यस अंकमा
 
   विषय सूची
) सफलता असफलताको दोसाँधमा २०६५
) शिल्पा ख्याति विवादको घेराम
) टुट्यो अटुट बन्धन
)

असीवर्ष जोसिला हात

) विकृति विरुद्ध तिरिया के करम
) रमाइली रमिला
) मान्छे फर्केर आपनै ठाउँमा आउँछः करिस्मा
)

लोकसंस्कृति पर्यटनको आधार

 
 

मान्छे फर्केर आपनै ठाउँमा आउँछः करिस्मा

आफनो जमानाकी नम्बर एक सौर्न्दर्यशाली नायिका करिस्मा मानन्धर वर्षेखि अमेरिका बसाइमा छिन् हरेक वर्षवा दुइ वर्षा उनी होलिडे मनाउन न्यास्रो मेटाउन काठमाडौं आउने गर्छिन् करिस्मा जब-जब काठमाडौं आउँछिन्, चर्चामा रहन्छिन्

उत्तिकै ताजगी सौर्न्दर्य बोकेर यसपटक पनि उनी काठमाडौं आएकी छिन् सधैं छोटो बिदा लिएर आउने करिस्मा यसपालि केही नभए पनि पाँच महिना बस्ने गरेर आएकी छिन् करिस्मा काठमाडौं आउनासाथै कामनाका कार्यकारी सम्पादक विदुर गिरीले गोदावरीस्थित उनकै निवासमा भेटेर उनीसँग गरेको भिन्न शैली विचारोत्तेजक अन्तर्वार्ता यहाँ प्रस्तुत

वेलकम ब्याक टु काठमाडौं काठमाडौं आगमन अब सधैंका लागि हो?( औपचारिकताबाट शुरू गरियो अन्तर्वार्ता )

-           थ्याङ्क यू सधैंका लागि नेपालकै हुँ नि तर कस्तो हुँदो रहेछ भने अमेरिकामा बसिसकेपछि केही अभिभारा हुन्छ त्यो मिलाउँदा यहाँ बस्न वा लामो बस्न सम्भव हुन्न -करिस्मा पनि औपचारिकतामै थिइन् )

            सिधैंका लागि नेपालमै बस्न सम्भव छैन?( शुरूमै खास कुरा गरियो )

किन नहुनु (उनी मुस्कुराइन्) अवश्य हुन्छ मैले अहिलेसम्म कसैको एक पैसा खाएर हिँडेको छैन त्यसैले त्यहाँ पनि क्रेडिट बिगार्न चाहन्नँ विस्तारै मिलाएर बस्ने विचार त्यहाँ मोबाइल, गाडी, अपार्टमेन्ट जेसुकै पनि लियो भने त्यसको कन्ट्य्राक्ट साइन हुन्छ ट्याक्सको कुरा आउँछ, त्यो सबै केही समयका लागि होल्ड गरेर आउनर्ुपर्छ एक दिन ढिला भयो भने चार्ज लाग्न थाल्छ, पेनाल्टी तिर्नुपर्छ यस कारण चाहेर पनि लामो बसौं वा अब सधैंका लागि स्वदेशमै बसौं भनेर भन्नेबित्तिकै सम्भव हुँदैन ­-उनी फेरि पुरानै सदाबहार मुस्कानमा आइन् ) योपालिचाहिँ लामै होस् भनेर कोसिस गरेकी छु सबै कुरा निमिट्यान्न बनाएर मात्र बस्न चाहन्छु यसपालि गाडी बेचेर आउन चाहेकी थिएँ घरको चाँजोपाँजो मिलाएर अर्काकोमा सामान राखेर आएकी छु कस्तो भने त्यहाँ नहुँदा पनि पेमेन्ट गरिरहनर्ुपर्छ नेपालमा बसेर डलरमा पेमेन्ट गर्न सक्दिनँ नि अब यतै बस्ने कि भन्ने सोच मेरो मात्र होइन, त्यहाँ बस्ने धेरैको मनस्थिति त्यही तर घरै उठाएर हिँड्न मिल्दैन धेरै मानिस त्यही बाध्यताले अमेरिकामा बस्नुपरेको देशको परिस्थितिले पनि दोमन बनाइरहेको मेरो परिवार, आफन्त, मेरो इन्डस्ट्री, पेसा, सेल्सम्यान अथवा यो-त्योभन्दा पनि मेरो सोललाई ह्याप्पी बनाउने भनेको कलाकारिता नै हो नि -उनी गम्भीर बनिन् ) नेपाल बसेर यही कामसँग सम्बन्धित हुन चाहन्छु तर त्यही हो, उताको धेरै कुरा मिलाउनुपर्ने हुन्छ

