विषय सूची
) सकियो श्याम र रञ्जनाको सम्बन्ध
) युनिक युन
) मौसमी दश वर्षछि गिरफ्तारमा
) पुजनाको ध्यान
) आमा ल्याउने सुरमा महजोडी
) लोडसेडिङको चापमा ऋचाको रोदन
) वाह गजनी
) नाम छैन काम मारामार
) इ मोडलिङको आकर्षा
)

एड्सको दूत बनेर आइन् सबाना

) दुइ लघुचलचित्र तयार
) छुच्चा फिल्मी कुक
)

रोगमुक्त छाला

) मिस नेवाःको लाज आकाशालाई
) ससुराली शयरमा काठमाडौं

 

 

नाम छैन काम मारामार

कामै हेर्ने हो भने उनीसँगजस्तो काम अहिले अरू कोसँग छ र झ् भ्याइनभ्याइ छ कामको । पहिलो चलचित्रमा काम गरेदेखि अर्जुन कार्कीलाई कामको कुनै खाँचो छैन । एकपछि अर्को गर्दै उनले झन्डै एक दर्जन चलचित्रमा काम गरिसकेका छन् । भिडियो चलचित्र जंगली मान्छेमा देखाएको एक्सनको करामतपछि अर्जुनले पहिलो सेल्युलाइड चलचित्रका रूपमा दिदीभाइमा काम पाए । जब उनले सो चलचित्रमा ब्रेक पाए, त्यसपछि पछाडि फर्केर हर्ेर्नैपरेन । लगातार हाम्रो मिलन कहिले हुन्छ, इज्जतदार, दानवीर, धुम, भगवान् सबैको, दोस्ती, र्फज, महान् र सपनामा काम पाए ।

यसरी लगातार काम गर्ने बेलामा उनले ११ चलचित्रमा आफनो प्रतिभा प्रदर्शन गरिसकेका छन् तर यतिका चलचित्रमा काम गरे पनि अर्जुनको परिचय बन्न सकेको छैन । नेपाली चलचित्रका दर्शकले उनलाई चिन्दैनन् किनभने हालसम्म उनको एउटै चलचित्र प्रदर्शनमा आएको छैन । प्रायः चलचित्रमा उनी सहायक भूमिकामा छन् तर पनि उनलाई आफनो चलचित्रमा लिने निर्माता-निर्देशकहरूमा एक किसिमको डर बनेर रहेका छन् उनी किनकि उनलाई दर्शकले नायकका रूपमा पचाउने हुन् वा होइनन् भन्ने शंका छ निर्माता-निर्देशकहरूलाई ।

त्यसैले पनि सबै निर्माता-निर्देशकले अर्जुनको एउटा चलचित्र रिलिज भएपछि आफनो चलचित्र रिलिज गरौँला भन्ने सोच बनाइरहेका छन् ।

उनी थिए पहिले स्टन्टब्वाइ । कुनै पनि डरलाग्दा र खतरापर्ूण्ा दृश्य दिनुपर्‍यो कि नायकहरू पछाडि र्सदा उनीहरूको कपडा लगाएर अर्जुन कार्की स्टन्ट दिन अगाडि सरिहाल्थे । यस्तो रिस्की स्टन्टका लागि अर्जुनले खास साहस देखाउँदै आएका छन् । त्यो साहसले अहिले आएर रंग देखाएको छ । अरूका लागि चिटिङ स्टन्ट सट दिएर अरूलाई पर्दाको हिरो बनाइदिने अर्जुन अहिले भने आफनै लागि यस्तो सट दिइरहेका छन् । अरू नायकका लागि स्टन्ट सट दिने क्रममा दर्जनौंपटक घाइते भइसकेका अर्जुन यस्तै जोखिमपर्ूण्ा स्टन्टकै कारण अहिले आफैं नायक हुन पाएका हुन् ।

 

भिडियो प्रविधिमा बनेको चलचित्र जंगली मान्छेमा करामत र जोखिमपर्ूण्ा काम प्रदर्शन गरेपछि छोटो समयमै निर्माता-निर्देशकको आँखामा परेका हुन् उनी । दीपक रायमाझीदेखि शोभित बस्नेतसम्मका छनोटका नायक बनिसकेका छन् अर्जुन, यस्तै स्टन्ट र द्वन्द्वदृश्यले ।

ँरिजल्ट त दर्शकमा गएपछि नै थाहा हुने कुरा हो तर मेहनतचाहिँ गरिरहेको छु’, अर्जुन भन्छन्- ँमेहनतको फल पाइन्छ भन्ने कुरामा विश्वस्त छु ।’ मेहनतको काम टिक्छ भन्ने कुरामा उनी जति विश्वस्त छन्, त्यति नै त्रसित छन्, दर्शकले कसरी लेलान् भन्ने कुरामा । ँगर्दागर्दै दशवटा फिल्म भइसकेछन् । अहिलेसम्म एउटै रिलिज भएको छैन । के होला भन्ने डर लागेको छ’, अर्जुन भन्छन्- ँमेरो कामको मूल्यांकन सुन्न आतुर छु ।’

 

 [Kamana] [Sadhana] [Nepal Samacharpatra] [Contact Us]


  ? Copyright 2003-2009 newsofnepal
newsofnepal is the internet venture of Kamana Prakashan Samuha
No content available in newsofnepal may be reused in anyway without written permission.