|
बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र दाङ जिल्लामा थारु जातिको बाहुल्यता छ ।
थारु जातिको पहिचान गराउने सांस्कृतिक कार्यक्रमहरुको आयोजना नहुँदा र विभिन्न चार्डपर्वहरुमा आयोजना गरिने परम्परागत नाच पर््रदर्शन नगरिँदा थारु जातिको पहिरन र कला लोप हुने अवस्थामा छन् । यस जातिको एउटा महत्वपर्ूण्ा नाच ँबरका’ करिब-करिब लोप नै भइसक्यो भन्दा पनि हुन्छ । बरका नाच हिजोआज देखिन छाडेको बताउँछन् सञ्चारकर्मी यकराज चौधरी । चौधरी केही वर्षता नेपालगन्ज मिडिया सेन्टर नामको संस्था चलाई थारु संस्कृतिका बारेमा अध्ययन - अनुसन्धान गरिरहेका छन् । थारु संस्कृति लोपको अवस्थामा रहेको उनको धारणा छ । बिगारिएको भारतीय फिल्मी संस्कृतिले थारु संस्कृतिमा निरन्तर अतिक्रमण गरिरहेकाले थारु र अन्य जाति जनजातिका पिंढीमा संस्कृति स्थानान्तरण हुन नसकिरहेको सञ्चारकर्मी चौधरीको भनाइ छ । तरबार, ढोल, मादल, मुजराको प्रयोगले पुरुषहरु महिलाको भेषमा नाच्ने ँबरका’ नाच थारु सम्प्रदायको एक ऐतिहासिक नाच हो र यसले थारु जातिका मानिसलाई थारु हुनुको परिचय दिन्छ । त्यस्तै दशैंमा नाचिने ँसखिया’ नाच पनि अब संकटको सामना गरिरहेको बताउँछन् समाज सुधार सहकारी संस्था बासगढी बर्दियाका अध्यक्ष रजमान थारु । विशेष गरी दशैंताका गाउँमा बडघरको घरमा नाचिने सखिया नाचले गाउँको मुख्य मानिस मानिने बडघरलाई सम्मान दिइरहेको हुन्छ । तर केही वर्षता कतिपय थारु गाउँहरुमा बडघरको सम्मानार्थ गाउँलेहरुले सखिया नाच त के दशैंमा बडघरकहाँ शुभकामना साटासाट गर्न आउने चलन पनि हराउँदै गइरहेको छ । महिला र पुरुष मिलेर पिठ्युमा मयुरको प्वाँख भिरी नाचिने ँलठवा’ नाच भने कहिलेकाहीँ काठमाडौंबाट ठूलाबडा मानिसहरु जिल्लामा आए भने उनीहरुको स्वागतार्थ देखाउनलाई जीवित राखिएको छ । त्यसको व्यवस्था गर्न पनि आयोजकहरुलाई गाउँ-गाउँ डुल्नर्ुपर्छ । मुङग्रवा र नाच नचुवाजस्ता केही कम प्राथमिकताका नाचहरु भने यदाकदा समुदायमा देखिने गरेका छन् । तिनको व्यवस्थापन पनि विगतका भन्दा फितलो रहेको देखिन्छ । मानिसहरु सबै व्यक्तिवादी भइरहेका छन् । दशंै, तिहार, माघी र फागुजस्ता चाडहरु एक्लाएक्लै मनाउने चलन बसिरहेको छ । यस्तो अवस्थामा जातीय पहिचानको एक महत्वपर्ूण्ा माध्यम संस्कृतिको निरन्तरताप्रति कोही चिन्तित देखिएका छैनन् भनी रजमान थारु दुःख व्यक्त गर्छन् । उनी सम्झन्छन्- एक जमाना थियो दिनभरिको काम सकिएपछि घर र्फकने क्रममा होस् वा घर फर्किसकिएपछि र्सार्वजनिक स्थानमा भलाकुसारीका लागि भेला भएको अवस्थामा थारु संस्कृतिलाई झल्काउने गीत सुन्न पाइन्थ्यो । संगीत गुन्जिएको आवाज सुन्न पाइन्थ्यो तर हिजोआज यी सबै सम्झना मात्र भएका छन् । अहिले त जहातहीँ बस्तीमा हिन्दी चलचित्रका गीत र संगीत मात्र सुन्न पाइन्छन् भन्दै थारु समुदायभित्रका वृद्ध समाजसेवी रजमान थारु आफ्नो संस्कृतिमाथि नजानिँदो किसिमले भारतीय संस्कृतिको अतिक्रमण भएको बताउँछन् । त्यति मात्र नभई थारु जातिको पछिल्लो पुस्ताको भेषभूषा, रहनसहन र जीवन शैलीलाई हर्ेर्ने हो भने उनीहरु कुन समुदायका हुन्, थारु हुन् वा होइनन् भनी छुट्याउन मुस्किल हुने गरेको छ । संख्यात्मक रुपमा दिनदिनै निर्माण भइरहेका थारु भाषी चलचित्रहरुले पनि थारुजातिको वास्तविक संस्कृतिलाई झल्काउने, जगर्ेना गर्ने र विस्तार गर्ने कुनै पनि काम गर्न सकेको देखिँदैन । भारतीय चलचित्रको देखासिखीमा निर्माण भइरहेका यी चलचित्रले उल्टो थारु संस्कृतिलाई विकृत ढंगले प्रस्तुत गरिरहेको जानकारहरुको अनुभव छ । समयको परिवर्तनसँगै समुदायले आफ्ना पहिचानका माध्यममा पनि परिवर्तन गरी नयाँ र पुराना दुवै पुस्तालाई समेट्ने गरी रहनसहन, भेषभूषा र सांस्कृतिक पक्षलाई सहज बनाउनुपर्ने बताउँछिन् थारु समुदायकी रेडियो पत्रकार सुमित्रा चौधरी । थारु जातिको परम्परागत भेषभूषा हराउँदै गएकोमा पत्रकार चौधरी चिन्ता व्यक्त गर्छिन् । महिलाहरुले लगाउने गहना, कपडा पनि फेरिएका छन्, यस्तै भइराख्ने हो भने थारु हुनुको परिचय दिन नसकिने दिन आउन बेर छैन भन्दै उनले थारुहरुले प्रयोग गर्ने पोसाकलाई आधुनिकीकरण गरी नयाँ र पुराना दुवै पुस्ताका मानिसलाई सुहाउने गरी उत्पादन गर्नुपर्ने, मेला, उत्सव र चाडका बेला पनि नयाँ र पुराना पुस्ताका मानिसहरुको चित्त बुझाउने गरी कार्यक्रम निर्माण गर्नुपर्ने धारणा उनको छ । यसो गरिएन भने सञ्चारका विभिन्न माध्यमद्वारा छिन भरमै नेपाल भित्रिने बिगारिएको भारतीय संस्कृतिले थारु समुदाय मात्र होइन पहाडी समुदायका पहिचानका माध्यमलाई पनि लोप बनाइछाड्नेछ । - सम थापा/नेपालगन्ज
|
|
|
|
|
|
|