यस अंकमा
 विषय सूची
) सफलता असफलताको दोसाँधमा २०६५
) शिल्पा ख्याति विवादको घेराम
) टुट्यो अटुट बन्धन
)

असीवर्ष जोसिला हात

) विकृति विरुद्ध तिरिया के करम
) रमाइली रमिला
) मान्छे फर्केर आपनै ठाउँमा आउँछः करिस्मा
)

लोकसंस्कृति पर्यटनको आधार

 
 

सफलता असफलताको दोसाँधमा २०६५

नेपाली चलचित्रको निर्माण प््रदर्शन अनि व्यापारिक अवस्था हर्ेदा अघिल्ला केही वर्षो तुलनामा २०६५ सालबाट केही सन्तोष लिनुपर्ने देखिएको

वर्ष०६५ मा काठमाडौं मोफसल अथवा काठमाडौंमा मात्र या मोफसलमा मात्र पर््रदर्शनमा आउन सकेका चलचित्रको व्यापारिक हिसाबले बितेको वर्षाई नमिठो सफलताको वर्षमान्न सकिन्छ नमिठो सफलता यस अर्थमा कि ०६५ मा व्यवसायका हिसाबले नेपाली चलचित्रले अघिल्ला वर्षन्दा केही सफलता हासिल गरे तर गर्व नै गर्न सकिने अवस्थाचाहिँ रहेन यो सालमा नेपाली चलचित्रको व्यापार गजबकै भयो भनेर भन्न सकिने अवस्था बितेको २०६५ ले पनि देखाएन

 

पर््रदर्शन भएका चलचित्रको संख्यालाई आधार मान्ने हो भने ०६५ का चलचित्रले निराश पार्न सक्छन् किनभने परार साल अर्थात् ०६४ मा कुल ३४ चलचित्र पर््रदर्शनमा आएका थिए भने ०६५ मा केवल भोजपुरीसहित २७ चलचित्र मात्र पर््रदर्शनमा आएको रर्ेकर्डले देखाएको  

यद्यपि तल्लो न्यून स्तरका प्रविधिमा खिचिएका भिडियो चलचित्रलाई समेत जोड्ने हो भनेचाहिँ संख्या बढ्न सक्छ तर यहाँ भिडियो चलचित्रको संख्या जोडिएको छैन थोरै चलचित्र पर््रदर्शनमा आए पनि अघिल्लो वर्षो तुलनामा यो वर्षअलि धेरै चलचित्रले राम्रो व्यावसायिक सफलता हासिल गरेका छन्  

संख्याको कुरा गर्दा यो बुझनु जरुरी कि जुन वर्षधेरै चलचित्र पर््रदर्शनमा आउँछन्, थाहा पाए हुन्छ- त्यो वर्षो व्यापार राम्रो भएन त्यो कसरी भने एउटा चलचित्रले राम्रो व्यापार गर्यो भने पक्कै पनि त्यसले सिनेमाहलमा धेरै दिन अड्डा जमाउँछ जति धेरै समय चलचित्रले व्यापार गर्यो, त्यति नै कम चलचित्र पर््रदर्शनमा आउन सक्छन्

यति हुँदाहुँदै पनि ०६५ मा पर््रदर्शनमा आएका चलचित्रलाई चिरफार गरेर हर्ेदा यो वर्षाई नेपाली चलचित्रका लागि अत्यन्तै फाप उपलब्धिमूलकचाहिँ सकिन्न

चलचित्र निर्माणले निरन्तरता, तीव्रता पाउनु पर््रदर्शन हुनु मात्रले कुनै पनि देशको चलचित्रक्षेत्र फस्टाइरहेको मान्न सकिन्न यो वर्षपनि अघिल्ला परम्परालाई निरन्तरता दिँदै अधिकांश चलचित्र पुरानै फरम्याट मरमसलामा बनेका पाइए

०६४ को क्यालेन्डर वा खाता पल्टाउँदा  असन्तोषै मान्नुपर्ने अवस्था नभए पनि चलचित्रक्षेत्रमै क्रान्तिको बिगुल फुक्न सक्ने हैसियतको चलचित्र पनि भेटिएन

ठूला पर्दाका चलचित्रको मात्र कुरा गर्दा चार-पाँच वर्षगाडिजस्तो लगानीको दोब्बर व्यापार वा व्यवसाय गरेर व्यावसायिक रर्ेकर्ड दोहोर्याउने वा पुरानो रर्ेकर्डलाई तोडेर नयाँ रर्ेकर्ड कायम गर्ने काम यो वर्षपनि कुनै चलचित्रले गरेन

