|
|
|
|
सिरियलजस्तै सिरुको जीवन
सिरु
विष्टको कलायात्रा त हास्य भूमिकाबाट शुरु भएको हो तर मार्मिक
भूमिकातिर गएर मोडियो उनको जीवन । उनको जीवन पनि त्यस्तै थियो
शुरुमा हाँसो खुसी अनि पछि गएर तनाव नै तनाव । नौ वर्षघि प्रेममय
जीवनमा थिइन् उनी । कतिखेर दुःखका दिन शुरु भए उनैलाई थाहा छैन ।
बेमेल सम्बन्धका कारण आप+mैले रोजेको पुरुषसँगको उनको जीवन सुखमय र
खुसीमय हुन सकेन । प्रेमविवाहपछि एकाएक शुरु भएको तनावपर्ूण्ा
दाम्पत्य जीवनलाई सधैंका लागि टुग्याइदिइन् उनले ।
वास्तवमा सिरु एउटा शिक्षिका थिइन् । चाबहिल सरस्वती नगरको एउटा
विद्यालयका नर्सरीदेखि पाँच कक्षासम्मका विद्यार्थीलाई अध्यापन
गराउने उनले घरपरिवारकै प्रेरणा र सहमतिबाट शुरु गरेकी थिइन्
कलायात्रा । विशेष गरी अभिनेत्री रमा थपलियाको सहयोगबाट २०५७ सालमा
सन्तोष पन्तको हास्य टेलिकार्यक्रम हिजोआजका कुराबाट सिरुले
अभिनययात्रा थालेकी थिइन् ।
सिर्जना नाम भए पनि त्यसैलाई छोट्याएर सिरु मात्र भन्ने गरेकाले
सन्तोष पन्तले कास्टिङमा उनको नाम सिरु नै राखिदिएपछि उनी सिरुका
नामले नै स्थापित भइन् । जे होस्, हिजोआजका कुरामा काम गर्दै जाँदा
चर्चा कमाउन थालेपछि सिरुले पहिलो पटक उमेशनाथ अर्यालको अचानकमा
अफर पाएकी थिइन् ।
सिरु
उमेशनाथको सिरियलमा के आएकी थिइन् उनलाई कामको बहार नै छायो । दीपक
रायमाझीको वंश, शंम्भु प्रधानको गंगा-जमुना र तिमी पुरुष,
लक्ष्मीनाथ शर्माको मोड, ओम प्रतीकको कथा, भाग्य आप\mनोजस्ता ५०
भन्दा बढी लामा भागका सिरियलहरु सबै उनकै पोल्टामा पर्यो ।
सिरियलहरुमा जताततै उनी नै छाउन थालिन् । यी सिरुलाई रातारात
टेलिभिजन स्टार बनाउने सिरियल हुन पुगे । त्यसमा पनि हिजोआजका कुरा
र गंगा-जमुनाले उनलाई काँचको पर्दाको जगत्मा उत्कृष्ट अभिनेत्रीको
रुपमा स्थापित गरिदियो । उनका धेरैजसो प्रशंसक अहिले पनि उनको
हिजोआजका कुरा र गंगा-जमुनाको सम्झना गर्छन् । गंगा-जमुनाकी गंगा
भनेपछि नेपाल टेलिभिजनका सिरियलहरु ह्ेर्नेहरुलाई सिरुको बारेमा थप
केही भन्नै पर्दैन ।
|
 |
|
काम गरेको १० वर्षभइसक्दा पनि रेट नै दिँदैनन्। कलाकारलाई काम
गराउन तरकारीको भाउजस्तो
गरिन्छ, अचम्म लाग्छ मलाई त । यो प्रकारको कलाकारिताले बाँच्न
सकिन्न । |
एउटी
शोषित, पीडित, सुशील नारीका रुपमा टिभिस्टार बनेर छाएकी उनी पछिल्लो समयमा
ख्यात्रि्राप्त हास्य जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको समेत खास
अभिनेत्री भएकी छन् । महजोडीको मदनबहादुर हरिबहादुरदेखि प्रसारणोन्मुख
न्यानो मायासम्ममा महजोडीले उनीबाट लगातार काम लिइरहेको छ । महजोडीको
सिरियलहरुमा काम गर्न थालेपछि आप\mनो क्रेजमा वृद्धि भएको महसुस सिरुले
गरेकी छन् ।
प्रसारणमा
आइसकेका बाहेक प्रसारणमा आइनसकेका उनका सिरियलहरु पनि थुप्रै छन् । र, पनि
सिरु सिरियललाई क्यारिअर बनाएर बेहद खुसीचाहिँ छैनन् ।
काम गरेको
वषौर्ंसम्म पनि यस क्षेत्रमा व्यावसायिकता नभएको देख्दा उनलाई बेलाबखतमा
उदेक लाग्नर्ेगर्छ । ँजो व्यावसायिक छजस्तो लाग्छ ऊ नै अव्यावसायिक भएर
