विषय सूची
) सकियो श्याम र रञ्जनाको सम्बन्ध
) युनिक युन
) मौसमी दश वर्षछि गिरफ्तारमा
) पुजनाको ध्यान
) आमा ल्याउने सुरमा महजोडी
) लोडसेडिङको चापमा ऋचाको रोदन
) वाह गजनी
) नाम छैन काम मारामार
) इ मोडलिङको आकर्षा
)

एड्सको दूत बनेर आइन् सबाना

) दुइ लघुचलचित्र तयार
) छुच्चा फिल्मी कुक
)

रोगमुक्त छाला

) मिस नेवाःको लाज आकाशालाई
) ससुराली शयरमा काठमाडौं

 

 

वाह गजनी

एउटा सामान्य परिवारकी भारतीय युवती आफ्ना समस्यालाई बेवास्ता गर्दै प्राय समाजसेवामा लागिरहेकी हुन्छे  । आफ्नो रोजीरोटी र आत्मसुरक्षाभन्दा महत्त्वपर्ूण्ा लाग्ने उसको सेवाभावले उसलाई कहिले विकलांग बालबालिकातिर खिचिरहेको हुन्छ भने कहिले ऊ नेत्रहीन मानिसलाई बाटो कटाउने काममा सहयोग गरिरहेकी हुन्छे ।

सामाजिक सेरोफेरोमा रमाउने उसको स्वभावले समाजमा कलंकको रूपमा विद्यमान चेलीबेटी बेचबिखन र शारीरिक शोषणको सिकार कयांै युवतीको उद्धार भएको छ । सबैसँग फरासिलो व्यवहार गर्नु र आफू पनि रमाउनु उसको दिनचर्याजस्तै हो । सबैलाई सुखी देख्न चाहने कल्पना गर्दै अघि बढ्ने भएर नै होला, उसको नाम पनि दैवले कल्पना जुराइदिएको छ ।

गरिबी र अभावका बाबजुद पनि कलाकारितामा संर्घष्ा गरिरहेकी कल्पना पेसाले मोडल हो । एउटा एजेन्सीमा कार्यरत रहेकै बेला कल्पनाको बिहे एक धनाड्य व्यक्तिसँग हुने हल्ला चल्छ । एक सेलफोन कम्पनीका मालिक सञ्जय सिंघानियासँग प्रेमसम्बन्ध रहेको भन्ने चर्चा चल्न थालेपछि परिस्थितिले कल्पनालाई ँगफाडी’ बनाइदिन्छ ।

हल्लैहल्लामा पत्रिकाले समेत कल्पनाको अन्तर्वार्ता छाप्छ । अन्तर्वार्ताका क्रममा कल्पनाले आफू सञ्जयकी प्रेमिका भएको र लामो समयदेखि आफूहरूबीच प्रेमप्रसंग चलिरहेको जिकिर गरेपछि यो विषयले निकै व्यापकता पायो । धेरै ठाउँबाट फोन आउन थाले ।

उता, सञ्जयलाई यो कुराले आफ्नो प्रतिष्ठामा आँच आएको महसुस भएपछि ऊ कल्पनालाई भेट्न पुग्यो । आफ्नो झूटलाई दबाउने क्रममा कल्पना जसलाई देखे पनि यही कुराको पुष्टि गर्ने दाउमा लागिरहेकी हुन्छे । सञ्जय जब कल्पनाको अफिसमा पुग्छ, उसलाई देख्नेबित्तिकै कल्पना आफ्नो सहयोगी भावनाको प्रदर्शन गरिरहेकी हुन्छे । ँतिमी काम खोज्न आएको होला हैन- तिमीलाई म चाहिएको बेला बोलाउँला, नम्बर दिएर जाऊ’ भन्दै आफू उद्योगपति सञ्जयकी प्रेमिका भएको बारे एकिन गराउनसमेत कल्पना चुकिरहेकी थिइन ।

