|
२७ अगस्ट १९८० मा केरलाको कोचिनमा जन्मेकी नेहाका बाबु प्रदीपसिंह धुपिया भारतीय जल सेनाका कमान्डर थिए । उनकी आमा मनपिन्दर गृहिणी थिइन् भने उनका हरप्रित नामका एक भाइ पनि छन् । नेहाले कोचिनकै नवल पब्लिक स्कुलबाट पढाइ शुरु गरिन् । त्यसपछि उनी नयाँ दिल्लीको आर्मी पब्लिक स्कुलमा सरुवा भइन् जहाँबाट उनले हाइस्कुलसम्मको पढाइ पूरा गरिन् । उनले नयाँ दिल्लीको जेसस एन्ड म्यारी कलेजबाट इतिहासमा स्नातक गरिन् ।
मोडलिङ करिअर शुरु हुँदा नहुँदै उनले सन् २००३ मा बलिउडमा
फिल्म खेल्ने अवसर पाइन् । कयामत, सिटी अन्डर थ्रेट भन्ने
यो फिल्म रिलिज भएर बक्स अफिसमा राम्रै गरेपछि उनी बलिउडमा
नाम चलेकी हिरोइन् बनिन् । त्यसपछि उनले जुली फिल्ममा
बोल्ड सिन र केही उत्तेजक किसिङ सिन दिएपछि उनी चर्चामा
आइराखिन् । यही फिल्मबाटै उनले बलिउडमा सेक्स सिम्बोलको
ट्याग पनि पाइन् । त्यसपछि उनले सिसा फिल्म गरिन्, जहाँ
उनले फेरि पनि बोल्ड भूमिकामा अभिनय गरिन् । यो बक्स अफिसमा
हिट नभए पनि यसले नेहालाई दर्शकसम्म पुर्याइराख्ने कामचाहिँ
गर्यो ।
५ फिट ६ इन्च अग्ली र ५४ केजी तौलकी नेहा र उनका स्क्वास खेलाडी प्रेमी रित्विकले आफ्नो बिहेका बारेमा भने कुनै निर्णय गरिनसकेको बताएका छन् । दुवैका परिवारले आफूहरुलाई मज्जाले चिनेको र रुचाएको पनि उनीहरुले बताएका छन् । रित्विकले नेहालाई चिन्नुअघि नै उनका बाबुलाई चिनिसकेका थिए । पर्दामा नेहालाई सेक्स सिम्बोलका रुपमा लिइए पनि वास्तविक जीवनमा उनी साधारण भारतीय युवतीजस्ती लाग्छिन् र पारिवारिक मूल्य र मान्यतालाई मान्छिन् भन्ने थाहा पाएर आफ्नो परिवारले उनलाई मन पराएको रित्विकले बताएका छन् । नेहालाई भने आफ्नो बाबुका केही राम्रा गुण रित्विकमा भएजस्तो लाग्छ । उनीहरुले आफूहरु र्सार्वजनिक जीवनमा लोकप्रिय हुनुभन्दा अघिदेखि नै चिनजान र घनिष्ठ भएकोले प्रेम जीवन सफल हुनेमा उनीहरु आशावादी छन् । आफ्नो प्रेम र्सार्वजनिक गर्ने नेहाको यो निर्णये सायद उनका फ्यानहरुलाई भने चित्त दुख्ला । आखिर सधैंभरि लुकाएर राख्न पनि सकिन्नथ्यो नि त !
|
|
|
|
|
|
|