|
डेफ
लेपर्ड
लायतस्थित
सेफिल्डको रक ब्यान्ड सन् १९७७ मा बेलायती हेभीमेटल आन्दोलनको नयाँ
तरंगको एक अंशका रूपमा जन्मिएको हो । विशेष गरी पाइरोमेनिया र
हिस्टेरियाजस्ता एल्बमका कारण डेफ लर्ेपर्ड असीको दशकमा व्यावसायिक
रूपले अत्यन्तै सफल रक ब्यान्ड रहन सफल भयो । सो दशकमा यसका विश्वभर १०
करोड र संयुक्त राज्य अमेरिकामा मात्र ३ करोड ५० लाख प्रति एल्बम बिक्री
भए । ँग्रेटेस्ट आर्टिस्ट्स अफ हार्ड रक’ सूचीमा यो समूह तेस्रो स्थानमा
रहन सफल भयो ।
ब्यान्ड सदस्य रिक साभेज (बास), पिट
विल्लिस (गिटार) र टोनी केन्निङ -ड्रम) सबै सेफिल्डस्थित टाप्टन स्कुलका
विद्यार्थी थिए । तिनीहरूले सन् १९७७ मा ँएटमिक मास’ नामक ब्यान्ड खडा
गरे । बस छुटेका बेला संयोगले विल्लिससँग भेटेका १८ वषर्ीय जोय इलियट
गिटारिस्टको भूमिकामा ब्यान्डमा प्रवेश गरे । वास्तवमा अडिसनका बेला उनी
लिड सिंगरमा उपयुक्त हुने ठानिएको थियो ।
तिनीहरूको पहिलो सांंगीतिक प्रस्तुति
सेफिल्डको मोसबोरोस्थित बेस्टफिल्ड स्कुलको ए ब्लकको हलमा आयोजना गरिएको
थियो । त्यहाँ तिनीहरूले बास ड्रमभित्र बियर लुकाएर लगेका थिए ।
केही समयपछि तिनीहरूले आफ्नो ब्यान्डको
नाम सल्लाहअनुसार पंक ब्यान्डजस्तो नदेखाउन ब्यान्डको हिज्जे अलि
परिवर्तन गरे ।
सन् १९७८ को जनवरीमा स्टिभ क्लार्क
ब्यान्डमा प्रवेश गरे । जोय इलियटका अनुसार उनले अडिसनमा लिनिर्ड
स्किनिर्डको ँप्रिmबर्ड’ बोलको गीतमा राम्ररी बजाएका थिए । त्यही वर्षो
नोभेम्बरमा इपी एल्बमका तीन गीतको रिलिजका लागि रिकर्ड गर्ने क्रममा
केन्निङले ब्यान्ड छाडे । त्यति बेला उनको रिक्त स्थान प|mान्क नुनले
पूरा गरे । केही समयपछि केवल १५ वर्षउमेरका रिक एल्लेन पर्ूण्ाकालीन
ड्रमरका रूपमा ब्यान्ड प्रवेश गरे ।
बीबीसीका रेडियो डीजे जोह्न पिलले
अत्यन्तै महत्त्वका साथ गेचा रक्स अफ बोलको गीत बजाइदिएपछि इपीको
बिक्री आकासियो । सन् १९७९ भरि यो समूह बेलायती हार्ड रक/हेभी मेटल्सका
प्रशंसकहरूमाझ हेभी मेटलका नयाँ नाइकेका रूपमा परिचित भए ।
लोकप्रियतासँगसँगै डेफ लर्ेपर्डले अमेरिकाको मर्करी रिकर्ड्ससँग
रिकर्डिङका लागि सम्झौता गर्यो ।
सन्
१९८० को १४ मार्चमा लर्ेपर्डको पहिलो एल्बम अन थ्रु दि नाइट रिलिज भयो
। यो एल्बम बेलायती हिट चार्टको १५औं स्थानमा रहन सफल भए पनि हेल्लो
