विषय सूच
) अग्रजकै मार्गमा रिया
) खोजी पहिचानको
) झांगिँदो सांगीतिक माहोल
) जलको स्वणिर्म काल
) सृष्टिको शिरमा मिस टिन
) बालगृहको स्पर्धामा पेमा विजयी
)

मिस नेवाः योगिता

) डेफ लेपर
) दाँत
) हिट्स अफ मन
)  हुईयाँ

 

 

 
 

 

 

देशको झन्डा नै फेर्नुपर्छ भनेर राजनीतिक आवाज उठिरहेका बेला राजनीतिक परिवर्तनसँगै फेरिएको नयाँ राष्ट्रगानलाई भने बेवास्ता गरिएको छ । राष्ट्रव्यापी स्पर्धा गर्राई दशौं हजार रचनाबाट दश महिना लगाएर नयाँ राष्ट्रिय गान त छानियो तर पुरानो राष्ट्रगानलाई जस्तो नयाँ राष्ट्रगानलाई र्सवव्यापी गर्ने प्रयास कतैबाट हुन सकेन । संविधानसभा र सदनबाटसमेत पारित गर्राई छानिएको राष्ट्रगानले राष्ट्रमै यथेष्ट स्थान र सम्मान पाउन सकेन । अरु त अरु हालै बंगलादेशमा सम्पन्न ११औं दक्षिण एसियाली खेलकुदमा सहभागी आठै देशका राष्ट्रगान बजाउने क्रममा समेत नेपालको पुरानै

राष्ट्रगान श्रीमान गम्भीर बजाएर चरम लापरबाही पर््रदर्शन गरियो । पुरानो राष्ट्रगान बज्नुमा नेपाली अधिकारीहरु भने एकअर्कालाई दोषारोपण गरेर पन्छिन खोजे । पहिलेको राष्ट्रगान हरेक औपचारिक समारोह र र्सार्वजनिक स्थलमा अनिवार्य रूपमा बजाउने गरिन्थ्यो । राष्ट्रगान बज्नासाथ सबै जना त्यसको सम्मानमा सिट-सिटबाट उठ्थे  तर नयाँ राष्ट्रगानमा त्यो परम्पराकै अन्त्य भएसरह भएको छ । हिजोआज देशकै सर्वोच्च राष्ट्रपति वा सरकारप्रमुखको आतिथ्यमा सम्पन्न हुने कार्यक्रममा समेत राष्ट्रगान बजाइन छोडेको छ ।

राष्ट्रगानका र्सजकलाई सम्मान र सुविधाको आशा

 नयाँ राष्ट्रगानका र्सजकद्वय व्याकुल माइला र अम्बर गुरुङ राज्यले आफूहरूलाई सम्मान र सुविधा उपलब्ध गराउनुपर्ने बताउँछन् ।

ँराष्ट्रगानको रचना गरेबापत धेरै ठाउँमा सम्मान पाइयो, थुप्रै कार्यक्रमको प्रमुख अतिथि वा अतिथि भइयो तर राज्यले भने वास्ता नगरेको महसुस भइरहेको छ’, रचनाकार व्याकुल माइला भन्छन्- ँभुटानको राष्ट्रगानका रचनाकारलाई राज्यमन्त्रीसरहको सुविधा दिइएको थियो रे झ् नेपालमा पनि सरकारले अभिभावकत्व ग्रहण गरेर केही न केही गर्नुपर्ने हो । राष्ट्रगानको रचनाकार र संगीतकारलाई राज्यले केही आधार दिनर्ुपर्छ ।’ राष्ट्रगानका र्सजकले वैयक्तिक फाइदाका लागि कतिपय अवसर लिन नमिल्ने भएकाले हैसियतमा बस्नका लागि भए पनि सरकारले सम्मान र सुविधा उपलब्ध गराउनुपर्ने व्याकुल बताउँछन् ।

संगीतकार अम्बर गुरुङ पनि राष्ट्रगान युग र राष्ट्रकै गीत भएकाले सरकारले सुविधा दिनुपर्ने ठान्छन् । ँराष्ट्रगान भनेको घरीघरी गाउने र बनाउने कुरा होइन । हामी पनि राम्रो अवस्थामा छैनौं । ठूलो अमाउन्ट नभए पनि एउटा सम्मान भए भावी पुस्तालाई समेत प्रोत्साहन हुन्थ्यो’, गुरुङ भन्छन्- ँदुइ जनालाई सम्मानस्वरूप सुविधा दिन र सानो रकम भए पनि भत्तास्वरूप दिन राज्यलाई कति नै ठूलो कुरा हुन्छ र - म त त्यही पनि ७० वर्षो बूढो भइसकें ।’

