यस अंकमा
 
   विषय सूची
) सफलता असफलताको दोसाँधमा २०६५
) शिल्पा ख्याति विवादको घेराम
) टुट्यो अटुट बन्धन
)

असीवर्ष जोसिला हात

) विकृति विरुद्ध तिरिया के करम
) रमाइली रमिला
) मान्छे फर्केर आपनै ठाउँमा आउँछः करिस्मा
)

लोकसंस्कृति पर्यटनको आधार

 
 

लोकसंस्कृति पर्यटनको आधार

प्राकृतिक स्रोतसाधनका दृष्टिले पोखरा जति धनी त्यत्ति नै धनी कला संस्कृतिले पनि प्राकृतिक सौर्न्दर्यकै कारण फिल्म निर्माताको पहिलो गन्तव्यस्थल बनेको पोखरा फिल्म मात्रै होइन, लोकसंगीतका दृष्टिले पनि पोखरा विशाल डबलीकै रूपमा स्थापित भइसकेको पछिल्लो समयमा पोखरा साहसिक खेलकुदको गन्तव्यस्थलमा समेत विश्वमाझ परिचित बन्दै गएको

लोकसंगीत संस्कृति विशेष गरी पर्यटनका पर्ूवाधार हुन् पुराना नेपाली लोकसंस्कृृतिलाई हर्ेनका लागि पर्यटकहरूले नेपाललाई आफनो गन्तव्यस्थल बनाउने गरेका छन् ँपोखरालाई विश्वमाझ चिनाउने माध्यम नै लोकसंस्कृति प्राकृतिक सौर्न्दर्य हुन्’, पर्यटन व्यवसायी जीवनराम सापकोटा भन्छन्- ँकला संस्कृति पर्यटन पर्ूवाधारका साधन हुन्

 नेपाली मौलिक संगीतले झन् बिछट्टै मन छुन्छ मादलको ताल सारंगी रेटाइबाट निस्किएको धुनले मनमस्तिष्कलाई एकाग्र बनाउँदा पर्यटक वास्तविक संगीतको मोहमा झुल्छन् युवापुस्तामा बढ्दै गएको पाश्चात्य संगीतले नेपाली मौलिक लोकसंगीतलाई छियाछिया बनाउने प्रयास गरिए पनि लोकसंगीतको महत्त्व भने बेग्लै पर्यटक प्राकृतिक सौर्न्दर्यसँगै मौलिक संस्कृति संगीतसँग घुलमिल हुन खोज्छन् भन्दै उनी थप्छन्- ँशास्त्रीय संगीतको रागले भित्री मन छँुदा सबै प्रफुल्लित हुने गरेका छन्

लोकसंगीतसँगै प्रचलित पुराना मौलिक संस्कृतिले पनि पर्यटकलाई उत्तिकै लोभ्याएको नेपाली मौलिक कलासंस्कृतिले पर्यटन पर््रवर्द्धनमा टेवा पुर्याउँछ पोखरेली पर्यटनविद् झलक थापा अगाडि भन्छन्- र्ँपर्यटकलाई संस्कृति सांस्कृतिक पहिचानको ज्ञान दिलाउन सक्नर्ुपर्छ ढुंगाले छाएको मौलिक बस्ती पनि पर्यटकको आकर्षाको केन्द्र बनेको

र्ँपर्यटन विकासका लागि आँखामा आत्मीयता, व्यवहारमा हार्दिकदा बोलीमा इमानदारिताको खाँचो ’, थापा अगाडि थप्छन्- ँमौलिक संस्कृतिसँगै लोकसंस्कारसमेत दिन सक्नर्ुपर्छ पोखरा पर्यटकका लागि पहिलो रोजाइको गन्तव्यस्थल हो माछापुच्छ्रेसँगैका गाउँबस्ती अनि रहनसहनले पनि पर्यटकलाई दोहोर्याई-तेहेर्याई आउन बाध्य बनाउँछ

