|
दुइ
लघुचलचित्र तयार
डि्रमी
आइज इन्टरटेनमेन्टको ब्यानरमा दुइवटा फिल्म निर्माण भएका छन् । ब्ल्याक
अ को-इन्सिडेन्स र कथा एक रातको नामका ती दुइवटा लघुचलचित्र नवीन के
श्रेष्ठले निर्देशन गरेका हुन् । ब्ल्याक अ को-इन्सिडेन्समा सुसोन केसी,
सबिन श्रेष्ठ, सुनीता गर्न्धर्व र पूजा शर्माको अभिनय रहेको छ भने कथा
एक रातकोमा अर्चना थापा, चिरञ्जीवी, नीरज कँडेल, पूजा शर्मा, दिनेश
खड्काले अभिनय गरेका छन् ।
त्यस्तै
बालकलाकार श्रेणी राजभण्डारीले कथा एक रातकोमा आफ्नो प्रतिभा देखाएकी
छिन् । दुवै चलचित्र ११-११ मिनेटका छन् । कुनै एक व्यक्तिको जीवनमा
आइपरेको सत्य घटनालाई ब्ल्याक अ को- इन्सिडेन्समा प्रस्तुत गरिएको यसका
निर्देशक नवीन के श्रेष्ठ बताउँछन् ।
ब्ल्याक अ
को-इन्सिडेन्सको कथा नारायण पुरीले लेखेका हुन् भने पटकथा र संवाद सुरज
लामिछानेको हो । कथा एक रातकोले एउटी बालिका ठूली भएपछि किन र कसरी
यौनपेसामा लाग्न पुग्छे भन्ने घटनालाई समेटेको छ, जसको कथा,पटकथा र
संवाद शिवम् अधिकारीको हो । |