विषय सूची
) सकियो श्याम र रञ्जनाको सम्बन्ध
) युनिक युन
) मौसमी दश वर्षछि गिरफ्तारमा
) पुजनाको ध्यान
) आमा ल्याउने सुरमा महजोडी
) लोडसेडिङको चापमा ऋचाको रोदन
) वाह गजनी
) नाम छैन काम मारामार
) इ मोडलिङको आकर्षा
)

एड्सको दूत बनेर आइन् सबाना

) दुइ लघुचलचित्र तयार
) छुच्चा फिल्मी कुक
)

रोगमुक्त छाला

) मिस नेवाःको लाज आकाशालाई
) ससुराली शयरमा काठमाडौं

 

 

मेरो प्रतिस्पर्धी कोही छैन विराज भट्ट

पाँच वर्षगाडि चलचित्र अग्निपथबाट नायकका रूपमा देखापरेका धनगढीका विराज भट्टले यस क्षेत्रमा आएदेखि असफलता कम सफलताको अनुहार धेरै देखे । ग्य्राजुएट गर्ने सिलसिलामा भारतको देहरादुनमा अध्ययन गर्ने क्रममा मार्सल आर्ट, कराते, तेक्वान्दो, बडी बिल्डिङ गर्दै जाँदा उनले त्यहाँ मोडलिङसमेत गरे र मिस्टर देहरादुनको उपाधिसम्म हासिल गरे । देहरादुनमा र्‍याम्प मोडलिङ अनि काठमाडौंमा अभिनय, नृत्य, जिम्न्यास्टिक गर्दै विशेष तयारीका साथ हिरो बन्न पुगेका विराजले यस क्षेत्रमा जति सफलता हासिल गरेका छन्, त्यति नै आरोप र लाञ्छना पनि भोग्दै आएका छन् । यिनै विषयमा कामनाका कार्यकारी सम्पादक विदुर गिरीले बानेश्वर हाइटमा अवस्थित विराजको जिमखानामा उनीसँग गरेको विचारोत्तेजक अन्तर्वार्ता यहाँ प्रस्तुत छः

        हालखबर के छ विराजजी ?

-      ठीक छ, काममा छु, व्यस्तता छ । लगातार फिल्महरू गरिरा’छु ।

       रेखा थापासँगको तपाईंको प्रोब्लम के हो ?

-शुरूमै समस्याको प्रश्न)

-      रेखा थापाजीसँग कहिले पनि त्यस्तो केही समस्या छैन । उहाँसँग अहिले भर्खरै दुइवटा भोजपुरी फिल्ममा काम गरें, अरूमा पनि गर्दै छु । वास्तवमा मेरो कुनै पनि कलाकारसँग समस्यै छैन । -विराजले छल्ने प्रयास गरे पनि सन्तुष्ट हुने ठाउँचाहिँ थिएन, सोधियो-)

       रेखा थापाको ब्यानरको फिल्ममा तपाईंलाई निखिल उप्रेतीको अल्टरनेटको रूपमा उभ्याइयो तर अहिलेको फिल्ममा तपाईं हुनुहुन्न नि ?

       (विराज बाठो बन्न खोजे, भने-)

-      उहाँका सबै सिनेमामा म हुनर्ुपर्छ भन्ने छैन । छवि ओझा, रेखा थापा भनेका रेगुलर फिल्ममेकर हुन् । -रेखादम्पतीलाई फुर्क्याउने शैलीको कुरा थियो) रेखाजीसँग उहाँको प्रोडक्सनको अझै धेरै फिल्ममा काम गर्छर्ुुन्ने आशा छ । अहिले समयको समस्या भएकाले मलाई नसम्झेको होला ।

       र्-तर्क तन्काउन खोजे विराजले । चित्त बुझाउने कुरोचाहिँ थिएन, च्याप्ने प्रयास गरियो)

       समय नमिलेको कि अफर नै नआएको ?