निस्किन्छ । बरु नसोचेको केही मान्छे व्यावसायिक भएको पाएकी छु’ सिरुको
दुखेसो छ ँकाम गरेको १० वर्षभइसक्दा पनि रेट नै दिँदैनन् । कलाकारलाई काम
गराउन तरकारीको भाउजस्तो गरिन्छ, अचम्म लाग्छ मलाई त । यो प्रकारको
कलाकारिताले बाँच्न सकिन्न ।’ उनको भनाइ छ ँहामी स्थापित भइसकेको भनिएका
कलाकारको हालत त यस्तो छ भने अपकमिङहरुको अवस्था कस्तो होला -’
सिरुलाई चित्त
नबुझेको कुरा अर्को पनि छ । उनलाई सिरियलमा गम्भीर भूमिका गर्ने कलाकारको
ट्याग लगाइएको छ । ँमलाई जसले पनि सम्भिmन्छ, सबले रोनाधोना, उही गृहिणी,
उही बुहारीको रोलमा सम्झन्छ । तर भेराइटी दिन चाहन्छु । नयाँ-नयाँ रोलमा
आउन चाहन्छु । तर सबैलाई यसले गर्ने यति हो भन्ने परेजस्तो लाग्छ । मलाई भने
सबै किसिमको रोल गर्न सक्छु भन्ने कन्पिmडेन्ट छ । फरक खालको रोलको
प्रतीक्षामा छु’ -सिरु भन्छिन् ।
सिरुलाई के पनि
थाहा छ भने उनलाई कमेडी रोलचाहिँ सुहाउँदैन । दमन रुपाखेतीको झ्याइँकुटी
भयार्इँमा उनले कमेडी रोल पनि गरिन् । ँतर दर्शकले नरुचाएकाले पछि काम
गरिन, यहाँ भने अर्कै हल्ला भयो । दमन र मेरोबीचमा अफेयर थियो र त्यसमा काम
गर्दै जाँदा अन्डरस्टयान्डिङ भएपछि मैले त्यसमा नखेलेको हल्ला चलाइयो’ सिरु
स्पष्ट पार्ने प्रयास गर्दै भन्छिन् - ँदमन मेरो बिहे गर्नुभन्दा अघिदेखिको
साथी हो । सिरियलमा काम गरेर हामी साथी भएका होइनौं । दमन दाइ कत्तिको
सहयोगी हुनुहुन्छ भन्ने मलाई थाहा छ । म प्रब्लममा हुँदासमेत उहाँले मलाई
सहयोग गर्नुभयो । उहाँ जत्तिको राम्रो मान्छे यो क्षेत्रमै छैन । तर हल्ला
चलाउनेहरुले अर्थोकै भनेर हल्ला गरिदिए ।’
कुरो
फेरि सिरुको क्यारिअरकै । आप\mनो कला क्यारिअरलाई अगाडि बढाउने क्रममा
सिरुले ठूलो पर्दाको चलचित्र, भिडियो चलचित्र, विज्ञापन, म्युजिक
भिडियोहरुमा पनि काम गरिन् । बलिउड नायिका ग्रेसी सिंहका साथ भारतको कन्नड
भाषाको चलचित्र मेघा रे मेघामा समेत नायिकाका रुपमा काम गरेकी उनलाई कुनै
बेला सेल्युलाइड चलचित्रको ठूलै अफर थियो तर उनले गरिनन् । ँएकातिर टिचिङ
पेशा थियो, अर्कोतिर सिरियल र परिवारलाई हर्ेर्नुपर्ने दायित्व । सिरियलमा
जस्तो सेल्युलाइड फिल्ममा दुइ-चार दिन टाइम दिएर हुँदैन, लामै समय दिनुपर्छ,
त्यसैले गरिनँ’ सिरु भन्छिन् - ँराम्रो रोलको अफर आए अब काम गर्छु तर
सेल्युलाइडबाट हिजोआज अफर आएको छैन । सायद सिरियलको कलाकार भनेर होला ।’
कुरु क्षेत्र,
मानिस नामका सेल्युलाइड चलचित्रमा काम गरिसकेकी सिरु सम्भवतः नेपालको
सबैभन्दा बढी म्युजिक भिडियोकी मोडल हुन् । उनले हालसम्म करिब १ सय वटा
म्युजिक भिडियोमा मोडलिङ, नृत्य र अभिनय गरिसकेकी छन् ।
आपसी मनमुटाव
र मतभेदका कारण प्रेमविवाह सम्बन्ध विच्छेदमा परिणत भएपछि सिरु छ वर्षेखि
आठ कक्षामा अध्ययनरत आप\mनो छोराका साथ एकल जीवन बिताइरहेकी छन् । उनलाई अब
पूनर्विवाह पनि गर्नु छैन । बिहेको दुष्परिणाम भोगिसकें, त्यसैले अर्को
बिहेको रहर छैन । कोही राम्रो साथी भए विचार गर्नु अर्कै कुरा हो’ सिरुले
भनिन् । गिरीबन्धु |