विषय सूच
) अग्रजकै मार्गमा रिया
) खोजी पहिचानको
) झांगिँदो सांगीतिक माहोल
) जलको स्वणिर्म काल
) सृष्टिको शिरमा मिस टिन
) बालगृहको स्पर्धामा पेमा विजयी
)

मिस नेवाः योगिता

) डेफ लेपर
) दाँत
) हिट्स अफ मन
)  हुईयाँ

 

 

 
 

मिस नेवाः योगिता

 महिला केवल मनले काम गर्छन् भन्ने दिन अब गए । अहिलेको जमानामा केटी मानिस पनि मन र मस्तिष्क दुवैबाट उत्तिकै बुद्धिमत्तापर्ूण्ा ढंगले सोच्न सक्षम छन् । केटा मान्छेको तुलनामा अहिलेको समयका केटी अझ दक्ष छन् ।’ नेवार भाषामा खर्रर यस्तो जवाफ दिएपछि ललितपुरको हरिसिद्धिकी १९ वष्ीया योगिता महर्जन पाँचांै मिस नेवाः घोषित भइन् । निर्णायक मण्डलका तर्फबाट सोधिएको ँकेटा मान्छेले दिमागले सोच्छन्, केटी मान्छेले मनले सोच्ने गर्छन् । अहिलेको सर्न्दर्भमा यो कुरा ठीक छ कि छैन’ भन्ने प्रश्नको जवाफमा असहमत हुँदै योगिताले स्पर्धा गरिरहेको मिस नेवाः कार्यक्रममा उपस्थित उल्लेख्य मात्राका महिला दर्शकलाई इंगित गर्दै भनेकी थिइन्- ँयसका लागि आजको यो कार्यक्रम नै एउटा राम्रो उदाहरण हो । यो प्रतियोगितामा प्रतियोगीहरू मन र मस्तिष्कबाट सोच्न सक्षम छन् । अहिलेका नारी दुवै कुराको प्रयोग गरी अगाडि बढिरहेका छन् ।’  उनी आफूसँगै अन्तिम स्पर्धाका लागि छानिएका उत्कृष्ट छ स्पर्धीलाई पछाडि पार्दै सो उपाधि आपनो बनाउन सफल भएकी थिइन् । योगितालाई मिस नेवाः २००८ आकाशा वज्राचार्यले मिस नेवाः २००९ को ताज पहिर्‍याइदिएकी थिइन् ।

नेप्लिज फेसनहोमद्वारा काठमाडौंमा आयोजित नेवार समुदायका युवतीबीचको पाँचौं मिस नेवाः २००९ मा ३५ स्पर्धीलाई पछाडि छोड्दै उनी पाँचौं संस्करणकी मिस नेवाः भएकी हुन् ।

सांगीतिक र सांस्कृतिक प्रस्तुतिका साथ सम्पन्न प्रतियोगितामा काठामाडौं, सामाखुसीकी सबिना डंगोल फर्स्ट र बानेश्वरकी एलिसा श्रेष्ठ सेकेन्ड रनरअप भएका थिए । प्रतियोगितामा भाइराजा तुलाधर, किशोर महर्जन, सुधीर खत्री, रबिन सायमी, डा. शिक्षिता श्रेष्ठ, केएम रञ्जितकार र कमलकेशरी तुलाधरको सातसदस्यीय निर्ण्ाायक मण्डलले बिनु मानन्धरलाई मिस ट्यालेन्ट, मनिका महर्जनलाई बेस्ट नेपालभाषा, शिखा श्रेष्ठलाई मिस चार्मिङ, सृष्टि श्रेष्ठलाई बेस्ट स्किन, एलिसा श्रेष्ठलाई बेस्ट डे्रस, बिपना श्रेष्ठलाई मिस प|mेन्डसिप, निकी महर्जनलाई मिस पर्सनालिटी, अनु मानन्धरलाई बेस्ट फोटोजेनिक, संगीता शाक्यलाई बेस्ट हेयर, सरू श्रेष्ठलाई मिस डिसिप्लिन, सञ्जु रञ्जितकारलाई बेस्ट स्माइल चुनेको थियो । त्यसै गरी नीलिमा शाही भिअर्स च्वाइस छानिएकी थिइन् ।

मिस नेवाः २००९ भएबापत योगितालाई नगद ५० हजारको चेक प्रदान गरिएको थियो । त्यसै गरी फर्स्ट र सेकेन्ड रनरअपलाई पुरस्कारस्वरूप क्रमशः ३० र १० हजार रुपियाँ प्रदान गरिएको छ ।

 

 [Kamana] [Sadhana] [Nepal Samacharpatra] [Contact Us]


  ? Copyright 2003-2010 newsofnepal
Newsofnepal is the internet venture of Kamana News Publications
No content available in newsofnepal may be reused in anyway without written permission.