विषय सूची

) सकियो श्याम र रञ्जनाको सम्बन्ध
) युनिक युन
) मौसमी दश वर्षछि गिरफ्तारमा
) पुजनाको ध्यान
) आमा ल्याउने सुरमा महजोडी
) लोडसेडिङको चापमा ऋचाको रोदन
) वाह गजनी
) नाम छैन काम मारामार
) इ मोडलिङको आकर्षा
)

एड्सको दूत बनेर आइन् सबाना

) दुइ लघुचलचित्र तयार
) छुच्चा फिल्मी कुक
)

रोगमुक्त छाला

) मिस नेवाःको लाज आकाशालाई
) ससुराली शयरमा काठमाडौं

 

 

लोडसेडिङको चापमा ऋचाको रोदन

दिनको समय भएकाले उज्यालै भए पनि लोडसेडिङका कारण वरिपरि चकमन्न छ । चकमन्न वातावरणलाई चिर्दै बुद्धनगरको एउटा दिशाबाट घटघट गर्दै जेनेरेटरको एकोहोरो र पट्यारलाग्दो चर्को आवाज आइरहेको छ । खाली जमिनमा असरल्ल छरिएका सामान, छोडिगए पाप लाग्ला लेखिएको मिनिबस र माइक्रोबसको पार्किङले प्रस्ट हुन्छ- त्यही अगाडिको झकीझकाउ घरमा सुटिङ भइरहेको छ ।

ढोका खोलेर कम्पाउन्डभित्र छिर्नासाथ नायक राजवल्लभ कोइराला आराम पिङमा झुल्दै युनिटका फुर्सदिला सदस्यहरूसँग गफमा मस्त छन् । ँमस्तीभन्दा पनि सास्ती पो छ त’, नायक कोइरालाले स्पष्टीकरण पेस गरिहाले- ँबिहान आठ बजे आएर बिहान सट सुरुवातको नरिवल फोडेदेखि सुटिङ हुने पर्खाइमा बसिरहेको छु तर एउटा सपोर्टिङ आर्टिस्ट नआइदिएकाले अहिलेसम्म मेरो सुटिङ हुन सकेको छैन ।

माथि सुटिङ भइरहेको कोठा साँघुरो छ, त्यसमाथि जुत्ता खोलेर बस्नुपर्ने भएकाले चिसो लाग्छ । त्यसैले यहाँ बसिरहेको छु ।’सुटिङ स्टुडियोकै हैसियतमा प्रायः सुटिङ भइरहने सो घरको माथिल्लो तल्ला साँच्चै नै राजले भनेजस्तै साँघुरो रहेछ । एकातिर कोठै सानो, अर्कातिर प्राविधिक र प्राविधिक सामग्रीको चाप, कोठामा अटाउनै मुस्किल । अरू त अरू सट दिइरहेका खलनायक हेमन्त बुढाथोकी र नायिका ऋचा घिमिरे पनि सोफामा अटेसमटेस भएर बसिरहेभै+m लाग्थ्यो । तैपनि उत्तिकै उत्साहका साथ काम भइरहेको रहेछ । ँओहो मित्र, ल आउनोस् यता बसौं’ -साँघुरोपनका बीच निर्देशक उज्ज्वल घिमिरेले आफू बसिरहेको सोफाको एकछेउ छाडिदिए ।