-      समयको प्रोब्लम उहाँहरू आपै+mले बुझेर अफर नगरेको जस्तो लाग्छ । उहाँहरूले जुन फरम्याटमा फिल्म बनाउनुभयो, त्यसमा धेरै समय लाग्यो । एउटा बिजी कलाकारलाई यत्तिका दिनसम्म इन्गेज नगरौं भन्ने सोचिएको हुन सक्छ । फेरि उहाँहरू नयाँ-नयाँ कलाकारलाई इन्टरड्युस गर्नुहुन्छ । विराजसँग काम नगर्ने भन्ने सोचमा उहाँहरू हुनुहुन्छजस्तो लाग्दैन ।

       तिपार्इं रिल लाइफको मात्र हिरो हो- चलचित्र मृत्युदण्डमा शक्ति कपुरले रेखाका अगाडि अश्लील बोल्नुभयो र दर्ुर्व्यवहार पनि गर्नुभयो रे, तपाईंले केही प्रतिवाद गर्नुभएन ? (अप्रत्याशित प्रश्न)

-      शक्ति कपुर मजाकी स्वभावको हुनुहुँदो रहेछ तैपनि यताको कलाकार भनेर उहाँले अन्डरस्टिमेट गरेर बोलेको हुन सक्छ । उहाँहरू चार जना शक्ति कपुर, सेहेवाज खान, मिथिला शर्मा, रेखाजी र प्रोड्युसरहरू बसेर गफ गरिरहेका थिए, म भित्र इनडोर सुटिङमा थिएँ । मैले के भएको हो भन्ने कुरा आफनो आँखाले देखिनँ, कानले सुनिनँ । पछि शक्ति कपुरसँग कुरा गर्दा उहाँले मजाक गर्दा रिसायो भन्नुभयो । बलिउडका हिरोइनसँग आइसबक्स हुन्छ, त्यसमा पेप्सी हुन्छ, मैले त्यही ठानेर पेप्सी मागेको भन्नुभयो । कुरा गर्दा उहाँको हातमा पेप्सी पनि थियो । त्यसैले यथार्थ के हो मलाई थाहा छैन । ?-नाक कन्याउंँदै उनले भने-) भोलिपल्ट रेखाजीसँग पनि असाध्यै राम्ररी बोल्नुभयो, यथार्थ मलाई थाहा भएन ।

       िहजोआज खुब हिरोइन रिफर गर्नुहुन्छ रे, विशेष गरी जेनिसा केसीलाई ? -चलचित्रक्षेत्रमा भइरहेको अर्को चर्चा प्रश्न बनेर त्ेर्सियो ।)

-      कुनै पनि कलाकारसँग खेल्नेबित्तिकै मैले रिफर गरेको हुँदैन । मसँग कुनै न कुनै एउटा नायिका त हुन्छ नि । -सनक्क सन्किए उनी) तर आजका दिनसम्म मैले यसलाई राख्नर्ैपर्छ, यसलाई राखेन भने म काम गर्दिनँ भनेर कसैलाई भनेको छैन । मेरो सबै नायिकासँग राम्रो सम्बन्ध छ । -केही सम्हालिँदै) तर कसैसँग लभ, रोमान्स या अफेयर केही पनि छैन ।

       तिपाईंको कसैसँग लभरोमान्स नै छैन त- सोझो हिरो हो तपाईं ?

-      डेफिनेट्ली, म लभरोमान्स गर्दै हिँड्दिनँ । मेरो प्रेम भनेको कामसँग, जिमसँग, रनिङसँग छ । हिरोइन या अरू कसैसँग छैन ।

       -लामो श्वास लिँदै भर्खरै सामान्य छोट्याएको कपाल मिलाए उनले)

       दोस्तीबाट जेनिसा केसीलाई हटाइँदा तपाईंको त्यसका निर्देशक मदन घिमिरे र निर्माता रोज राणासँग सुटिङसेटमा समेत बोलचाल नै बन्द भयो रे नि ?

-      ह्ेर्नुस् कसैलाई पनि तपाईं कहाँ हुनुहुन्छ, के हुनुहुन्छ, आउनुस्, बस्नुस् भन्ने बानी मेरो छैन । -फेरि तातिए उनी) धेरैजसो मानिसले आफूलाई हाइलाइट गर्न पनि मिडियामा गएर अरूलाई आरोप लाउँछन् । त्यस्तो केही पनि होइन ।

       चार-पाँच वर्षै बीचमा तपाईंमा अहम् पलाएको छ रे नि- आकाशमा हेरेर कुरा गर्छ, विराज फुलान्ची भा छ, घमन्डी भएको छ पनि भन्छन् रे नि त ?

-      म त्यस्तो फुलेल वा घमन्डी भएको भए यत्रो समय कसरी काम गथर्ंर्ेेोला झ् -जिमहलको भुइँमा हात बजार्दै) म त्यस्तो भइदिएको भए निर्माताहरूले मलाई किन लिइरहेका छन् त- मलाई सबै निर्माताले त्यसो भन्ने हो भने त आजको दिनमा मसँग सिनेमै नहुनुपर्ने, मसँग कामै नहुनुपर्ने, मेरो बजार नै नहुनुपर्ने हो ।

       बिजार राम्रो भएकै कारणले निर्माता-निर्देशकलाई दुःख दिन थाल्नुभएको छ रे, कहाँ छौ कहाँको डबिङ नै गरिदिनुभएन रे, खास के हो ?