जे भए पनि देशमा शान्ति भए चलचित्रक्षेत्र पनि फस्टाउन सक्छ भन्ने आभाष ०६५ ले गराएको जसै शान्तिप्रक्रिया अगाडि बढ्न थाल्यो, नेपाली चलचित्रको व्यापारमा पनि त्यसले सकारात्मक प्रभाव पार्यो दर्शक बढ्न थाले लोडसेडिङका कारण चलचित्रको निर्माण-लागत बढ्न पुग्यो, सँगसँगै व्यापार पनि बढेको पाइएको १६ घण्टासम्म लोडसेडिङ हुन थालेपछि हलहरूमा दर्शकको संख्या ह्वात्तै बढेको पाइएको ०६५ सालकै पछिल्ला चलचित्रले राम्रो व्यापार गर्न सक्नुको थप कारण यो पनि हो

यति भईकन पनि वर्ष२०६५ नेपाली चलचित्रकर्मीका लागि दर्शकमाझ कस्तो चलचित्र लिएर जाने भन्ने अलमलमै बितेको पाइएको धेरैजसो चलचित्रकर्मी दर्शकको रुचिको चलचित्र कस्तो हो, कस्तोखाले चलचित्र बनाउने हो भन्ने अलमलमै रहेको पाइयो भने आफूलाई दर्शकको रुचि बुझेका ठान्ने कतिपय पनि निर्माता भाग्ला वा बिच्केला भन्ने त्रासमा पुरानै फरम्याटमा अल्भिmएको पाइयो धेरैजसो निर्माता-निर्देशक आत्मविश्वासको कमीले स्थापित कलाकार वा मसलादार फरम्याटमै रुमल्लिएको भेटियो

कुन हिट, कुन लप ?

०६५ का नेपाली चलचित्रको व्यावसायिक खाता पल्टाएर हर्ेर्ने हो भने धेरै चलचित्र घाटामा थोरै मात्र फाइदामा रहेको भेटिन्छ सबै चलचित्रले सबै ठाउँमा समान ढंगको व्यापार गरेनन् काठमाडौंमा राम्रो कमाउने चलचित्रको व्यवसाय मोफसलमा निराशाजनक मोफसलमा मुनाफा गराउने चलचित्रले काठमाडौंमा घाटा गराएको पनि पाइयो

मिस्टर डन काठमाडौंमा एभरेज साबित भयो भने मोफसलमा यसको व्यापार बिग्रियो त्रि्रो मायामा, जनयुद्ध, देशदेखि विदेश, घायल, इतिहास, मौसम सहारा समग्रमा फलपको सूचीमा परे भने मिस्टर मंगलेले सोचेजति व्यापार गर्न सकेन किशोर रानाजस्तो अनुभवी निर्देशक पाएको मिस्टर मंगलेलाई सुपर सिक्सटिनमा खिचेर सिनेमास्कोपमा प्रिन्ट गर्दा भिजुअल नै नचिन्ने समस्या भयो म्युजिकभिडियो निर्देशनका क्षेत्रमा बादशाह मानिएका आलोक नेम्वाङले निर्देशन गरेको डिजिटल प्रविधिको चलचित्र सानो संसार अपेक्षा गरिएजसरी चलेन नेपाली चलचित्रका नियमित दर्शकले यसलाई कम हेरे भने नयाँ दर्शक बनाउनचाहिँ सक्षम ठहरियो आम्दानी पनि राम्रै गर्यो

जयशिवशंकर मोफसलमा जम्यो भने सुन्दर मेरो नामले सोचेजस्तो व्यापार गर्न सकेन चलचित्रको प्रचारप्रसारका क्रममा हास्य कलाकार दीपकराज गिरीलाई अगाडि सारिएका कारण हास्य चलचित्र वा दीपककै शैलीको चलचित्र होला भनेर हलमा पुग्नेहरू पर्दामा रमित नै रमितलाई देखेपछि त्यसै अलमलिए

बरु भोजपुरी भाषाको चलचित्र लगल रहे राजाजीले तर्राईमा तहल्कै मच्चाइदियो खलनायक, गिरफतार, नसिब आफनो, हाम्रो मिलन कहिले हुन्छजस्ता चलचित्र हिटको सूचीमा दरिए हाम्रो मिलन कहिले हुन्छले काठमाडौंमा गरेको व्यापार हर्ेदा बाहिर पनि यसले राम्रो मुनाफा कमाउने अनुमान गर्न सकिन्छ मृत्युञ्जय काठमाडौंमा एभरेज गयो भने मिसन लभ इन सिक्किम हर्ेर्नेले मन पराएनन् तर नायकनायिकाको पोस्टरका कारण यसको कलेक्सनले निर्मातालाई घाटा गराएन, नाफा पनि भएन निर्माता राजकुमार र्राईले पापी मान्छेको सफलताबाट उत्साहित भएर सिक्वेलको रूपमा पापी मान्छे बनाए तर पहिलेजस्तै पोस्टरमा निखिल, बाँदर कुकुर राखिएका कारण दर्शक पहिलेकै चलचित्र भन्ने ठानेर झुक्किए यसले गर्दा जति व्यापार हुनुपथ्र्यो, त्यति भएन

त्यसै गरी सन्देश रघुवीर गुड एभरेज चलचित्र ठहरिए भने जिन्दगीको व्यावसायिक जीवनको निक्र्योल भइसकेको छैन

