237 अंकमा
c जुर्‍यो जोडी धुर्मुस र सुन्तुक
c टच्ची मैन
c सिरियलजस्तै सिरुको जीवन
c रोक्जेट
c चित्र तस्वीरको समायोजन
c

हरायो दोहोरीको मौलिकत

c

गोविन्दको अनुभव

c

संकटमा संस्कृति

c क्वालिटले चिनायो ब्यान्डलाई
c एड्स भगाउन र्सट सिनेम
c िट्स अफ द मन्थ
c हुईयाँ
 

 

रोक्जेट

रोक्जेट म्यारी पेडि्रक्सन र पर गेस्सल मिलेर बनेको पप समूह हो । यी दुइ गायक-गायिकाले ८० दशकको उत्तर्रार्ध र ९० दशकको शुरुमा आफ्ना गीतहरुलाई विश्वभर हिट चार्टमा पार्न सफल भए । यिनीहरुका दि लुक, लिसन टु योर हार्ट, इट मस्ट ह्याभ विन लभ र जोयराइड बोलका गीत अमेरिकाको हिट चार्टको पहिलो स्थानमा रहन सफल भए ।

स्विडेनमा स्थापित कलाकारको रुपमा रहेका दुवै गायक तथा गीतकार पर गेस्सल र म्यारीले औपचारिक रुपमा रोक्जेट नामक सांगीतिक समूह स्थापना गरे । भिन्दाभिन्दै ल्यान्डमा कार्यरत रहँदा सन् १९७९ मा यो जोडीको भेट भएको थियो । गेस्सल त्यति बेलाको स्विडेनको सबैभन्दा लोकप्रिय ब्यान्डमध्ये एक गिल्लेन टाइडरमा र पेडि्रक्सन अलि कम चर्चित स्ट्रल एन्ड मामाज बार्न -मामाज चिल्डे्रन) मा आबद्ध थिए । सन् १९८१ मा पेडि्रक्सनले पहिलोचोटि गिल्लेन टाइडरसँग स्टेजमा गीत गाइन् ।

त्यसपछि उनी सन् १९८२ मा ब्यान्डले रिलिज गरेको स्विडेनी भाषाको एल्बममा ब्याकग्राउन्ड भोकलिस्टको रुपमा प्रस्तुत भइन् । उक्त एल्बमका लागि गिल्लेन टाइडरले स्विडेनको उत्कृष्ट सँगीत समूहको रुपमा एकजोर्नेन अवार्ड प्राप्त गर्‍यो । दि हार्टल्यान्ड क्याफे बोलको गिल्लेन टाइडरको एक मात्र अंग्रेजी एल्बममा उनले थप ब्याकग्राउन्ड भोकल थिइन् । अमेरिकी क्यापिटल रिकर्डसको चाहनाबमोजिम उक्त अंग्रेजी गीत रिकर्ड गरिएको थियो ।

सन् १९८२ मा निस्केको एउटा एल्बममा अब्बाको पर्ूवगायिका प्रिडाका लागि गेस्लेले अंग्रेजी भाषामा एउटा गीत लेखेकी थिइन् । ११ वटा गीत भएको हार्टल्यान्ड क्याफे सन् १९८४ को फेब्रुअरीमा रिलिज भयो । क्यापिटल रिकर्डसले यसका छ वटा गीत लिएर अमेरिकामा ँहार्डल्यान्ड’ नामक एल्बम निकाल्यो । गेस्सल र गिल्लेन टाइडरका अन्य सदस्यले सन् १९७५ को डा. फिलगुड  गीतको टाइटल ँरोक्जेट’लाई छाने ।

दि हार्टफेल्ट क्याफे स्विडेनमा ४५ हजार प्रति बिक्री भयो । नयाँ नाम रोक्जेट अमेरिकामा हिट भयो । सन् १९८५ मा गेस्सलको स्विडेनी भाषाको दोस्रो एकल एल्बम रिलिज भयो । यसमा पनि प|mेडि्रक्ससनले ब्याकग्राउन्ड भोकल दिइन् । सन् १९८६ मा उनलाई उत्कृष्ट स्विडेनी महिला कलाकारको उपाधिसहित रकजोर्नेन अवार्ड ्रप्रदान गरियो । आपसी सहमतिपछि गेस्सल र प|mेडि्रक्सन मिलेर अंग्रेजी गीतको ँनेभर एन्डिङ लभ’ नामक एकल गीत रोक्जेटको नाममा सन् १९८६ को उत्तर्रार्धमा रिलिज गरे । रोक्जेट स्विडेनी टप टेनमा पर्‍यो ।

