|
कामनालाई धन्यवाद
म ओछ्यानमा परेदेखि पुष्करलाल श्रेष्ठले मलाई
कामना, साधना र नेपाल समाचारपत्र
निःशुल्क पठाइदिनुभएको छ’, ओछ्यानमै बसेर गायक प्रेमप्रकाश
मल्लले आफूलाई भेट्न आएका गायक अमृत गुरुङसँग भने- ँम यिनै
पत्रिकामा तपाईंहरूबारे पढ्छु, कामनालाई धन्यवाद ।’
प्रेमप्रकाश मल्लको बोली प्रस्ट बुझन सकिँदैन । उनको
लेखनयात्रालाई एउटा स्वदेशगानका रूपमा रर्ेकर्ड गर्ने तयारी
अन्तरालले गरिरहेको छ भने मल्लका बारेमा डकुमेन्ट्रीसमेत
बनाइँदै छ । ँउहाँका बारेमा धेरै दृश्य हामीले क्यामेरामा
कैद गरिसकेका छौं’ -डकुमेन्ट्रीका प्रमुख छायाकार रमेश
मल्लले बताए । |
झांगिँदो सांगीतिक माहोल
लामो
समय सांगीतिक गतिविधि सुस्ताएको नेपालगन्जमा केही महिनायता पुनः चहलपहल
बढेको छ । सांगीतिक कार्यक्रम र संगीतसाधकहरूबीचको भेटघाट पछिल्ला दिनमा
तीव्र हुन थालेको छ । मिश्रति जातजातिको बसोबास रहेको बाँके जिल्लामा
जनसंख्याको ठूलो हिस्सा मुस्लिम समुदायले ओगटेको छ । त्यही मुस्लिम
समुदायका गायक दीपक सल्मानी धेरै कार्यक्रममा गीत गाइरहेका भेटिन्छन् ।
कुनै समय काठमाडौंका रेस्टुरेन्टमा आनन्द कार्कीलगायत गायकगायिकासँगै
गायनमा सक्रिय सल्मानीले केही समय चीनको ल्हासामा बसेर गायनकार्यलाई अघि
बढाए । बीचमा निष्त्रिmय रहेका उनी हाल नेपालगन्जको सांगीतिक गतिविधिमा
सक्रिय हुन थालेका छन् । हरेक बिहान प्रशिक्षार्थीलाई संगीत सिकाउनु र
दिनभर विभिन्न सांगीतिक कार्यक्रममा सहभागी हुुनु उनको दिनचर्या नै
बनेको छ । यहाँ सांगीतिक माहोल जगाउन उनी अनवरत तपस्यारत छन् ।
आफैंले कार्यक्रमको चाँजोपाँजो
मिलाउन पर्दैन, न टिकट नै बेच्नर्ुपर्छ । प्रायोजक कसरी जुटाउने भन्ने
चिन्ता पनि उनले बोक्नु पर्दैन । कार्यक्रमको सम्पूर्ण् व्यवस्थापनको
जिम्मा अन्तराल नामक संस्थाले लिने गरेको छ । अन्तराल गीत, संगीत र
संस्कृतिको जगर्ेना गर्ने हेतुले स्थापित संस्था हो। ँयसरी कार्यक्रमको
सम्पर्ूण्ा व्यवस्थापन अरूले गरिदिँदा म आफनो प्रस्तुतिमा अझ बढी मेहनत
गर्न पाउँछु’ -अन्तराल हलमा अभ्यासमा व्यस्त दीपकले हार्मोनियममा औंला
चलाउँदै भने ।
दीपक मात्र होइन, यस क्षेत्रका
उदीयमान गायिकाद्वय रेस्मा केसी र नम्रता पन्त पनि हिजोआज सांगीतिक
कार्यक्रममा सक्रिय हुन थालेका छन् । महिनामा २/३ पटक उनीहरू अन्तरालको
सांगीतिक प्रस्तुतिमा भाग लिइरहेका हुन्छन् ।
सांस्कृतिक