 

त्यसो त राष्ट्रिय झन्डै फेर्नुपर्छ भनेर आवाज उठाइरहेको एकीकृत नेकपा (माओवादी) सरकारको पालामा नियुक्त भएका माओवादी चलचित्रकर्मी चलचित्र विकास बोर्ड पदाधिकारीहरूले बोर्डको क्षेत्राधिकारमा नपर्ने भए पनि कमसेकम आफनो मातहतमा पर्ने सिनेमा हलमा भए पनि अनिवार्य रूपमा राष्ट्रगान बजाउनुपर्ने र गान बजेका समयमा सम्मानका खातिर दर्शकलाई सिटबाट उठाउनुपर्ने उर्दी जारी गरे । तत्कालीन बोर्डले नेपालभरका सिनेमा हलका लागि यो उर्दी जारी गरेको भनिए पनि अहिलेसम्म न कुनै हलमा त्यो उर्दी पुगेको छ, न त त्यसको कार्यान्वयन नै भएको छ । सूचना र सञ्चारको अत्यन्त निकट रहेका राजधानीकै हलहरूले समेत यो उर्दीको पालना नगरेपछि राजधानीबाट टाढा रहेका सिनेमा हल सञ्चालक त झन् यसमा गम्भीर हुने कुरै भएन । हलवालाहरू नयाँ राष्ट्रगान बजाउन तयार पनि छन् तर उनीहरूलाई डर छ, राष्ट्रगान बजाउँदा दर्शक उठिदिएनन् भने के गर्ने - त्यस अवस्थामा राष्ट्रगानको सम्मानको साटो अपमान हुनेछ ।

चलचित्र वितरक तथा प्रदर्शकहरूको संगठन नेपाल चलचित्र संघ वा राजधानी र मोफसलका हलले यस किसिमको कुनै आधिकारिक निर्देशन नआएको जनाएका छन् । राजधानीको जयनेपाल र कुमारी हलका सञ्चालक तथा नेपाल चलचित्र संघका महासचिव नकिम उद्दिनले छापामा यसबारेको समाचार पढे पनि लिखित वा अन्य किसिमको जानकारी नपाएको बताए । ँहामीले छापामा पढेको हो तर कहीँ-कतैबाट यस प्रकारको कुनै चिठीपत्र आएको छैन’, नकिमले भने- ँराष्ट्रवादको भावना हुनु पक्कै राम्रो कुरा हो तर राष्ट्रगान बज्दा दर्शक उठे-उठेनन्, त्यसको पोलिसिङ कसले गर्ने - गान बज्दा कोही उठिदिएन भने त्यो दर्ुभाग्यपर्ूण्ा हुन्छ ।’ नयाँ राष्ट्रगानको अडियो भिजुअल पनि कतैबाट उपलब्ध नभएको सम्बन्धित हल सञ्चालकहरूले जानकारी गराएका छन् ।

नेपाल चलचित्र निर्माता संघका निवर्तमान महासचिव तथा कार्यसमिति सदस्य केशव भट्टर्राईले यसलाई ँफेलियर भइसकेको कुरालाई ब्युँताउने प्रयास’ भनेका छन् । ँयो दूरदर्शी सोच भएन । राष्ट्रगान बजाउन निर्देशन दिनका लागि बोर्ड निकाय हो कि होइन त्यो पनि थाहा छैन’ -उनले भनेका छन् । त्यसै गरी निर्माता संघका अध्यक्ष अशोक शर्माले यसलाई ँसरकारले गर्नुपर्ने काम हो,  बोर्डले होइन’ भनेका छन् भने नेपाल चलचित्र संघका अध्यक्ष राजकुमार पोखरेलले राष्ट्रगान बजाउनका लागि जानकारी नआएको बताए । ँहामी राष्ट्रगान बज्दा त्यसको सम्मानस्वरूप उठिदिन सूचना बनाएर हलमा प्रसारण गर्न तयार छौं तर दर्शकलाई सिटबाट उठ्न करकाप गर्न सक्दैनौं’, पोखरेलले भने- ँयो कुरा सफल हुन्छ भन्ने नै लाग्दैन ।’

सबैजसो सिनेमा हलका सञ्चालक तथा कर्मचारीले यसबारे कहीँ-कतैबाट औपचारिक जानकारी नपाएको बताएका छन् । विश्वज्योति हलका एक कर्मचारीले भने- ँखै, हामीलाई कतैबाट केही खबर आएको छैन । त्यसैले राष्ट्रगान बजाइएको छैन ।’ गोपीकृष्ण मुभिजका म्यानेजर प्रदीप

