|
पिरिस्थितिमा सुधार भयो भने अहिलेदेखि नै नेपाल बस्नुहुन्छ ? - बस्छु । यहाँ बस्नासाथै कलाकारिता गरिहाल्नर्ुपर्छ भन्ने पनि होइन तर परिवारसँग बस्ने वातावरण, शान्ति त हुनुपर्यो नि । एकै ठाउँमा या घरैभित्र त बसिरहन सकिन्न नि । बन्द-हडतालबिना आनन्दले बस्न पाए पुग्छ । -अमेरिका, लन्डन, बहराइन हुँदै झन्डै २४ घण्टा लामो हवाई यात्रा पार गरेर अघिल्लो रात मात्र काठमाडौं टेकेकी उनले आफना राता आँखा मिच्दै भनिन् ।)
- ग्रिनकार्ड भए पनि मैले अमेरिकाको सिटिजनसिप लिएकी छैन । म परमानेन्ट रेसिडेन्स हुँ । मैले चाहेमा त्यहीँको सिटिजनसिप अप्लाई गर्न सक्छु तर चाहन्नँ । बरु यसैलाई रिन्यु गर्छर्ुु जाने-आउने गर्न पाए पुग्यो । मैले नेपाली नागरिकता त्यागेको छैन । त्यति परसम्म सोच्न पनि चाहन्नँ । -आँखामा बिझेको परेली झिक्दै भनिन् ।) अमेरिकी र नेपाली लाइफस्टाइलमा कुन ठीक ? - मलाई त नेपाली लाइफ नै आनन्ददायक लाग्छ तर दुवैको आआफनै राम्रोपन र कमजोरी छ । यहाँ हामीलाई आरामबाहेक केही छैन, हामी यहाँ काम पनि आरामले गर्र्छौं । त्यहाँ त्यस्तो छैन । त्यहाँ काम गर्ने प्रकार मन पर्छ । तर लिभिङका लागि जुन स्तरमा पुगेर काम गर्नुपर्छ, त्यो टुमच छ । -करिस्माले अमेरिकामा गर्नुपरेको संर्घष्ा नलुकाई भनिन् ।) म पनि एकदम लोअर मेजर क्लासका हिसाबले बसेकी थिएँ । रुमसमेत एउटै सेयर गरेर बस्नुपथ्र्यो । कि त धनी हुनुपर्यो झ् इनफयाक्ट मलाई त्यहाँको फुड पनि मन पर्दैन किनभने म ब्रेकफास्ट खान्नँ । नेपाली फुड नै खान्थें । थोरै त्यहाँको लिए पनि धेरै लिएको छैन । त्यहाँको सिस्टम राम्रो छ । कसैले चिट नै गर्न सक्दैन । सबैलाई सिस्टमले तह लाइदिएको छ । यहाँ त्यस्तो छैन । किलाकारहरू लगालग विदेश पलायन हुनुको कारण के हो -? - अरूका बारेमा म भन्न सक्दिनँ । -अर्काको कुरा के गर्नू भन्ने शैलीमा झिँजो मानेजस्तै गरी उनले भनिन् ।) सबैको आआफनै प्रकारको परिस्थिति हुन्छ । म जाँदाखेरिचाहिँ त्यहाँ गएर राम्रै काम गर्नुपर्छ भनेर प्रिपियर थिइनँ । मैले चिनेका मान्छेहरू -कलाकारहरू) जसरी काम गरिरहेका थिए, मैले पनि त्यसै गरी काम शुरू गरेँ । हामी रेकोग्नाइज फेस भएकाले एकैचोटि लो लेभलको, गाह्रो हुने काम गर्नुभन्दा स्टडी गरेर जानु राम्रो हुन्छ । म जाँदाखेरि मलाई थाहा थिएन कि म के काम गर्छर्ुुत्यसो गर्यो भने शुरूदेखि नै लिभिङ स्ट्यार्न्र्डड राम्रो हुन सक्छ कि झ् किलाकारहरू भविष्य खोज्न अमेरिका जान्छन् कि यो क्षेत्रमा मोनोटोनस भएर? (उनलाई च्याप्ने कोसिस गरियो ।) - क्यान बी द बोथ कज । -उनी पनि के कम थिइन् र चलाखी देखाइहालिन् ।) मचाहिँ मोनोटोनस भएर गएकी थिएँ । म त्यहाँ पुगेपछि बेकारमा किन आएँ, ह्वाट आई एम डुइङ भनेर पछुताउँथें । तर अहिले छ वर्षछि सोच्छु- त्यहाँ नगएको भए अहिलेजस्तो पर्पेmक्ट हुन्नथँे । अहिले आफूलाई हरेक कुरामा मेचर्ुअर्ड पाउँछु । चिया बसालेपछि कतिखेर उम्लिन्छ भनेर मलाई अब राम्ररी थाहा छ । अहिले मलाई यहाँको सबै कुरा मन पर्छ नि, त्यो सायद म यहीँ बसिरहेको भए हुँदैनथ्यो ।
