संकटमा संस्कृति

सस्कृति भनेको मानव सभ्यताको पहिचान दिइराख्ने माध्यम हो यदि संस्कृति नै संकटमा पर्छ भने मान्छेको आफ्नो खास परिचय पनि गुम्न पुग्छ यस्तै समस्याको सामना गरिरहेको पश्चिम नेपालको थारु जाति कुनै बेला सांस्कृतिक रुपमा धनी मानिँदै आएको थारु जातिमा आफ्नै भाषा, साहित्य, परम्परा जीवन शैली थियो तर अहिले ती सबै इतिहासमा मात्र सीमित हुन थालेका छन् भेषभूषा बदलिएको जीवन शैली परिवर्तन हँुदै नयाँ पुस्ताका युवकयुवतीलाई थारु समुदायका हुन् वा होइनन् भनी ठम्याउन गाह्रो हुने भएको

अनौैपचारिक तथ्यांकअनुसार पश्चिम नेपालमा थारु जातिको जनसंख्या करिब ३० लाखको हाराहारीमा रहेको अनुमान गरिन्छ  

 

महिला पुरुष मिलेर पिठ्युमा मयुरको प्वाँख भिरी नाचिने लठवा नाच भने कहिलेकाहीँ काठमाडांैबाट ठूलाबडा मानिसहरु जिल्लामा आए भने उनीहरुको स्वागतार्थ देखाउनलाई जीवित राखिएको

बाँके, बर्दिया, कैलाली, कञ्चनपुर दाङ जिल्लामा थारु जातिको बाहुल्यता

भेषभूषा, रहनसहन, भाषा शैली अन्य विभिन्न सांस्कृतिक पहिचानका कारण पश्चिम नेपालका अन्य जातिभन्दा थारु जातिको सांस्कृतिक स्थिति बलियो थियो तर अहिले यी सबै सांस्कृतिक पक्ष संकटमा पर्न थालेका छन्

थारु जातिको पहिचान गराउने सांस्कृतिक कार्यक्रमहरुको आयोजना नहुँदा विभिन्न चार्डपर्वहरुमा आयोजना गरिने परम्परागत नाच पर््रदर्शन नगरिँदा थारु जातिको पहिरन कला लोप हुने अवस्थामा छन्

यस जातिको एउटा महत्वपर्ूण्ा नाच ँबरका करिब-करिब लोप नै भइसक्यो भन्दा पनि हुन्छ बरका नाच हिजोआज देखिन छाडेको बताउँछन् सञ्चारकर्मी यकराज चौधरी चौधरी केही वर्षता नेपालगन्ज मिडिया सेन्टर नामको संस्था चलाई थारु संस्कृतिका बारेमा अध्ययन - अनुसन्धान गरिरहेका छन् थारु संस्कृति लोपको अवस्थामा रहेको उनको धारणा बिगारिएको भारतीय फिल्मी संस्कृतिले थारु संस्कृतिमा निरन्तर अतिक्रमण गरिरहेकाले थारु अन्य जाति जनजातिका पिंढीमा संस्कृति स्थानान्तरण हुन नसकिरहेको सञ्चारकर्मी चौधरीको भनाइ तरबार, ढोल, मादल, मुजराको प्रयोगले पुरुषहरु महिलाको भेषमा नाच्ने ँबरका नाच थारु सम्प्रदायको एक ऐतिहासिक नाच हो यसले थारु जातिका मानिसलाई थारु हुनुको परिचय दिन्छ

त्यस्तै दशैंमा नाचिने ँसखिया नाच पनि अब संकटको सामना गरिरहेको बताउँछन् समाज सुधार सहकारी संस्था बासगढी बर्दियाका अध्यक्ष रजमान थारु विशेष गरी दशैंताका गाउँमा बडघरको घरमा नाचिने सखिया नाचले गाउँको मुख्य मानिस मानिने बडघरलाई सम्मान दिइरहेको हुन्छ तर केही वर्षता कतिपय थारु गाउँहरुमा बडघरको सम्मानार्थ गाउँलेहरुले सखिया नाच के दशैंमा बडघरकहाँ शुभकामना साटासाट गर्न आउने चलन पनि हराउँदै गइरहेको