ऋचाका आँखा लोलाएका थिए, उत्तिकै रसिलो पनि । सिन रहेछ नै त्यस्तै एकैछिनमा रुनुपर्ने, एकैछिनमा रिसाउने । लाग्थ्यो- अभिनयका नवै रसको काम त्यहीँ छ । कहिले रौद्र, कहिले करुण, कहिले वीर रस त कहिले के । नवरसका आधा रसको काम रहेछ त्यहाँ । छायाकार दीपक वज्राचार्य सानो कोठाका बीच अटाइ-नअटाइ गरी एकातिर क्यामेरा सेट गरिरहेका थिए त अर्कातिर ट्रली बिच्छ्याउन लगाइरहेका थिए अनि लाइटहरू यत्रतत्र मिलाउन अह्राइरहेका थिए । निर्देशक घिमिरेको ध्यान सबैतिर थियो । ँदीपक के भयो, लिने होइन सट’ भन्दाभन्दै उनी हेमन्त र ऋचालाई सोध्न भ्याइहाल्थे- ँकेही छ कन्फयुजन- डाइलग कण्ठ भयो होइन-’ बोलिरहन मन पराउने ऋचा त्यस दिन केही भिन्न लागिरहेकी थिइन् । उनको पूरापूर ध्यान सुटिङमै थियो । स्त्रिmफट पढ्दै आफूलाई छोडिगए पाप लाग्लाको ऋतु बनाउन अभ्यस्त गराउन मस्त थिइन् उनी । हेमन्त पनि मनमनै डाइलग कण्ठ पार्दै हाउभाउका साथ अभ्यासमै थिए । त्यसो त नेपाली चलचित्रको सुटिङ भन्नासाथ हल्लाखल्ला भीडभाड हुने गर्छ । निर्देशक उज्ज्वल घिमिरेको युनिटको भने कुरै बेग्लै थियो । यस्तो लाग्थ्यो- सुटिङमा जस्तो अनुशासन कहीँ हुन्न । निर्देशक घिमिरेको हक्की र कडा स्वभावका कारण सुटिङ कोठाभित्र शान्ति थियो । त्यो शान्त वातावरणलाई चिर्दै कतै मोबाइलको रिङ बज्यो । ऋचाले सानो स्वरमा घिमिरेसँग मञ्जुरी लिइन्- ँदा मेरो जरुरी कल आयो, रिसिभ गरौं-’ उज्ज्वलले हुन्छ भन्ने इसारा गर्नासाथ अर्धखुला कपडालाई ओड्नेले छोपेर न्यानो महसुस गरिरहेकी ऋचा ओड्ने फाल्दै दौडिइन्, हेयरड्रेसर गीतासँग रहेको आफनो मोबाइल उठाउन ।

ँअब त फिल्म बनाउन पनि नसकिने भयो’, आफनै उपस्थितिका कारण शान्त बनेको वातावरणलाई चिर्दै उज्ज्वलले भने- ँसुटिङ गर्नलाई घर कसैले दिँदैन, बत्ती लगातार जान्छ । जेनेरेटर चलाएर साध्य छैन । ठोक्नु -सम्झौतामा हतारहतार काम गर्नु) को विकल्प छैन, तर ठोकेर पनि सम्भव छैन ।’ ऋचा आइपुग्नासाथ उज्ज्वलले तीन-चार पटक क्यामेरा मुभ गराउँदै हेमन्त र ऋचालाई रिहर्सल गराए । रिहर्सलमै कलाकारलाई दलाउन उनले बाँकी राखेनन् । ऋचालाई भनिरहेका हुन्थे- ँकत्ति लामो पज लिएको, कत्ति फुटेज खाएको । पज लिनुपर्ने ठाउँ नै छैन, सीधै डाइलग उठाऊ न डाइलग । भित्रबाट आउनुपर्‍यो है भित्रबाट । भित्रबाट आएकै छैन।’ उज्ज्वल हेमन्त र ऋचाबाट पर्पेmक्ट पर्फर्मेन्स खोजिरहेका थिए ।

रिहर्सलबाट पर्ूण्ा सन्तोष भएपछि उनले टेकका लागि अर्डर गरे- ँसाइलेन्स, क्यामेरा, रोलिङ, एक्सन ।’ उनको आदेशअनुसार सबैलाई आआफनो जिम्माको काम गरेर आफूपछाडिका जिम्मेवारहरूलाई र्सतर्क गराए, हेमन्त र ऋचा सट दिन थाले । हेमन्तले ठिंग उभिएर ऋचातर्फ हेरी ँटुक्रा-टुक्रा हुन्छ’ भनेर क्यु दिएपछि ग्लिसरिन दलेर धरधरी आँसु चुहाएपछि ऋचाले आँखाभरि आँसु खसाल्दै आक्रोश, शंका र अविश्वासको मुहार बनाउँदै भनिन्- ँउसले मेरो मुटुलाई जति धेरै टुक्रा बनाउँछ, ऊ त्यति नै टुक्रामा बाँडिन्छ, ड्याडी किनकि ऊ मेरो मुटुभित्र छ । मलाई मेरो मायामा विश्वास छ । म उसलाई भेट्न जान्छु, अहिले नै  ।’ दुवै जनालाई उज्ज्वलको चित्त बुझाउन गाह्रो पर्‍यो । क्यामेरामा हेमन्तको ढाड मात्र देखिने भएकाले यो सटमा समस्या हेमन्तको थिएन । उज्ज्वलको गुनासो ऋचासँग मात्र थियो किनभने उज्ज्वलको भनाइमा ऋचाले अनावश्यक पज लिइरहेकी थिइन् । एउटा टेकमा उज्ज्वलको असन्तुष्टि ऋचाप्रति थियो भने बाँकी दुइ टेकमध्ये एउटा टेक घरवेटी आमा अचानक प|mेममा आइदिएर ँमैले कुरा बुझिनँ नि बाबु, हामी क्यामेरामा आउन हुन्न र’ भनेर अलमलाइरहेकी थिइन् र अर्को टेकमा ट्रली भनेको गतिमा कुदेको थिएन । जे भए पनि तेस्रो टेक सानदार भएपछि उज्ज्वलले सन्तोषपर्ूवक मुस्कुराउँदै भने ँकट ।’