अमेरिकाजस्ता गीत गाएर अमेरिकापरस्त भएको भन्दै धेरैले तिनीहरूको आलोचना
गरे ।
त्यति बेला एसी/डीसीका प्रोड्युसर
रोबर्ट जोह्न ँमट’ लेन्जको ध्यान डेफ लर्ेपर्डमा गयो । सन् १९८१ को ११
जुलाईमा रिलिज भएको दोस्रो एल्बम ँहाई एन डर््राई’ मा लेन्जले
तिनीहरूलाई सघाए ।
यो एल्बमको बिक्री सन्तोषजनक नभए पनि
त्यसको ब्रि·ङि अन दि हार्टब्रेक बोलको गीत सन् १९८२ मा एमटीभीमा
प्रसारित पहिलो मेटल भिडियोमध्ये एक बन्न सफल भयो । ब्यान्डमा
पर्ूवगिटारिस्ट फिल कोल्लेनलाई पिट विल्लिसको स्थानमा ल्याइयो । लेन्जले
तिनीहरूको तेस्रो एल्बम पाइरोमेनिया पनि १९८३ को २० जनवरीमा बजारमा
ल्याइदिए । फोटोग्राफ बोलको गीतले त्यति बेलाको माइकल ज्याक्सनको बिट
इटको लोकप्रियतालाई पछ्यायो । पप हिट चार्टमा पनि यो १२औं स्थानमा रह्यो
।
फोटोग्राफलगायत रक अफ एजेज र फुलिङजस्ता
गीतका कारण पाइरोमेनिया ३० लाख प्रति बिक्री भयो । सन् १९८४ को
मतर्सवेक्षणअनुसार डेफ लर्ेपर्ड एसी/डीसी र रोलिङ स्टोनजस्तै अमेरिकामा
स्थापित रक ब्यान्ड भइसकेको थियो तर आफ्नै मातृभूमि इङ्ल्यान्डमा भने
त्यति लोकप्रिय भइसकेको थिएन ।
सन् १९८४ को ३१ डिसेम्बरमा ब्यान्डका
ड्रमर रिक एल्लेनको कार दर्ुघटनामा एउटा हात गुम्यो तैपनि उनले आफ्नो
भूमिकालाई निरन्तरता दिइरहे । तकियाहरूलाई ड्रमका रूपमा अभ्यास गर्दा
उनले पहिला हातले गर्ने केही काम खुट्टाले पनि गर्न सकिने महसुस गरे ।
त्यसपछि उनले सिम्मोन्ससँग मिलेर इलेक्ट्रोनिक ड्रम किटको डिजाइन गरे ।
ब्यान्डका अन्य साथीहरूले एल्लेनको स्थानमा कोही अरू ल्याउने सोचसम्म
पनि बनाएनन् । १९८६ को डोनिङ्टन मोन्र्स्र्टस अफ रक फेस्टिवलमा उनले
पुनः संगीतयात्रा शुरू गरे ।
सन् १९८७ को ३ अगस्टमा रिलिज भएको डेफ
लर्ेपर्डको चौथो एलबम हिस्टेरियाको गीत एनिमल बेलायतको हिट चार्टको छैटौं
स्थानमा रहन सफल भयो । पर सम सुगर अन मी सन् १९८८ को जुलाईमा अमेरिकी
एल्बम हिट चार्टको पहिलो स्थानमा पुग्यो । यो गीतको भिडियो लगातार ७३
दिनसम्म एमटीभीको पहिलो स्थानमा रह्यो । सन् १९८९ को जनवरीमा डेफ
लर्ेपर्डको लभ बाइट्स बिलबर्ड हट १०० को पहिलो स्थानमा रह्यो । त्यसै
गरी आमोगेडान इट अमेरिकी हिट चार्टको पाँचौं स्थानमा पर्यो ।
यस एल्बमका अन्य गीत विमिन, एनिमल,