तिमीबिना मरिहाल्छु वर्षै उत्कृष्ट

०६५ सालमा खास गरी दुइ चलचित्रबीच खुब स्पर्धा भयो उद्धव पौडेलले बनाएको पर्खिबसें भुवन केसीले बनाएको तिमीबिना मरिहाल्छुबीच यति धेरै व्यावसायिक स्पर्धा भयो कि कतिपयलाई कुन चलचित्रले धेरै कमायो भनेर अनुमान गर्न पनि कठिन भयो

अघिल्लो वर्षअर्थात् २०६४ सालमै पर््रदर्शन भए पनि पर्खिबसेंका लागि ०६५ व्यापारिक वर्षहुन पुग्यो झलक्क हर्ेदा अघिल्लो वर्षो अन्त्यतिर पर््रदर्शनमा आएको पर्खिबसेंले सबैभन्दा बढी व्यापार गरेभै+m लाग्न सक्छ तर रमाइलो के भइदियो भने धेरैजसो ठाउँमा यी दुइ चलचित्रको व्यापार उस्तै गरी अगाडि बढ्यो ँकोही ठाउँमा पर्खिबसेंंको कलेक्सन माथि भने कोही ठाउँमा तिमीबिना मरिहाल्छुको बिजनेस राम्रो ’, वितरक पर््रदर्शकहरू भन्छन्- ँ१९-२० को कुरा हो दुवै फिल्मको बिजनेस उस्तै तर सबैतिरको जोड्दा तिमीबिना मरिहाल्छुले सबैभन्दा बढी कलेक्सन गरेको खास गरी पर्ूवका दर्शकले पर्खिबसें पश्चिमका दर्शकले तिमीबिना मरिहाल्छुलाई सुपरडुपर हिट साबित गरिदिए तैपनि बढाएर राखिएको टिकट दरले तिमीबिना मरिहाल्छुलाई बढी लाभ दियो पर्खिबसें तिमीबिना मरिहाल्छुलाई पछ्याउँदै सिलसिलाले पनि खुब कमायो

कलाकारको फिल्म चल्यो

यो वर्षदेखिएको एउटा नयाँ कुरा के पनि हो भने पुराना कलाकारले बनाएको चलचित्र चल्दो रहेछ

भुवन केसी प्रचारप्रसारलाई खप्पिस छन्, त्यसैले उनले बनाएको जुनसुकै चलचित्र मजाले चल्छन् भन्ने आममान्यता

तर भुवनसँगै नायिका मौसमी मल्लले दश वर्षछि नेपाली चलचित्रक्षेत्रमा र्फकंदै बनाएको चलचित्र गिरफ्तारले पुष्टि गरिदियो- कलाकारले बनाएको चलचित्र चल्दो रहेछ भुवनको चलचित्रको महिनौंदेखि प्रचारप्रसार थियो मौसमीले भने आफनो चलचित्र रिलिज हुने कुरा पनि तीन दिनअगाडि मात्र थाहा पाएकी थिइन् तैपनि चलचित्रले जताततै राम्रो व्यापार गरिदियो कलाकार आपै+mले बनाएको चलचित्र चल्छ भन्ने कुरा यहीँबाट पुष्टि भयो

विराज अगाडि राजेश निखिल पछिपछि

वर्ष०६५ मा पर््रदर्शनमा आएका चलचित्रहरूलाई केलाउँदा यो वर्षनायक विराज भट्ट शर्ीष्ा स्थानमा रहे चलचित्रको संख्या गुण दुवै दृष्टिकोणबाट विराज अगाडि रहन सफल भए

०६५ मा विराजले सबैभन्दा बढी दश चलचित्रमा काम गरे थोरै असफल धेरै सफल चलचित्र विराजकै खातामा परे विराजपछि निखिल उप्रेतीले चलचित्रमा काम गरे त्यसमध्ये केही चलचित्र सफल साबित भए त्यसै गरी राजेश हमालका सात चलचित्र पर््रदर्शनमा आए धेरैजसो चलचित्रमा उनी चरित्रभूमिकामा देखापरे तैपनि उनको लोकप्रियता वर्षौभरि कायम रह्यो, जसका कारण अनुहार ठूलो बनाएर पोस्टरमा राख्नकै लागि भए पनि निर्माता-निर्देशक उनीकहाँ धाइरहे राजेश आफनै लागि भन्दा पनि अरू नायकको टिकाउका लागि पर्दामा जमिरहे

चलचित्रको पर्दाबाट झन्डै हराउन पुगिसकेका नायक दिलीप रायमाझीको ०६५ मा जम्मा तीन चलचित्र पर््रदर्शनमा आए यी चलचित्रले उनलाई लाभ भने दिन सकेनन् अर्का नायक रमित ढुंगाना पनि यो वर्षपछाडि परे उनका पनि केवल तीन चलचित्र मात्र पर््रदर्शनमा आए