विभिन्न जनजातिको संगमस्थल पोखरामा फरकफरक संस्कृतिको अनुभव गर्न सकिन्छ गुरुङ समुदायको ल्होसार अनि ट्होंटे पर्वले बेग्लै रौनकता दिन्छ सडकमै विभिन्न पहिरनमा सजिएर भूतप्रेत अनि भ्रष्टाचार हटाउन मनाइने ट्होंटे पर्वले आन्तरिक तथा बाह्य पर्यटकलाई आकषिर्त गर्नुका साथै सबैको अध्ययनको विषय बनाइदिएको

त्यसो बर्सर्ेे हिमाली क्षेत्रमा विशेष गरी थकाली, मगर छन्त्याल समुदायको फागुपूणिर्माको अवसरमा तारो हान्ने खेलले पनि पर्यटकलाई आकषिर्त बनाएको ँतोरन्लमा तारो हान्ने प्रचलन गाउँदेखि अहिले शहरमा समेत बढेको ’, अन्नपर्ूण्ा आर्चरी क्लबका योगेन्द्र शेरचन भन्छन्- ँमहिला-पुरुषसँगै पछिल्लो समयदेखि केही पर्यटकसमेत उत्साहित हुँदै सहभागी हुन आउँछन्

हिउँदमा होस् या वषर्ामा, पोखरेली पर्यटन व्यवसायीले पर्यटन प््रवर्द्धन गर्न नेपाली मौलिक लोकसंस्कृतिलाई अगाडि सारेका छन् असार १५ मा रोपाइँ महोत्सव गर्दै पर्यटकलाई हिलो खेलाउने प्रचलनसमेत पोखरामा बढ्दै गएको ँबर्सर्ेे असार १५ मा पर्यटक फेवाकिनार फाँटमा हिलो खेल्न आइपुग्छन्’, पोखरा पर्यटन परिषद्का पर्ूवमहासचिव टीकाराम सापकोटा भन्छन्- ँनेपाली संस्कृत्रि्रति पर्यटकको चासो बढाउँदै लानका लागि यसको पर््रवर्द्धन गर्न जरुरी

त्यसो भाइटीकाको अवसरमा पनि पोखरेली दिदीबहिनीले विदेशीसँगै दाजुबहिनीको सम्बन्ध गाँस्छन् टीका लगाउँदै शिरमा ढाकाको टोपीले सजिँदा पर्यटकहरू मक्ख मात्रै नभई नेपाली संस्कृतिलाई विदेशसम्म फैलाउँछन् पर्यटन पर््रवर्द्धन गर्न नेपाली संस्कृति कडीकै रूपमा रहेको फागुपूणिर्माको समयमा समेत होली खेल्दै पर्यटकहरू उत्तिकै उत्साहित हुन्छन् सप्तरंग लिएर पर्यटकहरू एकआपसमा छ्यापाछ्याप गर्दै सडकै रंगाउने गरेका छन् यसले पनि पर्यटकलाई नेपाली संस्कृतिले थप आकर्षा गरेको आभास हुन्छ

पोखरामा आयोजना हुने अन्य विभिन्नखाले महोत्सवमा बजाइने पन्चैबाजा पनि पर्यटकलाई मोहित बनाउने अर्काे विषय हो लोकदोहोरी गीत नबुझे पनि पर्यटकको कम्मर मर्काउने परम्पराले पनि थप ऊर्जा दिएको हिमालदेखि तर्राईको वेशभूषा पनि नेपाली मौलिक संस्कृति हुन् फरक पहिचान दिने मौलिक संस्कृत्रि्रति दिनानुदिन पर्यटकको चासो बढ्दै गएको लोकसंस्कृतिलाई जगर्ेना गर्नु सबैको दायित्व हो युवापुस्तामाझ मात्रै नभएर नया पिढीका लागि पनि संस्कृति जोगाइराख्नु सबैको कर्तव्य हुने पोखराका पर्यटन व्यवसायीको धारणा

- धन बस्नेत/पोखरा

 [Kamana] [Sadhana] [Nepal Samacharpatra] [Contact Us]


  © Copyright 2003-2006 newsofnepal
newsofnepal is the internet venture of Kamana Prakashan Samuha
No content available in newsofnepal may be reused in anyway without written permission.