|
|
|
|
छुच्चा
फिल्मी कुक
उनले हात
समातेर गोलभंेडा काट्न सिकाएका दयाराम दाहाल अहिले नाम चलेका निर्देशक
भइसकेका छन् । उनले पस्किदिएको खाना कलाकार र प्राविधिकलाई र्सभ गर्ने
नगेन्द्र घिमिरे चलेका निर्माणनियन्त्रकदेखि निर्मातासम्म भइसकेका छन्
। तर उनी भने सुटिङ युनिटका लागि खानानास्ता बनाइदिने कुकका कुक छन् ।
उनी हुन्- दोलखा घर भई कालिङ्पोङ बसाइ सरेका र हाल काठमाडौंको
लाजिम्पाटमा बस्दै आएका जेठा दाइ । उनको खास नाउँ जेठा दाइ होइन,
कुलबहादुर महत हो । चलचित्रक्षेत्रमा चाहिँ उनलाई जेठा दाइ भनेर
चिनिन्छ । ०२८ सालमा बसाइँ सरेर कालिङ्पोङ गएका कुलबहादुर कालिङ्पोङमै
तुलसी घिमिरेको चलचित्र बाँसुरीको सुटिङ हेन पुगेका थिए, र्फकंदा कुक
बनेर फर्किए । ँत्यो फिलिममा बंगाली कुक रहेछ, ऊ बंगाली स्वादअनुसार
हरेक खानेकुरामा चिनी हाल्दो रहेछ । त्यस्तो चिनी हालेको खाना
नेपालीलाई मन नपर्ने भएकाले तुलसी दाइका भाइहरू आपैँm पकाउनुहुँदो रहेछ
।
मलाई
पकाउन आउने भएपछि कुकको काम दिनुभयो’, उनले भने- ँत्यसपछि अहिलेसम्म
कुकको कुक छु र यसमा सन्तुष्ट पनि ।’
त्यो
चलचित्रमा उनका सहायकसहित तीन कुक रहेछन् र काम गर्ने क्रममा को को हो
भनेर छुट्याउन गार्हो भएपछि संगीतकार रनजित गजमेरका छोरा सत्यजितले
उमेरका हिसाबले उनलाई जेठा र बाँकीलाई माहिला, कान्छा भनेर भनिदिएपछि
उनको नाम कुलबहादुरबाट जेठा दाइमा परिणत भएको रहेछ । ँघरको जेठै हुँ,
ठीकै छ’ -उनी भन्छन् ।
इनडोर होस्
या आउटडोर सुटिङ । दैनिक कम्तीमा चालिसदेखि साठी-सत्तरी जनालाई नास्ता
र खाना बनाएर खुवाउनु उनको ड्युटी हुन्छ । दुइ जना सहयोगीका साथमा
त्यत्रो युनिटलाई उनी दाल, भात, तरकारी, अचार, सलाद बनाएर खुवाउँछन् ।
उनको भान्छाका लागि प्रोडक्सनले खाद्यान्न सामग्रीका साथमा सीमित
तेलमसला दिएको
|
 |
हुन्छ ।
त्यत्तिमै पनि उनको हातको खाना यति मीठो हुन्छ कि सारा युनिट जाँगरका साथ
काममा जुट्छ । एउटा राम्रो रेस्टुराँको खानाभन्दा कम्ती स्वादिलो हुन्न उनले
बनाएको परिकार । फेरि रोटी खानेलाई रोटी, प|mाइ राइस माग्नेलाई प|mाइस नै
अनि अस्वस्थ कलाकार र प्राविधिकका लागि जाउलोसमेत बन्छ उनको मेसमा । त्यसैले
त उनी यतिका समयदेखि नेपाली चलचित्रक्षेत्रको कुकका रूपमा टिकिरहेका छन् ।
उनीसँगै कुकको काम गरेकाहरू कहाँ-कहाँ पुगिसके तर उनी भने यहीँ अड्किएका छन्