            पिरिस्थितिमा सुधार भयो भने अहिलेदेखि नै नेपाल बस्नुहुन्छ ?

-           बस्छु यहाँ बस्नासाथै कलाकारिता गरिहाल्नर्ुपर्छ भन्ने पनि होइन तर परिवारसँग बस्ने वातावरण, शान्ति हुनुपर्यो नि एकै ठाउँमा या घरैभित्र बसिरहन सकिन्न नि बन्द-हडतालबिना आनन्दले बस्न पाए पुग्छ -अमेरिका, लन्डन, बहराइन हुँदै झन्डै २४ घण्टा लामो हवाई यात्रा पार गरेर अघिल्लो रात मात्र काठमाडौं टेकेकी उनले आफना राता आँखा मिच्दै भनिन् )

            िग्रनकार्ड होल्डर हुनुहुन्छ, तपाईं अब अमेरिकी नागरिक कि नेपाली ?

-           ग्रिनकार्ड भए पनि मैले अमेरिकाको सिटिजनसिप लिएकी छैन परमानेन्ट रेसिडेन्स हुँ मैले चाहेमा त्यहीँको सिटिजनसिप अप्लाई गर्न सक्छु तर चाहन्नँ बरु यसैलाई रिन्यु गर्छर्ुु जाने-आउने गर्न पाए पुग्यो मैले नेपाली नागरिकता त्यागेको छैन त्यति परसम्म सोच्न पनि चाहन्नँ -आँखामा बिझेको परेली झिक्दै भनिन् )

            अमेरिकी नेपाली लाइफस्टाइलमा कुन ठीक ?

-           मलाई नेपाली लाइफ नै आनन्ददायक लाग्छ तर दुवैको आआफनै राम्रोपन कमजोरी यहाँ हामीलाई आरामबाहेक केही छैन, हामी यहाँ काम पनि आरामले गर्र्छौं त्यहाँ त्यस्तो छैन त्यहाँ काम गर्ने प्रकार मन पर्छ तर लिभिङका लागि जुन स्तरमा पुगेर काम गर्नुपर्छ, त्यो टुमच -करिस्माले अमेरिकामा गर्नुपरेको संर्घष्ा नलुकाई भनिन् ) पनि एकदम लोअर मेजर क्लासका हिसाबले बसेकी थिएँ रुमसमेत एउटै सेयर गरेर बस्नुपथ्र्यो कि धनी हुनुपर्यो झ् इनफयाक्ट मलाई त्यहाँको फुड पनि मन पर्दैन किनभने ब्रेकफास्ट खान्नँ नेपाली फुड नै खान्थें थोरै त्यहाँको लिए पनि धेरै लिएको छैन त्यहाँको सिस्टम राम्रो कसैले चिट नै गर्न सक्दैन सबैलाई सिस्टमले तह लाइदिएको यहाँ त्यस्तो छैन

            किलाकारहरू लगालग विदेश पलायन हुनुको कारण के हो -?