विविधताको संरक्षणमा सक्रिय सञ्चारकर्मीहरूको संस्था अन्तरालको अगुवाइ
गरेका छन्- पत्रकार जयनारायण शाहले । अन्तरालले प्रत्येक महिना
संगीतशृङ्खला गर्दै आएको छ । गत साउन महिनादेख्ाि थालिएको
संगीतशृङ्खलामा पहिलो पटक नादिर शर्माका गजलहरू दीपक सल्मानीको संगीतमा
गायकगायिकाले प्रस्तुत गरेका थिए । त्यो नेपालकै पहिलो एकल गजल गायन
भएको दाबी आयोजकले गरेका छन् । दोस्रो शृङ्खला भेरी प्राविधिक
शिक्षालयमा गरिएको थियो । तेस्रो शृङ्खला ँम मरे पनि मेरो देश
बाँचिराखोस््’ रह्यो । त्यहाँ पुराना गायक प्रेमप्रकाश मल्लका गीत
प्रस्तुत गरिएको थियो ।
प्रेमप्रकाश मल्ल विगत ८
वर्षेखि अस्वस्थ छन् । पार्किन्सन रोगले थलिएका उनी ओछ्यानमै दिन
बिताउन बाध्य छन् । उनको स्वर पनि गुमेको छ । २०१७ सालमा पहिलो पटक गीत
रर्ेकर्ड गराएपछि सांगीतिक यात्रा शुरू गरेका मल्लले माछापुच्छ्रे
फेवातालमा, आँखैमा हिउँचुली, वनकी म चरी कल्ले सुनिदेला बरी मेरो मनको
बिलौनाजस्ता कर्ण्र्ाा्रय गीत गाएका छन् । ँमल्लका १० वटा रेकर्डर्ेेर
दुइवटा नयाँ गीत प्रस्तुत गर्यौं’ -गायक सल्मानीले भने ।
चौथो शृङ्खला अन्तरालले आफनै
भवनमा गर्यो, जसमा गायक सल्मानी र गायिका रेस्मा केसीले विभिन्न गीत
प्रस्तुत गरे । त्रि्रो मेरो सम्बन्धको अर्थ खोज्न कर लाग्यो बोलको
कर्ण्र्ाासको गीत प्रस्तुत हुँदा गीतकार रञ्जना थापा पनि हलमै उपस्थित
थिइन्, दर्शकका रूपमा । ँराम्रो कामको शुरुआत भएको रहेछ’, गीतकार
रञ्जनाले भनिन्- ँमोफसलका प्रतिभाका लागि यो सुवर्ण्र्ाावसर हो ।’
अन्तरालले पाँचौं शृङ्खलामा
राष्ट्रधुनका र्सजक वरिष्ठ संगीतकार अम्बर गुरुङलाई बोलायो ।
नेपालयसँगको सहकार्यमा गरिएको उक्त कार्यक्रममा सहभागी हुन
संगीतकर्मीहरूसहित ३५ जनाको टोली काठमाडौंबाट नेपालगन्ज आएको थियो ।
होटल सिर्द्धार्थ भ्युमा आयोजना भएको उक्त कार्यक्रमले नेपालगन्जको
सांगीतिक माहोलमा बेग्लै तर? ल्याएको महसुस गरिएको छ ।
गुरुङलाई अभिनन्दन
अन्तरालको
अगुवाइमा संगीतकार अम्बर गुरुङलाई नेपालगन्जमा भव्य नागरिक अभिनन्दन
गरियो । गुरुङलाई उनी बसेको यहाँस्थित होटेल वाटिकाबाट समारोहस्थल
अन्तराल कार्यालयपरिसरसम्म लैजान सशस्त्र प्रहरी, नेपाल प्रहरी र
ट्राफिक प्रहरीले एस्कर्टिङ गरेका थिए । अम्बरलाई सडकमा लाइन बसेका
विद्यार्थी तथा विभिन्न संघसंस्थाका व्यक्तिले फूलमालाले भव्य स्वागत
गरेका थिए ।