 हेमन्तले सोमप्रसाद र ऋचाले ऋतु बनेर सट ओके गराए पनि पंक्तिकार भने के भइरहेको छ भनेर अलमल्ल परिरहेको थियो। उज्ज्वलले प्रस्ट पारिदिए- ँऋचालाई बाबुले गलतफेमी गराएर उसको लभ भाँड्ने प्रयास गरिरहेको हुन्छ, यो त्यही सट हो ।’ उनले चलचित्रको मुख्य कथा पनि बताए- ँयो अन द रोड लभ स्टोरी हो, ट्राभल टाइपको स्टोरी छ । कहिले बागलुङ, कहिले पोखरा गरेर फिल्मभरि ट्राभल भइरहेको हुन्छ । गइरहेको हुन्छ ।’ यत्तिकैमा उज्ज्वलका सहायकहरूले उनैको निर्देशनमा अर्को सट तयार पारिसकेका थिए । ँसर रेडी’ आफना सहायकले जानकारी गराएपछि उज्ज्वल अर्को सट लिने तयारीमा जुटे ।  

निर्माता केशव भट्टर्राई पनि यही सटका बेलामा लोकेसनमा आइपुगे । अन्तिमतिरको छायांकनको दौडधुपका कारण थकित भए पनि उनको अनुहारमा सन्तुष्टिको लहर दौडिएको स्पष्ट देखिन्थ्यो । तैपनि लोडसेडिङप्रति उनको दुखेसो थियो- ँलोकेसनको तिर्नर्ुपर्छ परडे आठ हजार रुपियाँ । बिजुली आउँछ जम्मा छ घण्टा, लोकेसन छ भरे दश बजेसम्म मात्र । त्यसैले जेनेरेटर नभई सुखै छैन । जेनेरेटरको रेन्ट छ परडे छ हजार, डिजेल अघि ३ हजारको हालेको छु, कतिबेरमा सकिन्छ थाहा छैन । हरेक दिन यस्तो हुँदा लगभग डबल खर्च भइरहेको छ, फिल्मको बजेट कहाँ पुग्छ थाहा छैन ।’

लोडसेडिङले लगानी बढे पनि कामचाहिँ राम्रैसँग भइरहेको थियो । उज्ज्वल जम्प सट लिने तयारीमा पुगिसकेका थिए । उनी ४८ नम्बरको सिनबाट अब एकैपटक पचासौं सिन लिँदै थिए ।

तिरेको आठ हजार घरभाडालाई राति दश बजेसम्म सदुपयोग गर्ने योजनामा थियो युनिट, त्यसैले पंक्तिकार त्यहाँबाट बिदा भयो ।  

कथा र निर्देशन उज्ज्वल घिमिरेकोे,  छायांकन रजनी पन्तको, संगीत सुरेश अधिकारीको तथा नृत्य शान्ता नेपाली र राजु शाहको रहेको यो चलचित्रमा विराज भट्ट, राजवल्लभ कोइराला, ऋचा घिमिरे, सञ्चिता लुइँटेल, हेमन्त बुढाथोकी, गणेश सापकोटा, विष्णु सापकोटा प्रमुख कलाकार रहेका छन् र यसको छायांकन अब पूरा भइसकेको छ ।     

- विदुर गिरी

 [Kamana] [Sadhana] [Nepal Samacharpatra] [Contact Us]


  ? Copyright 2003-2009 newsofnepal
newsofnepal is the internet venture of Kamana Prakashan Samuha
No content available in newsofnepal may be reused in anyway without written permission.