कुन कामले आएको र आफू को हो भन्नेबारे कुनै कुरा राख्न नपाउँदै कल्पनाको एकोहोरो फतफतबाट अक्क न बक्क परेको सञ्जय निन्याउरो मुख लगाएर फर्कियो । अर्को दिन कल्पनाले सञ्जयलाई ँएउटा सामान्य उत्पादनको मोडलिङ गर्नुपर्ने काम छ, इच्छुक छौ भने आउनू’ भन्ने खबर गरी । सञ्जयलाई कल्पनासँग भेट्ने यो एउटा अर्को अवसर थियो । यही बहानामा यी दुइबीच भेटघाट बढ्दै गयो र आपसमा दोस्ती पनि बढ्दै गयो । यो दोस्ती नजानिँदो तबरले प्रेममा परिणत भएको उनीहरूलाई पत्तै भएन ।

अझै पनि सञ्जयले कल्पनालाई आफनो असली परिचय दिने अवसर पाएको थिएन । संगतकै क्रममा सामान्य आर्थिक अवस्थाकी भईकन पनि कल्पनाले पटक-पटक प्रदर्शन गरेको मानवकल्याण र समाजसेवाको काम सञ्जयलाई प्रेमसम्बन्धमा बाँध्ने आधार बन्यो । यिनीहरूको आपसी प्रेमले दुइ पक्षको आर्थिक असमानताको पर्खाललाई समेत तोडिदियो ।

तर, उता त्यही समाजसेवी व्यवहार कल्पनाका लागि गलाको पासो बन्दै गएको थियो । खलनायक गजिनी र उसका भरौटेहरू यस्ता क्रियाकलापबाट सन्तुष्ट थिएनन् । स्वघोषित समाजसेवीका रूपमा चित्रित गजिनीले आफ्ना काला कर्तुतको भन्डाफोर हुने भएपछि कल्पनाको हत्या गर्ने निधो गर्छ । यो कामका लागि गजिनीका सहयोगीहरू कल्पनाको फ्ल्याटमा पुगिसकेको खबर पाएको सञ्जय एकै सासमा सहयोगका लागि पुगिहाल्छ । तर, गुन्डाको समूहले सञ्जयको टाउकोमा लुकेर प्रहार गर्दा ऊ भुइँमा अचेत भएर लड्छ । यही अवसरको फाइदा लिँदै आसिन अर्थात् चलचित्र गजिनीको समाजसेवी पात्र कल्पनाको हत्या हुन्छ ।

उता, गजिनीको पाशविक व्यवहारबाट आफ्नी प्रेमिकाको हत्या भएको पीडाले मर्माहत सञ्जय फलामको छडले हानिएका कारण छिनछिनमा स्मरणशक्ति गुमाउने रोगबाट ग्रसित हुन्छ , जुन रोगलाई फिलिममा र्ँर्सट र्टम मेमोरी लस’ भनिएको छ । आफ्नी प्रेयसीको हत्यालाई बदला लिनु एक मात्र उद्देश्य लिएर हिँडेको सञ्जयले अन्ततः लक्ष्य पूरा गर्छ । अर्थात् कल्पनालाई जसरी मारिएको थियो त्यसरी नै सञ्जयले गजिनीलाई मारेर बदला लिन्छ ।

यो चलचित्रले एकातिर ँपरोपकार महापुण्य, परपीडा महापाप’ भन्ने शिक्षा दिएको छ भने अर्कोतिर सहयोग गर्नका लागि सबल आर्थिक अवस्था मात्र भएर हुँदैन, उच्च भावना पनि हुनु जरुरी छ भन्ने देखाएको छ । चलचित्र गजिनीमा चिकित्साशास्त्रमा लुकेका रहस्यलाई समेत उजागर गरिएको छ । यसको प्राविधिक पक्ष साह्रै उत्कृष्ट भएकाले समयसापेक्ष ठहरिएको भान हुन्छ ।

कथाको हकमा यो अन्य भाषामा पनि चलचित्र बनिसकेको विषय हो । अंग्रेजीपछि तमिल हुँदै हिन्दी भाषाको चलचित्रका रूपमा आए पनि यो परिमार्जित छ । दोहोरिएको अथवा पुरानो कथा भन्ने महसुस चलचित्र हर्ेदासम्म हुँदैन । गीत र नृत्यको पाटोलाई अलिकता छोइएको छ । नाचगानले खाँदिएका हिन्दी चलचित्रको तुलनामा कमै मात्रामा रहेको त्यो पक्षले दर्शकको चाहना बदलिएको भान हुन्छ ।