संख्यामा रेखा, गुणमा झरना

नायिकाको सवालमा ०६५ मा पर््रदर्शन भएका चलचित्रमा सबैभन्दा बढी रेखा थापा देखिइन् उनका सात चलचित्र पर््रदर्शनमा आएका थिए रेखाले नसिब आफनो सिलसिलामा जमेर काम गरे पनि ०६५ सालको जस भने झरना थापाले पाइन्

झरनाका जम्मा तीन चलचित्र मात्र पर््रदर्शनमा आए तर तीनै चलचित्रबाट झरनाले तारिफ बटुलिन् खास गरी तिमीबिना मरिहाल्छुको स्वाभाविक सशक्त अभिनयबाट जताततै वाहवाही पाएकी झरनाले खलनायक इन्साफबाट पनि प्रशंसा पाइन् यो वर्षमहिलाप्रधान चलचित्र नै बनेनन् त्यसले गर्दा प्रायः चलचित्रमा नायिकाहरू शो-पिस मात्र बन्न पुगे महिला पात्रमा केन्द्रित कुनै चलचित्र थियो भने त्यो तिमीबिना मरिहाल्छुलाई मान्न सकिन्छ अगाडिका चलचित्रमा ग्ल्यामरमार्फ मात्रै स्थान जमाइरहेकी झरनाले यसैको लाभ उठाउँदै तारिफ बटुलिन्

यो वर्षसञ्चिता लुइँटेलका , रेजिना उप्रेतीका , अरुणिमा लम्सालका ऋचा घिमिरेका चलचित्र पर््रदर्शनमा आए ऋचाले गिरफतारको कामबाट तारिफ पाइन्

उड्ने फाल हान्नेको ताँती

विगत केही वर्षता एक्सन चलचित्रको टे्रन्ड चलेको जस्तोसुकै नाम चलेका निर्देशक हुन्, सबैले एक्सन चलचित्र नै बनाइरहेका छन् त्यो टे्रन्डबाट यो वर्षपनि अछूतो रहन सकेन वर्षरि नै एक्सन चलचित्रकै बाढी कायम रह्यो

सबैजसो चलचित्र एक्सनप्रधान हुँदा दर्शक पनि वाक्क भए त्यसैले जसले अलिकति मात्र एक्सनका अंश कम गरेर चलचित्र बनाए, उनीहरू फाइदामा रहे किनभने दर्शकले ती चलचित्रलाई नयाँ स्वादका रूपमा स्वीकारे तर एक्सनबाहेक अरू विषयलाई अगाडि सारेर चलचित्र बनाउने हिम्मत आँट कसैले गरेन भन्दा पनि हुन्छ

एक्सन चलचित्रको बाढी कायम रहेपछि हरेकजसो नायकले टुचिङकै सहारामा भए पनि उड्ने, फाल हाल्ने गुड्नेजस्ता दृश्य दिइरहे निखिल उप्रेती, विराज भट्ट, सुशील क्षत्रीजस्ता एक्सन नायक मात्र होइन, राजेश हमाल, शिव श्रेष्ठ, भुवन केसी, दिलीप रायमाझी, राजवल्लभ, आर्यन सिग्देलजस्ता पुराना नयाँ नायकहरूसँगै खलनायकहरूसमेत हरेकजसो चलचित्रमा फाल हानेको उडेको देखियो

संगीत चल्यो

धेरै वर्षभयो संगीत बिक्न छोडेको नेपाली चलचित्रको अडियोको व्यापार स्वाट्टै झरिरहेको अवस्था

अडियोको बिक्री घटेकै कारण कतिपय निर्माताले बजारमा अडियो एल्बम पठाउनै छोडेका छन् भने धेरैजसो निर्माताले गीत रेकर्डिङको स्तरीयतामा ध्यान दिन छोडेका छन् तर पनि स्तरीयताका लागि केही संगीतकारको प्रयास जारी यसैका कारण चलचित्र संगीतको स्तरमा यो वर्षकेही मात्रामा भए पनि सुधार आएको

चलचित्र पर्खिबसें सिलसिला यसको उदाहरण बन्न पुगेका छन् यी दुवै चलचित्रले ०६५ मा दर्शकको मन जिते कलेक्सन पनि राम्रो हुन पुग्यो यी दुवै चलचित्रको सफलताका पछाडिको प्रमुख कारण संगीत हो सुरेश अधिकारीले संगीत दिएको पर्खिबसें कथा वा अन्य कारणले भन्दा पनि संगीतले नै चलेको हो भने वसन्त सापकोटाको संगीत रहेको सिलसिलाको एउटै गीत चलचित्रको बजार माथि उठाइदिन काफी भयो अर्कोतिर शम्भुजित बासकोटाले संगीत दिएको तिमीबिना मरिहाल्छु सांगीतिक चलचित्र नभए पनि त्यसमा पनि संगीतले चलचित्र चल्नमा सहयोग पुर्याइदियो