अर्धा?निी विनासँगै अम्बर
अन्तरालपरिसर छिर्नेबित्तिकै नेपाल प्रहरीको ब्यान्डले मंगलधुन बजायो ।
अभिनन्दन समारोहमा अन्तरालका कार्यकारी निर्देशक जयनारायण शाहले भने- ँअम्बर
गुरुङजस्तो साधकलाई सम्मान गर्न पाउँदा हामी गर्व गर्दछौं, यसले हाम्रो
कार्यालयपरिसर समेत पवित्र भएको महसुस मैले गरेको छु ।’
उनलाई अन्तरालले अभिनन्दनपत्र
प्रदान गर्यो भने विभिन्न संघसंस्था र व्यक्तिले खादा, उपहार र
फूलमालाले अभिनन्दन गरे । सम्मान समारोहमा उपस्थित गायक आभासले भने- ँएउटा
संगीतसाधकप्रतिको नेपालगन्जबासीको माया र स्नेह कति रहेछ भन्ने कुरा यो
समारोह हेरेर बुझें ।’
सम्मान समारोहमा बोल्दै
गुरुङले भनेका थिए- ँयति भव्य अभिनन्दन गर्नुभयो, धेरै धन्यवाद तर म यति
सम्मान पाउन लायक भैसकेको छैन ।’ अम्बरको सम्मानमा नेपाल प्रहरीको
ब्यान्डले राष्ट्रधुन बजाएको थियो । समारोहस्थलमा सादा पोसाकका प्रहरीले
सुरक्षा दिएका थिए भने सुरक्षाकर्मीहरूको एस्कर्टिङमै होटेलसम्म पुर्याइएको
थियो ।
यस्ता सम्मानले संगीतक्षेत्रमा
लागेका व्यक्तिहरूलाई ऊर्जा प्रदान गर्ने लोकगायक कमल बीके निर्मोहीले
बताए ।
संगीतकर्मीबीच भेटघाटको वातावरण
अन्तरालकै सक्रियतामा पछिल्लो
समय संगीतकर्मीहरूबीच भेटघाट बाक्लिएको आभास भएको छ । स्थानीय मात्र
नभई भौगोलिक हिसाबले टाढा रहेका गीतकार, संगीतकार र गायकहरूमाझसमेत भेट
गराइदिने वातावरण पनि यसले मिलाउँदै छ । त्यति मात्र हैन संगीतकर्मीहरू
एक ठाउँमा भेला भएर रिहर्सल गरिरहेका भेटिन्छन् । संगीतकर्मी एवं
नृत्यनिर्देशक केबी शाही जमघटको वातावरण मिलाइदिएकोमा संस्थाप्रति आभार
प्रकट गर्छन् । ँजमघटले नयाँ सिर्जना हुन बल पुगेको छ’ -उनले भने ।
अन्तरालमा कान्छा संगीतकर्मी १७ वषर्ीय आशिष श्रेष्ठ र वरिष्ठ तबलावादक
७० वषर्ीय ओमप्रकाश शर्मासम्म सँगै अभ्यास गरेको देखेपछि कानुनव्यवसायी
केशव कोइराला बोलिहाले- ँअन्तराल दुइ पुस्ताबीचको सेतु बन्दै छ ।’
कार्यक्रमको सिलसिलामा
नेपालगन्ज पुगेका वरिष्ठ संगीतसाधक अम्बर गुरुङ र वरिष्ठ गायक
प्रेमप्रकाश मल्लबीच भेटघाटको चाँजोपाँजो अन्तरालले मिलायो ।
अर्धा?निीसहित मल्लनिवास पुगेका अम्बरसँग गायक प्रेमप्रकाशले भने- ँतिमी
अम्बर हौ, म धर्ती ।’ अम्बरको म अम्बर हुँ, तिमी धर्ती बोलको गीतलाई
उल्टो पारेर उनले प्रतीकात्मक ढंगले कुरा अघि बढाए । उनले भने- ँमान्छे
