वनायिकालाई चलचित्र सुटिङका लागि निर्माता/निर्देशकले लोकेसन हन्टको बहानामा सँगै लैजान्छन् भने त्यो सरासर यौन शोषण गर्ने नियत हो भन्ने बुझे हुन्छ । चलचित्रका लागि आवश्यक लोकेसन हर्ेने काम नायिकाको होइन, निर्माता, निर्देशक, लेखक र क्यामराम्यानको हो । तर यहाँ लोकेसन हर्ेन जाने बहानामा नायिकालाई धुलिखेल, नगरकोट र पोखराजस्ता स्थानमा पुर्‍याएर यौन शोषण गर्ने चलन छ । यस्तो चपेटामा धेरै जसो नवनायिकाहरुलाई पार्ने गरेको सुनिन्छ ।

 

मैले चलचित्र लक्ष्यमा अभिनय गरिसकेपछि एक जना निर्माता/निर्देशकले यस्तै खालको प्रस्ताव राखेको थियो । मैले उसका बारेमा पहिल्यै सुनेकी थिएँ, नियत थाहा पाएपछि मैले उसलाई एक झापड लगाएर तेरो फिल्ममा खेल्दिनँ भन्दिएँ - नायिका सुस्मिता कार्कीले चलचित्रको विकृतिलाई उदांगो पार्दै यसो भनिन् ।आफ्नो जीवनसाथीबाहेक अरुसँग त्यस्तो क्रियाकलाप गर्न नहुने धारणा राख्ने कार्की आफू यो क्षेत्रमा पछि परेको कारण पनि त्यस्तै प्रवृत्ति भएको बताउँछिन् । उनी नेपाली चलचित्रका प्रायः निर्माता/निर्देशकले सीधै वा घुमाउरो पाराले यस्तो प्रस्ताव राख्ने गरेको खुलासा गर्छिन् ।

नेपाली चलचित्र क्षेत्र हर्ेदा जति सभ्य र सुसंस्कृत लाग्छ यथार्थमा यो त्यस्तो छैन । अझ नारी कलाकारका लागि आफ्नो कलाकारितालाई सम्भावित यौन शोषणको चपेटाबाट उम्कँदै व्यावसायिक रुपमा अगाडि बढाउनर्ुपर्ने चुनौती विद्यमान छ ।

अभिनयका क्रममा महिला कलाकारले खुलापनलाई आत्मसात् गरे पनि यस्ता चुनौतीपर्ूण्ा अवस्थाबाट भने जोगिने प्रयास गरिरहेका हुन्छन् तर चलचित्रमा ब्रेक दिने वा अभिनयको राम्रो अवसर दिने प्रलोभनमा निर्माता/निर्देशकले यौन शोषणको चपेटामा पार्ने प्रपञ्च रचिरहेका

हुन्छन् । हुन त प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा लगानी गर्ने केही निर्मात्रीलेसमेत पुरुष कलाकारमाथि यौनशोषण गर्ने गरेको भन्ने नसुनिएको होइन तर यस्तो प्रवृत्ति धेरैजसो पुरुष निर्माता/निर्देशकमा देखिएको छ । कोही यस्तो जटिल परिस्थितिबाट पनि जोगिन सफल हुन्छन् भने कोही सुनौलो भविष्यको भ्रम वा करिअर बनाउने आशामा बिटुलो बन्न बाध्य हुन्छन् ।

यस्तै खाले प्रस्ताव सुनेको तर पटक-पटक आफू जोगिँदै वैवाहिक जीवनमा प्रवेश गरेको बताउने नायिका रञ्जना शर्मा यसलाई चलचित्र क्षेत्रको विकृत पक्ष भन्छिन् । विवाहअघि वा पछि यस्ता दुघटनाबाट आफू जोगिन सफल भएको उनको दाबी छ । उनी भन्छिन्- ँनराम्रो नियत भएका केही चलचित्रकर्मी प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा यस्तो प्रस्ताव राख्न पछि पर्दैनन् । अझ कतिपयको सोच त आफ्नो चलचित्रबाहेक अरुमा नखेलोस् र सधैं आफ्नो इशारामा नाचिरहोस् भन्ने हुन्छ ।’

नवनायिका रुस्मा र्राई भने एकातिर आफूले यस्तो समस्या भोग्नुनपरेको बताइरहेकी थिइन् भने अर्काेतिर केही वर्षघि चलचित्र खेलाउने नाममा यस्ता प्रस्ताव आएपछि दिक्क भएर आफ्नै गृहनगर सिक्किम र्फकेको बिलौना पनि सुनाउँदै थिइन् । तर यसै बीच नेपाली चलचित्र उद्योगमा पुनः प्रवेश गरेपछि चलचित्र निर्देशक शोभित बस्नेतसँगको सम्बन्धका कारण रुस्माले नेपाली फिल्ममा मौका पाएको भन्ने चर्चा नचलेको होइन । यसको खण्डन गर्दै रुस्मा भन्छिन्- ँशोभित बस्नेतले मलाई फिल्म खेलाएका होइनन् बरु उनलाई चलचित्र मिसन लब इन सिक्किममा निर्देशकको अवसर दिएकी हुँ । यस्तो नचाहिँदो हल्लाले मलाई दुःखी तुल्याएको छ । शोभित र मेरोबीचमा निर्देशक र नायिकाबाहेक अरु सम्बन्ध छैन ।’

यस्तो परिस्थितिको सामना गर्नेमा अहिलेकी चर्चित नायिका झरना थापा पनि हुन् । यसलाई उनले स्पष्ट नभने पनि चलचित्र क्षेत्रमा प्रवेश गर्नुअघि र प्रवेश गरिसकेपछि प्रेमका नाममा यौन प्रस्ताव राख्ने धेरै आए तर त्यसलाई इन्कार गर्दै पन्छाइदिएको उनले बताइन् । महिलाका लागि वैवाहिक जीवनको ठूलो महत्व हुने र यौन सर्म्पर्क पनि जीवनसाथीबाहेक अरुसँग राख्न नहुने उनको कथन थियो ।

नायिका रेजिना उप्रेती भने मन मिल्नु र विवाहको पक्कापक्कीको तादम्यतालाई विचार गरेर विवाहअघि पनि शारीरिक सम्बन्ध कायम राख्न सकिने धारणा राख्छिन् । चलचित्र क्षेत्रभित्र देखिने यस्ता विकृतिका बारेमा कुनै उल्लेख नगरिकन उनले भनिन्- ँकुमारित्व कुनै पनि महिलाको अमूल्य सम्पत्ति भएकाले यसलाई आफ्ना श्रीमान्का लागि जोगाइराख्नु नारीको कर्तव्य हो ।’

तर नायिका नन्दिता केसी भने यस विषयमा खुल्नै चाहिनन् । उनी आफूलाई अप्ठेरो लाग्ने यस विषयमा उदार हुन नसकेका कारण केही नबोल्ने भन्दै पन्छिइन् भने नायिका ऋचा घिमिरेले यो नितान्त व्यक्तिगत विषय भएकोले बताउन नमिल्ने भनिन् । उनले आफ्ना कुरा यति मात्र खोलिन्- ँविवाहअघिको यौन सम्बन्धले विकराल स्थिति ल्याउने हुँदा यस्ता घटनाबाट जोगिनु राम्रो हो ।’        - राहुल

 
 [Kamana] [Sadhana] [Nepal Samacharpatra] [Contact Us]


  ? Copyright 2003-2008 newsofnepal
newsofnepal is the internet venture of Kamana Prakashan Samuha
No content available in newsofnepal may be reused in anyway without written permission.