विषय सूच
) अग्रजकै मार्गमा रिया
) खोजी पहिचानको
) झांगिँदो सांगीतिक माहोल
) जलको स्वणिर्म काल
) सृष्टिको शिरमा मिस टिन
) बालगृहको स्पर्धामा पेमा विजयी
)

मिस नेवाः योगिता

) डेफ लेपर
) दाँत
) हिट्स अफ मन
)  हुईयाँ

 

 

 
 

 

 हुईयाँ

पैसा कमाउने भए विराजलाई साइन गराउनुस्

हुइयाँलाई यो जासुसीको कामबाट दिक्दारी लागेको छ । लागेको छ- यो जासुसीको कामबाहेक अरू पनि केही नयाँ काम गरौंं । कुनै व्यापार वा व्यवसाय गरौं । व्यापार-व्यवसाय त गर्ने तर के गर्ने - हुइयाँ लामो समयसम्म रणभुल्लमा पर्‍यो । धेरै पछि आएर नायक विराज भट्टबाट प्रभावित भई हुइयाँ अब फिलिम बनाउने हो कि भन्ने सोचमा पुगेको छ ।

हुइयाँको सोच छ- एउटा फिल्म बनाउने घोषणा गर्ने । त्यसका लागि अरू केही गर्नुपर्दैन, खालि विराज भट्टलाई साइन गराए पुग्छ । विराजलाई फिट हुने खालको एउटा स्त्रिmप्ट तयार पार्‍यो, लगेर उनलाई सुनायो र टाइम मिलायो । टाइमसम्मको कुरा मिलेपछि एग्रिमेन्ट त गर्नुपर्छ । त्यसमा पनि हुइयाँको दमदार आइडिया छ, एग्रिमेन्ट गर्दा विराजलाई साइनिङ अमाउन्टबापत ५० हजार दिने । दुइ महिनापछि सुटिङ शुरू गर्नुपर्‍यो, कहिलेदेखि राखौं भनेर सोध्ने । अनि त उनले सुटिङका लागि डेट दिँदैनन् बरु साइनिङ अमाउन्टबराबर नै पैसा थपेर रकम फिर्ता दिनेछन् । दुइ महिनामै ५० ले अर्को ५० हजार तानिदिन्छ । भइएन त मालामाल झ् कसरी सम्भव छ रे - हत्तेरी, त्यति पनि थाहा छैन -

नपत्याए निर्देशक मदन घिमिरेलाई सोध्नोस् त । सुटिङ डेट माग्नासाथ विराजले उनलाई भनेका छन्- ँम तपाईंले दिएको ५० हजारमा अर्को ५० हजार थपेर १ लाख दिन्छु तर तपाईंको फिल्म खेल्दिनँ ।’ भएकै कुरा हो, यसपालि निर्देशक घिमिरे आपै+mले चलचित्र निर्माण गर्ने भए । उनले आफनो चलचित्र स्वाभिमानका लागि विराजलाई साइन गराए । विराजले लिखित सम्झौताअनुसार फागुन १४ गतेदेखि घिमिरेलाई समय दिनुपर्ने थियो । विराजले भने समयको सट्टा आफूले लिएको ५० हजारमा त्यति नै थपेर रकम दिने तर फिल्म नखेल्ने बताइदिए । लाग्छ- विराजले देखाएको बाटोमा हुइयाँ पनि किन नलाग्ने - कि कसो मिस्टर देहरादुन ?

 महराका पाहुनाको सत्कारमा

 माइक त पाउनै हुन्न, केही चलचित्रकर्मी नेपाली चलचित्रक्षेत्रको विकास-उन्नतिका लागि यसो गर्नुपर्छ, उसो गर्नुपर्छ भनेर बेस्सरी भाषण ठोक्छन् । हिजो नेपाली चलचित्रको उन्नतिका लागि नीति निर्माण गर्ने ठाउँमै पुगेका बेला पनि माखो नमार्नेहरूले पनि माइक भेटेपछि स्पिकर नै फुट्ने गरी ठूला-ठूला क्रान्तिकारी भाषण गरेको हुइयाँका लागि नयाँ कुरा होइन ।