यी दुइ मिलेर गेस्सलले तेस्रो एल्बमका लागि लेखेका गीत एल्बमका लागि फटाफट रिकर्ड गर्न थाले । सन् १९८६ को अक्टोबरमा पर्ल्स अ प्यासनको रिलिजसँगै रोक्जेटले ठूलो सफलता हासिल गर्‍यो । तिनका गीतहरु ँनेभर एन्डिङ लभ’ र ँगुडबाइ टु यु’ स्विडेनी टप १० मा परे । आइ कल योर नेम बोलको एउटा गीतसहित पल्स अफ प्यासन सन् १९८७ मा स्पेनमा रिलिज भयो । पछि त्यसैका गीतहरु रिमिक्स गरी डान्स प्यासन निस्क्यो ।

सन् १९८७ मा पेडि्रक्सनले आफ्नो तेस्रो एल्बम निकालिन् । सन् १९८८ मा यसले स्विडेनी ग्रायमी अवार्ड र दुइ वटा एकजोर्नेन अवार्ड जित्यो । त्यसपछि रोक्जेटले इभा दाहल्ग्रेन र राटाटासँग मिलेर आई वान्ट यु बोलको एकल गीत निकाल्यो । सोही वर्षो अन्त्यतिर रिलिज भएको रोक्जेटको इट मस्ट ह्याभ सिन लभ बोलको गीतले युरोपेली रेडियोहरुमा ठूलो चर्चा पायो ।

सन् १९८८ को अक्टोबरमा युरोपमा लुक साप १ रिलिज भयो । यिनका गीतहरु चान्सेज र डे्रसड फर सक्सेस चर्चामा आए । दि लुक गीतको रिज गाट दि लुक कोरस श्रोताको ज्रि्रोमा झुन्डियो ।

सन् १९८९ को ८ अप्रिलमा दि लुक विलबोर्ड हट १०० को पहिलो स्थानमा रह्यो । सोही वर्षो मे महिनामा बेलायतको टप १० मा परेको दि लुकले अस्ट्रेलिया, जर्मनी र जापानमा पनि त्यत्तिकै बजार पायो । त्यसपछि रोक्जेटको लिसन टु योर हार्ट रिलिज भयो । यसको लगत्तै रिलिज भएको चौथो एकल गीत डेन्जरस विलबोर्ड हट १०० भित्र प्रवेश गर्‍यो ।

लुक र्सार्प १ का लागि गेस्सलले उत्कृष्ट संगीत रचनातर्फपहिलो स्विडेनी ग्रायमी अवार्ड जिते । रोक्जेटले बेस्ट स्विडेनी एल्बम र बेस्ट स्विडेनी समूहका लागि दुइ वटा रकजोर्नेन अवार्ड प्राप्त गर्‍यो भने प|mेडि्रक्सनले उत्कृष्ट स्विडेनी महिला कलाकारका लागि लगातार तेस्रो रकजोर्नेन अवार्ड प्राप्त गरिन् ।

त्यही बेला टचस्टोन पिक्चरलर्ेर् इ एम आई रोक्जेटलाई रिचर्ड गेर र जुलिया रोबर्टसद्वारा अभिनित आफ्नो आगामी चलचित्र प्रिटी उमनका लागि एउटा गीत दिलाइदिन अनुरोध गर्‍यो । रोक्जेट अस्ट्रेलिया र न्युजिल्यान्डको टुरमा रहेका कारण नयाँ गीत बनाउन नभ्याएकाले गेस्सलले इट मस्ट ह्याभ वीन लभ नै लिइदिन आग्रह गरे । सन् १९९० मा रिलिज भएको प्रिटी उमनले अमेरिकामा १७ करोड ८० लाख र विश्वभर ४६ करोड अमेरिकी डलरको कारोबार गर्न सफल भयो ।

