|
कुनै समयमा भिडियो सम्पादक रही हाल अमेरिकामा कम्प्युटर साइन्समा ब्याचलर गरिरहेका सो ब्यान्डका भोकलिस्ट तथा एरेन्जर प्रइन सिंह काठमाडौं आएका बखत उनीसँग दिरेकलाल श्रेष्ठ ड्रमर, गितारिस्ट र परसियोनिस्ट तथा रुपक लामा लिड गितारिस्ट रहेको द भाइब्ज ब्यान्ड र सो ब्यान्डको सांतीगिक सौगात द भाइब्ज जेनेरेसनका बारेमा कामनाले गरेको भेटघाट यहाँ प्रस्तुत छः दि भाइब्जले यति छोटो समयमै चर्चा र सफलता पाउनुपछाडिको कारण के हो ? -पहिलो कुरा त क्वालिटी अफ म्युजिक भन्नर्ुपर्छ । हामीसँग १६-१७ वटा गीत थिए, तर त्यसमध्ये बेस्ट आठ गीत मात्र राख्यौं, डिफिरेन्ट जेनर अफ म्युजिक अर्को पक्ष हो । हामीसँग आकाशैमा चिल उड्योजस्तो पुरानो लोक बेसको रिमेक गीत थियो, आँखा मेरो थाकिसकेजस्तो सेन्टिमेन्टल, मेलोडियस रोमान्टिकदेखि लिएर आधुनिक, डिस्को, ट्रान्स सबै किसिमका गीत सबै श्रोताको स्वादलाई ध्यानमा राखेर एल्बममा समावेश गर्यौं । इलेक्ट्रोनिक र प्रिन्ट मिडियाको सपोर्टले पनि हामी चाँडै सफल भयौं । हाम्रो ब्यान्डलाई क्वालिटीले नै चिनायो र यो कुरा सबैले एप्रिसेड गरे । दि भाइब्ज जेनेरेसनमा फरक-फरक विधाका गीत छन्, तर आँखा मेरो थाकिसके बढी चल्नुको कारण के हो ? -थाकिसकेलाई हामीले टाइटल सङका रुपमा अगाडि बढायौं । यसको म्युजिक भिडियो रिलिज गर्यौं र त्यो पपुलर भयो । त्यसैले यो गीत बढी चलेको जस्तो देखियो । तर एल्बमका त्यही पल र आकाशैमा चिल उड्यो गीत पनि एफएममा त्यत्तिकै चलेका छन् । नेपालमा म्युजिक भिडियोबिना गीत चल्न नसक्ने हो ? -म्युजिक भिडियो बनायो भने नराम्रो गीत पनि चल्ने र बनाएन भने राम्रो गीत पनि नचल्ने भन्ने हुँदैन । तर म्युजिक भिडियो बनाउँदा पक्कै पनि त्यसले हेल्पचाहिँ गर्छ, तर म्युजिक भिडियोबिना गीत नै चल्दैन भन्ने होइन । एल्बमको त्यही पल पनि त्यत्तिकै चलिरहेको छ । जबकि त्यसको म्युजिक भिडियो नै बनाएको छैनौं । गीत चल्न त्यो गीत पनि राम्रो हुनु जरुरी छ । म्युजिक भिडियो गीतको आकर्षाचाहिँ हो । तपार्इं आप\mनो गन्तव्यमा हिँडेर पनि जान सक्नुहुन्छ, कार भयो भने चाँडै पुग्नुहुन्छ । आजको दिनमा म्युजिक भिडियो भनेको त्यो सवारीसाधन हो, जसले गीतलाई चाँडै गन्तव्यमा पुर्याउँछ । दि भाइब्ज जेनेरेसनमा कस्ता-कस्ता गीत छन् ? -यो एल्बममा आठ वटा भिन्दाभिन्दै प्रकारका गीत छन् । थाकिसकेको लिरिक्स अब्सट्रयाक किसिमको छ र यो सेन्टिमेन्टल गीत हो । आमा भन्ने गीत सुन्दा देशभक्तिपर्ूण्ा छ, तर आमा भनेको पृथ्वी हो र यसलाई प्रदूषणबाट जोगाऔं भन्ने मेसेजको साथमा लडाइँविरुद्धको गीत बनेको छ । त्यही पल रोमान्टिक छ, मात्र त्यो दिनको आशा छ भन्ने ट्रान्स किसिमको डान्स म्युजिकसँग हो, खै के भो भन्ने हेभी रक टाइपको छ, आकाशैमा चिल उड्यो लोक गीत रिमेक गरेका छौं र तस्वीर त्रि्रो पनि थाकिसकेजस्तै सेन्टिमेन्टल टाइपको छ, तर अलि क्लासिक रकजस्तो सुनिन्छ । दि भाइब्ज ब्यान्डको जन्म कसरी भयो ? - खासमा हामीले ब्यान्ड नै बनाउने र नेपालमा गएर एल्बम निकाल्ने भनेर सोचेका थिएनौं । दिरेकको अग्लिजसँग ड्रम बजाइरहेको म्युजिकल ब्याग्राउन्ड, मैले पनि सोलो एल्बम -अ क्रियसन) निकालिसकेको थिएँ । म्युजिक कम्पोज पनि