|
हिट्स
अफ
द
मन्थ
पूजनाको पोज
व्यक्तिगत
जीवनमा पूजा प्रधान, चलचित्र र मोडलिङक्षेत्रमा पूजना प्रधान अनि
अध्यात्मक्षेत्रमा पूजा स्त्री । एउटै युवतीका तीन-तीन परिचय । यस्तै
परिचय छ- नायिका पूजना प्रधानको ।
दुइ दर्जन चलचित्र र केही लोक तथा
दोहोरी गीतको म्युजिकभिडियो अनि विज्ञापनमा काम गर्दै जाँदा पूजाको
परिचय फेरिँदै गयो । स्वभाव र आनीबानी पनि फेरिँदै छन् । छोटा र
पारदर्शी कपडा लगाएर हट पोज दिने उनी अहिले संगतिमा लागेकी छिन् ।
त्यसैले पूजा र पूजना प्रधानबाट पूजना स्त्री भएकी छिन् । मारामार
फिल्म बनिरहेका बेला पूजना भने फुर्सदमा छिन् । तर भनिदिन्छिन्- ँम
जस्तो पायो त्यस्तो फिल्ममा काम गर्दिनँ । हिरोको हिरोइन भएर धेरै
फिल्म खेलियो, पावरफुल रोल भए मात्र खेल्छु अनि अबदेखि लोकगीतको
म्युजिकभिडियो पनि खेल्दिनँ ।’
बुझनेहरूले पूजनाका यी कुरालाई जसरी पनि
बुझन सक्छन् तर कुरा के हो भने लोकदोहोरीमा नखेलेका कारण पूजनाको
डिमान्ड घट्यो । त्यसैले उनले फिल्म पाउन छाडिन् । यस्तोमा जस्तो पाए
त्यस्तो फिल्ममा नखेल्नु पनि
ठीकै हो किनभने फिल्म पाए न खेल्ने हो । कि कसो मिस जय संगत -
सुगरिका सधैं मिस नेपाल
मिस नेपाल भएपछि अरूले हर्ेदा के-के नै
भएजस्तो हुने तर मिस नेपाल हुँदाको वर्षछि त्यत्तिकै चार्म हराउने पीडा
मिस नेपाल हुनेहरूलाई मात्र थाहा छ । यो पीडा मिस नेपाल सुगरिका
केसीलाई पनि राम्ररी थाहा छ । त्यसैले उनले सधैं मिस नेपालको मज्जा
लिइरहने जुक्ति लगाइन् ।
जुक्तिअनुसार सुगरिका पछिल्ला दिनमा
जिल्लाजिल्ला र गाउँगाउँ घुमिरहेकी छिन्, उद्घोषिकाका रूपमा । उत्सव
होस्, महोत्सव होस्, मेला होस् जुनसुकै प्रकारको कार्यक्रममा पनि
हिजोआज सुगरिका उद्घोषिकाका रूपमा देखिन थालेकी छिन् । नेपालमा मात्र
होइन, विदेशका कार्यक्रममा पनि उनी उद्घोषिकाका रूपमा प्रस्तुत हुन
थालेकी छिन् । एक त आय आर्जन पनि हुने, देशविदेश पनि घुम्न पाइने,
उद्घोषिका पनि हुन पाइने, सबैभन्दा ठूलो कुरा त मिस नेपाल भनाइरहन पाइने
। कार्यक्रम सञ्चालन गर्यो उद्घोषिकाका रूपमा अनि अरू कलाकार र
गायकगायिकासँगै मञ्चमा गएर नाच्यो मिस नेपालका रूपमा । यस्तो जुक्ति अरू
कोसँग होला र सुगरिकाबाहेक -
कसम
बाँधिएको दाह्री चट्
नयँँ संविधान नबनेसम्म दाह्रीजुँगा र
कपाल नकाट्ने कसम खाएका माग्ने बूढा केदार घिमिरेले अन्ततः दाह्री
काटेका छन् । नयाँ वर्षसन् २०१० को अवसरमा इजरायलमा भएको सांस्कृतिक
कार्यक्रममा परर्फमेन्स गर्न जाने क्रममा दाह्रीका कारण आतंककारीको शंका
हुने भएपछि केदारले नकाटी सुखै पाएनन् ।
नयाँ दिल्ली हुँदै इजरायल जाने क्रममा