यो चलचित्रको सबल पक्ष भनेको नायकका रूपमा प्रस्तुत गराइएका आमिर खानलाई साँच्चिकै नायक भन्न मिल्ने देखाइएको छ । अति नै सुगठित शरीर भएका आमिरले खलनायकहरूलाई ढालेको दृश्य प्राविधिक पक्षबाट परिमार्जित गरिएको ठाउँमा पनि अस्वाभाविक लाग्दैलाग्दैन । शारीरिक बनावट, अभिनय र संवादशैलीका कारण पनि ँहिरो भनेको यस्तो पो हुनर्ुपर्छ’ भन्ने लाग्छ । चलचित्रको कथालाई जीवन्त बनाउनका लागि आमिर खानले लामो अवधिदेखि साह्रै नै कडा मेहनतका साथ कसरत गरेको समाचार एक वर्षघिदेखि नै र्सार्वजनिक भएको हो । एउटा चलचित्रलाई र्सार्थक बनाउनका लागि कलाकारले कुन हदसम्म मेहनत गर्नुपर्छ भन्ने कुराको यो ज्वलन्त उदाहरण पनि हो ।

फिस्टे हिरोले भीमकाय खलनायकलाई एक पन्चमै हावामा उडाएको हावादारी दृश्य देखाएर दर्शकलाई पंगू बनाउने निर्माता-निर्देशकलाई सबक सिकाउन गजिनी गतिलो माध्यम बन्न सक्छ ।

यो चलचित्रका धेरै नौला र उदाहरणीय पक्ष छन् तर एउटा उल्लेख गर्नैपर्ने अति नै महत्त्वपर्ूण्ा पक्ष भनेको नायकनायिकाबीचको प्रेमप्रसंग हो, जुन आदर्शवादबाट प्रेरित छ । प्रायः हिन्दी र नेपाली चलचित्रमा प्रेमप्रसंगलाई महत्त्वका साथ प्रस्तुत गर्नका लागि मसलाका नाममा उरन्ठेउला र उत्ताउला अश्लील दृश्यलाई जबरजस्ती ठोस्ने गरिएको देखिन्छ ।

तर, हिरो-हिरोइनका बीच परम्परागत रूपमा चलिआएका अंगप्रदर्शन, आपत्तिजनक दृश्य वा मसलाका रूपमा प्रयोग हुने कुनै पनि अपाच्य अश्लील दृश्य चलचित्र गजिनीमा राख्ने प्रयास गरिएको छैन । त्यसै गरी खलनायकलाई बदलापश्चात् नायकनायिकाको मिलनपछि चलचित्र समाप्त हुने परम्परागत धारबाट गजिनी फट्किएको छ। यो यसको अर्को विशेषता हो।  मसलाका रूपमा यस्ता दृश्य राख्नर्ैपर्छ भन्ने अन्य चलचित्रकर्मी र कलाकारहरूका लागि पनि यो गतिलो सबक हो भन्न सकिन्छ ।

चलचित्र शुरू भएदेखि नसकिँदासम्म स्वाद लिएर हेन पाइने भएर नै रिलिज भएको हप्तादिनभित्रै यसले एक अर्बभन्दा बढीको व्यापार गर्न सफल भयो । ३० करोडको लागतमा बनेको गजिनीमा नायकको हैसियतले आमिरलाई ७ करोड पारिश्रमिक तोकिएको थियो। अत्यधिक व्यापार गर्न सफल भएपछि गजिनीले उनलाई तोकिएको पारिश्रमिकभन्दा धेरै गुना बढी फाइदा दियो। यो उनको परिश्रमी स्वभाव र सिर्जनात्मक क्षमताको प्रतिफल थियो। गहन कथा, उच्च प्रविधि र कडा मेहनतका साथ निर्माण भएका चलचित्रले कहिल्यै पनि असफलताको मुख देख्नुपर्दैन भन्ने उदाहरण प्रस्तुत गरेको गजिनीले बलिउड फिल्म इन्डस्ट्रीमा नयाँ इतिहास बनाएको छ।

 [Kamana] [Sadhana] [Nepal Samacharpatra] [Contact Us]


  ? Copyright 2003-2009 newsofnepal
newsofnepal is the internet venture of Kamana Prakashan Samuha
No content available in newsofnepal may be reused in anyway without written permission.