|
ँममीले भनेपछि पढ्नका लागि काठमाडौं आएकी थिएँ, तर यहाँ आएपछि बच्चैदेखिको मोडलिङ गर्ने र फिल्म खेल्ने मौका पनि जुर्यो’ खुशीको मुद्रामा सन्जिताले कामनासँग भनिन् -ँअहिलेसम्म संर्घष्ामै छु, पछि गएर नेपालको राम्रो अभिनेत्री बन्ने सपना छ ।’ रमाइलो कुरा यो छ कि सन्जिताले संर्घष्ाको कुरा गरेपनि उनले काठमाडौं आएको केही समयपछि नै मोडलिङ गर्ने अवसर पाइन् । तीन वर्षघि ग्यालेक्सी मोडलिङ एजेन्सीले काठमाडांैमा आयोजना गरेको फेशन शोमा सन्जिताले पहिलोपटक विरालोको चाल मार्दै रयाम्प मोडलिङ गरेकी थिइन् । फेशन शोको ह्वीम चलेको त्यस समयमा सन्जिताले थुप्रै फेशन शोमा मोडलिङ गर्ने अवसर पाइन् र स्थापित मोडल बन्न पुगिन् । मोडलिङसंगै चलचित्रको पर्दामा छाउने सपना पनि उनले सांचेकी थिइन् । त्यतिखेर नृत्य निर्देशक गोविन्द र्राईकहां नृत्यसमेत सिकिरहेकी सन्जिताको फोटो हेरेपछि निर्माता डाक्टर सिंह गुरुङले आप\mनो चलचित्र बाटुलीका लागि सन्जितालाई भेटे र मैले खोजेजस्तै केटी पाएं भन्दै उनलाई बाटुलीको सेकेन्ड मेन रोल दिए । यसअघि नै सन्जिताले गुरुङ संस्कृतिलाई लिएर नेपाली भाषामा बनेको भिडियो प्रविधिको चलचित्र अनागरीकको मुख्य भूमिकामा काम गरिसकेकी थिइन् ।
त्यसैले बाटुलीमा विराज भट्ट, रेखा थापाजस्ता स्थापित कलाकारसंग काम गर्न पनि उनलाई कठिन भएन । अनागरिक प्रदर्शनमा आउन नपाउँदै बाटुलीमा भित्रिएकी सन्जिताको भाग्य नै बलियो भन्नर्ुपर्छ एउटै चलचित्र प्रदर्शनमा आउन पाउँदा नपाउँदै उनले लगातार अरु चलचित्रमा पनि काम पाउन थालिन् । सधैभरि नयाँ अनुहारतिर नजर दौडाइरहने निर्देशक दीपक रायमाझीले पनि धर्म र प्रेममा आधारित आप\mनो पछिल्लो चलचित्र हाम्रो मिलन कहिले हुन्छका लागि नयाँ युवती खोजिरहेका बेला उनको प|mेममा पर्न पुगिन् सन्जिता नै । सन्जितालाई देख्नासाथ रायमाझीले उनलाई छोड्दै छोडेनन् । आप\mनो चलचित्रमा भव्य ग्ल्यामरयुक्त भूमिकामा काम गराए ।
त्यसो त सन्जिताले हट सिन लिन खप्पिस दीपक रायमाझीको चलचित्र हाम्रो मिलन कहिले हुन्छमा किसिङ सिनसमेत दिएकी छन् । तर सेन्सरले त्यस्ता सिन उडाइदिएको छ । यसबारे सन्जिताको भनाइ छ ँमलाई त कस्तो सिन हो, के हो केही थाहा थिएन । डाइरेक्टरले भनेपछि सिन दिएँ । म नयाँ हुँ र दीपक रायमाझीजस्तो पूरानो डाइरेक्टरको फिल्ममा काम गरिरहेको थिएँ । त्यसैले उहाँले भनेपछि मैले सिन दिएँ । कस्तो सिन राख्दा राम्रो हुन्छ, त्यसबारेमा जान्ने त डाइरेक्टर नै हो ।’ जे भए पनि उनले आशा गरेको चलचित्र चाहिँ हाम्रो मिल कहिले हुन्छ नै हो । ँयो फिल्मबाट मैले धेरै आशा गरेकी छु, किनभने यसमा म मेन रोलमा पनि छु’ सन्जिता कारण खुलाउँछिन् । दीपकको चलचित्र सकिँदा नसकिँदै सन्जिताले शोभित बस्नेतको धुममा पनि काम पाइन् । त्यसमा पनि उनी ग्ल्यामर भूमिकामै छिन् । उनको ग्ल्यामर जति छ, त्यो सबै हाम्रो मिलन कहिले हुन्छ र धुममा छचल्किएको छ र यी तीन चलचित्रको प्रदर्शनपछि सन्जिताको भाग्य निर्धारण हुनेछ । यी चलचित्रबाहेक सन्जिताले तिरस्कार नामको भिडियो चलचित्र तथा दुइ दर्जन जति म्युजिक भिडियो र केही बहुराष्ट्रिय कम्पनीका उत्पादनको विज्ञापनमा आप\mनो प्रतिभा प्रदर्शन गरेकी छन् । सन्जिताको भनाइमा एउटा राम्रो नायिकामा अध्ययन, अभिनय, नृत्य र अनुशासनको जरुरत पर्दछ अनि यी सबै कुरामा उनी अब्बल छिन् । ँतर यी सबैमध्ये मैले नृत्यमा चाहिँ अझ बढी मिहिनेत गर्नुपर्छ जस्तो लाग्छ र नृत्य साधना पनि गरिरहेकी छु’ सन्जिता भन्छिन् ँमेरो अहिलेसम्म एउटै फिल्म रिलिजमा आएका छैनन्, एउटा मात्र फिल्म रिलिज हुनासाथ मेरो कामको मूल्याकंन हुन्छजस्तो लाग्छ ।’ - विदुर गिरी |
|
|
|
|
|
|