एकपटक मर्छ तर म विगत ७ वर्षेखि ।’ गायक मल्लको अवस्था देखेर अम्बर
स्तब्ध भए, केही नबोली त्यहाँबाट हिँडे ।
त्यसै गरी ँहिंसा अन्त्य’
कार्यक्रममा नेपालगन्ज आएका गायक अमृत गुरुङ र नेपालयका अनिल अधिकारी
पनि मल्ललाई भेट्न उनको निवास पुगे । ँतपाईं त कार्यक्रम गर्न देशविदेश
घुमिरहनुहुन्छ, मलाई पनि अंग्रेजी गीत गाउन रहर थियो’ -गायक
प्रेमप्रकाशले यसो भनिरहँदा गायक अमृतले मन थाम्न सकेनन् र रुन थाले ।
स्थानीय कलाकारसँग अन्तरंग कुराकानी गर्दै अमृतले यहाँको प्रयासप्रति
आभार व्यक्त गरे । साथै उनले प्रेमप्रकाश मल्लले रचेका र गाएका गीतलाई
पोखरामा प्रस्तुत गर्न व्यवस्था मिलाउने वचन पनि दिएका छन् । पोखरा त
साँच्चिकै पोखरा नै रै’छ, पोखरामा फेवातालजस्ता प्रकृतिपे्रमी गीत
प्रेमप्रकाशकै स्वर हुन्, जुन गीतले पोखरेलीका साथै सम्पर्ूण्ा नेपालीको
मन जितेका छन् ।
यति बेला अन्तरालसम्बद्ध
कलाकारहरू छैटौं शृङ्खलाको तयारीमा जुटिसकेका छन् । ँसंगीतशृङ्खला
अबदेखि प्रत्येक महिनाको अन्तिम शनिबार हुने भएको छ’ -जनसर्म्पर्क
अधिकृत भूमि भण्डारीले भने ।
प्रेमप्रकाश मल्ल गायन तथा संगीत पुरस्कार कोष
गायक प्रेमप्रकाश मल्लको
सम्मानमा प्रेमप्रकाश मल्ल गायन तथा संगीत पुरस्कार कोष स्थापना गरिएको
छ । कोषमा हाल ६५ हजार रुपियाँ संकलन भएको छ । एक वर्षम्म रू. ५ हजार
कोषमा प्रदान गर्ने व्यक्ति कोषको संरक्षक रहनेछ । कोषमा जम्मा भएको
रकमबाट प्राप्त ब्याजबाट प्रत्येक वर्षप्रेमप्रकाश मल्लको जन्मदिनमा यस
क्षेत्रका एक जना संगीतकर्मीलाई पुरस्कृत गरिनेछ । अन्तरालको अगुवाइमा
स्थापित उक्त कोषलाई विधिवत् दर्ता गरिने भएको छ । कोषको तदर्थ समितिमा
प्राज्ञ सनत रेग्मी अध्यक्ष, नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय
पर्ूवसदस्य अच्युत प्रर्साई उपाध्यक्ष, साहित्यकार एवम् गजलकार नादिर
शर्मा कोषाध्यक्ष छन् । यसै गरी डा. अरुण कोइराला, व्यवसायी मधु रिजाल,
गायक दीपक सल्मानी, पत्रकार पर्ूण्ालाल चुके, गायक मल्लकी बहिनी सन्ध्या
शाह मल्ल सदस्य छन् भने अन्तरालका कार्यकारी निर्देशक जयनारायण शाह
पदेन सदस्यसचिव रहेका छन् । मोफसलको प्रतिष्ठित पुरस्कारका रूपमा यसलाई
स्थापना गरिने सोचमा कोषका पदाधिकारी तल्लीन छन् । ँकोषलाई पारदर्शी
बनाई धेरैको सहभागिता खोज्न अलग दर्ता गर्न लागिएको हो’ -सदस्यसचिव
शाहले जानकारी दिए ।
- टीएस ठकुरी/नेपालगन्ज
|