सन् १९९० मा वर्ल्ड टुर सकेर रिकर्ड शुरु गरेका रोक्जेटले सन् १९९१ को मार्चमा १४ वटा गीत समेटिएको जोयराइड नामक एल्बम रिलिज गर्‍यो । जोयराइड एकल गीत बेलायतमा टप ४ र विलबोर्ड हट १०० को पहिलो स्थानमा रह्यो । त्यसपछि रोक्जेटले शुरु गरेको महत्वाकांक्षी सांगीतिक भ्रमणमा तिनीहरुले १ सय ८ वटा कर्न्र्सटमा १७ लाख प्रशंसक माझ संगीत प्रस्तुत गरे । जोयराइडको स्पेन्डिङ माइ टाइम बोलको गीतले जर्मनीमा ठूलो सफलता पायो ।

सन् १९९२ को अक्टोबरमा टुरिज्म नामक एल्बम रिलिज भयो । त्यसका गीतहरु हियर कम्ज दि विकेन्ड, नेभर इज अ लंग टाइम, हाउ डु यु डु र क्विन अफ रेन चर्चित रहे । सन् १९९२ मा म्यारी पेडि्रक्सनले रिलिज गरेको स्विडेनी भाषाको एल्बम डेन स्टान्डिगा रिसान (दि र्एर्टनल जोर्नी) ले उनलाई अर्काे स्विडेनी ग्रायमी अवार्ड दिलायो ।

सन् १९९३ मा रोक्जेटले बेट्टे मिडलर, साराह जेस्सिका, पार्कर र क्याथी नाजिमीद्वारा अभिनित चलचित्र होकस पोकसका लागि अलमोस्ट अनरियल बोलको गीत रिकर्ड गर्‍यो ।

सन् १९९४ मा रोक्जेटले अर्काे एल्बम क्रायस १ बुम १ ब्या· १ रिलिज गर्‍यो । सन् १९९५ मा रिलिज भएको रोक्जेटको एल्बम डन्ट बोर अस, गेट टु दि कोरस थुप्रै युरोपेली राष्ट्रको हिट चार्टको पाँचौं स्थानमा रह्यो । सन् १९९६ मा म्यारी पेडि्रक्सनले स्विडेनी भाषामा अर्काे एल्बम आई एन टिड सोम भार (इन अ टाइम लाइक आवर्ज) निकालिन् ।

पर गेस्सलले सन् १९९७ मा एकल अंग्रेजी एल्बम दि वर्ल्ड एकर्डिङ टु गेस्सल निकाले । त्यसको एउटा गीत आइ विल बी अल राइटमा प|mेडि्रक्सनको ब्याकग्राउन्ड भोकल थियो । सन् १९९८ मा गेस्सल र प|mेडि्रक्सन मिलेर रोक्जेटका लागि नयाँ एल्बम ह्याभ अ नाइस डेका गीत रिकर्ड गर्न थाले । सन् २००० मा पेडि्रक्सनले आफ्नो स्विडेनी भाषाको हिट गीतहरुको संगालो एन्टलीजेन (एट लास्ट) निकालिन् ।

सन् २००१ मा रिलिज भएको रुम र्सर्भिस सम्भवत रोक्जेटको जोयराइडपछिको अर्काे उत्कृष्ट एल्बम थियो । सन् २००२ को सेप्टेम्बरमा बेहोस हुन पुगेकी म्यारी पेडि्रक्सनको ब्रेन ट्युमर भएको पहिचान भयो । पछि शल्यक्रिया गरी ट्युमर निकालियो ।

सन् २००५ को २३ नोभेम्बरमा आठ वर्षछि पहिलोचोटि पर गेस्सलरले अंग्रेजी एकल एल्बम सन अफ अ प्लम्बर रिलिज गरे । सन् २००६ को १८ अक्टोबरमा २० वटा उत्कृष्ट गीत समाविष्ट अ कलेक्सन अ रोक्जेट हिट्स र्सार्वजनिक भयो । त्यसमा वन विस र रिभिल बोलका नयाँ गीत पनि थिए । सन् २००७ को १४ फेब्रुअरीमा रिभिल संसारभरि रिलिज गरिएको थियो ।     - ओमशंकर श्रेष्ठ

 
 [Kamana] [Sadhana] [Nepal Samacharpatra] [Contact Us]


  ? Copyright 2003-2008 newsofnepal
newsofnepal is the internet venture of Kamana Prakashan Samuha
No content available in newsofnepal may be reused in anyway without written permission.