कलाकारको कोठामा कण्डम

कतारमा कार्यक्रम गर्न केही समयअघि एक हुल कलाकार दोहातिर लागे कतारमा गएर कार्यक्रम पेश गर्ने कलाकारहरु पनि कम्ताका थिएनन् नाम चलेकादेखि भर्खरै उदाउँदै गरेका कलाकारसम्म, हास्य कलाकारदेखि नायिकासम्म, मोडलदेखि डान्सरसम्म दंग परेर प्लेनमा बसेका थिए, आउँदा भने धेरैको अनुहारको रङ उडेको थियो किनभने उनीहरु काठमाडौं आइपुग्नुअघि नै कलाकारहरु बसेको कतारको होटलमा कण्डमै कण्डम भेटियो भन्ने खबर काठमाडौंमा यत्रतत्र र्सवत्र भइसकेको थियो

खबरअनुसार कलाकारहरु बसेको होटलको कोठा-कोठामा प्रयोग गरिसकिएका थुप्रै कण्डम भेटिएको थियो भेटिएका कण्डम सबै प्रयोग गरिसकिएका थिए भनेर अखबारमा छापिएको पनि थियो उनीहरुलाई यो कुरा बोक्नु टोक्नु भइदियो आफू बसेको होटलमा कण्डम भेटियो भन्ने खबरले उनीहरुमा लज्जाबोध भइरहेको थियो तर यत्तिमै किन लज्जाबोध हुनुपरेको होला भनेर हुइयाँलाई आर्श्चर्य लागेको प्रयोग गरिसकेका कण्डम भेटियो के भयो - प्रयोग नै नगरेको कण्डम भए पो प्रश्न चिन्ह लाग्नु, त्यसमा लाज मान्नु प्रयोग नगरेका कण्डम भेटियो भने पो टेन्सन हुनुपर्ने हो नि, होइन - प्रयोग भइसकेका कण्डम भेटिँदा झन् कलाकारहरु सजग रहेछन्, लापर्बाह रहेनछन् भनेर तारिफ पो हुन्छ परिवार नियोजन एड्सबारे कलाकारहरुले राम्रैसँग बुझेका रहेछन् भनेर उनीहरुको प्रशंसा नै हुन्छ, आलोचना हुँदैन क्यारे प्रयोगै नगरी छोडिएका कण्डम भेटिएको भए पो नेपालका कलाकारहरुलाई त्यस्तो बेला कण्डमको प्रयोग गर्नुपर्छ भन्ने जाबो सामान्य जानकारी पनि रहेनछ भन्ने पथ्र्यो त्यसैले यसमा कसैलाई टाउको नदुखाउन निधार नखुम्च्याउन हुइयाँको अमूल्य सुझाव रासका रास ती कण्डम कसले प्रयोग गरेको भनेर जिज्ञाशा नराख्न पनि हुइयाँ सबैलाई हार्दिक अनुरोध गर्दछ किनभने कण्डमको प्रयोगजस्तो उदाहरणीय कार्य हाम्रा कलाकारहरुबाटै सबैले सिक्नर्ुपर्छ

नढाँटी भन्ने हो भने खास कुरोचाहिँ के भने नि, ती कण्डमहरु -कसले प्रयोग गरे भन्नेबारे यो हुइयाँलाई पनि थाहा छैन हुइयाँले यसबारे सुइँकोसम्म पाएको छैन, तपाईंको कसम यतिले नि नपुगे कण्डम काण्डका कलाकारको कसम अनि अर्को कुरा कण्डमको प्रयोग गर्नुपर्छ भन्ने थाहा पाउनेले प्रयोग गरिसकिएका कण्डम खाल्डो खनेर गाड्नर्ुपर्छ भन्ने पनि थाहा पाउनुपर्थ्याे नि

ऋचाको हट पोज

पछिल्लो समयमा निःशंकोच हट देखिन तयार हुने नायिका कोही भने त्यो निश्चय पनि ऋचा घिमिरे नै हुन् उनी जस्तोसुकै हट गेटअपका लागि पनि तयार भइदिन्छिन्

