|
|
ग्ल्यामरप्रतिको मोह फेसन शो र सुन्दरी प्रतियोगितामा प्रत्यक्ष प्रस्तुत गर्न नपाए पनि यस क्षेत्रका युवायुवतीका लागि नेपालगन्ज डटनेट नामको अनलाइन वेबसाइटले सम्भावनाको माध्यम प्रशस्त गरिदिएको छ । दुइ वर्षघि सञ्चालनमा आएको यस अनलाइनले बाँके, बर्दिया र दाङका मोडललाई राम्रै स्थान दिएको छ । चलचित्र, म्युजिकभिडियो र विभिन्न सांस्कृतिक कार्यक्रमका लागि कलाकारको आवश्यकता भयो भने यही अनलाइनको सहारा खोज्न थालिएको छ । जसरी काठमाडौं, धरान र पोखराका ग्ल्यामरक्षेत्रमा प्रवेश गर्न चाहने युवायुवतीलाई प्रतिभा प्रस्तुत गराउन त्यहाँबाट सञ्चालित अनलाइनहरू राम्रो माध्यम बनिरहेका छन्, त्यस्तै बनिरहेको छ- नेपालगन्ज डट नेट पनि । अब मिस नेपालगन्ज हुन्छ-हुँदैन थाहा छैन । दुइ वर्षता फेसन शो र कर्न्र्सट पनि हुन छाडेको छ । नेपालगन्जकी मोडल तथा मिस नेपालगन्ज २००७ की मिस क्याटवाक उपाधिविजेता रोजिना शाही ग्ल्यामरक्षेत्रमा जम्नका लागि नेपालगन्ज डट नेटमार्फ आफनो सुन्दरताको परिचय दिएको बताउँछिन् । उनी चलचित्र, म्युजिकभिडियो र रंगमञ्चका अन्य विधामा आफनो पहिचान स्थापित हुने दिन पर्खिरहेको बताउँछिन् तर अफर भने अझै आइसकेको छैन । स्थानीय स्काइल्यान्ड बोर्डिङ स्कुलमा शिक्षण पेसामा संलग्न १९ वषर्ीया रोजिना अवसर पाए रंगक्षेत्रमा एक पटक आफनो कला देखाएरै छाड्ने विश्वास व्यक्त गर्छिन् । त्यस्तै स्नातक दोस्रो वर्षी छात्रा प्रतीक्षा बुढाथोकीको पनि चलचित्रमा भन्दा उत्पादित वस्तुको विज्ञापनमा अभिनय गर्ने रहर छ । भन्छिन्- कुनै राम्रो व्यावसायिक कम्पनीले अफर गर्यो भने विज्ञापनमा खेल्छु, चलचित्रमा खेल्न बुबाआमासँगै अनुमति लिनुपर्छ । रूपरंग मात्र होइन, बौद्धिक क्षमतामा पनि आफना उमेरका मोडलसँग प्रतिस्पर्धा गर्न सक्ने दाबी उनको छ । पश्चिम नेपालमा ग्ल्यामरक्षेत्रप्रति युवायुवतीको उत्साह निकै बढिरहेको छ तर उत्साह कार्यान्वयन भने हुन सकिरहेको छैन । नेपाल सुन्दरी प्रतियोगितामा सहभागी भई टप २० मा परेकी मोडेल रोजी बर्नवाल हालै विवाहबन्धनमा बाँधिएकी छन् । चलचित्र, राम्रो म्युजिकभिडियो र राम्रो रंगमञ्चको खोजी गर्दागर्दै भरपर्दो अफर नआएपछि उनले पनि आफना इच्छा र चाहनालाई कुण्ठित पार्दै पलायन हुनुपरेको छ । नेपालगन्जमा मोडलिङको शुरुआत गर्नेमध्येकी रोजी यस क्षेत्रको भविष्य एक दिन उज्ज्वल हुनेमा भने ढुक्क छिन् । सञ्चारका विविध विधाको द्रुततर वृद्धिले रंगक्षेत्रलाई नयाँ पुस्ताको पहिलो रोजाइ बनाइदिएको छ । खुला समाज र खुला परिवेशको अनुभूति पाउन यहाँका युवायुवती आफैंमा मोडल बन्ने प्रयास मात्र गरिरहेका छैनन्, मोडलिङलाई आय आर्जनको राम्रो व्यवसाय बनाउन पनि तल्लीन