|
|
|
|
मौसमी दश वर्षछि गिरफ्तारमा
एक जमानाकी
लोकप्रिय नायिका मौसमी मल्ल एक दशकको मौनतापछि गिरफतारमा परेकी छिन् ।
यो उनले आपै+mले दिएको गिरफतारी हो । एक दशक लामो अन्तरालसम्म चलचित्रमा
काम नगरी नेपाली रजतपटबाट टाढा बसेकी उनी अहिले आप+mैले निर्माण गरेको
चलचित्र गिरफतारमा गिरफतार भएकी हुन् ।
ँअब फेरि
यही क्षेत्रमा बस्छु र निरन्तर काम गर्छर्ुु कुनै जमानामा एकसेएक
चलचित्र दिएर नेपाली चलचित्रका दर्शकमाझ आफनो भिन्नै पहिचान कायम गरेकी
मौसमीले कामनासँग कुरा गर्दै भनिन्- ँघरायसी र पारिवारिक कारणले दश
वर्षम्म चुप लागेर बसें । अब फेरि जर्ुर्मुराएकी छु । मैले जानेको काम
भनेकै सिनेमा हो । त्यसैले अब सिनेमा बनाएर र खेलेरै जीवन बिताउँछु ।’
मौसमीले
गीतकारका रूपमा समेत आफनो नयाँ परिचय उजागर गर्दै गिरफतार नामको
चलचित्र पहिलोपटक बनाएर चलचित्र निर्माणको क्षेत्रमा हात हालेकी हुन् ।
ँम फेरि सिनेमामा आउँदा केही नयाँ कुरा दिन चाहन्थें ।
|
 |
म सिनेमामा फेरि फर्किंदा मेरो इन्भल्भमेन्ट पनि एउटा नयाँ कुरा हुन्छ ।
त्यसैले यो नयाँ कुरा आफनै सिनेमाका लागि बचाऊँ भनेर मैले बीचमा अरू
सिनेमाबाट अफर आउँदा पनि काम गरिनँ’, नयाँ जोस र पुरानै जादू लिएर नेपाली
चलचित्रकर्ममा र्फकंदा उत्साहित भएकी मौसमीले भनिन्- ँम मेरा दर्शकलाई मैले
पहिलोपटक बनाएको सिनेमा देखाउन जति धेरै आतुर छु, त्यति नै आतुर छु कमेन्ट
सुन्नका लागि पनि ।’ मौसमी थप्छिन्- ँमौलिक र नयाँ विषयवस्तुको खोजीमा
निराश भएका दर्शकलाई कुनै स्वदेशी वा विदेशी सिनेमासँग कथावस्तु नमिल्ने
सत्य घटनामा आधारित सिनेमा चाँडैभन्दा चाँडै देखाउनका लागि म एक्साइटेड भएकी
छु ।’
मौसमी आफना दश
वर्षघिका चलचित्रमा भै+m यसमा पनि उस्तै मिठास र सौर्न्दर्यका साथ प्रस्तुत
हुँदै छिन् । दश वर्षम्म चलचित्रको पर्दामा नआउँदा लापरबाही ढंगले मोटाउन
पुगेकी उनी गिरफतारमा छाउनकै लागि मज्जाले घटेकी छिन् । ँसिनेमामा काम
नगरेपछि अल्छी भएकी रहिछु, धेरै मोटाएकी थिएँ । अहिले बल्ल स्लिम भएँ’,
मौसमीले आफनो बडी मेन्टेनको रहस्य खोलिन्- ँगिरफतारमा खेल्नका लागि मैले १३
किलो वेट लुज गरें ।’ आफनो जमानामा देउकी, पृथिवीजस्ता चलचित्रमा राजेश
हमालको सुहाउँदो जोडीका रूपमा स्थापित हुन सफल मौसमी यस चलचित्रमा पनि उनकै
जोडीका रूपमा प्रस्तुत भएकी छिन् । ँधेरैपछि फेरि फिल्ममा काम गर्दा
शुरूशुरूमा कस्तो-कस्तो लाग्यो । पछि र्फममा आएँ । फेरि निर्मात्रीका रूपमा
समेत आएपछि दायित्व र जिम्मेवारी थपिँदो रहेछ’ -मौसमी अनुभव बाँड्छिन् ।
नेपाली
चलचित्रमा काम गर्ने सिलसिलामा अभिनयका हिसाबले ५२ चलचित्रको अनुभव सँगाले
पनि चलचित्र निर्माणको अनुभव पहिलो भएकाले मौसमीलाई सिनेमा बनाउन जति
गाह्रो लाग्यो, त्योभन्दा गाह्रो महसुस भएको छ सिनेमा चलाउन ।’ उनी भन्छिन्-
ँसिनेमा त जेनतेन बनाइयो, रिलिज गर्न गाह्रो भइरहेको छ ।’ मौसमीका अनुसार
गिरफतार एक्सन ट्य्राकमा छ । ँयसमा पोलिटिकल टच र लभस्टोरी छैन ।
एज
ए होल नयाँ सब्जेक्टमा सिनेमा इन्जोयफुल भएको छ’, मौसमीको दाबी छ- ँअहिलेसम्म
यो कुरा म भन्दै छु, सिनेमा रिलिज भएपछि दर्शकले भन्नेछन् ।’
यसमा मौसमी र
राजेशका साथमा विराज भट्ट, ऋचा घिमिरे, राजेश ढंुगाना, रामचन्द्र
अधिकारीजस्ता कलाकारका साथमा नयाँ प्रस्तुति सुभाष मेचेको दमदार एक्सन र
जेनिसा केसीको ग्ल्यामर पनि रहेको छ । युवा निर्देशक राजेन्द्र उप्रेतीको
निर्देशन तथा सन्देशमान श्रेष्ठको कथा र कार्यकारी निर्माण रहेको गिरफतारमा
संगीत सुरेश अधिकारी, नृत्य गोविन्द र्राई, पटकथा-संवाद मौनता श्रेष्ठ तथा
छायांकन कुमार बखतीको रहेको छ । |