नयाँ दिल्ली एअरपोर्टको सुरक्षानिकायले दाह्रीका कारण आतंककारीजस्तो
लाग्ने र यसकै कारण इजरायलले फर्काउने चेतावनी दिएपछि उनको झयाप्प बढेको
लामो दाह्री उनकै जोडी धर्ुर्मुस सीताराम कट्टेलले काटिदिएका हुन् ।
नयाँ दिल्लीका सुरक्षाकर्मीले उनको
दाह्रीलाई लिएर किचकिच गरेपछि उनीसँगै गएका सीताराम कट्टेल, कुञ्जना
घिमिरे, राजु परियार र रोज मोक्तानले केदारलाई दाह्री काट्न दबाब दिए ।
सबैले भने- ँआयोजकको बीसौं लाख खर्च भइसकेको छ । तपाईंको दाह्रीले गर्दा
हामीलाई फर्काइदियो भने के गर्ने -’ अरूले केदारको हात समाते,
सीतारामले च्याप्प समातेर सुइँसुइँ दाह्री काटिदिए। ँभौतिक रूपमा दाह्री
काटिए पनि मेरो आन्दोलन जारी छ । दाह्री काटे पनि कपाल त बाँकी छ झ्
संविधान नबनेसम्म कपाल मरिगए पनि काट्दिनँ ।’ कारण जे भए पनि आपै+mलाई
घोच्ने दाह्री चट् भयो, आनन्दै भयो । कि कसो मिस्टर माग्ने -
रामकृष्ण
भगवान्को शरणमा
रक-पप
विधाको गीत गायनबाट हालै मात्र हिट्स एफएम म्युुजिक अवार्ड पाएका गायक
रामकृष्ण ढकाल भक्तिसंगीततर्फ अगाडि बढेका छन् । हिजोका दिनसम्म सुगम
संगीतबाट नाम र दाम कमाएका ढकाललाई अहिले आएर लागेको छ कि आफनो नाम नै
भगवान् राम र कृष्णसँग जोडिएकाले भगवान्कै भजन गाउनर्ुपर्छ ।
यस्तो लाग्नासाथ रामकृष्णले गीतकार
कालीप्रसाद रिजालको भक्तिरचना लिएर भटाभट रर्ेकर्ड पनि गराइसकेका छन् ।
केही समयपछि नै उनको यो भजनसंग्रह बजारमा आउनेछ । यस्तै हो, मानिसले
जहिले पनि आफनो उमेर र समयअनुसार काम गर्नुपर्छ । जब प्रेम र रोमान्स
गर्ने उमेर थियो, उनले त्यस्तै गीत गाए। अब भगवान्को गीत गाउने बेला
भएछ । बरु एउटा कुराचाहिँ नढाँटी भन्नोस् त मिस्टर राम एन्ड कृष्ण,
भगवान् र धर्मप्रतिको आस्थाका कारण भजन गाउन थाल्नुभएको हो या आफना
पुराना शैलीका गीत चल्न छोडेर -
पहिले नाइँ अहिले हाई
प्रायजसो सुन्दरीहरू शुरूमा फिल्म
खेल्नु भनेको निकृष्ट काम हो भनेजस्तो गर्छन् । मोडल हुन् वा मिस नेपाल,
प्रायः यस्तै धारणा राख्ने गर्छन् । यसमा पर्ूव मिस नेपाल माल्भिका
सुब्बा पनि अछूतो रहन सकिनन् । मिस नेपालको ताज पहिरिएलगत्तै माल्भिकाले
भनेकी थिइन्- ँमलाई फिल्म खेल्ने इन्ट्रेस्ट छैन ।’ यो मोडलिङ र
फिल्मबीचको फरक नै यस्तै हो । जबसम्म मोडलिङ वा मिस नेपालको चमकदमक
रहन्छ, फिल्मपट्ट िहर्ेर्नै मन नलाग्ने । मोडलिङ र मिस नेपालको सान वा
रौनक हराउँदै गएपछि आफसेआप फिल्म खेल्न मन लाग्ने । सायद माल्भिका
मिसलाई पनि त्यस्तै भयो ।
मिस नेपाल र भिजेको चार्म सकिँदै गएपछि
उनी अचानक गड लिभ्ज इन द हिमालयमा देखिइन् । त्यो फिल्मले उनलाई बलिउडको
रेडकार्पेट प्रिमियरसम्म पुर्यायो । गड लिभ्ज इन द हिमालयले बलिउडको