गर्थेंं । रुपक पनि म्युजिकमा लागिरहेका थिए । हाम्रो भेट भएपछि अमेरिकाको जमघटमा हामी त्यतिकै गाइदिन्थ्यौं, बजाइदिन्थ्यौं । एक दिन हामीले आप\mनै गीत सुनायौं, सबैले मन पराए । त्यस्तै नर्देन क्यालिफोर्नियामा भएको कर्न्र्सटमा पनि हामीले यही थाकिसके भन्ने गीत प्रस्तुत गर्यौं । त्यसमा पोजेटिभ फिडब्याक आएपछि हामी उत्साहित भयौं । पछि एएनए कन्भेन्सनमा थाकिसके, आकाशैमा चिल उड्यो प्रस्तुत गर्यौं । त्यहाँ पनि सबैले मन पराएपछि ब्यान्ड फम गर्नु आवश्यक भयो । दि भाइब्ज जेनेरेसनचाहिँ कसरी जन्म्यो ? -ब्यान्डको नाम मैले द भाइब राखौं भनेको थिएँ, दिरेकले त्यसमा एटिच्युड थपिदिएपछि ब्यान्डको नाम द भाइब्ज भयो । भाइब्ज भन्नाले मानिसको इन्द्रीयले महसुस गर्ने इमोसन, तरंग हो । एल्बमको नाम पनि दिरेकले राखेको हो । हाम्रो एल्बममा भएका आठ गीत फरक-फरक जेनेरेसनका मानिसका लागि भएकाले दिरेकले ब्यान्डको नामको पछाडि जेनेरेसन थपिदिएर एल्बमको नाम राखेको हो । एउटै गीतको म्युजिक भिडियोका लागि १० हजार डलर खर्च गरियो नि ? -१० हजार डलर यहाँको हिसाबले कर्न्भर्ट गर्दा महँगो हो । तर क्यालिफोर्निया, सानप|mान्सिस्कोजस्ता ठाउँमा त्यतिमा म्युजिक भिडियो बन्नु भनेको सस्तो हो । त्यहाँको हिसाबमा त्यत्तिको बजेट सस्तो हो । थाकिसकेको म्युजिक भिडियोको विशेषता के हो ? -हिजोआज गीतले मागोस् नमागोस् म्युजिक भिडियोमा इफेक्ट्स एकदमै युज गरिन्छ । हामीले भिडियोमा कुनै इफेक्ट युज गरेका छैनौं । भिडियोको कम्पोजिसन, स्टोरी लाइनमा ध्यान दिएका छौं । गीतको कन्सेप्ट नै अब्सट्रयाक किसिमको छ । पाँच जना मानिसले हेर्यो भने म्युजिक भिडियोको व्याख्या बेग्लाबेग्लै हुन सक्छ र मुडअनुसार हेरेर त्यहीअनुसार व्याख्या गर्न सकिन्छ । यसमा हामीले गायकले लिप्सिङ गर्ने परम्परालाई तोडेका छौं । गीत बजिरहेको हुन्छ, तर कहीँ पनि मैले गाएको देखाइएको छैन । दिरेकले ड्रम बजाइरहेको छैन र रुपकले गितार बजाइरहेको छैन । म्युजिक भिडियोमा तपाईं क्यालिफोर्नियाको, सानप|mान्सिस्को, ओकल्यान्ड, सान्टारोजा, सोनोमाभेली, नापाभेली, सानहोजे, साक्रामेन्टोजस्ता शहरका रोमाञ्चक दृश्य देख्न सक्नुहुन्छ र नेपालमा नभेटिने लिमुजेन कार देख्न सक्नुहुन्छ । अर्को म्युजिक भिडियो पनि हर्न पाइन्छ कि ? - पक्कै पनि पाइन्छ । हार्ड रक टाइपको सङ खै के भो भन्ने गीतमा म्युजिक भिडियो बनाएका छौं र यसको रिलिज २००९ को जनवरीसम्ममा हुनेछ । यसबाहेक रियाज म्युजिकले त्यही पल वा आकाशैमा चिल उड्योको भिडियो बनाउन सक्छ । पहिलो एल्बम हिट भयो, दोस्रो एल्बमको तयारी छ कि ? - हामीसँग पहिलाकै सात-आठ वटा गीत छन् । हाम्रा सहयोगी दीपेन्द्र र्राईले पनि केही गीत कम्जोज गरेर पठाइरहनुभएको छ, अमेरिका र्फकनेबित्तिकै अर्को एल्बमको लागि काम थाल्छु । पहिलो एल्बम सफल भएकाले चुनौती बढेको छ, अब पुराना गीतलाई पलिस गरेर र नयाँ गीतमा थप मिहिनेत गरेर अर्को एल्बम ल्याउँछांै । एल्बमको सफलतापछि अमेरिका र नेपालमा कर्न्र्सट पनि गर्ने योजना छ कि ? -२००९ एएनए (सानपान्सिस्को)मा पर्फ गर्ने हाम्रो प्लान छ । नेपालमा तत्काल कर्न्र्सट गर्ने योजना त छैन, नेक्स्ट इएरमा गरिएला । |
|
|
|
|
|
|