|
|
उनीहरू एकअर्कासँग छुट्टएिर अलग बस्न थालेका छन् । श्याम पुरानो बानेश्वरमा आफनो परिवारसँग बस्न थालेका छन् भने रञ्जना दाजुभाउजूसँग बालकुमारीमा बस्न थालेकी छिन् । श्यामले विचार नमिलेकाले अलग भएको बताए पनि रञ्जनाले भने श्यामले ँहिरोइन भनेकै मन पर्न छाडेको र आफूलाई हिरोइन बनेर फिल्म खेल्न छोडिदे’ भनेकाले मिलेर बस्न नसकेको बताइन् । ँश्याम सरले मेरो बिहेमा सारा परिवारका अगाडि मलाई फिल्म खेल्नबाट रोक्दिनँ भन्नुभएको थियो ।
उहाँले नै मलाई मर्यादामा ब्रेक दिनुभयो, मौसममा रिपिट गर्नुभयो तर अहिले म स्टाब्लिस भएपछि भने फिल्म नखेल् भनेर हस्तक्षेप गर्न थाल्नुभयो’, रञ्जनाको भनाइ थियो- ँकाखमा राखेर माया गर्ने, स्टाब्लिस पनि गरिदिने अनि अहिले आएरचाहिँ फिल्म नखेल् भन्ने, त्यस्तो पनि हुन्छ- मलाई उहाँले नेम-फेम सबै दिनुभयो तर हामी दुइ सँगै बसेर भविष्य राम्रो हुने, अझ भोलि जन्मने बच्चाको भविष्य राम्रो हुने देखिनँ । त्यसैले आफनै हिसाबले फिल्ममा हिरोइनका रूपमा काम गर्ने र अगाडि बढ्ने सोचेर म उहाँबाट अलग भएँ ।’ श्याम र रञ्जनाले व्यावहारिक रूपमा अलग्गिए पनि कानुनी रूपमा पारपाचुके भने गरेका छैनन् । ँहामीले बिहे दर्ता गरेका छैनौँ, त्यसैले लिगल्ली डिभोर्स गर्नुपर्छजस्तो लागेको छैन’, दुवैको भनाइ उही थियो- ँपर्यो भने त्यो पनि गर्र्छौं तर हामी फेरि पतिपत्नी भएर बस्न सक्दैनौँ ।’
एकअर्काबाट अलग भएपछि रञ्जनाले कामनासँगको भेटमा भनिन्- ँलभ इज ब्लाइन्ड भन्ने कुरा साँच्चै हो रहेछ । लभ गर्दा नै मजा हुँदो रहेछ, बिहे गरेपछि कुरै अर्को हुँदो रहेछ । सानैमा बिहे गरेर गल्ती गरियो, अहिले पछुताएकी छु । अब पनि बिहे त गर्छर्ुुर राजकुमारै आए पनि आफूले रोजेको होइन, परिवारले खोजेको केटासँग बिहे गर्छर्ुु आठ-दश वर्षघि त बिहे गर्दिनँ ।’ रञ्जनाको सपना छ- ँअब १५ वर्षम्म त मलाई फिल्म खेल्नबाट कसैले रोक्न सक्दैन ।’ उनको दुखेसो पनि छ- ँश्याम सरले मलाई इज्जत-नाम सबै दिलाइदिनुभयो । मैले उहाँलाई केही दिन सकिनँ । यत्रो सिरियल र फिल्ममा काम गरे पनि उहाँसँग केही छैन । उहाँलाई अहिले पनि दुःख छ । यस्तो बेलामा मैले उहाँलाई एक्लै छोड्न नहुने हो तर एकातिर उहाँ अर्कोतिर मेरो माइतीमध्ये एक छान्नुपर्ने मझदारमा थिएँ । भविष्यका लागि माइतीलाई छान्न बाध्य भएँ ।’ दुखेसो श्यामको पनि छ । भन्छन्- ँम आफूलाई निर्देशक ठान्थेँ । फिल्म, सिरियलमा मायाप्रेम, मिलन-बिछोड, विभिन्न आरोहअवरोहको कल्पना गरेर देखाउँथेँ तर मलाई डाइरेक्सन गर्ने मभन्दा माथि अरू नै कोही रहेछ । म त उसले जे-जे सिकायो त्यही-त्यही अभिनय पो गरिरहेको रहेछु ।’ श्यामले भने- ँअलग हुने बेलामा रञ्जनालाई घर, कार दिन चाहन्थेँ तर अफसोच दिन सकिनँ ।’ रञ्जनाले श्यामसँग अलग भएपछि उनलाई मोबाइलमा फोन गरेर अब आफू उनको जीवनबाट पर्ूण्ा रूपमा अलग भइसकेकोमा ढुक्क हुनसमेत आग्रह गरिन् । श्यामसँग उनको भनाइ थियो- ँतपाईंको जीवनमा फेरि पनि डिर्स्र्टब गर्न आउँछु भन्ने कुरा दिमागबाट निकालिदिए हुन्छ । राम्ररी बस्नू, बेस्ट अफ लक ।’ यता कामनासँग भने रञ्जनाले श्यामसँग अब वैवाहिक सम्बन्ध नरहे पनि ब्वाइप|mेन्डको सम्बन्ध रहने र कुनै रेस्टुरेन्ट वा बेकरीमा सँगै भेटिए अचम्म नमाने हुुने बताइन् । ँहामी श्रीमान्-श्रीमती पो रहेनौँ त, साथीभाइ त रहिरहन सक्छौँ नि । उहाँको नेक्स्ट फिल्ममै काम गर्दै छु’ -रञ्जनाले भनिन् । यसमा श्यामले भने सीधै प्रतिवाद गरे- ँरञ्जनासँग सँगै काम गर्न अब सम्भव छैन ।’ - विदुर गिरी
|
| |
|
| |
|