-      त्यतिखेर म रक्षकको सुटिङका लागि चार दिन नगरकोटमा थिएँ । डबिङकै लागि आएर र्फकन पनि टाढा हुन्थ्यो, त्यसैले चार दिनपछि डबिङ गरौं भनेको थिएँ । चौथो दिनको सुटिङ सकिनुअगाडि डबिङ राख्नू भनेर फोन गर्दा डबिङ गराइसकें, म कहाँ तपाईंलाई कुरेर बस्छु भनियो । -विराज झन् ताते) म छ महिनाका लागि अमेरिका गएको त थिइनँ नि, मेरो आवाजमा अरूको डबिङ गराउन ।

       तिपाईंले पटकपटक भन्दा पनि डबिङका लागि समय दिनुभएन रे नि त ?

-      कुनचाहिँ कलाकारले डबिङ गर्दिनँ भन्छ । जबकि डबिङ गर्दा ब्यालेन्स मनी पाइन्छ । त्यो फिल्ममा मेरो धेरै ठूलो रोल पनि छैन । मेन हिरो त प्रोड्युसर आपै+mले गरेको छ । -आँखा पनि राताराता भए उनका) त्यसमा पोस्टर भ्यालु बनाउनका लागि मलाई राखेको हो । त्यो फिल्म रिलिजको तयारीमा थियोे- चार दिन पनि नकुरी डबिङ गरेर के फाइदा भयो -

       अिाएको फिल्म हातबाट जान नदिने तपाईंको नीतिका कारण सेड्युल जुधेर यस्तो प्रोब्लम भएको हो कि- छोडिगए पाप लाग्लामा पनि त तपाईंले समय नदिएकाले डमी कलाकार राखेर ओएस सट लिनुपर्‍यो रे नि त ?

-      त्यसमा मेरो बेलुकाको सेड्युल थियो, सकाएरै गएँ । -सेलाइसकेका थिए उनी) एक-दुइ सट त्यस्तो गर्नुपर्‍यो होला तर मेरै कारण त्यो फिल्ममा त्यस्तो ;्याम्पर परेजस्तोचाहिँ लाग्दैन । 

       किमाइ त राम्रै भइरा’छ होइन?

-      ठीक छ । जुन सफलता पाइरहेको छु त्यसमा खुसी छु । हाम्रो नेपाली फिल्मको परिवेशमा जुन कमाइ छ त्यसमा सन्तुष्ट छु । -फेरि कपालतिरै गयो उनको हात) शाहरुख खानले ३५ करोड लियो, सलमान खानले ३० करोड लियो भनेर हामीले त्योअनुसार खोज्न मिल्दैन । नेपाली फिल्म, नेपाली बजारअनुसार ठीकै कमाएको छु ।

       किमाइ केमा लगानी गर्नुभएको छ ?

-      लगानी नै त गरेको छैन ।

-फुरुङ्ङ थिए उनी) तर काठमाडौंमा र्सभाइभ हुनका लागि व्यवस्था गर्नुपर्ने स्थिति छ । जमिन किनेको छु ।

       किरोड कमाइयो ?

-      फिल्मबाट त्यत्रो त कमाएको छैन ।

-पहिलोपटक मुस्कुराए उनी) मैले शुरुताका जुन फिल्महरू गरें, त्यस बेला त अहिलेजस्तो प्राइस पाउन्नथंे । अहिले पो सवा तीन, साढे तीन लाख लिन्छु । हिजो त ५० हजारमा पनि काम गरें नि । जाँडरक्सी खाएर जुवातास खेलेर, तरुनी घुमाएर पैसा सक्दिनँ, सेभ गर्छर्ुु

       अिाफ्नो रोल बलियो बनाउन रेकर्डिङदेखि स्त्रिmप्टमा सम्म बस्नुहुन्छ रे !

-      त्यसरी बस्न पाएको त छैन तर जतिले मलाई लिन्छन् उनीहरू आपै+mले पहिले नै पावरफुल क्यारेक्टर लिएर आउँछन् । मप्रतिको विश्वास हो यो । साइड हिरोको रोलबाट आएको मजस्तो मान्छेले फिल्ममा डबल रोल गरेको छु । अब बन्ने अर्को फिल्ममा पनि डबल रोल गर्दै छु । भोजपुरी फिल्ममा मेरो डिमान्ड बढिरा’छ । यसले के देखाउँछ भने मैले माग्ने होइन, इन्डस्ट्रीले नै बुझिसकेको छ ।

       तिपाईंको नजरमा नेपालका टप थ्री हिरोइन को हुन् ?

