|
|
|
|
आमा
ल्याउने सुरमा महजोडी
जस्तोसुकै
हास्यव्यंग्यको विषय होस्, सबैभन्दा पहिला सामाजिक सन्देशलाई मूल
कर्तव्य ठान्दै सटिक र सशक्त विषयमा आफना कार्यक्रमलाई केन्द्रित गर्दै
आएका ख्यात्रि्राप्त हास्य जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले
यसपटक पनि टेलिसिरियलका लागि त्यस्तै विषय रोजेका छन् ।
यसअर्न्तर्गत अब चाँडै नै महजोडीको १५ भाग लामो टेलिसिरियल हेन पाइने
भएको छ । स्वस्थ र स्तरीय हास्यव्यंग्यका साथ जहिले पनि सामाजिक
सन्देशको मिश्रण गरी सिरियल वा प्रहसन बनाएर दशकौंदेखि दर्शकको मन
जित्दै आएका मदनकृष्ण र हरिवंशले यसपटक आमालाई अर्को गहन विषयका रूपमा
तयार पारेका छन् । यो सिरियललाई काठमाडौंदेखि जनकपुर, धुम्पुस, चितवन,
पालुङ, टिस्टुङ हुंदै बूढानीलकण्ठमा रहेको महजोडीकै मह स्टुडियोसम्म
सुटिङ गरी पूरा गरिएको छ । |
 |
पहाडदेखि
तर्राईसम्मको शान्तिप्रक्रिया, जातीय सद्भाव, राष्ट्रिय एकता, नयाँ संविधान
निर्माण तथा प्रदेशहरूको निर्माणजस्ता राष्ट्रिय चासोमा केन्द्रित यो
सिरियलमा मह तथा अन्य कलाकारहरू भिन्न शैलीको भूमिकामा देखिनेछन् । हरिवंश
आचार्यले यसामा बूढी आमाको भूमिका गरेका छन् भने मदनकृष्ण श्रेष्ठ उनकोे
छोरा बनेका छन् । हरिवंशकै कलाकार छोरा मोहित आचार्यचाहिँ सिरियलमा नाति
बनेर देखिनेछन् ।
यो सिरियलमा
महका साथमा शर्मिला शर्मा, नरेन्द्र कंसाकार, किरण केसी, राजु भुजु,
राजाराम पौडेल, रोशनी कार्की, मोहित आचार्य, अनु शाह, किशोर भण्डारी, उत्तम
कोदे, लक्ष्मण तीनपिप्ले, अर्जुन श्रेष्ठजस्ता कलाकार त छँदै छन् । यसबाहेक
मिथिला नाट्य परिषद्का कहलिएका कलाकारहरू परवेश झा, रमेश रञ्जन, प्रियंका
झा, सुनील मिश्र, रञ्जु यादव, रवीन्द्र झा, इन्द्रेश झालगायत तर्राईका
मुख्य पात्रका रूपमा छन् ।
महजोडीले यो
सिरियल सबै जनताको पहुँचमा पुगोस् भन्नका लागि नेपाल टेलिभिजन र कान्तिपुर
टेलिभिजन दुवैबाट प्रसारणमा ल्याउँदै छन् । तर टेलिकास्टको डेट भने पक्का
भइसकेको छैन । ँलोडसेडिङ घटेपछि मात्र यो सिरियल टेलिकास्ट गर्ने विचारमा
छौं’, हरिवंश आचार्यले लोडसेडिङका कारण टेलिभिजन प्रसारणमा परेको प्रभाव र
यसका कारण घटेका दर्शकप्रति इङ्गित गर्दै भने- ँयत्रो राष्ट्रिय चासोको
विषयमा यति धेरै मेहनत गरेर सिरियल बनाएका छौं तर बत्तीका कारण सबै दर्शकले
हेन नपाउने भएपछि अहिले टेलिकास्ट गर्नु भनेको त खेरै जाने कुरा हुन्छ ।’ |