हिस्टेरिया र रकेट पनि अत्यन्तै चर्चित भए । हिट चार्टमा ३ वर्षम्म रहन
सफल यो एल्बम विश्वभर १ करोड ८० लाख प्रतिसम्म बिक्री भयो ।
सन्
१९८९ मा अमेरिकन म्युजिक अवार्डमा डेफ लर्ेपर्डले फेवरेट हेभी मेटल
आर्टिस्ट र फेवरेट हेभी मेटल एल्बम उपाधि हासिल गर्यो । असी दशकको
अन्त्यतिर गन्स एन रोजेज, मोटली क्रु र बोन जोभीले उल्लेखनीय सफलता
पाए पनि अमेरिकामा डेफ लर्ेपर्डजति अन्य कुनै रक ब्यान्डको एल्बम बिक्री
भएन ।
सन् १९९२ को ३१ मार्चमा रिलिज भएको
पाँचौं एल्बम एड्रेनलाइज बेलायत र अमेरिका दुवैको एल्बम हिट चार्टको
पहिलो स्थानमा रहन पुग्यो । रिलिज हुनासाथ हिट भएको गीत लेट्स गेट रक्ड
सन् १९९२ को एमटीभी भिडियो म्युजिक अवार्डमा बेस्ट भिडियो अफ दि इयरका
लागि मनोनयनमा पर्यो ।
सन् १९९२ को अप्रिलमा डियो र ह्वाइट
स्नेकका पर्ूवगिटारिस्ट भिभियन क्याम्पबेल डेफ लर्ेपर्डमा प्रवेश गरे ।
त्यसै बेला ब्यान्डले अर्काे वर्ल्ड टुर शुरू गर्दासम्म ब्यान्डको
भाग्यलाई बढ्दो ग्रन्ज र अल्टरनेटिभ रकले असर पारिसकेका थिए ।
सन् १९८४ देखि १९९३ बीच रिकर्ड गरी
रिलिज नगरिएका गीतहरूको संग्रह रिट्रो एक्टिभ सन् १९९३ मा रिलिज भयो ।
त्यसका टु स्टेप्स बिहाइन्ड र मिस यु इन अ हार्टबिट चर्चित भए ।
अहिलेसम्म यो संग्रहका ३० लाख प्रति बिक्री भइसकेका छन् ।
त्यसको दुइ वर्षछि पहिलोचोटि यस
ब्यान्डले हिट गीत कलेक्सन मल्टः डेफ लर्ेपर्ड ग्रेटेस्ट हिट्स
-१९८०-१९९५) रिलिज गर्यो । यसका पनि ८० लाख प्रति बिक्री भइसकेका छन्
। यसको ह्वेन लभ एन्ड हेट कोलाइड बेलायतमा अत्यन्तै सफल रह्यो । सन्
१९९५ को २३ अक्टोबरमा एकैदिन तीनवटा महादेश टान्जियर्स-मोरोक्को,
लन्डन-इङ्ल्यान्ड, म्यानकोभर-क्यानाडामा कर्न्र्सट गरी यस ब्यान्डले
गिनिज बुक अफ वर्ल्ड रिकर्डमा आफ्नो नाम लेखायो ।
सन् १९९६ मा रिलिज भएको एल्बम
स्लाएन्गलाई क्यु म्यागाजिनले सो वर्षो टप टेन एल्बमको सूचीमा राख्यो ।
सन् १९९९ मा निस्केको युफोरियाको गीत प्रोमिसेसले निकै सफलता पायो । सन्
२००२ मा एक्स, सन् २००६ मा येइ र सन् २००८ मा सङ्स प|mम दि स्पार्कल
लाउन्ज एल्बम निकालेको डेफ लर्ेपर्डले सन् २००९ को ग्रीष्ममा
टोरन्टोलगायत अमेरिकाका ४१ वटा शहरमा सांगीतिक भ्रमण गरिसकेको छ
। - ओमशंकर श्रेष्ठ
|