त्यो दिन पनि ऋचा हट नै देखिइरहेकी थिइन् ब्याक्वेट क्लबमा चलचित्र गुरुदक्षिणाको सुटिङ चलिरहेको थियो त्यस चलचित्रमा ऋचा आइटम डान्सरको रुपमा काम गरिरहेकी थिइन् जाडो नै थिएन, तर ऋचाको पहिरन देख्नेहरु लुगलुग कामौंलाजस्तो गरिरहेका थिए उनको पहिरन थियो नै त्यस लायक पहिरन शरीरको कति भागसम्म थियो भनेर खोज्नै पर्ने लुगै लगाएको छैन भन्न पनि नमिल्ने, झिलिमिली लुगा देखिइरहेको थियो लुगा लगाएको भन्ने हो भने लुगाको आकार प्रकार नै खोज्दा पनि नभेटिने हुइयाँ आच्छु, आच्छु नै भयो उनको पहिरन देखेर

यस्तैमा सुटिङ भइरहेको देखेर कतैबाट आइरहेका म्युजिक भिडियोहरु तथा चलचित्र सानो संसारका निर्देशक आलोक नेम्वाङ अन वे त्यहाँ आइपुगे सुन्दरीहरुलाई हट शैलीमा पर्दामा उतार्न खप्पिस आलोकसमेतले ऋचाको पहिरन देखेर ज्रि्रो टोके ँल अब तिमी फेरि मिडियामा मज्जाले छाउने भयौ ऋचाको छोटो पारदर्शी हट डे्रसअप देखेर आलोकले कमेन्ट गरिहाले ऋचाले भने निरश हुँदै ँमलाई मिडियामा आउनै मन लाग्दैन मलाई मिडियाले मेरोबारेमा देखाइदिइरहोस्, छापिदिइरहोस् भन्ने नै लाग्दैन तैपनि मिडियामा आइरहन्छु किन होला हगि -’

ऋचाको शब्द भुइँमा नखस्दै आलोकको अर्को कमेन्ट थियो ँभएजति सबै देखाइदिने अनि मिडियामा नआओस् भन्ने यसो भन्दै आलोकले ऋचाको पहिरन ओल्र्टाई पल्र्टाई हर्ेन थाले उनी भन्दै थिए ँखै राम्ररी हेरौं , आखिर फिल्ममा सबैले हर्ेर्ने हो क्यारे मैले हेरेर के भयो -’ आलोकको कुराले काली रुपकी ऋचा नीलो भइन्, उनको रङ फेरिएको हुइयाँले हेरिरहन सकेन त्यहाँबाट अलप भयो

 

सुन्दरी देख्नासाथ ब्रेक लगाउँदा...

भुवन केसीमा अझ पनि प्लेब्याइको क्षमता रहेछ बा कपाल जतिसुकै झरेपनि सुन्दरी भनेपछि भुवन १६ वर्षो उमेरमा जत्तिकै सक्रिय भइहाल्दारहेछन्

५० कटिसके पनि भुवनमा यो जोस देखेर हुइयाँलाई बडा खुसी लागेको केही साताअघि भुवन ठमेलबाट  सिनामंगलस्थित आप\mनो निवासतिर जाँदै थिए उनको नयाँ गाडीको गति तेज थियो लाग्थ्यो भुवन घर चाँडै पुग्न निकै आतुर थिए हुइयाँ पनि कम तेजिलोचाहिँ थिएन, आप\mनो वाहनलाई हुइयाँले पनि तेज गर्यो तैपनि भुवनको गाडीलाई भेटिने छाँट थिएन दरबारमार्ग पुगेपछि अचानक भुवनको गाडीमा जोडदारको ब्रेक लाग्यो ब्रेक लाउनासाथ भुवनले आप\mनो फुल अप्सनको लक्जरी गाडीको रिमोट कन्ट्रोलको एउटा स्विच दबाए, \mयालका सिसाहरु आफसेआफ खुल्न थाले

हुइयाँले भुवनको गाडी भेटुन्जेलसम्ममा उनीसँग झन्डै एक दर्जनजति सुन्दरीहरु झुम्मिइसकेका थिए हुइयाँ छक्कै पर्यो रातको ११ बजे अचानक यी सुन्दरी कहाँबाट पदार्पण भए भुवनले कसरी उनीहरुलाई देखे अनि एकैचोटि त्यतिका सुन्दरीहरु किन उनीसँग झुम्मिए -

