यस अंकमा
 विषय सूची
) सफलता असफलताको दोसाँधमा २०६५
) शिल्पा ख्याति विवादको घेराम
) टुट्यो अटुट बन्धन
)

असीवर्ष जोसिला हात

) विकृति विरुद्ध तिरिया के करम
) रमाइली रमिला
) मान्छे फर्केर आपनै ठाउँमा आउँछः करिस्मा
)

लोकसंस्कृति पर्यटनको आधार

 
 

असीवर्ष जोसिला हात

असी वर्षो पाको उमेरमा पनि भीमबहादुर नकर्मीका हात तबला पिट्नमा सक्रिय छन् अन्य बाजाभन्दा बढी शारीरिक परिश्रम पर्ने तबला युवाहरूजत्तिकै जोसिलो शैलीमा बजाउनु भीमबहादुरको विशेषता हो भजन शास्त्रीय संगीतका कार्यक्रममा सरिक नभएसम्म चित्त नबुझाउने उनी कहिले नैकाप बल्खुक्षेत्रका कार्यक्रममा देखिन्छन् भने कहिले थानकोट सतुंगलक्षेत्रमा झुल्किन्छन् बलम्बु, बालाजु, साँखु, बाडेगाउँ ठमेलक्षेत्रमा समेत पुगेर संगीतप्रेमी विद्यार्थीलाई तबला सिकाउने नकर्मीको खास घर भने बलम्बु हो

उनी तबला सिकाउँछन् तर यसबापत कमाउने ध्याउन्न छैन उनमा सामान्य रूपमा लिने गुरुदक्षिणा संकलन गरेर उनी हार्माेनियम, तबलाजस्ता वाद्ययन्त्र किन्छन् अनि भजनमण्डल क्लबहरूमा उपहार दिन्छन् यही निःस्वार्थ त्यागको मूल्यांकन गर्दै दर्जनौं संघसंस्थाले उनलाई सम्मान पुरस्कृतसमेत गरेका छन्

सामाजिक सेवामा समय बिताउन रुचाउने नकर्मी आफूले गाउँसमाजका लागि यतिसम्म गरें भन्दै सुनाउँछन्- ँम सानैदेखि नेपाली कांग्रेसमा लागेर स्वतन्त्रताका लागि अग्रसर मान्छे हुँ २०१५ सालमा नेपाली कांग्रेसले सरकार बनाएपछि तत्कालीन प्रधानमन्त्री बीपी कोइरालालाई गाउँमा निम्तो गरी भव्य स्वागत गरियो गाउँको समस्या राख्ने क्रममा बलम्बुमा पानीको अभाव भएको जाहेरी गरेपछि महिनाभित्र मातातर्ीथबाट पानी आएको हो त्यो आयोजनाको फाइदा गाउँबासीले अहिलेसम्म पनि लिइरहेका छन् यस्ता धेरै काम मेरो सक्रियतामा भएका छन्

भीमबहादुरले सांगीतिक यात्रा आफ्ना पिता कान्छा नकर्मीको हात समाएर शुरू गरेका हुन् बलम्बुका भजनमण्डलीमा हरेक दिन सांगीतिक कार्यक्रम हुने गर्थे भीमबहादुर सानै छँदा आमा मोहनमायाको काखबाट हामफाल्दै बाबुको पछि लाग्थे बाबुले भजन गाएको राम्रोसँग सुन्ने भीमबहादुर विस्तारै नक्कल गर्ने गर्थे हुँदाहुँदा - वर्षै उमेरदेखि उनी टाकनटुकन भजन गाउने ढोलक बजाएर बाबुको बिँडो थाम्न थाले

बाबुको हौसला प्रेरणाले सांगीतिक गहिराइमा डुब्दै गरेका भीमबहादुरलाई १३ वर्षै उमेरमा पितृशोक पर्यो तर पनि उनी आफन्त, साथीभाइ शुभचिन्तक अग्रजहरूको सहयोगमा जीवनयात्रालाई नडगमगाउने गरी अगाडि बढाउन समक्ष भए यही क्रममा नकर्मीले - महिना उस्ताद अष्टमान श्रेष्ठ -कालो ठेकी साहिँला) सँग सिक्ने मौका पाए

तर गुरु भारततर्फलागेपछि लामो अवधिसम्म कुनै सिद्धहस्त गुरुसँग संगीतको ज्ञान हासिल गर्न पाए हुन्थ्यो भन्ने लागिरहेकै बेला झोंछेमा रहेको कलानिधि संगीत विद्यालयमा भर्ना भएर उस्तादद्वय चेतनाथ शर्मा रंगराव मादम्बरीसँग गायनकला अनि उस्ताद कालीप्रसाद शर्मासँग तबलाको औपचारिक ज्ञान हासिल गरे

उनले आफ्नै घरमा नेवारी परम्परागत बाजा शास्त्रीय संगीत सिकाएर कलाकार उत्पादन गर्न थाले, जसको प्रभाव आफ्नै छोराछोरीमा समेत पर्न गयो उनका छोरा मनराज नकर्मी राम्रा तबलावादक संगीतकारका रूपमा चिनिन्छन् भने छोरी मञ्जुले पनि तबलामा प्रगति गरेकी छन्

उनको असीवर्ष जीवन अहिले सांगीतिक माहोलमै बितिरहेको निकै मिलनसार लाग्ने उनी परम्परागत जडीबुटीको औषधिमूलोमा समेत सिपालु भएकाले काठमाडौंको पश्चिमी भेगमा निकै चर्चित छन्

आफ्नो जीवनगाथा सुनाउँदै उनले भने- ँइमानदारिता मेहनतमै सम्पूर्ण जीवन बिताइयो तर पनि दुःखकष्टले कहिल्यै छाडेन यी सबै पीडालाई भुलाउने माध्यम बनेको संगीत यसले तनावलाई मल्हमपट्टीको काम गर्दाे रहेछ कुराकानीकै क्रममा भावुक भएर टक्क रोकिँदै उनले आफ्नो अन्तिम इच्छा यसरी व्यक्त गरे- ँजे होस् अझ पनि सक्रिय रूपमै भक्ति शास्त्रीय संगीतलाई आफ्नो साथी बनाइरहेको छु जीवनको अन्तिम अवस्थामा पनि संगीतमै आनन्दित हुन पाउँm, यही मेरो कामना

 [Kamana] [Sadhana] [Nepal Samacharpatra] [Contact Us]


  © Copyright 2003-2006 newsofnepal
newsofnepal is the internet venture of Kamana Prakashan Samuha
No content available in newsofnepal may be reused in anyway without written permission.