|
|
युनाले भनेजस्तै उनी पहिलोपटक दीपक श्रेष्ठबाहेकको फिल्मका रूपमा मदन घिमिरेको निर्देशनमा बनेको र्फजकी नायिका भइन् । तर यत्रा फिल्म बनिरहेका बेला उनी अरू फिल्ममा देखिइनन् । सोचेजस्तो काम नपाउँदा युनालाई फुर्सदैफुर्सद भयो । कुनै बेला फलपको लेबल लागेर बसिरहेका नायिकाहरूले धमाधम काम पाउँदा र नयाँ अनुहारको खोजी भइरहेका बेला पनि युना भने तीनकुनेको डेरामा फुर्सद का दिन बिताएर बस्न बाध्य भइन् । यसमा पनि उनको आफनैखाले भनाइ रह्यो- ँम विशेष गरी पढ्न काठमाडौं आएकी हुँ, केवल फिल्म खेल्न आएकी होइन । त्यसैले बढी ध्यान पढाइमा दिइरहेकी छु, मास्टर गर्दै छु । राम्रो स्टोरी बोकेर लैजाने रोल भयो भने मात्र काम गर्छर्ुु मैले सोचेजस्तो रोल भएको फिल्महरूमा कुरा पनि भइरहेको छ ।’ युनाले यस्तो दाबी गरे पनि र्फजमा खेल्ने बेला उनले भनेजस्तो आफनो भूमिकामा ध्यान दिएको भने पाइएन । उनी सो फिल्ममा अफर आउनासाथै हाम फालेर पुगेकी थिइन् । तैपनि युना दाबी गर्छिन्- ँकुरा त अरू फिल्ममा पनि भइरहेको छ तर फिल्मलाइनमा मौखिक कुरा भएकालाई मात्र आधार मान्न मिल्दो रहेनछ । मौखिक कुरा भए पनि काम हुन्छ नै भन्ने यहाँ केही छैन । म आपै+m पनि चुजी भएकी छु । पाइयो भनेर जुन पायो त्यही ब्यानर र जस्तो पायो त्यस्तो फिल्म अनि रोलमा काम गर्न तयार छैन । आफूले फिल्मको कथा बोकेर हिँड्न पाइने या आफनो रोलको पनि केही योगदान हुने फिल्म मात्र म खेल्छु, क्वान्टिटी बढाउने फिल्म खेल्दिनँ, क्वालिटी भएको फिल्म मात्र खेल्छु । यिनै कुरा हेरेकाले मेरो हातमा फिल्म छैन ।’ भनिन्छ- दीपकको फिल्ममा मात्र काम पाइरहेकी युनाले दीपकको क्याम्पबाहिरको फिल्म र्फजर्मा पनि काम गरेपछि दीपक र युनाबीच मनमुटाव भयो । मनमुटावकै कारण दीपकले युनालाई फेरि आफनो फिल्ममा नलिने भए । युनाले रोइकराइ गरेपछि दीपक पहिलो-पहिलो मायामा पुनः उनलाई लिन सहमत भए । तर यस कुरामा कुनै सत्यता नभएको युना र दीपक दुवैको दाबी छ । दीपकले युनालाई पर्खिबसँँेँलगत्तै त्रिशूलमा पनि लिएका हुन् । तर पर्खिबसेँँको जस्तो सफलता त्रिशूलले पाउन सकेन । त्यसैले पनि युनाले आफूलाई नेपाली रजतपटमा नायिकाका रूपमा स्थापित गर्न नसकेकी हुन् । यस हिसाबले पर्खिबसँेँले उनलाई जति लाभ गरायो, त्यति नै हानि भयो त्रिशूलबाट । पर्खिबसेँभन्दा माथि गएर अभिनय तथा नृत्यक्षमता देखाउन नसक्नु पनि उनको थप कमजोरी बन्न पुग्यो । तैपनि यतिखेर युनाको दाबी छ- ँतर अब म आफूलाई प्रुभ गरेर देखाउन सक्षम भइसकेकी छु । त्यो समय चाँडै नै आउँदै छ ।’ युनाले फिल्ममा काम गर्नुअगाडि एउटा महिलावस्त्रको उत्पादनका लागि मोडलिङ पनि गरेकी थिइन् । युना नामजस्तै युनिक त छिन् तर यसले उनलाई फाइदा गर्छ वा घाटा - युना आपै+mले पनि अनुमान लाउन सक्दिनन् । - गिरी
|
| |
|
| |
|