रेडकार्पेटसम्म पुर्याएपछि र यसबाट चर्चापरिचर्चा पाएपछि मिस
माल्भिकाको मुड झनै चेन्ज भएको छ । फिल्म खेल्ने इन्टे्रस्ट बढेको छ ।
त्यसैले अब उनी फेरि नवीन सुब्बाद्वारा निर्देशन गर्न लागिएको गुडबाई
काठमाडौंकी नायिकाका रूपमा देखिने भएकी छन् । बरु भन्न थालेकी छिन्- ँमलाई
कमर्सियलभन्दा फरक धारका फिल्ममा अभिनय गर्न मन पर्छ ।’ मिस भिका -उनलाई
साथीसंगीले माया गरेर बोलाउने नाम) लाई शुरूमा फिल्मप्रति इन्टे्रस्ट
नै थिएन, अहिले कमर्सियलबाहेकको फिल्ममा इन्ट्रेस्ट जागेको छ । विस्तारै
ग्ल्यामर फिल्मबाहेक अरूमा इन्टे्रस्ट नलाग्न पनि सक्छ ।
अवार्ड एकातिर अञ्जु अर्कैतिर
गायिका
अञ्जु पन्तले केही अगाडि राजधानीमा भएको हिट्स एफएम म्युजिक अवार्डर्र्२०६६
मा उत्कृष्ट गीत र उत्कृष्ट एकल महिला गायन विधाका दुइ अवार्ड पाइन् ।
यो वर्षउनले पाएको सांगीतिक क्षेत्रको यो अवार्ड तेस्रो थियो । न
बिर्सर्ेंं तिमीलाई न पाएँ तिमीलाई बोलको गीतगजलबाटै दुइ फरकफरक अवार्ड
पाइन् भने केटीभी अवार्डबाट चलचित्र सिलसिलाको सागरसरि चोखो माया बोलको
गीतबाट पनि अवार्ड पाइन् । एकै वर्षलगातार तीन-तीनवटा अवार्ड पाउने
यस्ता भाग्यमानी कमै हुन्छन् । अञ्जु तिनै कममध्येबाट परिन् ।
तर अनौठो कुरा के भने हिट्स एफएम
म्युजिक अवार्डको प्रमुख विधाको अवार्ड पाउने उनी नै सो अवार्ड लिन
मञ्चमा गएको देखिएन । उनलाई अवार्ड लिन नगएको देखेर वा उनलाई सो अवार्ड
समारोहमा नदेखेर धेरैले धेरैथरी अनुमान लगाए । धेरैथरी कमेन्ट गरे । तर
कुरा अर्कै थियो । अञ्जुलाई लागेको थियो कि सो विधाको अवार्ड उनले नै
पाउनेछिन् । त्यसैले उनी समारोहमा आउन खोजेकी पनि हुन् । समारोहमा
सामेल हुनका लागि हिँडेकी पनि हुन् । भइदियो के भने उनी एउटा
कार्यक्रमको सिलसिलामा हेटौंँडा पुगेकी थिइन् र सो अवार्ड समारोहको दिन
काठमाडौं र्फकंंदै थिइन् । दिउँसै काठमाडौं आएकी पनि हुन् तर पुगिन्
अन्तै । हिट्स अवार्ड भइरहेको थियो भद्रकालीस्थित आर्मी अफिर्सस क्लबमा,
उनी पुगिदिइन् जमलको राष्ट्रिय नाचघरमा । उनी त्यहाँ पुग्दा नाचघर खाली
थियो । पछि थाहा पाइन् कार्यक्रम आर्मी क्लबमा थियो । उनले थाहा
पाउन्जेलसम्ममा कार्यक्रम सकिइसकेको थियो ।
के भो त - एउटा अवार्ड पाएको भए पो
मरिहत्ते गर्नु, वर्षै तीन-तीन अवार्ड पाएपछि कसले राम्ररी कार्ड हेरोस्
र सही ठाउँमा पुगोस् झ् हैन त मेडम -
हमालको भाषण
अहिलेका एकसे एक अभिनेताले फिल्मबाट
चल्न छोडेपछि के गर्छन् कुन्नि, सुपरस्टार राजेश हमालले भने अभिनेताको
लाइफ सकियो भने नेता बने हुने रहेछ । दयाराम दाहालको निर्देशन र कुमार
विष्टको निर्माणमा निर्माणाधीन चलचित्र एउटा मान्छेको मायाको मुहर्ूतमा