। ँदयाराम दाहाललाई म कोसेली फिलिममा उसको हात समातेर गोलभेंडा कटाउँथंे ।
ऊ अहिले डाइरेक्टर भइसक्यो । नगेन्द्र घिमिरे अन्यायदेखि स्पटब्वाइ भएर काम
गर्न आएको हो । उसलाई खाना लिएर मान्छेहरूलाई बाँडिदिन खटाउँथे । ऊ पनि
प्रोडक्सन कन्ट्रोलर भइसकेको छ’, नेपाली चलचित्रक्षेत्रभित्रका सबैका जेठा
दाइ भन्छन्- ँमचाहिँ यसैमा ठीक छु ।’
उनलाई
चलचित्रक्षेत्र कतिसम्म ठीक लाग्छ भने यसै क्षेत्रमा लागेका कारण उनको
घरबारसमेत टुटे पनि उनलाई यसैमा रमाइलो छ । ँम फिलिममा भुलेँ, दुइटा बिहे
गर्या पनि टिकेन । दुवैले छोडेर गए’, जेठा दाइ निर्धक्क भन्छन्- ँमलाई
फिलिमको हा-हु खुब मन पर्छ । त्यसैले यो लाइन छोड्न सक्दिनँ । पाउन्जेल
जीवनभरि यही काम गर्छर्ुु’ खाना पकाएर खुवाउँदा स्वर्गीय आनन्द मिलेसरह
महसुस हुने अनुभव उनको छ । भन्छन्- ँपकाएको कुरा सबैले मीठो मानेर खाइदिँदा
खुसी लाग्छ । नफाली खाइदिऊन्, हाँसीखुसी खाइदिऊन्, त्यति भएसि मलाई सार्है
आनन्द लाग्छ तर बेस्सरी खाना मागेर फालिदियो भनेचाहिँ म रिसाउँछु । यो
कुरामा मलाई फिलिम लाइनमा छुच्चो कुक पनि भन्छन् ।’ उनको एउटै असन्तुष्टि र
आक्रोश भने ती प्रोडक्सन कन्ट्रोलरहरूसँग छ, जो निर्मातासँग पैसा लिएर पनि
किचेनका लागि अत्यावश्यक सामान दिँदैनन् । उनी भन्छन्- ँप्रोडक्सन
कन्ट्रोलर भान्छाको सामान दिन पर्यो भने भुतुक्कै हुन्छन् । प्रोड्युसरको
पैसाचाहिँ खुइँ-खुइँ गइरहेको हुन्छ । प्रोड्युसरबाट छ्याकन खान पाएन भने
किचनबाट पनि खाइदिन्छन् । लाग्ने ठाउँमा त खर्च गर्नुपर्छ नि झ्’
तीन जनाको
भान्छा-समूहलाई प्रतिदिन ११ सय रुपियाँ प्राप्त हुने र त्यो रकम एकमुष्ट
भन्दा निर्माताहरू आत्तिने गरेको अनुभव जेठा दाइको छ । ँनिर्माताहरू तीन
जनालाई एकमुष्ट ३० हजार भन्दा ँआम्मा..मा’ भनेर तर्सन्छन् । ३०-५० हजार
खाना बनाउनेलाई मात्र भन्छन् तर अप्ठ्यारो-साँघुरो ठाउँमा पनि कति दुःख
गरेर खाना पकाउनर्ुपर्छ । जूठो भाँडा माझनर्ुपर्छ भन्ने कुरा पनि
हेरिदिनर्ुपर्छ’ -जेठा दाइको आग्रह छ ।
उनले
बाँसुरीदेखि लाहुरे, अन्याय, कोसेली, दुइ थोपा आँसु, दक्षिणा, दौँतरी,
ठूल्दाइ, जंगे, देशपरदेश, देउराली, दुलहा राजा दुलही रानीदेखि दासढुंगा,
पहिलो-पहिलो मायासम्मलगायत दर्जनौं चलचित्रमा कुकको काम गर्दै आएका छन् ।
तर कतिवटा चलचित्रमा काम गरंे भन्ने गन्तीसमेत उनलाई याद छैन । ँमलाई काम
गर्न पायो पुग्यो, बस् झ्’ -जेठा दाइ भन्छन् ।
|