यस अंकमा
 विषय सूची
) सफलता असफलताको दोसाँधमा २०६५
) शिल्पा ख्याति विवादको घेराम
) टुट्यो अटुट बन्धन
)

असीवर्ष जोसिला हात

) विकृति विरुद्ध तिरिया के करम
) रमाइली रमिला
) मान्छे फर्केर आपनै ठाउँमा आउँछः करिस्मा
)

लोकसंस्कृति पर्यटनको आधार

 
 

रमाइली रमिला

कुनै बेला बागबजारका सडकहरूमा पद्मकन्याको सारीमा बेरिएर हिँड्ने केटीलाई पत्तो थिएन- कुनै दिन आफूलाई मान्छेहरूले क्यासेटमा सुन्लान् वा भिडियोमा हर्ेलान् अथवा टिभीमा पो देख्लान् रमिला न्यौपाने कुनै बेला सिन्धुपाल्चोकबाट क्याम्पस पढ्न काठमाडौं छिरेकी एउटी केटी मात्र थिइन् अहिले भने उनी लोकदोहोरीकी गायिका, म्युजिकभिडियोमा खेल्ने मोडल टेलिचलचित्रमा अभिनय गर्ने कलाकार सबै हुन् यति भएर पनि उनी पद्मकन्याकी भने अहिले पनि विद्यार्थी हुन्, बीए तेस्रो वर्षी

स्कुलेजीवनदेखि गायनतिर उनको झुकाव बढेको हो त्यति बेला स्कुलतिर हुने सांस्कृतिक कार्यक्रममा भाग लिदै उनको गायनप्रतिभा तिखारिँदै आयो उच्चशिक्षाका लागि काठमाडौं आएपछि भने उनको गायनप्रतिभाले परिचय पायो त्यसैले अहिलेसम्म उनले तीसभन्दा बढी गीत गाइसकिन् सधैं अरूका एल्बममा गाउने उनले आफैंले तीजगीतको सँगालो टलक्कै ऐना टल्कियो बजारमा ल्याइन्। अब आउने उनको नयाँएल्बम भने लोकदोहोरीकै हो- मनको कुरा

करियरकै रूपमा गायनलाई स्वीकार्न परिवारबाट शुरुआती दिनमा केही असहयोग भए पनि पछिल्ला दिनमा सहयोग पाएकी छिन् आफ्नै लगन मेहनतले यो स्थानसम्म आइपुगेकी उनले भविष्यमा पनि गायनलाई निरन्तरता दिने सोचाइ बनाएकी छिन् नेपालमा पछिल्ला दिनमा लोकदोहोरीको लोकप्रियता बढेर गएका बेला यसलाई राम्रो पेसाकै रूपमा विकास गर्न सकिने उनले ठानेकी छिन्

शास्त्रीय संगीतमा तीन वर्षो अध्ययन गरिसकेकी उनले आफू लोकदोहोरी गायिका मात्र नभएको पनि बताइन् ँम आधुनिक गीत पनि मज्जाले गाउन सक्छु’ -उनले भनिन् रेडियो नेपालमा स्वरपरीक्षा पास गरेकी उनले एक वर्षेखि नेपाल टेलिभिजनमा झयाइँकुटी झयाइँ नामको हास्य टेलिचलचित्रमा अभिनय पनि गरिरहेकी छिन् यसबाहेक उनले थुप्रै म्युजिकभिडियोमा पनि अभिनय गरेकी छिन्

सांगीतिक कार्यक्रमको सिलसिलामा भारत, कतार, दर्ुबई, बहराइनजस्ता देश पुगिसकेकी उनले टुबोर्ग राष्ट्रिय दोहोरी गीत प्रतियोगितामा पहिलो अवार्ड जितिसकेकी छिन् तत्काल बिहेको सोचाइ नबनेको बताउने रमाइली रमिलाले गीत गाउन भने कहिल्यै नछोड्ने बताइन्

 [Kamana] [Sadhana] [Nepal Samacharpatra] [Contact Us]


  © Copyright 2003-2006 newsofnepal
newsofnepal is the internet venture of Kamana Prakashan Samuha
No content available in newsofnepal may be reused in anyway without written permission.