जुर्‍यो जोडी धुर्मुस र सुन्तुको

पाल टेलिभिजनको लोकप्रिय हास्य शृंखला मेरीबास्सैका धर्ुर्मुस सीताराम कट्टेल र सुन्तली कुञ्जना घिमिरे अब मेरीबास्सै मात्र होइन वास्तविक जीवनमा पनि पतिपत्नी हुने भएका छन् ।

एक-अर्कासँग भेट भएदेखि नै दोस्ती शुरु गरेका यी जोडी यही मंसिरको १४ गतेबाट विधिवत् रुपमा सधैंका लागि एक-अर्काका हुँदै छन् । खास गरी मेरीबास्सैमा शुरुमा ग्रामीण क्षेत्रका प्रेमी-प्रेमिका र पछि श्रीमान् श्रीमती हुन पुगेको यो जोडी लामो समयको प्रेमसम्बन्धपछि आ-आपनो घरपरिवारको मञ्जुरी र सहमति लिएर विवाहबन्धनमा बाँधिन लागेका हुन् ।सोलुमा जन्मिएर झापा गौरादहमा हर्ुर्किएका सीताराम र ललितपुरको चापागाउँकी कुञ्जनाले एक-अर्काबिना बाँच्नै नसक्ने र अपूरक हुने महसुस भएपछि बिहे गर्ने निर्णयगरेका हुन् ।

 

 उनीहरुबीच कहिलेदेखि मायाप्रीति बस्यो दुबैलाई यकिन छैन । तर आफू कलाकार भइनसक्दै कुञ्जनाप्रति आकषिर्त भएको सीतारामलाई याद छ । त्यसताका सीताराम दमन रुपाखेतीको एउटा कार्यक्रमका लागि निर्माण व्यवस्थापकको काम सम्हाल्ने गर्थे, कुञ्जना भने त्यसका कलाकारका रुपमा काम गर्न आएकी थिइन् । त्यसै बेला सीतारामले पहिलो पटक कुञ्जनालाई सुटिङको गाडीमा मेकअप गर्दै गरेको देखेका थिए । ँलेखान्त नै भन्नर्ुपर्छ, म केटी मान्छेसँग बोल्न भनेपछि सारै धक मान्थें । तर कुञ्जनालाई देख्नासाथ म किन-किन प्रभावित भएँ । उनीसँग बोलिरहुँ बसिरहुँजस्तो लाग्यो । र निकै बेर गफ गरेर बसिरहें, यो सब दैवले नै लेखेका रहेछन् क्यारे, आज उनैसँग जीवन बिताउने भएको छु’ -सीताराम भन्छन् ।

कार्यक्रमहरुमा जाँदा उनीहरुलाई एउटै शयनकक्षको व्यवस्था गरिदिनेलगायतका जोडीका रुपमा व्यवहार गर्न थालेपछि यस जोडीको मायाप्रीतिले झनै झांगिने अवसर पायो । उता अब छोरीको जीवन सीतारामसँगै बित्छ भन्ने बुझिसकेका कुञ्जनाका बाबुले कुञ्जनालाई माग्न आउनेहरुलाई उसको बिहे अहिले नगर्ने भनेर फर्काइदिन थाले ।

त्यसको केहीपछि राजधानीमा सम्पन्न गाईजात्रा कार्यक्रममा सीताराम र कुञ्जनालाई सहभागी हुने अवसर जुट्यो । सात दिनसम्म चलेको कार्यक्रमको अन्तिम दिन सीतारामले कुञ्जनालाई मन पराउने कुरा भन्ने प्रयास गरे । तर भीडभाडमा त्यस्तो अवसर नै नपाएपछि उनले फोन गरेर मनको कुरा खोले । कुञ्जनाले क्यारिअर बनाउनेतिर नलागेर अहिले यस्तो कुरा सोच्न नहुने बताएपछि सीताराम हेरेको हेर्‍यै भए ।

संयोग नै भन्नर्ुपर्छ पछि मेरीबास्सैमा सीताराम र कुञ्जना जोडीका रुपमा जुरे । सुटिङमा त सधैं भेटघाट भइरहन्थ्यो नै, जसले उनीहरुलाई एक-अर्कामा नजिकिने अवसर दिलायो । यसबाहेक देश-विदेशमा हुने कार्यक्रममा पनि उनीहरुसँगै पर्न थाले । मायाप्रीतिको मुना विकसित हुने यो राम्रो अवसर थियो । खास गरी देशभित्र र बाहिरका कार्यक्रममा जाँदा व्यवस्थापकहरुले उनीहरुलाई युगल जोडी सम्झी एउटै शयनकक्षको व्यवस्था गरिदिनेलगायतका जोडीका रुपमा व्यवहार गर्न थालेपछि यस जोडीबीचको अज्ञात मायाप्रीतिले झनै झांगिने अवसर पायो । त्यसमा पनि सामान्य बिरामी हुँदाखेरिसम्म कुञ्जनाले पारिवारिक सदस्यसरह मनले हेरचाह गर्न थालेपछि सीताराममा कुञ्जनाप्रतिको आशक्ति बढ्न पुग्यो । यी सब हुन थालेपछि सीतारामले पहिलो प्रस्ताव राखेको एक वर्षछि फेरि आप\mनो प्रस्ताव फरक शैलीमा दोहोर्‍याउँदै भने ँहेर हाम्रो इलु-इलु छ भनेर सारातिर हल्ला छ, हामीले एक-अर्कालाई पनि बुझिसक्यौं, के गर्ने हो -’ कुञ्जना बोलिनन्, तर उनको बडी ल्यांवेजले सीतारामलाई ग्रिन सिग्नल दिइसकेको थियो । यसरी डेटिङमा नगई र आइ लभ यु पनि नभनी सीताराम र कुञ्जनाले एक अर्कालाई जीवनसाथीका रुपमा स्वीकार्न थाले ।