यसबाहेक मारधाड एक्सन चलचित्रकै बोलवाला रहेको त्यसबाट हटेर चलचित्र नबनिरहेका बेला सांगीतिक चलचित्रले नयाँ स्वाद दिएका कारण पनि दर्शकले यी चलचित्र मन पराएको पाइएको

नयाँ अनुहारमा सम्भावनै-सम्भावना

पर््रदर्शनमा आएका चलचित्रबाट आधा दर्जन नयाँ अनुहार नायकका रूपमा देखापरे तीमध्ये पनि अर्जुन कार्कीको चर्चा वर्षौभरि भयो

स्टन्टब्वाइ फाइटरका रूपमा काम गर्दै आएका उनलाई निर्माता तथा पर््रदर्शक सुनील मानन्धरले आफनो चलचित्र दिदीभाइमा ब्रेक दिए त्यसपछि अर्जुनले इज्जतदार, दानवीर, धुम, भगवान् सबैको, दोस्ती, र्फज, महान्, सपनालगायत लगातार ११ चलचित्रमा काम पाइरहे भिडियो चलचित्र जंगली मान्छेमा उनको काम हेरेर निर्माताहरूले लगातार एक दर्जनजति चलचित्रमा लिए पनि वर्षो अन्तिम महिनातिर आएर उनले अभिनय गरेको हाम्रो मिलन कहिले हुन्छ रिलिज भयो रियल स्टन्ट एक्सनका कारण चर्चा कमाए पनि हाम्रो मिलन कहिले हुन्छमा भने उनी लभरब्वाइका रूपमा थिए त्यसैले यो चलचित्रबाट उनको मूल्यांकन हुन सकेन

चलचित्र पर्खिबसें खास गरी संगीतका कारण चले पनि राजवल्लभले पनि त्यसबाट क्रेडिट पाए रोमान्टिक चकलेटी रूपका उनले त्यसपछि छोडिगए पाप लाग्ला, हाँसिदेऊ एकफेर, सम्झना, पहिलो-पहिलो माया पाए

सानो संसारबाट ब्रेक पाएका जीवन लुइँटेलले सो चलचित्र पर््रदर्शनमा आएपछि राम्रै प्रशंसा पाए त्यसैको फल हो घातक, नसिब आफनोबाट आफनो क्यारियरलाई अझै माथि पुर्याउन सके रोमान्टिक कमेडी हिरोका लागि फिट उनको दीपशिखा पर््रदर्शनको संघारमा त्यसै चलचित्रबाट ब्रेक पाएका मोडलद्वय विनय श्रेष्ठ महेश शाक्यले पनि राम्रो सम्भावना पर््रदर्शन गरेका छन् स्वाभाविक सरल अभिनयबाट यी दुइले पुराना स्थापित कलाकारलाई समेत छायामा पारिदिए तर उनीहरूको अभिनयक्षमताको मूल्यांकन गरेर निर्माता-निर्देशकले आफनो चलचित्रमा लिएको पाइएको छैन

प्रमोददीपको काम जिन्दगीमा जे देखियो, त्यसबाट उनलाई खासै फाइदा होलाजस्तो छैन तर भाग्य हो, मेहनत गरे भन्न सकिन्न

गिरफतारबाट ब्रेक पाएका सुभाष मेचे त्यही चलचित्रबाटै चम्के चलेको टे्रन्डअनुसार रूपरंगले उनी नायकजस्ता लाग्दैनन् तर एक्सनमा जुन शैली उनले अँगालेका छन्, त्यसैले माथि नलैजाला भन्न सकिन्न उनको सम्झना पर््रदर्शनको तरखरमा भने चिनोमा काम गरिरहेका छन्

हट नायिकाको घुइँचो

मोडलिङबाट चलचित्रमा आएकी जेनिसा केसीले शुरूकै चलचित्रबाट सम्भावना देखाएकी छिन्   नसिब आफनो गिरफतारमा उनी जसरी ग्ल्यामर इमेजका साथ बोल्ड एन्ड ब्युटिफुल रूपमा देखिएकी छिन्, त्यसलाई हर्ेदा उनलाई उचाइ ग्ल्यामरले नै माथि उठाउने सम्भावना कसैको राजनीतिमा नफसी सीधा रूपमा कामै मात्र गरे उनलाई माथि आउन कसैले रोक्न सक्दैन त्यसो विराज भट्टसँगको दोस्ती सिफारिसले पनि उनलाई करियर बनाउन सघाइरहेको उनको काम अब दोस्ती नैनारेसममा पनि हर्ेन पाइन्छ

सञ्जिता गुरुङले ब्रेक पाइन् बाटुलीबाट तर बाटुलीलाई उछिनेर हाम्रो मिलन कहिले हुन्छ पहिले पर््रदर्शनमा आइदियो उनलाई भने फाइदै भयो किनभने बाटुलीको ग्रामीण भूमिका हेरेर उनलाई कसरी मूल्यांकन गरिन्थ्यो भन्न सकिन्नथ्यो यसमा भने उनले आफूलाई ग्ल्यामर छवि दिएकी छिन् धुमकी नायिकासमेत रहेकी सञ्जिताले ग्ल्यामर छविकै कारण अरू अफर पनि पाउन थालेकी छिन्