- त्यहाँ जब गर्नलाई यहाँजस्तो कसैको चाकडी वा यस्तो-उस्तो गर्नुपर्दैन तर पनि हाम्रा लागि गाह्रो काम हो त्यो । सानोतिनो काम गर्दा होलडे उभिएर गर्नुपर्छ । -हावाले उडाइरहेको कपाल सन्तुलित गर्दै भन्दै थिइन् उनी ।) जो मैले पनि गरें । पछिपछि पो आफनो काम गरियो । सेल्समेनमै काम गर्नुस्, ठूलो ब्रान्डेड पसलमा गर्नुस् या सानो पसलमा, उभिएरै काम गर्ने हो । कि त लेखापढी वा कम्प्युटरको काम हुनुपर्यो । ११ घण्टासम्म एउटै काम गरिरहेकी हुन्थें । मेरा लागि काम त्यतिखेर गाह्रो हुन्थ्यो । म त राति सुत्दा पनि त्यही काम गरिरहेजस्तो हुन्थ्यो र पसलमा भनेको कुरा राति सपनामा पनि भनिरहेकी हुन्थें । काम गर्दागर्दा क्यापासिटी लस गरिरहेको हो कि डल भएको हो कि जस्तो लाग्थ्यो । बुटिक खोल्याथें, त्यो पनि प्याकअप गरेँ । अहिले त इकोनोमिक कन्डिसन पनि डाउन छ । निेपाली कलाकारको पोजिसन के छ त्यहाँ? (चासोकै विषय हो ।) -र् नर्मल छ । अमेरिका गरिखाने र पढ्ने मान्छेलाई राम्रो हो तर म स्टार हुँ भन्ने ह्याङ रहन्छ भने तपाईं त्यहाँ जिन्दगीभर खुसी हुनुहुन्न । -दुःख मिश्रति हाँसो हाँस्दै उनले भनिन् ।) त्यहाँ केही गर्नका लागि हातमा पैसा नभए पनि हुन्छ । यहाँचाहिँ पैसा भएर पनि गर्न सकिने कुरा कम छ । त्यहाँ मोरल र सिस्टमेटिक सपोर्ट छ । काम शुरू गर्नासाथै पैसा आउन थाल्छ । मेरो अनुभवमा यहाँ गरेको कामबाट पाउने सम्मान, आत्मसन्तुष्टि त्यहाँ पाइन्न । जिन्दगीमा म धेरै उतारचढाब र रंग हर्ेन चाहन्थेँ । -टोलाएजस्ती भइन् उनी ।) यहाँका धेरै सफल मान्छे दोसल्ला ओढेर, झयालबाट चरा हेरेर किन निष्त्रिmय भएर बसिरहेको होलाजस्तो लाग्थ्यो । त्यो आफनो नामलाई राखिराख्न गरेको रहेछ भनेर सुन्थें, अचम्म लाग्थ्यो । तर त्यो कुरा सही रहेछ भनेर अमेरिका गएर काम गरेपछि थाहा पाएँ । त्यसो गर्नुलाई रङ नै भन्न चाहन्नँ तर राइट पनि थिएन क्या । मेरो यहाँ भएको नेमफेम, सेटिसफयाक्सन र स्थानलाई त्यहाँ कुनै पनि कुराले परिपर्ूर्ति गर्नै सक्दैनथ्यो । त्यसमा केवल खालीपन थियो । पैसा भएर सबै चीज हुने रहेनछ । नामलाई कायम राख्नुपर्ने त्यही भएर रहेछ । -निराशा र पछुताउको भाव झल्किरहेको थियो करिस्माको गालामा ।) यो कुराले टेन्सन कत्तिको गथ्र्यो ? - टेन्सन नै त गर्दैनथ्यो । त्यहाँ तपाईंलाई कसैले मान्दैन । इट्स अप टु देम । नमानोस् केही छैन । विदेशीले चिन्दैन, अरूसित भेटै हुँदैन तर तपाईं एक्लै बाँच्न चाहनुहुन्छ- -उनी भावनाको भेलमा बगिरहेकी थिइन् ।) जबकि तपार्इंको नाम बोलाउनै अर्को मान्छे त्यहाँ हुनु जरुरी छ । कस्तो सेटिसफयाक्सन हो त्यो- यू निड पिपुल अराउन्ड । म जे पनि गर्नु हुन्छ भन्थें नि तर हुँदैन रहेछ । मैले रङ नगरे पनि सही गर्या थिइनँ । मेरो त टाइम थियो नि । स्टिल आई ह्याभ टाइम । बच्चालाई टाइम दिएर अहिले पनि हाउसवाइफ बनेर बस्न सक्छु । तर कति मान्छेको हातबाट टाइम जाने हो कि- अननोन भएर त्यही पैसाको पछाडि लागेर बस्ने हो कि- एक्लै भएर पनि बस्ने हो कि - तर त्यस्तैमा ह्याप्पी हुनेसँग मलाई कुनै गुनासो छैन । शुरूशुरूमा एक्लै हुँदा पनि म खुसी थिएँ । पछिपछि हुँदै गएपछि मान्छे चाहिन्छ, एक्लै बस्न सकिन्न, यस्तो-उस्तो भन्ने लाग्यो । यहाँ कति करोडौं मान्छे छन्, जसमध्ये केही मात्र त्यो स्थानमा पुग्छन्, जुन स्थानमा हामीले नाम पायौं । यो खुसीलाई पैसा, राम्रो देश, लक्जरियस लाइफस्टाइलले जित्न सक्दैन । म विस्तारै यताउता मिलाउने कोसिस गरिरहेकी छु । यहाँ भए पनि त्यहाँ भए पनि एक्लैचाहिँ बस्न सक्दिनँ । परिवारसँगै बस्ने सोचिरहेकी छु । यो पाँच महिनाको बसाइमा के गर्ने प्लानिङ छ? - केही छैन, नो प्लानिङ । -आपैँmसँग हाँस्दै) बहुत प्लानिङ गरेँ जिन्दगीमा । अब त आई डोन्ट वान्ट टु मेक एनी प्लानिङ । खालि हेल्थ कन्सस हुन्छु भन्ने सोचिरा’छु । िफल्म नगर्ने ? - आई डोन्ट नो, त्यसका लागि अझ पनि पर्प]mक्ट छु कि छैन- -करिस्माको थकित मुहारमा गम्भीरता जारी थियो ।) गर्न सक्छु कि सक्दिनँ थाहा छैन । अस्ति यहाँ आउनुअगाडि हामी -पति विनोदसहित) ले डीसी नेपालको डकुमेन्ट्रीको डबिङ गर्या थियौं । थोरै लाइनको डबिङ गर्न पनि गाह्रो भयो । पिर्पेmक्टनेसको कुरा गर्नुभयो, एज फ्याक्टरको कुरा गर्नुभएको हो कि ? -प्रसंग नै अन्तै मोडेर उनको मुड बदल्ने प्रयास गरियो ।) - म एज फयाक्टरमा बिलिभ गर्ने मान्छे होइन । -मुड बदलियो पनि । हल्का हाँसिन् उनी ।) हुन त १६ वर्षी बनेर कट्टु लाएर नाच्ने बेला छैन तर एज फयाक्टरको कुरालाई मान्दिनँ । इट्स अप टु मेन्सन । अनि फेरि कथाअनुसारको कुरा पनि त हुन्छ नि । त्यहीअनुसार कथा बन्छ नि । मितलब, पहिलेजस्तो हिरोइनको रोलमा काम गर्न अब सम्भव छैन ? -घघडान जवाफको आशा राखियो ।) - मलाई त्यस्तो लाग्दैन । -थोरै रिसाइन् क्यारे उनी ।) आई लुक गुड बेटर द्यान अल द पिपुल । हाम्रो देशमा मात्र त्यो कुरा लागू हुने हो । जुन पनि देशमा हर्ेर्नुस् तपाईं, एज फयाक्टरले केही पनि गर्या छैन । बरु मेकरहरूले कसरी प्रयोग गर्ने हो भन्ने सोच्नुपर्यो । मेकरहरूमै त्यो क्यापासिटी छैन भने त कुरा अर्कै हो । अिमेरिका बस्ने क्रममै नेपाली चलचित्रबारे के थाहा छ ? - खासै केही थाहा छैन । -बल्ल सामान्य भइन् उनी ।) भुवन -केसी), ऋचा -घिमिरे) लाई अमेरिकामै भेट्दा नेपाली फिल्म अहिले राम्रो भइरहेको छ भन्ने थाहा पाएँ । नेपाली फिल्म नै त होइन तर गीतचाहिँ अनलाइनमा हर्ेर्ने गर्थें । मलाई सबै पहिलेजस्तै लाग्छ । अलि-अलि लुगा चेन्ज भा’छन्, झल्याकझुलुक छन्, त्यति हो । कागबेनी, सानो संसार हेरें, त्योचाहिँ लिटिल डिफरेन्स लाग्यो । -उनले जोडिन् ।) तपार्इंहरूको कामनाचाहिँ विदेशमा बसेर पनि हेरिराखिन्छ । निेपाली चलचित्रक्षेत्र उँभो लाग्न नसक्नुको कारण के होला - ? -उनको अनुभव सुन्ने आशा गरियो ।) - हरेक कुरामा एउटा राम्रो भएपछि मानिसमा हौसला हुने हो । एउटा फिल्म राम्रो चलिदियो भने उसले कमाउँछ र खर्च गरेर फिल्म बनाउँछ । इफ यू ह्याभ मनी, मनी मेक्स एभ्रिथिङ । पैसा छ भने बुद्धि पनि आउँछ, टेक्निकक्ली पनि हाई जान्छ । काममा पनि सिस्टमचाहिँ हुनर्ैपर्छ । सुटिङलाई ढिला गर्दिन हुन्न । धेरै लेन्थ हुँदा पैसा खेर जान्छ । कसैलाई ब्लेम लगाउन खोज्या त होइन -व्यंग्यात्मक हाँसो र्छर्दै उनले भनिन् ।) तर दिनभरि हल्लेर दुइ सिन पनि नसक्ने गरेर इन्डस्ट्री चल्दैन । तिपाईं अमेरिका भासिनुको कारण पनि तपार्इंहरूले बनाउनुभएको फिल्मको घाटा हो? - होइन, मैले जिन्दगीलाई आफनो इच्छाअनुसार चलाएँ क्या । कसैले रोक्दा पनि रोकिएन । मेरो आफनै फिलोसोफी छ । पैसा भन्ने कुरा आउँछ-जान्छ । मलाई पैसा गएर प|mस्टेसन हुँदैन । मानिस एउटा ठाउँमा पुगेपछि नामका लागि काम गर्छ, सबैले एप्रिसेट गरोस् भन्ने चाहन्छ । घाटाले अलिकति दुःखी त थिएँ तर त्यसैका कारण अमेरिका गएकीचाहिँ होइन । -उनी फेरि गम्भीर भइन् ।) अिमेरिका गएपछि नेपाल बिर्सनुभयोे ? -गम्भीरतालाई चिरेर एग्रेसिभ बनाउनु थियो ।) - जहाँसुकै गए पनि मातृभूमिलाई बिर्सन सकिन्न । म मात्रै होइन, अमेरिका बसिरहेका हरेकले नेपाललाई मिस गरिरहेका हुन्छन् । पूजा -चन्द) ले त यहाँ पानी पर्दा मकैको पातबाट आउने आवाज, पानी परेको धूलोबाट आउने गन्धसमेत मिस गर्छिन् । मचाहिँ परिवारलाई मिस गर्थें । -गम्भीरताले नै जित्यो ।) त्यहाँ राम्रो खाना छ, पैसा छ, ब्रान्डेड लुगा छ । त्यसैमा खुसी हुन सक्नेलाई अमेरिका ठूलो कुरा हुन्छ । ममा चाहिँ जहिले पनि एउटा खालीपन रहन्थ्यो । मैले जहिले पनि ती चीज चाहें, जो त्यहाँ उपलब्ध हुन सक्दैनथेे । त्यो यहीँ थियो । त्यसले गर्दा म भित्रबाट खुसी हुन सक्दैनथेँ । जहाँसुकै जाउँm आमा र मातृभूमि भन्या धेरै ठूला कुरा हुन् । छि वर्षेखि दम्पती भएर नबस्दा मानसिक, भावनात्मक र शारीरिक रूपमा आवश्यकता महसुस भएन ? - थाहा छैन, मेरो जीवन अरू मान्छेको जस्तो रेगुलर नै छैनजस्तो लाग्छ कहिलेकाहीं । -उनी फेरि आपैँmसँग हाँसिन् ।) रेगुलर वुमन, रेगुलर हाउसवाइफ नै छैन म । त्यस्ता खालका डिमान्डहरू मेरा कहिले पनि भएनन् । अवश्य पनि विनोदजीलाई त्यो चीजले धेरैचोटि अप्ठ्यारो भयो होला । त्यो कुरा म अहिले महसुस गर्छर्ुु बिकज आई एम मेच्योर इनफ, नाउ आई क्यान थिंक । मान्छेका डिजाइरहरू के हुन्छन् भन्ने अहिले म बुझछु । उहाँ यति धेरै बुझने मान्छे मैले पाएँ कि भगवान्ले तँ यस्ती ठिस छेस्, तँलाई एउटा राम्रो मान्छे चाहिन्छ भनेर पठाइदिएजस्तो लाग्छ । -मीठो हाँसो छाएको थियो उनको ओठमा तर धेरै बेर टिकेन । फेरि गम्भीर हुँदै केशराशि चलाउँदै उनले भनिन् ।) अरूले सुन्दा फन्नी लाग्ला तर हामी हसबेन्ड वाइफ हो कि होइन, त्यो पनि मलाई थाहा छैन । हामी के हो थाहा छैन । तर वी क्यान लिभ टुगेदर । हामी एकअर्काको केयर गर्र्छौं । अहिले नेपाल आउने बेला म अमेरिका र्फकने चान्सेस छ भन्दा पनि ही हेल्प्ड मी अलट, फाइनान्सियल र अरू धेरै कुरामा । त्यसैले मलाई के लाग्छ भने नराम्रो मान्छेको प्रेयसी, भएभरको अप्सरा, सँगै मर्ने-बाँच्ने चीज भएर बस्नुभन्दा पनि एउटा राम्रो मान्छेको साथी मात्र हुनु पनि भाग्य हो क्या । यो मामिलामा म भाग्यमानी छु । अहिले त म झन् कन्पिmडेन्ट्ली भन्छु । एिक्लै बस्नु ठीक रहेछ कि दम्पती भएर? - दुइटै कन्डिसनमा मेरो दिनचर्यामा फेरबदल छैन किनभने रोक्ने मान्छे कोही छैन । तर विनोदसँग हुँदा झन् मोर सपोर्टिभ फिल गर्छर्ुु तिपाईंको नजरमा सबैभन्दा बेस्ट आर्टिस्ट? -उनको मुहार बदल्नका लागि पनि प्रसंग फेर्नैपर्ने भयो । भयो पनि त्यस्तै, उनले हाँस्दै भनिन् ।) - मदनकृष्ण र हरिवंश दाइ । उहाँहरूसँग सबै पक्ष छ । आफूलाई कसरी मेन्सन गर्ने भन्ने पनि उहाँहरूलाई राम्ररी थाहा छ । त्योबाहेक आर्टिस्टहरू सबै राम्रो लाग्छ । राजेश हमालजी पनि आई रियल्ली अप्रिसेट हिम । -उनी खिलखिलाइन् ।) बिकज यो इन्डस्ट्रीमा उहाँ एउटा पढेलेखेको मान्छे, अरू फिल्डमा पनि धेरै कुरा गर्न सक्ने भएर पनि हाम्रो फिल्डमा आएर योगदान पुर्याउनुभएको छ । बिहेभको हिसाबले पनि पर्फेक्ट लाग्छ । म त कोही मन पर्यो भने आन्द्राभुँडी नै दिन्छु । तर डिस्ट्यान्स कायम गर्नुपर्दो रहेछ । नत्रभने मानिसले एउटा औंला दियो भने होल ह्यान्डै खाइदिन्छ । त्यस्तो नहोस् । हमालजी त्यही डिस्ट्यान्स राख्न सकेको भएर आज पनि इन्डस्ट्रीमा रहिरहन सक्नुभएको छ । तिपाईंको विचारमा हमालजीले अहिलेसम्म बिहे किन नगर्या होला? - बिहे भनेको धेरै सोच्नुपर्ने कुरा नै हो रै’छ । मन पर्यो, एकैछिन सबै कुरा त हुन्छ तर त्यसपछाडि धेरै कुरा आउँछन् । सँगै बस्नुपर्ने मान्छेसँग सबै कुरा मिल्नर्ुपर्छ । नभए मान्छे भौंतारिन्छ । मेरो विचारमा उहाँले अहिले पनि केटी पाउनुहुन्छ होला, बिहे गर्नुहुन्छ होला । ही स्टिल लुकिङ यङ । -मस्तैले मुस्कुराइन् यतिखेर ।) ही इज नट टु ओल्ड स्टिल । िहरोइनमा चाहिँ सबैभन्दा बेस्ट को हो? - गीत हर्ेदा रेखा थापा पनि राम्रो लाग्यो । अरुणिमा, सञ्चिता पनि राम्रो लाग्यो । अभिनयको पक्षबाटचाहिँ भन्न सक्दिनँ । -उठ्दाउठ्दै उनले एउटा कुरा थपिन् ।) मलाई अचम्म लाग्छ, मान्छे फर्केर आफनै ठाउँमा आउँछ । सायद म पनि आउँछु । |
| |
|
| |
|