 दाहालले पनि यसबारे अनभिज्ञता जाहेर गरे । ँखोइ, पत्र त आएको छैन । राष्ट्रगानको अडियो-भिडियो पनि छैन’ -उनले भने ।

यता नेपाली चलचित्रका दर्शकले भने चलचित्र विकास बोर्डले राष्ट्रिय भावना र राष्ट्रियताका लागि पहल गर्नु राम्रो भएको प्रतिक्रिया दिएका छन् । ँबरु यसलाई के गरी कार्यान्वयन गराउने त्यतापट्ट िलाग्नर्ुपर्छ’, दर्शकको भनाइ छ- ँपहिलेको राष्ट्रिय गानमा व्यक्तिप्रशंसा थियो र पनि भ्यालु दिइन्थ्यो । अहिले त झन् समग्र राष्ट्रको कुरा समेटिएको छ, राष्ट्रिय भावना छ । यस्तो राष्ट्रगानलाई सम्मानित हिसाबले प्रचारप्रसारमा ल्याउनुपर्छ ।’

बोर्डका तत्कालीन प्रवक्ता केपी पाठकले भने राष्ट्रगानप्रतिको सम्मान कायम गर्नका लागि नेपालभरका सिनेमा हललाई आग्रह गरेको बताए । ँराष्ट्रगानको मान राख्ने कुरामा सबैले आआप\mनो क्षेत्रबाट सहयोग गर्नुपर्छ’ -उनको भनाइ छ ।

बोर्डका वर्तमान अध्यक्ष अमर गिरी सिनेमा हलहरूमार्फत राष्ट्रगानको प्रवर्द्धन गर्ने सोचमा छन् । ँराष्ट्रगानको सम्मान र चल्तीका लागि हलहरूमा बजाउनर्ुपर्छ’, उनले भने- ँहामी सम्बन्धित हलहरूलाई राष्ट्रगान बजाउन र बजेको बेला सम्मानका लागि दर्शकलाई उठिदिन आग्रह गर्दै पत्राचार गर्ने योजनामा छौं । त्यो के-कसरी गर्न सकिन्छ भनेर गम्भीर विचारविमर्श गर्दै छौं ।’ गिरीले बोर्डको बैठकबाट निष्कर्षा पुगी हलहरूमा राष्ट्रगान बजाउने प्रावधान मिलाउने बताए । ँयसमा दुइवटा कुरा हुन्छन्- या त सम्बन्धित हलहरूले नै राष्ट्रगानको अडियो भिजुअल लिएर बजाउने या बोर्डले उपलब्ध गराउने’, गिरी भन्छन्- ँयो सबै कुराको टुंगोमा पुग्न हामी गम्भीरतापर्ूवक गृहकार्य र छलफल गरिरहेका छौं ।’

सिनेमा हलमा मात्र नभई राष्ट्रिय सभागृह, राष्ट्रिय नाचघर, नेपाल प्रज्ञाप्रतिष्ठानलगायतका सांस्कृतिक र सांगीतिक कार्यक्रम हुने हलहरूमा पनि कार्यक्रमको शुरुआतमा राष्ट्रगान अनिवार्य रूपमा बजाउनुपर्ने व्यवस्था छैन । जबकि तिनै हलहरूमा पुरानो राष्ट्रगान अनिवार्य रूपमा बजाउनुपर्ने नियम नै लगाइएको थियो । राष्ट्रिय नाचघरको सञ्चालक सांस्कृतिक संस्थानका महाप्रबन्धक नरेश पौडेल संस्थानले तत्काल गर्न लागेका दुइवटा कार्यक्रमबाट नयाँ राष्ट्रगान बजाउने परम्पराको थालनी गर्ने बताए । ँआफूबाट शुरू गरेपछि नै अरूलाई पनि भन्नु उपयुक्त र सरल हुन्छ । त्यसैले हामी हाम्रै कार्यक्रमबाट शुरूमा राष्ट्रगान बजाउने योजनामा छौं’, नरेशले भने- ँयहाँ त अचम्म छ, दौरासुरुवाल लगायो भने अर्कै नजरले हर्ेर्ने, राष्ट्रगान बजायो भने अर्कै सोच्ने । जबसम्म सोचमा विकास हुन्न तबसम्म राष्ट्रियताको कुरा पनि बुझिन्न ।’