सोनिया केसी जब सिलसिलाकी नायिका बनेर आइन्, हटकेक नै बनेर छाइन् चलचित्रभन्दा अगाडि उनले त्यसमा नायक राज तिमल्सिनासँग गरेको अधरचुम्बनको चर्चा आइदियो के चाहियो, चलचित्रको व्यापार पनि बढ्यो, उनको माग पनि त्यसैले निर्देशक श्याम भट्टर्राईले आपै+m निर्माण गर्न लागेको च्यालेन्जमा आफनी पर्ूवपत्नी नायिका रञ्जनाको ठाउँमा उनलाई लिएका छन् नि

चलचित्र सन्देशबाट नायिका बनेकी मोडल शोभिता सिंखडाको काम हर्ेदा अलिकति मात्र मेहनतले पनि उनलाई माथि पुर्याउन सक्छ

मोडल हिमानी डीसीले मिसन लभ इन सिक्किममा ब्रेक पाइन् तर अस्पष्ट भूमिकाका कारण उनको मूल्यांकन गर्नु र्व्यर्थ अर्की मोडल नम्रता श्रेष्ठले भने पहिलो चलचित्र सानो संसारबाटै उच्च सम्भावना पर््रदर्शन गरेकी छिन् खास गरी स्वाभाविक वास्तविकतासँग नजिक अभिनयले उनको करियरलाई फाइदा गर्न सक्छ

संगीतमा सुरेशको वर्चस्व वसन्त छेउमै

चलचित्र संगीतमा यसपालि उल्लेखनीय प्रगति भएको पुराना संगीतकारहरूलाई चुनौती दिँदै नवप्रवेशीहरूले उत्कृष्ट सिर्जना प्रस्तुत गरेका छन्

केही वर्षेखि चलचित्र संगीतको क्षेत्रमा अब्बल साबित हुँदै आएका सुरेश अधिकारीको लोकप्रियता सिर्जना यसपटक पनि कायमै रह्यो तर उनको छेउमै आइपुगेका छन् वसन्त सापकोटा सुरेश वसन्तका संगीत परम्पराभन्दा भिन्न छन् सुरेशले पर्खिबसेंको साथी हो मलाई माया गर या नगर बोलको गीतलाई बिल्कुलै भिन्न शैलीमा सिर्जना गरेर चलचित्र संगीतमा मिठासको आभास गराए भने वसन्तले सिलसिलाका लागि सागरसरि चोखो माया बोलको गीतबाट मेलोडीको स्वाद चखाइदिए

सुरेशले यसपालि इतिहास, मौसम, गिरफतार पर्खिबसें गरी सबैभन्दा बढी पाँच चलचित्रमा संगीत दिए महेश खड्का सुन्दर मेरो नाम, सहारा, सन्देश इन्साफ गरी चार चलचित्रमा बाँधिए भने चेतन सापकोटा दुइ चलचित्र खलनायक हाम्रो मिलन कहिले हुन्छमा सीमित रहे वसन्त सापकोटाका पनि नसिब आफनो सिलसिला दुइ चलचित्र पर््रदर्शनमा आए शम्भुजित बासकोटाको भने यसपालि एक मात्र चलचित्र तिमीबिना मरिहाल्छु पर््रदर्शनमा आयो यसबाहेक प्रमोद खरेल राम कार्कीले मिस्टर मंगले, सञ्जय श्रेष्ठले मिसन लभ इन सिक्किम, दीपक रमणले मृत्युञ्जय ताराप्रकाश लिम्बुले पापी मान्छे का लागि संगीत सिर्जना गरे

सुरेशको मौसमको कुन लोककी परी हौ तिमी गोरी भने नि भन, गिरफतारको चम्पाकली रामकसम तथा पर्खिबसेंको साथी हो, फूलमा वागमा, तिम्लाई एउटा कुरा भन्नु थियो सुटुक्कैलगायत सबैजसो गीत वर्षौभरि लोकप्रिय रहे चेतन सापकोटाको हाम्रो मिलन कहिले हुन्छको त्यही बोलको गीत चर्चामा रह्यो वसन्त सापकोटाको सिलसिलाको सागरसरि चोखो मायाले बजार पिट्यो शम्भुजित बासकोटाको तिमीबिना मरिहाल्छुको शर्ीष्ागीत पनि वर्षो लोकप्रिय गीतमा गनियो

आलोककै संगीत कमजोर

यसपालि उदेकलाग्दो कुराचाहिँ के भयो भने म्युजिकभिडियो निर्देशकको पहिलो पंक्तिमा पर्ने आलोक नेम्वाङले चलचित्र सानो संसारमार्फत नयाँ दर्शक बनाए तर म्युजिकभिडियोमार्फत नै सही, वर्षौंदेखि संगीतको क्षेत्रमा समर्पित उनको चलचित्रमा संगीतको क्रान्ति देख्न पाइएन