-      अहिले काम गरिरहेकोमा रेखा थापा टप हो ।

-निर्धक्क भएर जवाफ शुरू गरे पनि अलमलिए उनी) अँ....,बाँकी दुइ जनामा चाहिँ झरना थापा र सञ्चिता लुइँटेलमा अलि कन्फयुज छु ।

       टिप थ्री हिरो ?

-      टप त राजेश हमाल नै हो । उहाँ हिजोदेखि इन्डस्ट्रीलाई सम्हालेर ल्याउने व्यक्ति हो । आज उहाँ अलिकति खस्किनुभा’छ वा क्यारेक्टर रोल गरिरहनुभएको छ भने त्यो उहाँको एज फयाक्टरको करामत होजस्तो लाग्छ मलाई । अदरवाइज स्टिल उहाँ आफनो ठाउँमै हुनुहुन्छ । -उनले त दुइ र तीन नम्बरको कुरै नगर्ने विचार पो गरे बा झ् जसका लागि यति लामो व्याख्या सुनिइरहेको थियो । त्यसैले सोधियो-)

       टु अर थ्री ?

-      कसलाई भन्ने - त्यो त यो वर्षो अन्तिममा थाहा भइहाल्छ नि । (निधार खुम्च्याएर कन्चट कन्याउँदै) योबीचमा कसको सिनेमा क्लिक हुन्छ, त्यो हेन बाँकी छ ।

       तिपाईंको नजिकको प्रतिस्पर्धीचाहिँ को हो त ?

       -सजिलै छोड्ने त कुरै थिएन, च्याप्ने कोसिस गरियो ।)

-      मेरो नजिकको प्रतिस्पर्धी भनेको इन्डस्ट्री नै हो । आज जुन किसिमले हिन्दी फिल्मसँग कम्पिटिसन गर्ने, सिक्स्िटनको फर्म्याट छोडेर सिनेमास्कोपमा जाने सोच बनाएका छौं, सबैभन्दा ठूलो प्रतिस्पर्धा त त्यो छ । मैले एउटा कलाकारसँग प्रतिस्पर्धा गरेर मिनिङ हुँदैन ।

       िनखिल उप्रेती, रमित ढुंगाना, दिलीप रायमाझी, राजवल्लभ, जीवन लुइँटेलमध्ये तपाईंको प्रतिस्पर्धी को हो - -विराजलाई सजिलो पारिदिने प्रयास गरियो)

-      मेरो प्रतिस्पर्धी यीमध्ये कोही पनि छैन । म यिनीहरू कसैलाई पनि प्रतिद्वन्द्वी नै मान्दिनँ । म आफनो काम समातेर बसेको छु, त्यसलाई राम्ररी गरेको छु ।

       उसो भए विराज भट्ट एउटा ट्रेडमार्क नै हो त ? (अझै तताउने प्रयास गरियो)

-      त्यसरी पनि नभनौं । -तात्नुको सट्टा सन्तुलित पो हुन खोजे) कुनै पनि मान्छे भोलिका दिनमा मभन्दा अगाडि आउन सक्छ । आजकै दिनमा पनि कसैको मूल्यांकनमा मभन्दा अगाडि कोही होला ।

       नियाँको आगमनले तपाईंलाई फरक पर्छ कि पर्दैन ? (केही धमाकेदार जवाफ पो आइहाल्छ कि झ्)

-      फरक पर्दैन, बरु कम्पिटिसन बढ्छ । -विराजले पुरानै पारालाई निरन्तरता दिँदै गगल्स मिलाउँदै भने) कुन अर्थमा भने विराज भट्ट, राजेश हमाललगायत नयाँ र पुरानालाई हुने खालको फिल्म बनाउँm भन्ने अर्को च्याप्टरको जन्म हुन्छ, च्वाइस बढ्छ । त्यो भनेको बजारका लागि राम्रो हो । नयाँ-नयाँ हिरोहरू  आउनु भनेको बजार अझै फराकिलो हुनु हो मलाई । यसलाई म कम्पिटिसन मान्दिनँ ।

 [Kamana] [Sadhana] [Nepal Samacharpatra] [Contact Us]


  ? Copyright 2003-2009 newsofnepal
newsofnepal is the internet venture of Kamana Prakashan Samuha
No content available in newsofnepal may be reused in anyway without written permission.