महिला पुरुष मिलेर पिठ्युमा मयुरको प्वाँख भिरी नाचिने ँलठवा नाच भने कहिलेकाहीँ काठमाडौंबाट ठूलाबडा मानिसहरु जिल्लामा आए भने उनीहरुको स्वागतार्थ देखाउनलाई जीवित राखिएको त्यसको व्यवस्था गर्न पनि आयोजकहरुलाई गाउँ-गाउँ डुल्नर्ुपर्छ मुङग्रवा नाच नचुवाजस्ता केही कम प्राथमिकताका नाचहरु भने यदाकदा समुदायमा देखिने गरेका छन् तिनको व्यवस्थापन पनि विगतका भन्दा फितलो रहेको देखिन्छ

 मानिसहरु सबै व्यक्तिवादी भइरहेका छन् दशंै, तिहार, माघी फागुजस्ता चाडहरु एक्लाएक्लै मनाउने चलन बसिरहेको यस्तो अवस्थामा जातीय पहिचानको एक महत्वपर्ूण्ा माध्यम संस्कृतिको निरन्तरताप्रति कोही चिन्तित देखिएका छैनन् भनी रजमान थारु दुःख व्यक्त गर्छन्

उनी सम्झन्छन्- एक जमाना थियो दिनभरिको काम सकिएपछि घर र्फकने क्रममा होस् वा घर फर्किसकिएपछि र्सार्वजनिक स्थानमा भलाकुसारीका लागि भेला भएको अवस्थामा थारु संस्कृतिलाई झल्काउने गीत सुन्न पाइन्थ्यो संगीत गुन्जिएको आवाज सुन्न पाइन्थ्यो तर हिजोआज यी सबै सम्झना मात्र भएका छन् अहिले जहातहीँ बस्तीमा हिन्दी चलचित्रका गीत संगीत मात्र सुन्न पाइन्छन् भन्दै थारु समुदायभित्रका वृद्ध समाजसेवी रजमान थारु आफ्नो संस्कृतिमाथि नजानिँदो किसिमले भारतीय संस्कृतिको अतिक्रमण भएको बताउँछन्

त्यति मात्र नभई थारु जातिको पछिल्लो पुस्ताको भेषभूषा, रहनसहन जीवन शैलीलाई हर्ेर्ने हो भने उनीहरु कुन समुदायका हुन्, थारु हुन् वा होइनन् भनी छुट्याउन मुस्किल हुने गरेको

संख्यात्मक रुपमा दिनदिनै निर्माण भइरहेका थारु भाषी चलचित्रहरुले पनि थारुजातिको वास्तविक संस्कृतिलाई झल्काउने, जगर्ेना गर्ने विस्तार गर्ने कुनै पनि काम गर्न सकेको देखिँदैन भारतीय चलचित्रको देखासिखीमा निर्माण भइरहेका यी चलचित्रले उल्टो थारु संस्कृतिलाई विकृत ढंगले प्रस्तुत गरिरहेको जानकारहरुको अनुभव  

समयको परिवर्तनसँगै समुदायले आफ्ना पहिचानका माध्यममा पनि परिवर्तन गरी नयाँ पुराना दुवै पुस्तालाई समेट्ने गरी रहनसहन, भेषभूषा सांस्कृतिक पक्षलाई सहज बनाउनुपर्ने बताउँछिन् थारु समुदायकी रेडियो पत्रकार सुमित्रा चौधरी

थारु जातिको परम्परागत भेषभूषा हराउँदै गएकोमा पत्रकार चौधरी चिन्ता व्यक्त गर्छिन् महिलाहरुले लगाउने गहना, कपडा पनि फेरिएका छन्, यस्तै भइराख्ने हो भने थारु हुनुको परिचय दिन नसकिने दिन आउन बेर छैन भन्दै उनले थारुहरुले प्रयोग गर्ने पोसाकलाई आधुनिकीकरण गरी नयाँ पुराना दुवै पुस्ताका मानिसलाई सुहाउने गरी उत्पादन गर्नुपर्ने, मेला, उत्सव चाडका बेला पनि नयाँ पुराना पुस्ताका मानिसहरुको चित्त बुझाउने गरी कार्यक्रम निर्माण गर्नुपर्ने धारणा उनको

 यसो गरिएन भने सञ्चारका विभिन्न माध्यमद्वारा छिन भरमै नेपाल भित्रिने बिगारिएको भारतीय संस्कृतिले थारु समुदाय मात्र होइन पहाडी समुदायका पहिचानका माध्यमलाई पनि लोप बनाइछाड्नेछ

- सम थापा/नेपालगन्ज

 

 
 [Kamana] [Sadhana] [Nepal Samacharpatra] [Contact Us]


  ? Copyright 2003-2008 newsofnepal
newsofnepal is the internet venture of Kamana Prakashan Samuha
No content available in newsofnepal may be reused in anyway without written permission.