त्यसो सो चलचित्रको संगीत सिर्जनाका लागि सत्यराज आचार्य, राजु सिंह, जेम्स प्रधान, सचिन सिंह बाबु बोगटीजस्ता नवपुस्ताका खारिएका प्रतिभाको भीड जम्मा गरिएको थियो तर आँखामा नीद छैन, सानो गाउँ मुसुक्क हाँस्दाजस्ता सामान्य चर्चामा आएका गीतबाहेकको सांगीतिक क्रान्ति ल्याउने हैसियतको गीतसंगीत नपाइएपछि संगीतकर्मीले समेत खिन्न माने

पार्श्वगायनमा राजेशपायल अञ्जु अगाडि, दीपक सँगसँगै

चलचित्र गीतको पार्श्वगायनमा यस वर्षराजेशपायल र्राई अञ्जु पन्तको वर्चस्व लोकप्रियता रह्यो धेरैजसो चलचित्रको गीतमा पुरुषतर्फ राजेशपायल महिला पार्श्वगायनतर्फ अञ्जुको स्वर बढी घन्कियो उनीहरूले गाएका गीत वर्षरि चर्चामा रहे पनि राजेश अञ्जुको सिलसिलाको गीत सागरसरि चोखो माया सबैभन्दा चल्तीको साबित भयो राजेशपायलसँगसँगै नेपाली तारा दीपक लिम्बू पनि यस वर्षपार्श्वगायनका लागि सशक्त स्वर साबित भए

निर्देशकका कुरा

संख्याकै कुरा गर्ने हो भने यो वर्षसबैभन्दा बढी तीन चलचित्रको निर्देशन नवनिर्देशक राजेन्द्र उप्रेतीले गरेका छन् शिव रेग्मीको एउटै चलचित्र पर््रदर्शनमा नआएको वर्षउनकै शिष्य रहेका उप्रेतीद्वारा निर्देशित सिलसिला, गिरफतार जयशिवशंकर पर््रदर्शनमा आए तीनै चलचित्र व्यावसायिक रूपमा सफल पनि भए त्यसैले चलचित्रका हिसाबले यो वर्षो सफल निर्देशकको जस एक हिसाबले उप्रेतीलाई जान्छ भने वर्षरिकै सुपरहिट चलचित्रको निर्देशनको जस दयाराम दाहाललाई जान्छ भुवन केसीले बनाएका चलचित्रमा भुवन नै हाबी हुन्छन् भन्ने मान्यता बुझाइलाई चिर्दै यसपालि दयारामले तिमीबिना मरिहाल्छुमा आफनो निर्देशनक्षमताको कमाल देखाइदिएका छन् चलचित्रलाई प्राविधिक हिसाबले समेत उच्च बनाउन उनी सफल भएका छन्

दीपक श्रेष्ठका दुइ चलचित्र पर््रदर्शनमा रहे उनको पर्खिबसें सुपरहिट भयो भने पापी मान्छे हिट मदन घिमिरेले मिस्टर डनलाई ठीकै बनाएका हुन्, घायल जमाउन सकेनन् नयाँ भईकन ऋषि न्यौपानेको खलनायकको काम राम्रै मान्नर्ुपर्छ आलोक नेम्वाङले सानो संसारलाई नयाँ पुस्ताका लागि मात्र नभई नेपाली चलचित्रक्षेत्रकै लागि अलग आधुनिक प्रकारको बनाउने प्रयास गरेका हुन् दीपक रायमाझीले हाम्रो मिलन कहिले हुन्छलाई व्यावसायिक बनाएर देखाए भने लेखक विकास आचार्यले पहिलो चलचित्र नसिब आफनोबाटै खुबी देखाइदिए शोभित बस्नेतले इन्साफ मिसन लभ इन सिक्किम दुवैलाई न्याय दिन सकेनन्

भाषाभाषीका चलचित्रमा उत्साह

०६५ को सबैभन्दा उपलब्धिमूलक कुरा भनेको मोफसलबाट समेत विभिन्न भाषाभाषी संस्कृतिमा आधारित चलचित्र बन्नु हो

विभिन्न जातजाति भाषाभाषीमा यस्ता चलचित्र वर्षौभरि बने तर अधिकांशतः भिडियो प्रविधिमा बनेका कारण यिनले हल पाउन सकेनन् अधिकांश भाषाभाषीका चलचित्र प्रिमियर, च्यारिटी विशेष शोमै सीमित रहेका कारण यसको बजार बन्न सकेन फस्टाउन पनि सकेन तैपनि केही संघसंस्थाले यसखाले चलचित्रलाई समेटेर महोत्सव आयोजना गरी प्रोत्साहित गरे

