विषय सूच
) अग्रजकै मार्गमा रिया
) खोजी पहिचानको
) झांगिँदो सांगीतिक माहोल
) जलको स्वणिर्म काल
) सृष्टिको शिरमा मिस टिन
) बालगृहको स्पर्धामा पेमा विजयी
)

मिस नेवाः योगिता

) डेफ लेपर
) दाँत
) हिट्स अफ मन
)  हुईयाँ

 

 

 
 

खोजी पहिचानको

 गाउँको विद्यालयमा ८-९ कक्षा पढ्दाखेरि नै कामना सिनेमासिक पढेपछि कलाकार बन्ने धोको पालेका शेखर खनाल अहिले कलाक्षेत्रमै स्थापित हुन संर्घष्ा गरिरहेका छन् ।नेपाल टेलिभिजनबाट नियमित प्रसारणरत चर्चित हास्य टेलिशंृखला झयाइँकुटी झयाइँमा हाल उनी कलाकार एवम् निर्देशकको जिम्मेवारी एकसाथ निर्वाह गरिरहेका छन् । ठूलो पर्दाको चलचित्र सारथिको समेत निर्देशन गर्न भ्याइसकेका उनलाई पछिल्लो समय झयाइँकुटीले नै चर्चामा ल्याएको छ । काकाको भूमिकामा प्रस्तुत गरेको ँम त छक्क परें’ थेगोमार्फ उनी आमदर्शकमाझ चिनिँदै छन् ।

झन्डै डेढ दशक भो, उनले कलापथमा पाइला टेकेको । ँसमय बितेको त पत्तै हुँदो रहेनछ’, उनले भने- ँहिजैजस्तो लाग्छ, काठमाडौं छिरेको र अभिनय गर्न थालेको ।’

प्रवेशिका परीक्षामा प्रथम श्रेणीमा उत्तीण् भएलगत्तै उनी नेपालगन्जको रात्रिबसबाट काठमाडौंतर्फहानिएका थिए, कलाकार बन्ने महत्त्वाकांक्षा पालेर । प्रसंग २०५२ सालतिरको हो । ग्रामीण स्कुलबाट प्रथम श्रेणीमा एसएलसी उत्तर्ीण्ा हुनु त्यति बेला चानचुने थिएन । त्यो स्तरका विद्यार्थी त्यतिखेर डाक्टर, इन्जिनियरको सपना मात्र देख्ने गर्थे तर शेखरमा सानैदेखि कलाकारिताको ज्वरो पस्यो । ँम भुवन केसीको फ्यान थिएँ त्यतिखेर, अहिले पनि छु’ -बाँके बलयपुरका स्थायी निवासी शेखरले सुनाए ।

कलायात्राका क्रममा तय गर्नुपर्ने कठिन संर्घष्ाबाट उनी पनि अछुतो रहन सकेनन् । प्रारम्भिक दिनमा भोग्नुपरेका संर्घष्ाका कथा त झन् प्रशस्तै छन् । के काम गरेनन् उनले - सर्वोच्च अदालतमा जागिर खाए तर सरकारी जागिरमा लामो समय रमाउन सकेनन्, कलाक्षेत्रमा स्थापित हुने लक्ष्य जो मनभित्र गुम्सिरहेको थियो । कलाक्षेत्रमा पहिचान स्थापित गर्नु थियो उनलाई । त्यसैले पूरै कलाकारितामै लागे। ँसमस्या र्टार्नका लागि मात्र जागिरे भएको थिएँ,’ उनले विगत स्मरण गरे- ँतर मेरो इच्छा त कलाकार बन्ने नै थियो ।’

