|
|
टोनिङ Cleansign: क्लिनिङपछि टोनिङ गर्नुपर्छ, जसले छालालाई टनिक प्रदान गर्छ र कडा पार्छ अर्थात् प्वालहरूलाई कसिलो पार्छ। सुक्खा छाला भएकाले यसको प्रयोग गर्नुहुन्न भन्ने कतिको मान्यता पनि छ तर त्यो गलत हो । हामीले आँखाको भाग तर्काएर वा बचाएर टोनर लगाउनर्ुपर्छ, छालाको प्रकार हेरेर ।
- डे-क्रिम Day Cream : बजारमा विभिन्नखाले डे-क्रिम पाइन्छन् । छालाको प्रकार हेरेर लगाउनर्ुपर्ने यी क्रिम कुनैमा वारटेनिङ हुन्छ, कुनैमा मोस्चराइजर हुन्छ, कुनैमा भिटामिनर् इ, सी, ए हुन्छ, कुनैमा एन्टिरिङ्कल, एन्टिएजिङ तत्त्व रहेका हुन्छन् । ती क्रिम कुन प्रयोजनका लागि हुन् भन्ने जानेर मात्रै प्रयोग गर्नुपर्छ। कुनैकुनैमा एसपीएफ लेखिएको हुन्छ, जुन घामबाट बचाउने तत्त्व हो । - सनस्त्रिmन Sun Block Cream: यो छालाको समस्यालाई ध्यानमा राखेर लगाउनर्ुपर्छ। त्यस्तै पेसाअनुसार कति घन्टाको फरकमा लगाउने हो भन्नेबारे जानकारसँग सोधेर मात्र यसको प्रयोग गर्नुपर्छ । सामान्यतः हामी बिहान एकचोटि मात्रै लगाउँछौं अनि राम्रो र उत्तम परिणामको आशा राख्छौं, जबकि घाम वा शीतलमा गरिने कामको प्रकृतिअनुसार ३-४ घन्टामा प्रयोग गर्नुपर्ने पनि हुन सक्छ । नाइटक्रिम Night Cream: नाइटक्रिम सबैभन्दा जरुरी छ, जसले छालालाई रातभर पोषण प्रदान गरी स्वस्थ राख्छ । आफनो छालाको समस्यालाई ध्यानमा राखी क्रिम छान्नर्ुपर्छ र समस्याअनुसार नाइट रिपेयर, एन्टिरिङ्कल, अल्ट्रा हाइडे्रसन, नाइट टि्रटमेन्ट, एलोवेरा , मोस्चराइजर, जेलजस्ता क्रिमको प्रयोग गर्नु राम्रो हुन्छ । यी क्रिम आँखामा चाहिँ लगाउनु हुन्न । यसका लागि अन्डर आई क्रिम डे र नाइटका छुट्टाछुट्टै प्रयोग गर्नुपर्छ । अन्यथा, छालामा प्रयोग हुने क्रिमले आँखावरिपरिको संवेदनशील छालालाई नोक्सान पार्न सक्छ । यी माथिका उत्पादन नियमित प्रयोग गर्नुपर्छ । छाला माडेर सफा गर्ने प्रक्रिया -एक्सफोलिसन)चाहिँ हप्तामा एकचोटि गरे पुग्छ किनकि नियमित गर्दा समस्या उत्पन्न हुन सक्छ । साथै योगासनबाट छालाको काँचुली फेरेर पनि छालाको स्वस्थता मेन्टेन गर्न सकिन्छ । त्यसका लागि वज्रासनमा बसेर विस्तारै थोरैथोरै श्वास नाकको एकातिरको प्वालबाट तानेर केही बेर रोकी अर्को प्वालबाट फाल्ने प्रक्रिया गर्नुपर्छ । श्वास तान्ने प्रक्रिया देब्रे र दाहिने दुवै नाकले पटकपटक गर्नर्ुपर्छ।। यो प्रत्येक बिहान १० चोटि गर्दा प्राकृतिक रूपमा काँचुली फेरिन गई छाला सफा हुन्छ । |
| |
|
| |
|