यसका साथमा विभिन्न विषयमा वृत्तचित्र बनाउने काममा पनि ०६५ मा सबैभन्दा बढी सक्रियता देखियो धेरैजसो वृत्तचित्र दोस्रो जनआन्दोलन दशवर्षो माओवादी जनयुद्धमा केन्द्रित थिए एक दर्जनजति वृत्तचित्र विभिन्न देशमा आयोजित महोत्सव प्रतियोगितामा सामेल पनि भए तर थोरैले मात्र सफलता हासिल गरे भाषाभाषी वृत्तचित्रसम्बन्धी अभिलेख राख्ने कुनै संघसंस्था नभएकाले यस्ता सामग्री कति बनेका छन् कहाँ-कहाँ पुग्न सफल भएका छन् भन्ने रर्ेकर्ड कतै भेटिन्न

पर््रदर्शनमा दादागिरी

नेपाली चलचित्रको अव्यवस्थित पर््रदर्शनप्रणालीका कारण रिलिजमा सधैं ट्राफिकजाम भइरह्यो आफनो चलचित्र पहिला चलाउनर्ुपर्छ भन्ने होडबाजी निर्माताहरूमा वर्षौभरि रह्यो यस क्रममा सधैंजसो लफडा भइरह्यो दादागिरी राजनीतिक शक्ति पर््रदर्शनका बलमा चलचित्र चलाउने वातावरणलाई स्वयं निर्माता, वितरक पर््रदर्शकले समेत प्रोत्साहित गरिरहे यसै क्रममा कतिपय निर्माताले चलचित्र चलाउने विषयमै विवाद हुँदा पर््रदर्शकलाई छानैबाट खसाल्ने कोसिस, दर्ुर्व्यवहार कुटपिटसमेत गरे चलचित्र पर््रदर्शनलाई व्यवस्थित बनाउनका लागि पर््रदर्शकहरूको संगठन नेपाल चलचित्र संघ निर्माताहरूको संगठन नेपाल चलचित्र निर्माता संघले कार्यदल बनाएर पालो प्रणाली अपनाए पनि खिचातानी कहिल्यै सकिएन केहीअघि मात्र बोर्डले हस्तक्षेप गरी सेन्सर भएको मितिका आधारमा चलचित्र चलाउने कानुन बनाइदियो तर त्यसको व्याख्या नगरिएकाले समस्या झनै बढेको

 नयाँ प्रविधि

नेपाली चलचित्रक्षेत्रमा प्राविधिक हिसाबले यसपालि केही सुधार आएको यसै वर्षडिजिटल प्रविधिको विस्तार भएको भने विश्वले नै अंगीकार गर्दै आएको सोही प्रविधिमा चलचित्र निर्माणमा पनि यसपालि ह्वात्तै वृद्धि भएको

कसैकसैले डिजिटल प्रविधिको विरोध गरे पनि यसमा बनाएका चलचित्रको भिजुअल स्तरीय हुने एकैसाथ दर्जनौं हलमा चलचित्र रिलिज गर्न सकिने भएकाले अन्ततः डिजिटल प्रविधि सबैतिर फैलियो राजधानीमा जय नेपाल कुमारी हल चलाइरहेको क्वेस्ट इन्टरटेनमेन्टले भित्र्याएको यो यूएफओ डिजिटल प्रविधिको विस्तारसँगै निर्माता तथा पर््रदर्शक उद्धव पौडेलले पनि क्युब नामको डिजिटल प्रविधि भित्र्याए

यूएफओ प्रविधिमा सेटलाइटबाट डाउनलोड गरी चलचित्र चलाउन सकिन्छ भने क्युबमा हलमै हार्ड डिस्क लगी चलचित्र चलाउनर्ुपर्छ दुवै डिजिटल प्रविधि हुन् चलचित्र विकास बोर्डले डाउनलोड नेपाली भूमिबाटै गर्नुपर्ने कानुन बनाएपछि यसलाई नेपाली चलचित्रविरुद्धको पाइला हस्तक्षेप भनिएको

डिजिटल प्रविधिसँगै नेपाली चलचित्रक्षेत्रमा चलचित्र प्राविधिक रूपले पनि स्तरीय हुनर्ुपर्छ भन्ने मान्यता स्थापित भएको यसै सिलसिलामा केही सिनेमास्कोप चलचित्रसमेत निर्माण भए भने केही चलचित्रमा डिजिटल सराउन्ड . साउन्ड सिस्टमसमेत राखेर स्तरीयतामा ध्यान दिइएको पाइएको यो साउन्ड सिस्टम भुवन केसीले आफनो चलचित्र तिमीबिना मरिहाल्छुबाट शुरू गरेका हुन् उनको चलचित्र चल्नुमा यो ग्रेन्जर साउन्ड सिस्टमले पनि काम गरेको हो उनीपछि अन्य धेरै चलचित्रले पनि यो प्रविधिलाई पछ्याएका छन्

 [Kamana] [Sadhana] [Nepal Samacharpatra] [Contact Us]


  © Copyright 2003-2006 newsofnepal
newsofnepal is the internet venture of Kamana Prakashan Samuha
No content available in newsofnepal may be reused in anyway without written permission.