237 अंकमा
c जुर्‍यो जोडी धुर्मुस र सुन्तुक
c टच्ची मैन
c सिरियलजस्तै सिरुको जीवन
c रोक्जेट
c चित्र तस्वीरको समायोजन
c

हरायो दोहोरीको मौलिकत

c

गोविन्दको अनुभव

c

संकटमा संस्कृति

c क्वालिटले चिनायो ब्यान्डलाई
c एड्स भगाउन र्सट सिनेम
c िट्स अफ द मन्थ
c हुईयाँ
 

 

टच्ची मैना

रमाइलो फिल्म जति पनि बन्छन्, तर मन छुने फिल्म थोरै मात्र हुन्छ । रमाइलो फिल्मको आयु थोरै हुन्छ, मनमा गढिरहने फिल्म दिमागमै रहिरहन्छ । रमाइला फिल्मको मजा हेरुन्जेल मात्र हुन्छ, मन समात्ने फिल्मले मानसपटलमै डेरा जमाइरहन्छ । यस्तै टच्ची फिल्म बनाएका छन् यसपालि निर्माता निर्देशक केपी पाठकले मैना ।

 

फिल्मले सेना र माओवादी दुवैको पक्ष लिएको पनि छैन र विपक्षमा पनि बोलेको छैन। दुवै पक्षका कमजोरी र ज्यादतीलाई उजागर गरी मैनामा समर्पित मैनालाई सन्तुलित फिल्म बनाउने प्रयास गरिएको छ ।

मैना दशवर्षो माओवादी जनयुद्धकालमा राज्य र व्रि्रोही पक्षबाट भएका घटनामा आधारित फिल्म हो । राज्यको सेनाले माओवादीलाई तह लगाउने नाममा एउटी १५ वर्षो नाबालिग मैनामाथि गरेको अन्याय, अत्याचारको मैना हत्याकाण्डमा आधारित फिल्म हो । मैनाकी आमा देवी सुनार माओवादी भएको आशंकामा देवीलाई पक्राउ गर्न पुग्दा उनलाई नभेटेपछि बन्दकीसरह उनकी १५ वर्षो छोरी मैनालाई कब्जामा लिएको र कब्जामा मैनालाई उनकी आमा माओवादी भएको बकाउन खोज्दा उनको ज्यान गएको सत्य घटनामा आधारित छ ।

मैना हत्याकाण्डका विषयमा निर्माण गरिए पनि फिल्म माओवादीको जनयुद्ध तथा जनसेना र राज्यको सेनाबीचको संर्घष्ाबाट शुरु हुन्छ । फिल्म शुरु भएदेखि मूल कथा मैनाकै वरिपरि घुम्छ । साथसाथै राज्य र व्रि्रोहीका गतिविधि पनि पर्दामा उत्तिकै हर्ेन पाइन्छ । नजिकै चलिरहेको आँखा शिविरमा आप\mनी आमाको कमजोर आँखा देखाउनका लागि आमालाई लिन पुगेकी देवी सुनारलाई सेनाले छापा मार्ने क्रममा घरमा नभेटेपछि उनकी गाउँभरिकै प्यारी छोरीलाई आमाको बदलामा ब्यारेकमा लगेर अमानवीय यातना दिएको, माइतीमा माओवादीकै शंकामा देवीकी दाइकी छोरीको सेनाले हत्या गरेकोदेखि लिएर यातनाका क्रममा ब्यारेकमै मैना मारिएको र उनको वास्तविक अवस्थालाई सेनाले लुकाएको, राष्ट्रिय अन्तर्राष्ट्रिय नियोगको चर्को आवाज थेग्न नसकेर सेना प्रशासनले दोषी सेनालाई आन्तरिक कारबाही गरेको, उनको शव उत्खनन गर्न दिएको तर यसका बाबजुद हालसम्म पनि कानुनमुताबिक मैनाको हत्यारालाई सजाय नभएकोसम्मको कुरालाई मैनामा समेटिएको छ । गतिलै कुरा भन्नर्ुपर्छ कि फिल्मले सेना र माओवादी दुवैको पक्ष लिएको पनि छैन र विपक्षीका रुपमा पनि प्रस्तुत गरिएको छैन । दुवै पक्षका कमजोरी र ज्यादतीलाई उजागर गरी मैनामा समर्पित मैनालाई सन्तुलित फिल्मको रुप दिने प्रयास गरिएको छ ।

विभिन्न सञ्चारमाध्यममा प्रकाशित र प्रसारित समाचार तथा स्थलगत अध्ययनका आधारमा निर्माण गरिएको मैना आँसु नझारी हर्ेन मुस्किल पर्छ । फिल्म शुरु भएको केही मिनेटपछि नै आँसुका धारा वहन थाल्छन् । फिल्मको पटकथा कतैकतै अलमलिए पनि अलमलिएजस्तो लाग्दैन, तर घटनाक्रमलाई सम्झीसम्झी टुक्रा पारेर देखाउनुभन्दा पनि सरर्सर्ती देखाइएको भए अझ सरल हुन सक्थ्यो, संवाद उत्कृष्ट हुँदाहुँदै पनि कहीँ-कहीँ १५ वर्षी नाबालिगका लागि संवाद कठिनझैं लाग्छ । फिल्मको कमजोरी भनेको यसको प्रविधिलाई मान्न सकिन्छ । मैनाजत्तिको विषयको फिल्मलाई उच्चकोटिको क्यामरालगायतका प्राविधिक सामग्री प्रयोग गर्न सकिएको भए मैनाले अझै बढी न्याय पाउन सक्थ्यो । त्यसै गरी कमर्सियल फिल्ममा राजेश हमाल वा निखिल उप्रेतीहरुलाई जसरी यसका पात्रलाई चिच्याउन नलगाएको भए फिल्म अझ बढी जीवन्त बन्न सक्थ्यो ।

अभिनयको सर्न्दर्भमा नयाँ भईकन मैना बनेकी अनिता केसीले सशक्त अभिनय गरेकी छन् भने मैनाका बाबु बन्ने गोविन्द प्रभात, आमा राधा श्रेष्ठ, मेजर कुमार महर्जनलगायतले पनि पात्रहरुलाई जीवन्तता दिएका छन् ।

गाजलजस्तो कमर्सियल फिल्म बनाएर डुबेका केपी पाठक यो फिल्मबाट चाहिँ उत्रने सम्भावना छ । किनभने फिल्मले स्वदेशमा कमर्सियल भ्यालु उत्तिकै बोकेको छ र अंग्रेजीमा सब टाइटल भएको तथा मैना हत्याकान्ड अन्तर्राष्ट्रिय चासोको विषय भएकाले विदेशमा पनि यसको माग हुन सक्छ ।

 
 [Kamana] [Sadhana] [Nepal Samacharpatra] [Contact Us]


  ? Copyright 2003-2008 newsofnepal
newsofnepal is the internet venture of Kamana Prakashan Samuha
No content available in newsofnepal may be reused in anyway without written permission.