-           अरूका बारेमा भन्न सक्दिनँ -अर्काको कुरा के गर्नू भन्ने शैलीमा झिँजो मानेजस्तै गरी उनले भनिन् ) सबैको आआफनै प्रकारको परिस्थिति हुन्छ जाँदाखेरिचाहिँ त्यहाँ गएर राम्रै काम गर्नुपर्छ भनेर प्रिपियर थिइनँ मैले चिनेका मान्छेहरू -कलाकारहरू) जसरी काम गरिरहेका थिए, मैले पनि त्यसै गरी काम शुरू गरेँ हामी रेकोग्नाइज फेस भएकाले एकैचोटि लो लेभलको, गाह्रो हुने काम गर्नुभन्दा स्टडी गरेर जानु राम्रो हुन्छ जाँदाखेरि मलाई थाहा थिएन कि के काम गर्छर्ुुत्यसो गर्यो भने शुरूदेखि नै लिभिङ स्ट्यार्न्र्डड राम्रो हुन सक्छ कि झ्

            किलाकारहरू भविष्य खोज्न अमेरिका जान्छन् कि यो क्षेत्रमा मोनोटोनस भएर? (उनलाई च्याप्ने कोसिस गरियो )

-           क्यान बी बोथ कज -उनी पनि के कम थिइन् चलाखी देखाइहालिन् ) मचाहिँ मोनोटोनस भएर गएकी थिएँ त्यहाँ पुगेपछि बेकारमा किन आएँ, ह्वाट आई एम डुइङ भनेर पछुताउँथें तर अहिले वर्षछि सोच्छु- त्यहाँ नगएको भए अहिलेजस्तो पर्पेmक्ट हुन्नथँे अहिले आफूलाई हरेक कुरामा मेचर्ुअर्ड पाउँछु चिया बसालेपछि कतिखेर उम्लिन्छ भनेर मलाई अब राम्ररी थाहा अहिले मलाई यहाँको सबै कुरा मन पर्छ नि, त्यो सायद यहीँ बसिरहेको भए हुँदैनथ्यो

            त्ियहाँ कस्तो-कस्तो जब गर्नुभयो ?(सबैको जिज्ञासालाई प्रश्न बनाइयो )

-           त्यहाँ जब गर्नलाई यहाँजस्तो कसैको चाकडी वा यस्तो-उस्तो गर्नुपर्दैन तर पनि हाम्रा लागि गाह्रो काम हो त्यो सानोतिनो काम गर्दा होलडे उभिएर गर्नुपर्छ -हावाले उडाइरहेको कपाल सन्तुलित गर्दै भन्दै थिइन् उनी ) जो मैले पनि गरें पछिपछि पो आफनो काम गरियो सेल्समेनमै काम गर्नुस्, ठूलो ब्रान्डेड पसलमा गर्नुस् या सानो पसलमा, उभिएरै काम गर्ने हो कि लेखापढी वा कम्प्युटरको काम हुनुपर्यो ११ घण्टासम्म एउटै काम गरिरहेकी हुन्थें मेरा लागि काम त्यतिखेर गाह्रो हुन्थ्यो राति सुत्दा पनि त्यही काम गरिरहेजस्तो हुन्थ्यो पसलमा भनेको कुरा राति सपनामा पनि भनिरहेकी हुन्थें काम गर्दागर्दा क्यापासिटी लस गरिरहेको हो कि डल भएको हो कि जस्तो लाग्थ्यो बुटिक खोल्याथें, त्यो पनि प्याकअप गरेँ अहिले इकोनोमिक कन्डिसन पनि डाउन

            निेपाली कलाकारको पोजिसन के त्यहाँ? (चासोकै विषय हो )

-र्          नर्मल अमेरिका गरिखाने पढ्ने मान्छेलाई राम्रो हो तर स्टार हुँ भन्ने ह्याङ रहन्छ भने तपाईं त्यहाँ जिन्दगीभर खुसी हुनुहुन्न

-दुःख मिश्रति हाँसो हाँस्दै उनले भनिन् ) त्यहाँ केही गर्नका लागि हातमा पैसा नभए पनि हुन्छ यहाँचाहिँ पैसा भएर पनि गर्न सकिने कुरा कम त्यहाँ मोरल सिस्टमेटिक सपोर्ट काम शुरू गर्नासाथै पैसा आउन थाल्छ