हमाल जसरी प्रस्तुत भए, त्यसलाई हेरेर जो-कोहीले भन्न सक्छ- अभिनेता
बन्ने दिन सकिएपछि उनी नेता बनेर आए हुन्छ ।
राजनीतिलाई हामीले बिर्सिए पनि
राजनीतिले हामीलाई तानिरहन्छ भन्ने भनाइ पटकपटक राख्दै आएका नायक हमालले
त्यस दिन आपै+mले अभिनय गर्न लागेको सो चलचित्रमा मुहर्ूत सट त दिए नै,
आफना मनका कुरा पनि राखे । त्यस क्रममा उनले भने- ँयति सानो
चलचित्रक्षेत्रमा हामी मिलेर अगाडि जानर्ुपर्छ । नेपाली चलचित्र
उद्योगलाई बनाउने हामीले नै हो । यो उद्योगलाई बनाउने जिम्मेवारी पनि
हाम्रै काँधमा छ ।’ एक छिनअगाडिसम्म वादविवादको शृंखलास्वरूप
एकअर्कालाई आरोप-प्रत्यारोप लगाउने गरी भाषण गरिरहेका बेला हमालले
मेलमिलापको कुरा अगाडि सारेपछि सबैको ताली र वाहवाही पाए । हलमा ँओई’
भनेर चिच्याउँदा दर्शकको हुटिङ पाउने उनले मुहर्ूतमा भाषण गरेर
चलचित्रकर्मीकै तारिफ पाए । कसैकसैले त उनलाई सल्लाह पनि दिए- ँअभिनेता
छोडेपछि नेता भए हुने रहेछ ।’
वास्तवमै अभिनेताबाट नेता बने हुन्छ
मिस्टर हमाल, के छ विचार -
आमा
पहिलो फिल्म होइन झ्
सबैलाई थाहा छ- विदेशी कलाकार र
प्राविधिकलाई लिएर विदेशमा बनेको पहिलो नेपाली चलचित्र सत्य
हरिश्चन्द्र हो र नेपाली कलाकारलाई लिएर स्वदेशमै बनेको पहिलो नेपाली
चलचित्र आमा हो । यो र्सवसिद्ध इतिहास हो नेपाली चलचित्रको । तर अभिनेता
तथा निर्देशक नीर शाहले नयाँ कुरा भनिदिए । सारा नेपाली चलचित्रकर्मी
सामेल एउटा अन्तरक्रिया कार्यक्रममा उनी गर्जिए- ँआमा पहिलो नेपाली
चलचित्र होइन, नेपालबाहिर बनेको पहिलो नेपाली चलचित्र सत्य हरिश्चन्द्र
हो । आमा र माइतीघरको काम सँगसँगै भएको हो तर राजा महेन्द्रले पहिलो
चलचित्रको श्रेय निजी क्षेत्रको चलचित्रलाई जान्छ भनेर माइतीघरको
रिलिजलाई पछाडि र्सार्न लगाए ।’
कार्यक्रम थियो- नेपाल चलचित्र कलाकार
संघले आयोजना गरेको नेपाली चलचित्र उद्योग ः समस्या र समाधान विषयक
अन्तरक्रिया । चलचित्रक्षेत्रको समग्र विकासका लागि यसमा विद्यमान
समस्या र त्यसको निराकरणका लागि बोल्नुपर्नेमा बोल्नका लागि निर्धारित
समयभन्दा अतिरिक्त समय लिएका उनले भने नयाँ विवाद खडा गरिदिए । नेपाली
कलाकारलाई लिएर नेपालमै बनेको आमा भएका कारण भुवन चन्द थापा नेपाली
चलचित्रकी प्रथम नायिका हुन् । त्यसैले उनले आफूलाई जन्माउने आमा नै
पहिलो होइन भन्ने सुन्नासाथ त्यसको प्रतिवाद गरिन् ।
ँआमा रिलिज भएको दुइ-तीन महिनापछि
माइतीघरका निर्देशक बीएस थापाले मलाई माइतीघरका लागि माला सिन्हाकी
बहिनीको रोल अफर गरेका थिए । त्यतिखेरसम्म माइतीघरको कामै शुरू भएको
थिएन । त्यसैले आमा नै पहिलो नेपाली चलचित्र हो ।’ पछि नीर शाहले भने-
