|
|
थकाली खाना खाएर ज्रि्रो पड्काउँंदै नेपाली परिकारको उनले गरेको बयानदेखि नेपाल आउने-जाने गर्नका लागि भक्तपुरमा जग्गा किन्न गरेको प्रयाससम्मका खबर सबैतिर छाउँदा गोविन्दा पर्सनल भिजिटमा पनि उत्तिकै चर्चामा रहे । ँनेपालसँग मेरो दुइथरीको नाता छ- एउटा कला र संस्कृतिको अनि अर्को परिवारको । नेपाल मेरो ससुराली हो’, उनले कामनासँगको भेटमा भने- ँदुवै कुराले नेपाल मलाई सधैं आफनो लाग्छ र नेपालीहरूको प्यारले मलाई सधैं मोहित बनाइदिन्छ ।’गोविन्दा यसो भनिरहँदा उनकी पत्नी सुनीता हाँसिरहेकी हुन्थिन् । गोविन्दाचाहिँ आफनी पत्नीलाई अझ हँसाउने प्रयास गर्दै फेरि थप्थे- ँनेपाल आउने भनेपछि म जहिले पनि हतारिन्छु । अब यहाँबाट गएपछि पनि फेरि तुरुन्तै नेपाल आउने मन छ । एउटा रोमान्टिक नम्बरको फिल्मको सुटिङ लिएर यहाँ आउँm भन्ने सोचेको छु । हेरौं, के हुन्छ ।’ त्यसो त गोविन्दा नेपाल आएर नेपाली चलचित्र नै बनाए भने पनि अचम्म नमाने हुन्छ किनभने उनले भनेका छन्- ँमलाई नेपाली फिल्म बनाऊँ भन्ने पनि लागेको छ तर यहाँको मार्केटबारे मैले स्टडी गरिसकेको छैन।’ उनले हरेक विदेशी कलाकारले दिने रेडिमेड र औपचारिक जवाफ पनि जोडे- ँकोही नेपाली निर्माता-निर्देशकले सम्भिmएको खण्डमा नेपाली फिल्म पनि खेल्ने इच्छा छ । यसका लागि म सधैं तयार छु ।’ गोविन्दा यसपालिको अचानकको भ्रमणका क्रममा करिब सातादिन नेपालमा रहे । यो भ्रमणको उनको मूल उद्देश्य थियो- पशुपतिनाथको दर्शन । ँमेरी श्रीमतीले मेरो लागि पशुपतिको भाकल राखेकी रहिछन्, पशुपतिको दर्शन गरेर भाकल पूरा गर्न आएको हुँ’, गोविन्दाले स्पष्ट पार्ने क्रममा भने- ँम लगातार चार वर्षम्म फिल्ममा रहिनँ । बनिरहेका मेरा फिल्म पनि विभिन्न समस्याका कारण रोकिइरहेका थिए । जताततै काम ब्रि्रन थालेपछि श्रीमतीले परिवारसहित आउँछु भनेर पशुपतिको भाकल गरेकी थिइन् । पशुपतिनाथले श्रीमतीको मन्नत पूरा गरिदिए । मैले फेरि राम्रा-राम्रा फिल्म पाउन थालें । फिल्म हिट पनि भए । अड्किएका फिल्म पनि पूरा हुन थाले । छवटा फिल्म त रिलिजकै तयारीमा छन् । त्यसैले पशुपतिनाथको दर्शन गर्न परिवारसहित आएको हुँ ।’ फिल्मी क्यारियर मात्र नभई उनको राजनीतिक क्यारियर पनि संकटमा परिरहेको थियो । भारतको लोकसभाका सदस्यसमेत रहेका गोविन्दा चुनाव जितेदेखि आफनो चुनावक्षेत्रमा नगएकोमा भारतभर हंगामा भएको थियो । त्यहाँका जनताले त गोविन्दा हराएको भन्दै उनलाई भेट्टाएर खबर गर्नेलाई दश हजार रुपियाँ इनाम दिने भन्दै पम्प्लेटिङ र पोस्टरिङसमेत गरेका थिए । अनि फेरि हालै मात्र गोविन्दाको सत्तारूढ पार्टीांग्रेसका एक क्षेत्रीय नेताले यसपटकको चुनावमा गोविन्दाको ठाउँमा शाहरुख खानलाई उठाउने भनेर अभिव्यक्ति दिएपछि गोविन्दा तनावमा छन् । उनले जताततै काम ब्रि्रन थालेको भन्नुको अर्थ यो पनि हो कि - गोविन्दाले आफनो शैलीको हाँसो कायम राख्दै कामनासँग भने- ँराजनीतिमा यस्तो किसिमको कुरा त भइहाल्छ तर जनता जे चाहन्छन्, मेरा दर्शक जे चाहन्छन् त्यही हुन्छ । सबै कुरा पशुपतिनाथको कृपा हो ।’ नेपाली पत्नीका बलिउड स्टार गोविन्दा कुराकानीका क्रममा जानेसम्म नेपाली भाषा मिसाउने प्रयास गरिरहेका थिए । एक प्रसंगमा उनी छातीमा हात राखेर आराम रहेको आभाष दिलाउँदै नेपाली भाषामै भन्दै थिए- ँमलाई आराम छ, तपोईंको कस्तो छ-’ गोविन्दाका अनुसार उनले नेपाली भाषाको ज्ञान आफनी पत्नी, सासू र सालीबाट लिएका हुन् । ँमेरा श्रीमती, सासू, साली मैले नबुझने भाषामा कुरा गरिरहेका हुन्थे । मेरो कुरा काटिरहेको हो कि के गरेको हो वा राम्रो कुरा गरेको हो कि नराम्रो कुरा गरेको हो, बुझनै सकिन्नथ्यो । मैले पनि आइडिया निकालें’ -हँसिलो र मिजासिलो स्वभावका गोविन्दाले त्यही स्वभाव प्रदर्शन गर्दै आफनो बुट्टे-टिर्सटको कलर मिलाउँदै भने- ँकिताबै किनेर ल्याएर नेपाली भाषा सिक्न थालें । नेपाली भाषाप्रतिको मेरो इन्टे्रस्ट देखेर पछि मेरा श्रीमती, सासू र सालीले नै नेपाली सिकाइदिए । अहिले पूरै बोल्न नआए पनि के भनिरहेको छ भन्नेचाहिँ मज्जाले बुझछु ।’ कुराकानीकै क्रममा गोविन्दाले नेपाली चलचित्र पनि हेरेको बताए । ँमैले नेपाली फिल्म पनि हेरेको छु । ससुराली आएको छु । त्यसैले ढाँट्दिनँ तर पूरैचाहिँ अहिलेसम्म हेरेको छैन । बरु नेपाली संगीत मज्जाले सुनेको छु । नेपाली टेलिभिजन च्यानल पनि हेरेको छु ।’ गोविन्दाले नेपालप्रतिको मोह पूरा गर्न नेपालमै घडेरी जोड्ने सोच बनाएका छन् । यसै क्रममा नेपाल बसाइका क्रममा उनले परिवार र वास्तुशास्त्रीसहित भक्तपुरको कटुन्जे गाविस-८ स्थित भ्युप्वाइन्ट पुगी त्यहाँको जग्गा अवलोकन गरेका छन् । किन्ने-नकिन्नेबारे भने तय भइसकेको छैन । - विदुर गिरी
|
| |
|
| |
|