छन् । यसका लागि सानै रूपमा भए पनि आधार तयार पारिरहेका छन् पश्चिम नेपालकै एक्ला फोटोग्राफर पवन श्रोत्रीय । यस्तै नेपालगन्जकी एक गृहिणी रुचि श्रेष्ठमा पनि मोडलिङको मोह जागेको छ । एक सन्तानकी आमा रुचि आफनो सौर्न्दर्य, कला र खुलापनलाई व्यावसायिक मोडलिङमा स्थापित गर्ने चाहना राख्छिन् । टेलिसिरियलहरूमा घरायसी भूमिका पाएमा राम्रो कला प्रस्तुत गरेर दर्शकको मन जित्न सक्ने दाबी गर्दै उनले प्रस्तावको प्रतीक्षा गरिरहेको बताइन् । घरघरमा टेलिभिजन, रेडियो र पत्रपत्रिका पुगिरहेका छन् । व्यावसायिक उत्पादनका प्रचारप्रसारका लागि गाउँशरहमा ठूल्ठूला होडिङबोर्ड, पर्चा, पम्प्लेट जहाँतहीँ देख्न पाइन्छ तर प्रचारप्रसारका ती माध्यममा काठमाडौंका मोडलले मात्रै अवसर पाइरहेका छन् । तर्सथ त्यो परम्परा तोड्न जरुरी भएको धारणा राख्छन् मोफसलका मोडलहरू । उनीहरू प्रचारप्रसारका यस्ता माध्यममा भूमिका खोज्नका लागि काठमाडांैबाहिरका शहरलाई पनि समेट्नुपर्ने धारणा राख्छन् । त्यसो त पश्चिम नेपालमा नियमित निर्माण भइरहेका थारू र नेपालीभाषी चलचित्रका लागि पहिले-पहिले काठमाडौंबाटै कलाकार बोकेर ल्याउने चलन थियो तर अहिले त्यो क्रम विस्तारै कम हुन थालेको छ । स्थानीय स्तरमा निर्माण हुने चलचित्र र म्युजिकभिडियोमा स्थानीय मोडल तथा कलाकार खोज्ने क्रम बढेको छ । नेपालगन्ज डट नेटले मोडलका रूपमा प्रस्तुत गरेका रोजी बर्नवाल, तारा रानाभाटलगायतका युवतीले रंगक्षेत्रमा आफनो प्रतिभा प्रस्तुत गरिसकेका छन् भने केहीलाई प्रस्ताव आइरहेको बताउँछन् फोटोग्राफर पवन श्रोत्रीय । स्कुल, कलेजका छात्रादेखि शिक्षिका र गृहिणी महिलासमेतमा मोडलिङमोह वृद्धि हँुदै आएको छ । यसरी सजिलै फोटोसेसन गराउन सकिने र संसारभरिका मानिसले सजिलै हेन सक्ने भएकालर्ेर् इ-मोडलिङप्रति आकर्षा बढेको मान्न सकिन्छ । यसले पश्चिम नेपालको रंगक्षेत्रमा आवश्यक पर्ने जनशक्तिको पनि सहज पर्ूर्ति गर्ने विश्वास लिन सकिन्छ । कलाकार चाहियो भनेर सञ्चारमाध्यममा विज्ञापन नै गर्नुपर्ने अवस्थालाईर् इ-मोडलिङको माध्यमले कम गरिदिएको छ । - सम थपा /नेपालगन्ज एक्ला फोटोग्राफर्रर
सुरुसुरुमा कठिन भए पनि पछि मोडल बन्न चाहने र मोडलका रूपमा आफूलाई चिनाउने युवायुवतीले आफनो फोटोसेसन गरिदिन र नेपालगन्ज डट नेटमा स्थान दिन आग्रह गर्दै आएको भनाइ पवनको छ । उमेरले ४२ नाघेका पवनर् इ-मोडलिङका लागि पश्चिम नेपालको आफू एक मात्र फोटोग्राफर भएको बताउँछन् । त्यति हँुदा पनि पर्ूर्वी नेपालको तुलनामा सबै कुरामा पिछडिएको पश्चिम नेपालमा मोडलिङको बिँडो थाम्ने हिम्मत गर्दै आएका पवन यस क्षेत्रका एक मात्र फोटोग्राफरका रूपमा परिचित छन् । |
| |
|
| |
|