम्मिन
पुग्छन् । खानाका अवशेष धेरै समय रहिरहँदा त्यसबाट केमिकल उत्पन्न हुन
गई दाँत सड्न जान्छ । अर्थात् दाँतमा प्वाल पर्छ, जसलाई क्यारिटी
भनिन्छ । विस्तारै गिजामा पनि असर पुग्छ। फलस्वरूप मुखमा असह्य पीडा
हुनुका साथै खाना खान पनि गाह्रो हुन्छ । दुखाइले अनुहार नै संकुचित
बनाउन थाल्छ, अनुहारको सुन्दरता खुल्न पाउँदैन ।
टुथपेस्टको
शुरुआत
पहिला-पहिला मानिसको उमेरवृद्धिसँगै
दाँतमा कीरा लाग्ने समस्या देखापथ्र्यो । त्यसबाट उत्पन्न हुने
दुखाइबाट बच्न उनीहरू दाँतै उखेलेर फाल्थे । पछि मानिसमा दाँत सफा
गर्नुपर्छ भन्ने कुराको महसुस भयो । दाँत सफा गर्न विभिन्न सामान
प्रयोग गर्न थाले । जस्तै- चक वा कोइला, कागतीको रस, नुन र महको पेस्ट
।
दन्तसमस्याको समाधान पाउन नयाँ-नयाँ
प्रयोग गर्दै जाँदा मानिसले १ सय वर्षघि मात्र अचूक सामग्रीका रूपमा
टुथपेस्ट र ब्रस बनायो । दोस्रो विश्वयुद्धताका दाँत माझने कामले निकै
प्रचार पायो । अमेरिकी सेनामा सबै सैनिकलाई दाँत माझनका लागि आवश्यक
पेस्ट उपलब्ध हुन्थ्यो । त्यसैको देखासिकी गरेर अरूले पनि दाँत माझन
सिके । पहिला टुथपेस्टको बट्टा धातुको हुन्थ्यो, अहिले थप आकर्ष बनाएर
विभिन्न रंगरोगन र ढाँचामा उपलब्ध छन् ।
दाँत स्वस्थ कसरी राख्ने ?
दिनमा कम्तीमा पनि दुइ पटक ब्रस गर्ने
गर्नुपर्छ ।
सकिन्छ भने खाजा वा गुलियो कुरा खाएपछि
पनि ब्रस गर्दा राम्रो हुन्छ। अगाडिपट्टकिो मात्र होइन, सबैतिरका
दाँतलाई भेट्ने गरी ब्रस चलाउनर्ुपर्छ। दाँत माझनलाई कम्तीमा पनि ३
मिनेट समय दिनर्ुपर्छ । टुथब्रस मुलायम हुनर्ुपर्छ, हरेक तीन महिनामा
टुथब्रस फर्ेर्नुपर्छ ।
दाँत कुल्ला गर्न पनि जान्नर्ुपर्छ र
त्यो निकै महत्त्वपर्ूण्ा काम हो । कुनै बेला ब्रस गरेर ननिस्किएको खाने
कुरा राम्ररी कुल्ला गर्दा पनि निस्कन्छ । दाँत माझिसकेपछि टुथब्रसलाई
राम्ररी पखाल्ने गर्नुपर्छ । हरेक दुइ वर्षा दन्तविशेषज्ञसँग सरसल्लाह
लिने, आफूले खाने-पिउने कुराको पनि विचार पुर्याउनर्ुपर्छ । फलफूल,
तरकारी र प्रशस्त पानी पिउनु दाँतका लागि फाइदाजनक मानिन्छ । अत्यधिक
तातो र अत्यधिक चिसो खानेकुरा पनि दाँतका लागि हितकर हुँदैन।
रफ भएको दाँतलाई सफा गर्ने, जसलाई
पलिसिङ या स्केलिङ भनिन्छ । प्लगेराइड पेस्ट प्रयोग गर्नुपर्छ, जसले
दाँतको इनामेललाई मेन्टेन गर्छ तर फलोराइड बडी भए दाँत सेन्सेटिभ हुन्छ
। डाक्टरको सल्लाहनुसार ब्लिचिङबाट पनि दाँत सेतो र सुन्दर बनाउन
सकिन्छ । दाँत सेन्सेटिभ अर्थात् इनामेल कम भएको अवस्थामा भने त्यसो
गर्नु हुँदैन। कडा केमिकलले इनामेललाई खराब गरिदिन्छ । ब्लिच तीन
प्रकारको हुन्छ- घरमै गर्न सकिने, क्लिनिकमा गर्ने अनि घर र क्लिनिक
दुवैतिर गर्न सकिने ।
त्यसो त नमिलेका दाँतलाई मिलाउन पनि
सकिन्छ । साना नमिलेका दाँतलाई समान आकारमा ल्याउन सकिन्छ । हिजोआज
सुन्दरताका लागि दाँतमा प्वाल पारेर हीरा राख्ने चलन पनि छ ।
दाँतमा प्रयोग हुन यी सबै तौरतरिकामा
केमिकलको प्रयोग हुने हुँदा मात्राको सही प्रयोगलाई विशेष ध्यान
दिनुपर्ने हुन्छ । त्यसका लागि विशेषज्ञको सरसल्लाह लिनु जरुरी छ ।
|