यस अंकमा
 विषय सूची
) सफलता असफलताको दोसाँधमा २०६५
) शिल्पा ख्याति विवादको घेराम
) टुट्यो अटुट बन्धन
)

असीवर्ष जोसिला हात

) विकृति विरुद्ध तिरिया के करम
) रमाइली रमिला
) मान्छे फर्केर आपनै ठाउँमा आउँछः करिस्मा
)

लोकसंस्कृति पर्यटनको आधार

 
 

शिल्पा ख्याति विवादको घेरामा

उद्योगपति बाबु सुरेन्द्र आमा सुनन्दाकी जेठी पुत्री शिल्पा सेट्टी सन् १९७५ जुन मा जन्मिएकी हुन् मुर्म्बईस्थित एन्थोनी गर्ल हाइस्कुल हुँदै कलेजस्तरको शिक्षा हासिल गरेकी उनले भरतनाट््यम् कलाको तालिम लिएकी छन्

विद्यालयस्तरको भलिबल खेलमा टिम लिडर भएर विभिन्न प्रतियोगितामा सहभागी हुने शिल्पा मार्सल आर्ट कलाकी ब्ल्याक बेल्ट खेलाडी हुन् त्यस्तै योगा उनको विशेष रुचीको विषय हो अंग्रेजी, कन्नड, मराठी, हिन्दी, तमिल, गुजराती, तेलगू उर्दू भाषामा राम्रो दखल राख्ने उनी सामान्य रूपमा |mेन्च भाषासमेत बोल्छिन् अहिले शिल्पाको ख्याति एउटा सफल कलाकारका रूपमा भारतलगायत विश्वमा फैलिएको मोडल एवम् नायिकाका रूपमा स्थापित भइसकेकी शिल्पा पहिलोपटक १९९३ मा बाजीगर चलचित्रबाट बलिउडमा झुल्किएकी हुन् तर पनि १९९४ मा निर्माण भएको चलचित्र आगबाट उनले नायिकाको नेतृत्वदायी भूमिकामा अभिनय गर्ने अवसर पाइन्

पछिल्ला दिनमा उनी बलिउडकी निकै प्रतिभावान् कलाकारका रूपमा स्थापित भइन् शिल्पाले आफूलाई अभिनयकलामा तिखार्न कुनै कसर बाँकी राखिनन्, फलस्वरूप हिन्दी, तमिल, तेलगू, कन्नडलगायत विभिन्न भाषाभाषीका ४० वटा चलचित्रमा उनले अभिनय गर्ने अवसर पाइन्

 

 शिल्पाले सन् २००० मा निर्माण भएको चलचित्र धड्कनमा राम्रो छाप छोडिन् भने २००४ मा निर्माण भएको फिल्म फिर मिलेंगेमार्फ उनले दर्शकको निकै माया पाइन् उक्त चलचित्रमा शिल्पाले एउटा एचआईभीपीडित युवतीको सफल भूमिका निर्वाह गरेर युवा पिढीमा जागरण ल्याउने काम गरिन् उनको प्रेरणाबाट अहिले बहिनी समिता पनि अभिनयक्षेत्रमै होमिएकी छन्

शिल्पा जसरी आफूलाई सफल बनाउन कडा मेहनत गर्छिन्, त्यसरी नै बेलाबखत विवादको घेरामा समेत पर्ने गर्छिन् उनलाई बलिउडकै विवादित नायिका भन्दा फरक नपर्ला २००६ मा उनीमाथि माफियासँग साँठगाँठ रहेको भन्ने अभियोग लाग्यो यसका लागि वारेन्टसमेत जारी भएपछि उनी निकै तनाबमा परिन्