ँयो मेरो व्यक्तिगत जानकारी हो ।’
ठूला मान्छेको ठूलै कुरा होइन त
राजासा’प -
पिउन
साँझै नचाहिने
साथीभाइ भेटिनै हुन्न, गायक आनन्द
कार्की हिजोआज भनिहाल्छन्- ँकिन कर्ुर्नु साँझ पिउनै परेपछि ।’जसलाई
भेट्यो उसलाई भनिहाल्छन्- किन कर्ुर्नु साँझ आखिर पिउनै परेपछि ।
यस्तो-उस्तो ठाउँमा पर्यो भने त झन् हि्वस्कीको पेग वा बियरको बोतल नै
अगाडि सार्दै भन्छन्- ँकिन कुर्नु साँझ पिउनै परेपछि ।’
डेढ महिनाजति भयो आनन्दले यसो भन्न र
गर्न थालेको । वास्तवमा मदिराप्रति अत्यन्त प्रेम भएको भन्दा पनि
मदिराको बयान गरेर आफूले पछिल्लो पटक गाएको गजललाई लिएर आनन्दले यसो
गरिरहेका हुन् । यसो गरी-गरी आनन्दले आफनो पछिल्लो अडियो एल्बम
पर्दालाई चर्चामा ल्याइसके । पहिले त उनले यो एल्बमको किन कुर्नु साँझ
आखिर पिउनै परेपछि बोलको गजललाई मञ्च भेट्टाउनासाथ गाइदिएरै माथि ल्याए
। अहिले एल्बम बजारमा आइसकेपछिचाहिँ ँकिन कुर्नु साँझ आखिर पिउनैपरेपछि’
भनेर पिउँदै वा पिलाउँदै दिनहुँ आफनो गजल र एल्बमको प्रचार गरिरहेका छन्
।
यसो जमघटमा ककटेलको मजा पनि लिन पाइने,
गीत र एल्बमको प्रचार पनि हुने, कसैले दिनदहाडै पिएको देख्यो भने गीतको
मजा लिन पिएजस्तो पनि हुने । यो काइदा बडो गजबको छ है मिस्टर ह्यान्डसम
।
कमरेड
गएनन आफ्नै कार्यक्रममा
नेपाली
चलचित्रक्षेत्रमा राजनीति कति हाबी भएको छ भन्ने उदाहरण यसपालि नेपाल
चलचित्र कलाकार संघद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा देखियो ।
कलाकार संघले नेपाली चलचित्रको सुमार्ग
पहिल्याउनका लागि भन्दै चलचित्र विकास बोर्डको सहयोगमा नेपाली चलचित्र
उद्योग ः समस्या र समाधान विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गर्यो ।
चलचित्रक्षेत्रको विकास कसरी हुन सक्छ भनेर मन्थनका लागि आयोजना गरिएको
कार्यक्रममा को कांग्रेस, को एमाले, को माआवोदी भन्ने कित्ताकाट
नहुनुपर्ने हो । तर भइदियो । सबै चलचित्रकर्मी अन्तरक्रिया कार्यक्रममा
सामेल भए । राजनीतिक विचारधारा बोक्ने र दलमा जाने चलचित्रकर्मीहरू पनि
त्यहाँ देखिए । तर एकीकृत नेकपा -माओवादी) को झन्डामुनि गएका
चलचित्रकर्मीमध्ये एक जना पनि सो कार्यक्रममा देखिएनन् ।
केही अगाडि मात्र माओवादीको आन्दोलनलाई
बल पुग्ने गरी चलचित्र विकास बोर्डमा जायज र नाजायज दुवैथरीका माग राखी
ज्ञापनपत्र बुझाउने माओवादी कार्यकर्ता चलचित्रकर्मी पनि त्यहाँ
देखिएनन् । जबकि सबैलाई कुरा बुझाउन सकिने थलोका रूपमा त्यस
कार्यक्रमलाई उपयोग गर्न सकिन्थ्यो । जाने जान्छन्, नजाने केही गरी
जाँदैनन् । बेकारमा अरूलाई किन खसखस हैन त, कमरेडहरू-
|