            मेरो अनुभवमा यहाँ गरेको कामबाट पाउने सम्मान, आत्मसन्तुष्टि त्यहाँ पाइन्न जिन्दगीमा धेरै उतारचढाब रंग हर्ेन चाहन्थेँ -टोलाएजस्ती भइन् उनी ) यहाँका धेरै सफल मान्छे दोसल्ला ओढेर, झयालबाट चरा हेरेर किन निष्त्रिm भएर बसिरहेको होलाजस्तो लाग्थ्यो त्यो आफनो नामलाई राखिराख्न गरेको रहेछ भनेर सुन्थें, अचम्म लाग्थ्यो तर त्यो कुरा सही रहेछ भनेर अमेरिका गएर काम गरेपछि थाहा पाएँ त्यसो गर्नुलाई रङ नै भन्न चाहन्नँ तर राइट पनि थिएन क्या मेरो यहाँ भएको नेमफेम, सेटिसफयाक्सन स्थानलाई त्यहाँ कुनै पनि कुराले परिपर्ूर्ति गर्नै सक्दैनथ्यो त्यसमा केवल खालीपन थियो पैसा भएर सबै चीज हुने रहेनछ नामलाई कायम राख्नुपर्ने त्यही भएर रहेछ -निराशा पछुताउको भाव झल्किरहेको थियो करिस्माको गालामा )

            यो कुराले टेन्सन कत्तिको गथ्र्यो ?

-           टेन्सन नै गर्दैनथ्यो त्यहाँ तपाईंलाई कसैले मान्दैन इट्स अप टु देम नमानोस् केही छैन विदेशीले चिन्दैन, अरूसित भेटै हुँदैन तर तपाईं एक्लै बाँच्न चाहनुहुन्छ- -उनी भावनाको भेलमा बगिरहेकी थिइन् ) जबकि तपार्इंको नाम बोलाउनै अर्को मान्छे त्यहाँ हुनु जरुरी कस्तो सेटिसफयाक्सन हो त्यो- यू निड पिपुल अराउन्ड जे पनि गर्नु हुन्छ भन्थें नि तर हुँदैन रहेछ मैले रङ नगरे पनि सही गर्या थिइनँ मेरो टाइम थियो नि स्टिल आई ह्याभ टाइम बच्चालाई टाइम दिएर अहिले पनि हाउसवाइफ बनेर बस्न सक्छु तर कति मान्छेको हातबाट टाइम जाने हो कि- अननोन भएर त्यही पैसाको पछाडि लागेर बस्ने हो कि- एक्लै भएर पनि बस्ने हो कि - तर त्यस्तैमा ह्याप्पी हुनेसँग मलाई कुनै गुनासो छैन

            शुरूशुरूमा एक्लै हुँदा पनि खुसी थिएँ पछिपछि हुँदै गएपछि मान्छे चाहिन्छ, एक्लै बस्न सकिन्न, यस्तो-उस्तो भन्ने लाग्यो यहाँ कति करोडौं मान्छे छन्, जसमध्ये केही मात्र त्यो स्थानमा पुग्छन्, जुन स्थानमा हामीले नाम पायौं यो खुसीलाई पैसा, राम्रो देश, लक्जरियस लाइफस्टाइलले जित्न सक्दैन विस्तारै यताउता मिलाउने कोसिस गरिरहेकी छु यहाँ भए पनि त्यहाँ भए पनि एक्लैचाहिँ बस्न सक्दिनँ परिवारसँगै बस्ने सोचिरहेकी छु

            यो पाँच महिनाको बसाइमा के गर्ने प्लानिङ ?

-           केही छैन, नो प्लानिङ -आपैँmसँग हाँस्दै) बहुत प्लानिङ गरेँ जिन्दगीमा अब आई डोन्ट वान्ट टु मेक एनी प्लानिङ खालि हेल्थ कन्सस हुन्छु भन्ने सोचिराछु

            िफल्म नगर्ने ?