अभिनययात्राकै क्रममा शिल्पालाई एउटा अन्तर्राष्ट्रिय सफलता मिल्यो यस क्रममा अर्काे तनाबमा फसेकी उनले यसबाट पनि पार पाइन् बेलायतमा आयोजना हुने सेलिब्रिटी बिगब्रदर टिभी शोमा उनको सहभागिता शुरूमा तनाबपर्ूण्ा पछि सुखदायी बन्यो उनी २००७ को बिगब्रदर प्रतिस्पर्धामा विजयी बनिन् प्रतियोगिताकै क्रममा अर्की प्रतिस्पर्धी जेड गुडीले उनको मनोबल गिराउने खालको अभिव्यक्ति दिँदा निकै विवाद चर्किएको थियो यद्यपि पछि गुडीले माफी मात्र मागिनन्, यी दुइबीच निकै राम्रो दोस्ती बन्यो दर्ुभाग्यवश क्यान्सरपीडित गुडीको यही २००९ मार्च २२ मा मृत्यु भयो यो प्रतियोगितामा विजयी भएपछि शिल्पाको नाम अन्तर्राष्ट्रिय क्षेत्रमा समेत चुलियो उनले विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरका पुरस्कार, सम्मान सद्भावनादूत हुने अवसरसमेत पाएकी छन्

शिल्पाको नाम लिनेबित्तिकै उनका हरेक शुभचिन्तकको दिमागमा ऐनाजत्तिकै आउने अर्काे घटना हो- ँचुम्बनकाण्ड एचआईभी एड्सबारे चेतना जगाउने सद्भावनादूत बनेकी शिल्पासँगै दिल्लीको एक मञ्चमा हलिउड नायक रिचार्ड गेर पनि झुल्किए घटना २००७ अप्रिल १५ को हो सुरक्षित यौनसर्म्पर्क नै एचआईभी एड्सबाट बच्ने राम्रो उपाय हो भन्ने सन्देश दिन मञ्चमा पुगेकी शिल्पालाई सञ्चारकर्मीहरूकै उपस्थितिमा गेरले पटकपटक आपत्तिजनक रूपमा चुम्बन गरेको दृश्य सञ्चारमाध्यममा आयो सुनियोजित थियो वा आकस्मिक तर यो घटनाको विवाद पछिसम्म पनि छाइरह्यो

कहिले प्रशंसा, कहिले विवादको घेरा हुँदै अघि बढिरहेकी शिल्पाले जी सिनेमा अवार्ड, सिल्भर स्टार अवार्ड, राजिव गान्धी नेसनल अवार्ड, बलिउड मुभिज अवार्ड, आइफा अवार्डलगायत दर्जनौं अवार्ड पाइसकेकी छन्

प्रायजसो उनी मुछिने विवादको अर्काे विषय हो- प्रेमप्रसंग कहिले अनुभव सिन्हालगायत चलचित्र निर्देशकहरूसँगको प्रेमप्रसंगमा नाम जोडिने शिल्पाको कहिले अक्षयकुमारलगायतका नायकसँग बिहे हुने विषय सञ्चारजगत्मा नछाएको होइन

तर पछिल्ला दिनमा उनी एक भारतीय व्यापारीसँगको मायाजालमा रत्तिएको विषयले व्यापकता पायो अन्ततः राज कुन्द्रा नामक ती व्यापारी शिल्पाको बिहे हुने पक्कापक्की भइसकेको उनीहरूले लन्डनमा एउटा निकै आलिसान घर किनेको कुरा पनि सुनियो तर उनका हुनेवाला पतिकी अघिल्ली श्रीमती कविताले शिल्पामाथि श्रीमान् खोसेको आरोप लगाएकी छन् यद्यपि शिल्पासँगको प्रेमसर्म्पर्कपछि उनका हुनेवाला श्रीमान्ले पर्ूवपत्नी कवितासँग सम्बन्धविच्छेद गरिसकेका छन्

आरोह-अवरोहसँगै प्रशंसा ख्यातिले चुलिएको उनको जीवनमा त्योभन्दा बढी आरोप विवादका प्रसंगले नै महत्त्व राखेको देखिन्छ तर पनि चलचित्रजगत्मा शिल्पा बलिउडकी पर्याय पात्र बनिसकेकी छन्

 

 [Kamana] [Sadhana] [Nepal Samacharpatra] [Contact Us]


  © Copyright 2003-2006 newsofnepal
newsofnepal is the internet venture of Kamana Prakashan Samuha
No content available in newsofnepal may be reused in anyway without written permission.