उता घरपरिवारमा पनि यो जोडीलाई मौनरुपमै भए पनि स्वीकार्न थालिसकिएको थियो । अब छोरीको जीवन सीतारामसँगै बित्छ भन्ने बुझिसकेका कुञ्जनाका बाबुले कुञ्जनालाई केटाहरुले माग्न आउँदा उसको बिहे अहिले नगर्ने भनेर फर्काइदिन थालेका थिए भने सीतारामको घरमा पनि कुञ्जनालाई बुहारीको रुपमा सोच्न थालिइसकेको थियो । कुञ्जना सीतारामको बहिनीको बिहे र झापातिर हुने कार्यक्रममा त्यहाँ पुग्दा सीतारामको घरतिर जान थालिसकेकी थिइन् भने कुञ्जनाको परिवारले खाना खान बोलाउँदा सीताराम आमासहित उनको घरमा पुग्दा गाउँलेहरु सीताराम कुञ्जनालाई माग्न गएको अनुमान गर्न थालिसकेका थिए । यसका बाबजुद सीताराम र कुञ्जनाले यसपालि नै बिहे गर्नेबारेमा सोचेका थिएनन्, तर ज्योतिषले यसपालि बिहे नगरेर केही वर्षछि बिहे गरे उनीहरुको दाम्पत्य जीवनमै संकट आउने सुनाएपछि झटपट यो जोडी बिहेको निर्णया पुगेको हो ।

बिहेका लागि सीताराम र कुञ्जनाले आवश्यक गरगहना, लुगाफाटोलगायतका सामग्रीको किनमेल तथा अन्य तयारी गरिसकेका छन् । बिहे एक दिनको भए पनि तीन साता पूरै बिहेमा बिताउन सीतारामले मेरीबास्सैको तीन भाग खिचिसकेका छन् भने बिहेपछिको बसाइका लागि बानेश्वरमा सानदार प\mल्याट पनि लिइसकेका छन् ।

ँबिहे गर्न र जोडी जुराउन माथिबाटै लेखिदिएको हुँदोरहेछ’ सीताराम र कुञ्जनाले कामनासँग मुस्कुराउँदै एक साथ भने ।  

जोईपोइको नजर

 मनपर्ने कुरा ?

-सीतारामः उनको खुबी । शारीरिक रुपमा पनि उनी राम्री त छँदै छिन् त्योभन्दा पनि बढी भावनात्मक रुपमा राम्री छिन् । अरुसँग कुरा गर्दा उनको खुबीबाट प्रभावित नहुने मान्छे मैले भेटेको छैन ।

 कुञ्जनाः रिसाउनुहुन्न, मलाई विश्वास गर्नुहुन्छ, त्यही कुरा नै मन पर्छ ।

मननपर्ने कुरा ?

-सीतारामः उनी चाँडै रिसाउने स्वभावकी छिन् र सामान्य कुरामा पनि अत्तालिन्छिन् । केही टेन्सन, आपत आइलाग्यो भने अत्तालिन्छिन् र कुरै नबुझी रिसाउँछिन् ।

कुञ्जनाः अलि एकोहोरो र जिद्दी हुनुहुन्छ । यो कुरा ठीक होइन भन्दा पनि त्यसलाई घुमाएर सही साबित गर्ने जिद्दी बानी मलाई मन पर्दैन ।

मनपर्ने अंग ?

-सीतारामः उनको ओठ । उनको ओठ देख्दै राम्रो छ, मिलेकोजस्तो छ । उनको शरीरको अंगमध्ये ओठ सबैभन्दा आकर्ष लाग्छ ।

कुञ्जनाः आँखा । उहाँले मलाई व्यक्त गर्ने माया उहाँको आँखामा देखिन्छ । उहाँप्रति विश्वास व्यक्त गराउने अंग भनेकै आँखा हो ।

मन पर्ने पहिरन ?

-सीतारामः सारी लगाएको मन पर्छ, हाइटले दिँदैन तर पनि सुहाउँछ । एक-दुइ ठाउँमा सारी लगाउँदा मन पर्‍यो । मेरो बहिनीको बिहेमा उनले सारी लगाउँदा झापामा सबैले तारिफ गरे ।

कुञ्जनाः जिन्स पाइन्ट र टिर्सट । उहाँलाई बर्थडेमा पनि टिर्सट नै गिप\mट दिएको छु ।

मन नपर्ने पहिरन ?

सीतारामः उनलाई नसुहाउने पहिरन नै छैन ।

कुञ्जनाः उहाँले मोटो ज्याकेट लगाएको मन पर्दैन । फिटिङ कपडा जे लगाए पनि मन पर्छ ।

िरयल लाइफको कुञ्जना वा सीताराम ठीक कि मेरीबास्सैकी सुन्तली वा धर्ुर्मुस ठीक ?

सीतारामः रियल लाइफकै कुञ्जना ठीक । रिल लाइफको जस्तो आइमाई भयो

भने घरव्यवहार चलाउन सकिन्न, लथालिंग हुन्छ ।

कुञ्जनाः रियल लाइफको सीताराम मन पर्छ । मेरीबास्सैको जस्तो गोल्ड्यांग्रे पोइ त कसलाई मन पर्छ र - हा... हा... हा...

- विदुर गिरी

 

 

 
 [Kamana] [Sadhana] [Nepal Samacharpatra] [Contact Us]


  ? Copyright 2003-2008 newsofnepal
newsofnepal is the internet venture of Kamana Prakashan Samuha
No content available in newsofnepal may be reused in anyway without written permission.