-           आई डोन्ट नो, त्यसका लागि अझ पनि पर्प]mक्ट छु कि छैन- -करिस्माको थकित मुहारमा गम्भीरता जारी थियो ) गर्न सक्छु कि सक्दिनँ थाहा छैन अस्ति यहाँ आउनुअगाडि हामी -पति विनोदसहित) ले डीसी नेपालको डकुमेन्ट्रीको डबिङ गर्या थियौं थोरै लाइनको डबिङ गर्न पनि गाह्रो भयो

            पिर्पेmक्टनेसको कुरा गर्नुभयो, एज फ्याक्टरको कुरा गर्नुभएको हो कि ?

            -प्रसंग नै अन्तै मोडेर उनको मुड बदल्ने प्रयास गरियो )

-           एज फयाक्टरमा बिलिभ गर्ने मान्छे होइन

            -मुड बदलियो पनि हल्का हाँसिन् उनी ) हुन १६ वर्षी बनेर कट्टु लाएर नाच्ने बेला छैन तर एज फयाक्टरको कुरालाई मान्दिनँ इट्स अप टु मेन्सन अनि फेरि कथाअनुसारको कुरा पनि हुन्छ नि त्यहीअनुसार कथा बन्छ नि

            मितलब, पहिलेजस्तो हिरोइनको रोलमा काम गर्न अब सम्भव छैन ?

            -घघडान जवाफको आशा राखियो )

-           मलाई त्यस्तो लाग्दैन -थोरै रिसाइन् क्यारे उनी ) आई लुक गुड बेटर द्यान अल पिपुल हाम्रो देशमा मात्र त्यो कुरा लागू हुने हो जुन पनि देशमा हर्ेर्नुस् तपाईं, एज फयाक्टरले केही पनि गर्या छैन बरु मेकरहरूले कसरी प्रयोग गर्ने हो भन्ने सोच्नुपर्यो मेकरहरूमै त्यो क्यापासिटी छैन भने कुरा अर्कै हो

            अिमेरिका बस्ने क्रममै नेपाली चलचित्रबारे के थाहा ?

-           खासै केही थाहा छैन -बल्ल सामान्य भइन् उनी ) भुवन -केसी), ऋचा -घिमिरे) लाई अमेरिकामै भेट्दा नेपाली फिल्म अहिले राम्रो भइरहेको भन्ने थाहा पाएँ नेपाली फिल्म नै होइन तर गीतचाहिँ अनलाइनमा हर्ेर्ने गर्थें मलाई सबै पहिलेजस्तै लाग्छ अलि-अलि लुगा चेन्ज भाछन्, झल्याकझुलुक छन्, त्यति हो कागबेनी, सानो संसार हेरें, त्योचाहिँ लिटिल डिफरेन्स लाग्यो ­-उनले जोडिन् ) तपार्इंहरूको कामनाचाहिँ विदेशमा बसेर पनि हेरिराखिन्छ

            निेपाली चलचित्रक्षेत्र उँभो लाग्न नसक्नुको कारण के होला - ?

            -उनको अनुभव सुन्ने आशा गरियो )

-           हरेक कुरामा एउटा राम्रो भएपछि मानिसमा हौसला हुने हो एउटा फिल्म राम्रो चलिदियो भने उसले कमाउँछ खर्च गरेर फिल्म बनाउँछ इफ यू ह्याभ मनी, मनी मेक्स एभ्रिथिङ पैसा भने बुद्धि पनि आउँछ, टेक्निकक्ली पनि हाई जान्छ काममा पनि सिस्टमचाहिँ हुनर्ैपर्छ सुटिङलाई ढिला गर्दिन हुन्न धेरै लेन्थ हुँदा पैसा खेर जान्छ कसैलाई ब्लेम लगाउन खोज्या होइन -व्यंग्यात्मक हाँसो र्छर्दै उनले भनिन् ) तर दिनभरि हल्लेर दुइ सिन पनि नसक्ने गरेर इन्डस्ट्री चल्दैन

            तिपाईं अमेरिका भासिनुको कारण पनि तपार्इंहरूले बनाउनुभएको फिल्मको घाटा हो?