 नयाँ राष्ट्रगानका रचनाकार व्याकुल माइला बोर्डले यस्तो निर्णय गर्नु स्वागतयोग्य भएको जिकिर गर्छन् । ँबोर्डले निर्णयगर्नु एउटा कुरा हो, कार्यान्वयनमा ल्याउनु अर्को कुरा हो । राष्ट्रगानको सीडी र भिजुअल हलहलमा पुग्यो-पुगेन, त्यो पनि अर्को कुरा हो’, व्याकुल भन्छन्- ँगणतन्त्रदिवसहरूमा बजिरहेको छ, विभिन्न विद्यालय र सुरक्षानिकायहरूमा बजिरहेको पाएको छु । बिहेको पार्टी ब्यान्डवालाले बजाएको देखेको छु । हलहरूमा पनि विस्तारै बज्ला भन्ने लाग्छ ।’

त्यसै गरी यसका संगीतकार अम्बर गुरुङले नयाँ राष्ट्रगानको प्रचासप्रसार र सम्मानमा राज्यले शुरूदेखि नै ध्यान नपुर्‍याएको महसुस गरेका छन् । ँमलाई तीनवटा कम्पोजिसनका लागि भनिएको हो, त्यो मैले बनाएर दिएँ । त्यसलाई कहाँकहाँ बजाउने भन्ने कुरा सरकारको हो तर राष्ट्रगानलाई सम्मान नगरेर राष्ट्रियता, नेपालीत्व भन्ने कुरा नै हराएकोमा दुःख लागेको छ’, गुरुङ भन्छन्- ँराष्ट्रगानलाई राष्ट्रिय पर्वहरूमा बजाएको राम्रो, मनोरञ्जन गर्ने ठाउँमा नबजाए पनि हुन्छ भन्ने सुनेको छु तर केही कालका लागि सकेजति ठाउँमा बजाएको राम्रो हुन्छ ।’

सरकारले भने सिनेमा हल र अन्य हलमा राष्ट्रगान बजाउनुपर्ने अनिवार्य व्यवस्थाका सम्बन्धमा सम्बोधन नगरे पनि सरकारी र अर्धसरकारी कार्यालयका औपचारिक कार्यक्रममा भने अनिवार्य रूपमा राष्ट्रगान वा धुन बजाउनुपर्ने व्यवस्था लागू गर्ने भएको छ । गृह मन्त्रालयले त्यस्ता कार्यक्रममा राष्ट्रगान वा धुन बजाउन अनिवार्य गर्नका लागि मातहतका कार्यालय, संस्थान तथा सरकारी स्वामित्व रहेका निकायलाई पत्राचार गर्न प्रस्ताव पेस गरेको छ । गृह मन्त्रालयका प्रवक्ता जयमुकुन्द खनालले सरकारका औपचारिक कार्यक्रमको शुरूमा राष्ट्रगान वा धुन अनिवार्य बजाउनका लागि प्रस्ताव गर्न लागेको बताएका छन् । ँकतिपयलाई नयाँ राष्ट्रगानका शब्द र धुन पनि थाहा छैन । राष्ट्रगान र धुनको देशभर प्रचार र सम्मान होस् भनेर यसलाई अनिवार्य गर्न प्रस्ताव गरिएको हो’ -उनले भने ।

मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएपश्चात् नयाँ राष्ट्रगान चयनका लागि राष्ट्रव्यापी रूपमा स्पर्धा गरिएको थियो, जसमा १ हजार २ सय ७२ जनाको रचना सरकारले पाएको थियो । तीमध्येबाट तत्कालीन सरकारले व्याकुल माइलाको रचनालाई चयन गरी संसद्बाट पारित गराएको थियो । व्याकुलको रचनामा न्ह्यु वज्राचार्य, नेपाली सेनाको ब्यान्ड र अम्बर गुरुङले ट्युन भरेका थिए । सरकारले संगीतसाधक गुरुङको ट्युन चयन गरेको थियो । गुरुङले राष्ट्रगानका लागि १२-१३ वटा ट्युन बनाएका थिए र तीमध्ये तीनवटा ट्युन सरकारलाई बुझाएका थिए । सरकारले तीन ट्युनमध्येबाट अहिलेको ट्युनलाई चयन गरेको थियो ।

 
 [Kamana] [Sadhana] [Nepal Samacharpatra] [Contact Us]


  ? Copyright 2003-2010 newsofnepal
Newsofnepal is the internet venture of Kamana News Publications
No content available in newsofnepal may be reused in anyway without written permission.