|
मिस
नेवाःको लाज आकाशालाई
आकाशा
वज्राचार्य नयाँ मिस नेवाः चुनिएकी छिन् । नेप्लिज फेसन होमद्वारा गत
महिना काठमाडौंमा आयोजित नेवार सुन्दरीहरूको सौर्न्दर्य प्रतियोगिताबाट
आकाशा मिस नेवाः २००८ चुनिएकी हुन् ।
प्रतियोगितामा सिर्जना महर्जन फर्स्ट र सिर्जा श्रेष्ठ सेकेन्ड रनरअप
चुनिए । प्रतियोगितामा विजय हासिल गरेबापत मिस नेवाःलाई २५, फस्ट
रनरअपलाई १५ र सेकेन्ड रनरअपलाई दश हजार रुपियाँ पुरस्कारबापत प्रदान
गरिएको थियो । कार्यक्रममा सुशीला श्रेष्ठ मिस फोटोजेनिक, मनीषा महर्जन
मिस चार्मिङ, नीलिमा रञ्जित बेस्ट हेयर, रोजिता शाक्य बेस्ट डे्रस, कृपा
महर्जन बेस्ट स्किन र बेस्ट नेपालभाषा, सानुमैयाँ महर्जन मिस ट्यालेन्ट,
शर्मिला महर्जन बेस्ट स्माइल, कृपा श्रेष्ठ बेस्ट डिसिप्लिन र प्रेस्का
उदास बेस्ट पर्सनालिटी चुनिएका थिए ।
प्रतियोगिताको नियमानुसार स्पर्धी नेवाः सुन्दरीहरूलाई केवल नेवारी वा
अंग्रेजी भाषामा मात्र आफना कुरा राख्ने दिने प्रावधान मिलाइएको थियो ।
यो सौर्न्दर्य तथा सांस्कृतिक र प्रतिभा प्रदर्शन स्पर्धामा १६ देखि २२
वर्षम्मका ३४ नेवार सुन्दरी सहभागी थिए । |