-           होइन, मैले जिन्दगीलाई आफनो इच्छाअनुसार चलाएँ क्या कसैले रोक्दा पनि रोकिएन मेरो आफनै फिलोसोफी पैसा भन्ने कुरा आउँछ-जान्छ मलाई पैसा गएर |mस्टेसन हुँदैन मानिस एउटा ठाउँमा पुगेपछि नामका लागि काम गर्छ, सबैले एप्रिसेट गरोस् भन्ने चाहन्छ घाटाले अलिकति दुःखी थिएँ तर त्यसैका कारण अमेरिका गएकीचाहिँ होइन -उनी फेरि गम्भीर भइन् )

            अिमेरिका गएपछि नेपाल बिर्सनुभयोे ?

            -गम्भीरतालाई चिरेर एग्रेसिभ बनाउनु थियो )

-           जहाँसुकै गए पनि मातृभूमिलाई बिर्सन सकिन्न मात्रै होइन, अमेरिका बसिरहेका हरेकले नेपाललाई मिस गरिरहेका हुन्छन् पूजा -चन्द) ले यहाँ पानी पर्दा मकैको पातबाट आउने आवाज, पानी परेको धूलोबाट आउने गन्धसमेत मिस गर्छिन्

            मचाहिँ परिवारलाई मिस गर्थें -गम्भीरताले नै जित्यो ) त्यहाँ राम्रो खाना , पैसा , ब्रान्डेड लुगा त्यसैमा खुसी हुन सक्नेलाई अमेरिका ठूलो कुरा हुन्छ ममा चाहिँ जहिले पनि एउटा खालीपन रहन्थ्यो मैले जहिले पनि ती चीज चाहें, जो त्यहाँ उपलब्ध हुन सक्दैनथेे त्यो यहीँ थियो त्यसले गर्दा भित्रबाट खुसी हुन सक्दैनथेँ जहाँसुकै जाउँm आमा मातृभूमि भन्या धेरै ठूला कुरा हुन्

            छि वर्षेखि दम्पती भएर नबस्दा मानसिक, भावनात्मक शारीरिक रूपमा आवश्यकता महसुस भएन ?

-           थाहा छैन, मेरो जीवन अरू मान्छेको जस्तो रेगुलर नै छैनजस्तो लाग्छ कहिलेकाहीं -उनी फेरि आपैँmसँग हाँसिन् ) रेगुलर वुमन, रेगुलर हाउसवाइफ नै छैन त्यस्ता खालका डिमान्डहरू मेरा कहिले पनि भएनन् अवश्य पनि विनोदजीलाई त्यो चीजले धेरैचोटि अप्ठ्यारो भयो होला त्यो कुरा अहिले महसुस गर्छर्ुु बिकज आई एम मेच्योर इनफ, नाउ आई क्यान थिंक मान्छेका डिजाइरहरू के हुन्छन् भन्ने अहिले बुझछु उहाँ यति धेरै बुझने मान्छे मैले पाएँ कि भगवान्ले तँ यस्ती ठिस छेस्, तँलाई एउटा राम्रो मान्छे चाहिन्छ भनेर पठाइदिएजस्तो लाग्छ

            -मीठो हाँसो छाएको थियो उनको ओठमा तर धेरै बेर टिकेन फेरि गम्भीर हुँदै केशराशि चलाउँदै उनले भनिन् ) अरूले सुन्दा फन्नी लाग्ला तर हामी हसबेन्ड वाइफ हो कि होइन, त्यो पनि मलाई थाहा छैन हामी के हो थाहा छैन तर वी क्यान लिभ टुगेदर हामी एकअर्काको केयर गर्र्छौं अहिले नेपाल आउने बेला अमेरिका र्फकने चान्सेस भन्दा पनि ही हेल्प्ड मी अलट, फाइनान्सियल अरू धेरै कुरामा त्यसैले मलाई के लाग्छ भने नराम्रो मान्छेको प्रेयसी, भएभरको अप्सरा, सँगै मर्ने-बाँच्ने चीज भएर बस्नुभन्दा पनि एउटा राम्रो मान्छेको साथी मात्र हुनु पनि भाग्य हो क्या यो मामिलामा भाग्यमानी छु अहिले झन् कन्पिmडेन्ट्ली भन्छु