कलाकार बन्ने धुनमा कहिले नेपाल टेलिभिजन त कहिले चलचित्रसम्बद्ध व्यक्तिहरूनिकट दिनहँु धाउँथे उनी । यसैबीच उनको भेट चलचित्र निर्देशक तथा लेखक मोहन निरौलासँग भयो । उनकै सल्लाह-सुझावमा कलायात्रामा अघि बढिरहे । निरौलालाई गडफादर मान्छन् शेखर । ँयहाँसम्म आइपुग्नु उहाँकै देन हो’, शेखरले भने- ँउहाँकै प्रेरणाले अघि बढिरहेको छु ।’ निर्देशक निरौलाकै पहलमा शेखरले चलचित्र बेइमानीमा सहायक निर्देशकको जिम्मेवारी बहन गर्न पाए ।

कलाकारिताकै क्रममा उनको भेट होचापुड्का कलाकार लोकनाथ ढकालसँग भयो । उनीसँगको संगतले होचापुड्कासम्बन्धी कथा लेख्न र फिल्म बनाउन प्रेरित गर्‍यो । ँत्यसपछि मैले सारथि बनाएँ’ -शेखरले सुनाए । यसअघि उनले नेपाल टेलिभिजनबाट प्रसारित एक्सक्युज मी नामक हास्य शंृखलाको समेत निर्देशन गरिसकेका छन् । त्यसमा अभिनय पनि गरे । हास्य कलाकार शिवशंकर रिजालसँग मिलेर लगातार चार वर्षगाईजात्रे क्यासेट निकाले । ती क्यासेटले राम्रै बजार पिटे । त्यसै दौरान विभिन्न स्टेज प्रोग्राम देखाउन उनी विभिन्न ठाउँ पुगे । शेखर बेलाबेलामा अन्य टेलिचलचित्रमा पनि आफ्नो अभिनयकला प्रस्तुत गर्दै आइरहेका छन् ।  ९० भागबाट शृंखला निर्देशकका रूपमा काम गरेको झयाइँकुटी झयाइँमा अहिले उनी पूरै निर्देशनको जिम्मेवारी सम्हालिरहेका छन् ।

शिखर नेपाल नामक संस्थाका अध्यक्ष उनी पछिल्लो समय विश्वकै होचा भनी दाबी गरिएका खगेन्द्र थापामगरलाई विश्वसामु चिनाउने अभियानमा लागेका छन् । पहिलो पटक खगेन्द्रलाई राजधानीमा ल्याएर र्सार्वजनिक समारोहमा सम्मान गर्ने उनै थिए । खगेन्द्रको नाउँ गिनिज बुक अफ वर्ल्ड रर्ेकर्ड्समा लेखाउने उनको ध्येय छ ।  खगेन्द्र थापा मगर प्रतिष्ठानका अध्यक्ष मीनबहादुर मगरको विशेष प्रयास र लव प्याकुरेलको परिकल्पना रहेको खगेन्द्रको बायोग्राफी प्रोफाइल डकुमेन्ट्री निर्देशन गर्दै छन् शेखरले अहिले । ँसगरमाथाको देशले चिनाएको नेपाललाई विश्वकै होचो व्यक्तिको नामले पनि चिनाउनेछ यो डकुमेन्ट्रीमार्फ’, उनले भने- ँयो डकुमेन्ट्रीले खगेन्द्रको नाम गिनिज बुकमा लेखाउन दबाब सिर्जना गर्ने अपेक्षा छ।’

यी सबै भएर पनि शेखर अझै पहिचानकै खोजीमा भौंतारिइरहेका छन् । आफूलाई निर्देशनमा दख्खल भएजस्तो लाग्ने तर पर्दामा देखिन पनि त्यत्ति नै मन लाग्ने भएकाले पनि आफू पर्दापछाडि हराइरहेको उनले ठानेका छन् । जे भए पनि यतिचाहिँ निश्चित छ- शेखरको यात्रा रोकिने छैन अनि त्यो यात्राले एक दिन उनलाई सफल पहिचान दिलाएरै छाड्नेछ ।           - टीएस

 

 [Kamana] [Sadhana] [Nepal Samacharpatra] [Contact Us]


  ? Copyright 2003-2010 newsofnepal
Newsofnepal is the internet venture of Kamana News Publications
No content available in newsofnepal may be reused in anyway without written permission.