तर यसपालि नेपाल चलचित्र कलाकार संघद्वारा आयोजित नेपाली चलचित्र उद्योग ः समस्या र समाधान विषयक अन्तरक्रिया कार्यक्रममा केहीले यस्तै क्रान्तिकारी भाषण गर्ने मौका गुमाएको देखेर हुइयाँलाई अचम्म लागेको छ । अन्तरक्रिया कार्यक्रममा सबैजसो चलचित्रकर्मी थिए । त्यसमा कांग्रेस र कम्युनिस्ट भन्ने कित्ताकित्तामा बाँडिएकाहरूको पनि जमघट थियो । तर यस्तै कित्तामा बाँधिएका माओवादी कमरेड चलचित्रकर्मीहरूलाई त्यहाँ नदेख्दा हुइयाँलाई आर्श्चर्य लाग्यो । सबैले आफूले जानेजति भाषण ठोके । हुने कुरा पनि बोले नहुने कुरा पनि बोले । झन्डै एक सय जना माओवादी चलचित्रकर्मीमध्येबाट कार्यक्रमस्थलमा एक जनालाई पनि नदेख्दा भने हुइयाँलाई दुःख लाग्यो । कमरेड कलाकारहरू कहाँ हराएछन्, हुइयाँका लागि चिन्ताको विषय थियो । हुइयाँले यसमा चिन्ताबाहेक अरू के नै गर्न सक्थ्यो र-

केही दिनपछि हुइयाँलाई थाहा भयो कमरेड कलाकारको परेसानी । त्यही कार्यक्रमकै दिन कमरेड युवराज लामालाई एकाबिहानै ँमेरो पाहुना लिन जानुस्’ भनेर माओवादी नेता कृष्णबहादुर महराले अराएछन् र उनी त्यहाँ जानुपरेछ । अरूले नबुझे पनि हुइयाँले बुझयो- कमरेड लामा महराको पाहुना लिन एअरपोर्ट लाग्नुपर्‍यो, अरू कमरेड कलाकार पनि त पार्टी काममा खटिए होलान् नि । हुइयाँ खुसी छ, युवराज लामा पर्ूवसञ्चारमन्त्रीको अत्यन्त नजिक रहेछन्, त्यसैले त पार्टी त्यत्रा मानिसलाई छोडेर महराले उनैलाई छानेका नि झ्

 नायिकाको दलालीका कुराले लफडा

 जियाले जस्तोसुकै र्समर्पणभाव देखाए पनि उनको सट्टा नायिका प्रिया रिजाललाई लिएर चलचित्र एउटा मान्छेको मायाको काठमाडांैंको एउटा सानदार रेस्टुराँमा शुभ मुहर्ूत गरियो । भद्रकाली मन्दिरमा पूजाआजा गरी मुहर्ूत समारोह गर्ने योजना भए पनि कसैले मन्दिरमा मुहर्ूत गरे समारोह नै बहिष्कार गर्ने भन्दै फोन गरेपछि अचानक सबै कार्यक्रम परिवर्तन गरी ककटेल र डिनरका साथ आयोजना गरिएको त्यस समारोहमा चलचित्रक्षेत्रभरिका मानिसको ताँती थियो । रक्सीको खोलो बगाइएको पार्टीे ताँतीमा नशाले मस्त थिए दुइ महिना मदिरा छोड्दै फेरि त्यति नै महिना लगातार मदिराले मातिने निर्माता-निर्देशक नरेश पौडेल पनि ।