            एिक्लै बस्नु ठीक रहेछ कि दम्पती भएर?

-           दुइटै कन्डिसनमा मेरो दिनचर्यामा फेरबदल छैन किनभने रोक्ने मान्छे कोही छैन तर विनोदसँग हुँदा झन् मोर सपोर्टिभ फिल गर्छर्ुु

            तिपाईंको नजरमा सबैभन्दा बेस्ट आर्टिस्ट?

-उनको मुहार बदल्नका लागि पनि प्रसंग फेर्नैपर्ने भयो भयो पनि त्यस्तै, उनले हाँस्दै भनिन् )

-           मदनकृष्ण हरिवंश दाइ उहाँहरूसँग सबै पक्ष आफूलाई कसरी मेन्सन गर्ने भन्ने पनि उहाँहरूलाई राम्ररी थाहा त्योबाहेक आर्टिस्टहरू सबै राम्रो लाग्छ राजेश हमालजी पनि आई रियल्ली अप्रिसेट हिम -उनी खिलखिलाइन् ) बिकज यो इन्डस्ट्रीमा उहाँ एउटा पढेलेखेको मान्छे, अरू फिल्डमा पनि धेरै कुरा गर्न सक्ने भएर पनि हाम्रो फिल्डमा आएर योगदान पुर्याउनुभएको बिहेभको हिसाबले पनि पर्फेक्ट लाग्छ कोही मन पर्यो भने आन्द्राभुँडी नै दिन्छु तर डिस्ट्यान्स कायम गर्नुपर्दो रहेछ नत्रभने मानिसले एउटा औंला दियो भने होल ह्यान्डै खाइदिन्छ त्यस्तो नहोस् हमालजी त्यही डिस्ट्यान्स राख्न सकेको भएर आज पनि इन्डस्ट्रीमा रहिरहन सक्नुभएको

            तिपाईंको विचारमा हमालजीले अहिलेसम्म बिहे किन नगर्या होला?

-           बिहे भनेको धेरै सोच्नुपर्ने कुरा नै हो रै मन पर्यो, एकैछिन सबै कुरा हुन्छ तर त्यसपछाडि धेरै कुरा आउँछन् सँगै बस्नुपर्ने मान्छेसँग सबै कुरा मिल्नर्ुपर्छ नभए मान्छे भौंतारिन्छ मेरो विचारमा उहाँले अहिले पनि केटी पाउनुहुन्छ होला, बिहे गर्नुहुन्छ होला ही स्टिल लुकिङ यङ -मस्तैले मुस्कुराइन् यतिखेर ) ही इज नट टु ओल्ड स्टिल

            िहरोइनमा चाहिँ सबैभन्दा बेस्ट को हो?

-           गीत हर्ेदा रेखा थापा पनि राम्रो लाग्यो अरुणिमा, सञ्चिता पनि राम्रो लाग्यो अभिनयको पक्षबाटचाहिँ भन्न सक्दिनँ -उठ्दाउठ्दै उनले एउटा कुरा थपिन् ) मलाई अचम्म लाग्छ, मान्छे फर्केर आफनै ठाउँमा आउँछ सायद पनि आउँछु

 [Kamana] [Sadhana] [Nepal Samacharpatra] [Contact Us]


  © Copyright 2003-2006 newsofnepal
newsofnepal is the internet venture of Kamana Prakashan Samuha
No content available in newsofnepal may be reused in anyway without written permission.