विषय सूची
) सकियो श्याम र रञ्जनाको सम्बन्ध
) युनिक युन
) मौसमी दश वर्षछि गिरफ्तारमा
) पुजनाको ध्यान
) आमा ल्याउने सुरमा महजोडी
) लोडसेडिङको चापमा ऋचाको रोदन
) वाह गजनी
) नाम छैन काम मारामार
) इ मोडलिङको आकर्षा
)

एड्सको दूत बनेर आइन् सबाना

) दुइ लघुचलचित्र तयार
) छुच्चा फिल्मी कुक
)

रोगमुक्त छाला

) मिस नेवाःको लाज आकाशालाई
) ससुराली शयरमा काठमाडौं

 

 

एड्सको दूत बनेर आइन् सबाना

गत महिना बलिउड चलचित्रजगत्की एक सानदार अभिनेत्री सबाना आजमी पनि नेपाल आइन् । उनी भने यसपालि अभिनेत्रीभन्दा पनि बढी एचआईभी एड्सको र्सार्कका लागि सद्भावनादूत बनेर काठमाडौं आएकी थिइन् । एचआईभी एड्स र क्षयरोगका बारेमा आफना सन्देश दिनु, यससम्बन्धमा नेपाल सरकारसँग केही आग्रह गर्नु र नेपाल सरकारको प्रतिबद्धता लिनु उनको भ्रमणको मूल उद्देश्य थियो । सोहीबमोजिम सबानाले नेपालका सरकारी तथा गैरसरकारी व्यक्तित्वहरूसँग भेट गरिन् र आफना एजेन्डा राखिन् ।

भारतको राज्यसभाकी सदस्यसमेत रहेकी सबानाले काठमाडौं टेकेलगत्तै नेपाली सञ्चारमाध्यमसँग भनिन्- ँनेपालसँग मेरो पुरानो सम्बन्ध छ । सन् १९७४ मै म नेपाल आइसकेकी थिएँ । त्यतिखेर देवानन्दको फिल्म इस्क-इस्क-इस्कमा काम गर्न आएकी थिएँ । त्यतिखेर पोखरा, धुलिखेलजस्ता ठाउँ मजाले घुमेकी छु । मलाई नेपाल सधैं प्यारो र राम्रो लाग्छ ।’ नेपाली सञ्चारमाध्यमलाई समय दिए पनि सबानालाई संसारभर नै प्रशंसा पाएको पस्मिनाको मोहले गाँज्यो । त्यसैले होटल याक एन्ड यतीको रिजेन्सी हलमा नेपाली प्रेसलाई कुराएरै भए पनि सबाना आफनो सेड्युलमा रहेका काम छोट्याएर पस्मिना किन्न होटल सोल्टीतिर लागिन् । पस्मिनासँगै उनलाई लोभ्याउने नेपाली उत्पादन अन्य पनि थिए ।

 त्यसैले सबाना निर्धारित समयभन्दा एक घण्टा ढिलो कार्यक्रमस्थलमा पुगिन् । त्यहाँ गएर उनले ढिलाइका लागि माफी पनि मागिन् तर छेडखानी गर्दै । काठमाडौंको अस्तव्यस्त ट्राफिक व्यवस्थापनप्रति उनको व्यंग्य थियो- ँमैले चाहेको भए काठमाडौंको ट्राफिक जामका कारण ढिलो भयो भन्न पनि सक्थें, जोभन्दा तपाईंहरूले पनि सजिलै पत्याउनुहुन्थ्यो तर वास्तवमा सपिङमा गएर आउँदा ढिलो भयो ।’

र्सार्क ट्युबरकुलोसिस एन्ड एचआईभी सेन्टरको निमन्त्रणामा काठमाडौं आएकी सबानाले सोही सेन्टरद्वारा आयोजित पत्रकार सम्मेलनमा थोरै फिल्मी कुरा गरिन्, धेरैचाहिँ एचआईभी एड्सकै बारेमा कुरा गरिन् । ँएड्स ट्रक ड्राइभर र वेश्याका कारण फैलन्छ भन्ने कुरा होइन,  पढेलेखेका र प्रतिष्ठित व्यक्तिहरूलाई पनि एड्स लागेको छ र यसको स्थिति अमेरिका वा भारतमा मात्र होइन, सबैतिर उत्तिकै भयावह छ । नेपालमा पनि यसको प्रकोप ज्यादा छ । त्यस कारण सबै पेसाका मानिस मिलेर एड्सविरुद्धको लडाइँ लड्नु छ’ -उनको मुख्य भनाइ र आग्रह थियो । सबानाले स्वास्थ्य तथा जनसंख्यामन्त्री गिरिराजमणि पोखरेलसँग पनि भेट गरी नेपालका एचआईभी एड्स संक्रमितहरूको समस्या सम्बोधन गर्न र यो गरिबीसँग जोडिएको कुरा भएकाले यसलाई गरिबीको मुद्दासँगै जोडेर लैजान अनुरोधसमेत गरेकी थिइन् ।

सबानाले भारतीय राजदूतावासले दूतावासभित्रै आयोजना गरेको रात्रिभोजमा नेपाली कलाकारसँग भलाकुसारी पनि गरिन् । डिनरमा सबानाका साथ मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, तुलसी घिमिरे, रेखा थापा, ऋचा घिमिरे, सुनील पोखरेल, निशा पोखरेलजस्ता कलाकारका साथ नेताहरू पनि सहभागी थिए । शेरबहादुर देउवा, आरजु देउवा, डा. बाबुराम भट्टर्राई, हिसिला यमी, सुजाता कोइराला, सपना प्रधान मल्ल, अनुराधा कोइरालालगायत सो सानदार ककटेल डिनरमा सहभागी थिए । पार्टी सबाना सबैलाई महत्त्व दिइरहेकी थिइन् । भारतका लागि नेपालका राजदूत राकेश सुदले सबाना र पार्टी सहभागीबीच परिचय गराइदिएका थिए । ख्यात्रि्राप्त हास्य जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यसँग भेटेर महले पनि एचआईभी एड्सविरुद्धका सिरियल बनाएको थाहा पाएपछि सबानाले ती सिरियलका कपी माग्दै हरिवंशलाई आफनै हातले आफनो इमेल एड्रेस लेखेर दिँदै भनिन्- ँप्लिज मेल मी ।’ प्रायः खरानी र खैरो कपडामा आएका सहभागीका बीच

रातो पहिरनमा प्रस्तुत भएकी नायिका ऋचा घिमिरेलाई भेट्नासाथ सबानाले भनिन्- ँवुमन इन रेड ।’ अर्की नायिका रेखा थापालाई भने सौर्न्दर्यको तारिफ गरेर दंग बनाइदिएकी थिइन् ।  - गिरीबन्धु

 [Kamana] [Sadhana] [Nepal Samacharpatra] [Contact Us]


  ? Copyright 2003-2009 newsofnepal
newsofnepal is the internet venture of Kamana Prakashan Samuha
No content available in newsofnepal may be reused in anyway without written permission.