हुइयाँले देख्यो- उनी मदिरा पिए पनि संयमित हुने प्रयासमा थिए । यो प्रयासमा उनी निकै हदसम्म सफल पनि थिए । एकाएक उनको नशाको पारो सायद चढ्न थाल्यो । हुइयाँले अनुसन्धान गर्‍यो- एकाएक नरेशको नशाको पारो कसरी बढ्यो - छोटो अनुसन्धानमै पत्तो लाग्यो- उनले पार्टी देखेछन् अर्का निर्माता-निर्देशक कृष्ण चापागाईंलाई । चापागाईंलाई देख्नासाथ उनको जोस बढेर आउन थाल्यो । एकअर्काका अत्यन्त विरोधी यी दुइ कसरी-कसरी नजिक-नजिक पुगेछन् । नजिकिनासाथ नरेश बम्किए- ँसाले तँ रेखा थापाको दलाल झ्’ आफूलाई मन नपर्ने सबैलाई यसो भन्ने गरेका नरेशले पहिलेभै+m फेरि त्यही शब्द दोहोर्‍याएपछि चापागाईंले पनि उनलाई अरुणिमा लम्सालको नाम जोडेर त्यसै भने । यसरी चापागाईं र पौडेलबीच निकै बेर भनाभन भयो । भनाभन मात्र भए त हुन्थ्यो, हानाहानकै स्थिति सिर्जना भयो । कार्यक्रम थियो मुहर्ूतको, अवस्था आयो मर्ुर्मुरिने । कता-कताबाट दुइ जना सञ्चारकर्मीले दुइ जनालाई दुइतिर पन्छाएर घटना साम्य पारे । नत्र भने दुःख पाउने त हुइयाँले नै थियो नि । पाठकलाई थाहै छ, हुइयाँ यसरी झैझगडा सहेर बस्नै सक्दैन ।

 जिया जेसुकै गर्न तयार

 भनाइ नै छ- बोल्नेको पीठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन । तर अब यो भनाइ केवल उखानमा मात्र सीमित भएको हुइयाँको ठम्याइ छ । बोल्नेको पीठो पनि बिक्छ भन्ने भनाइ सही हो भने नवनायिका जानकी अर्थात् जिया केसीको बोली पनि बिक्नुपर्ने हो ।

निर्देशक दीपक श्रेष्ठले चलचित्र हो यही हो मायामा ब्रेक दिई जानकी केसीबाट जिया केसी बनेकी झापाली युवतीको बोली यसपालि बिकेन । फिलिमको हिरोनी बन्ने उत्कट इच्छा बोकेर काठमाडौंतिर लागेकी जियालाई चलचित्र एउटा मान्छेको मायामा खेल्नका लागि सो चलचित्रको निर्माण युनिटले सर्म्पर्क गर्‍यो । एउटी नवयुवती जो हिरोनी बन्नकै लागि काठमाडौं आइन्, उनले दीपकबाहेकको अर्को एउटा चलचित्रमा पनि मुख्य भूमिकामा काम पाउने भइन् भनेर यो हुइयाँ हुनसम्म खुसी भयो । त्यो निर्माण युनिटले उनलाई आफनो चलचित्रमा खेलाइहाल्नेजस्तो कुरा गरेको देखेर जिया जति खुसी भइन्, त्योभन्दा बढी खुसी यो हुइयाँ भयो ।

हुइयाँलाई लाग्यो- अरूको कुरा निश्चित होस्-नहोस्, जियालाई सो चलचित्रमा काम दिने भने निश्चित छ । तर किन हो जिया भने यस कुरामा निश्चिन्त भएकी रहिनछिन् । त्यसैले दिउँसो मात्र कुरा भएको निर्माण युनिटलाई उनले बेलुकै फोन गरिन् । उनले फोन गरेर आफू सो चलचित्रका लागि जस्तोसुकै सिन दिन पनि तयार रहेको बताइन् । चलचित्रमा खेल्नकै लागि एउटी नायिकाले देखाएको यो र्समर्पणभाव देखेर हुइयाँ हुनसम्म खुसी भयो, निर्माणसमूह त झन् दंग नपर्ने कुरै भएन । यता जियाको र्समर्पणभाव बढ्दै थियो । उनले फोनमै भनिन्- ँमलाई साइन मात्र गराउनुस्, म तपार्इंले भनेको जे पनि मान्न तयार छु ।’ यो ँतयार’ लाई अत्यन्त जोड गरेर दोहोर्‍याइरहिन् । तर यो के - त्यो फिल्मको नायिकामा एकाएक प्रिया रिजाललाई पो साइन गराइयो बा झ् त्यसपछि हुइयाँलाई लाग्यो- नेपाली चलचित्रमा बोल्नेको पीठो त के चामल पनि बिक्न छोडेछ ।

 
 [Kamana] [Sadhana] [Nepal Samacharpatra] [Contact Us]


  ? Copyright 2003-2010 newsofnepal
Newsofnepal is the internet venture of Kamana News Publications
No content available in newsofnepal may be reused in anyway without written permission.