कोही अगाडि सिटमा भुवनसँगै बस्न खोजिरहेका थिए, कोही अर्को दिशामा गएर भुवनको हात मुर्सार्न खोजिरहेका थिए कोही पछाडि सिटमै भए पनि बस्ने प्रयास गरिरहेका थिए यत्तिकैमा सुन्दरीहरुमध्ये कोही बोलेपछि भुवनको सातो गयो हुइयाँ पनि ट्वाँ पर्यो किनभने ती कुनै सुन्दरीहरु नभएर रात्रि व्यवसायी समलिंगीहरु पो रहेछन् भुवन - छोड भोलि हलमा आओ, तिमीहरुलाई मेरो फिल्म देखाइदिउँला भुवन नै उम्किएपछि हुइयाँको के काम यो पनि कुलेलम ठोक्यो

रेड ह्यान्ड पक्राउ

यो पुच्छरवाला जन्तु हुइयाँ यस कुमार बाबु बोगटीका गीत भनेपछि अचाक्ली हुरुक्कै हुन्छ तर धेरै भयो हुइयाँले आप\mना प्रिय गायकद्वय यस कुमार बाबु बोगटीको कोकिल कण्ठबाट गीत सुन्न नपाएको त्यसैले यस बाबुले चार महिनाअघि राजधानीको दरबारमार्गमा पाँचतारे होटल याक एन्ड यतिको मुखैनिर संयुक्त रुपमा खोलेको रिदम प्यालेस गजल रेस्टुरेन्ट एन्ड बार नाम गरेको गजलबारमा पुग्यो यो बारको विशेषतै रहेछ कि यसमा यस कुमार बाबु बोगटीजस्ता नाम चलेका गायकद्वय आपै+m गीत गाउँदारहेछन् उनीहरुको अर्को विशेषता के रहेछ भने उनीहरु नेपाली कम हिन्दी गीत बेसी गाउँदा रहेछन् नगाऊन् पनि किन - रेष्टुरेन्टमा आउने ग्राहकको चाहना बेग्लै खाले हुने हुँदा यस कुमारसँग त्यहाँ गाउन मिल्ने खालको उनैले गाएको गीतै छैन, बाबुले एउटा सान्नानी कति पटक गाउनु - हिन्दी गीतै किन नहोस् यस बाबुको स्वर सुन्न पाएरै दंग थियो हुइयाँ दुवै गायक पालैपालो जानी नजानी हिन्दी डान्स नम्बरहरु गाएर मदिराले मात्तिएका आप\mना ग्राहकलाई अरु मत्याएर व्यापार बढाउन तल्लीन थिए सुपरिचित नेपाली गलाबाट हिन्दी गीतै भए पनि सुन्न पाएर हुइयाँ मख्ख थियो

यस बाबु आपना ग्राहकलाई मदिराको प्याला संख्या बढाउन प्रेरित गर्दै हिन्दी गीतमाथि हिन्दी गीत गाइरहेका थिए उनीहरु जति-जति गाउँदै जान्थे, ग्राहकहरु पनि त्यति-त्यति नै जोसिँदै मदिरा थपिरहेका थिए कोही-कोही उनीहरुको नजिक पुगेर नाचिरहेका पनि थिए यस्तो रमाइलो वातावरण चल्दै जाँदा कतिखेर रातको ११ बज्यो कसैलाई पत्तै भएन राजधानीमा ११ बजेपछि रात्रि व्यवसाय चलाउन निषेध गरिएको थियो एकाएक उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमको प्रतिनिधि बनेर प्रहरीको एक हुल यस बाबुको गजलबारमा प्रवेश गरे ग्राहकहरुमा केही नाम चलेका कलाकार पनि थिए उनीहरुसँगै यस बाबुले एक पटकलाई माफी गरिदिन अनुनयविनय गरिरहेका थिए तर वामदेवका प्रतिनिधि परे कड्किहाले ँ११ बजेपछि रेस्टुरेन्ट नखोल्नु भनेर कति भन्नु तपार्इंलाई, कति सम्झाउनु - हिँड्नुस् हामीसँग कसैको केही लागेन अन्ततः यस बाबुसँगै ग्राहकका रुपमा आएका कलाकारहरु पनि परे फन्दामा हुइयाँले पनि प्रहरीलाई सम्झाउन खोजेको हो तर के गर्नु बिहान रामदेवको आतंक राति वामदेवको यस्तै हो

 

 
 [Kamana] [Sadhana] [Nepal Samacharpatra] [Contact Us]


  ? Copyright 2003-2008 newsofnepal
newsofnepal is the internet venture of Kamana Prakashan Samuha
No content available in newsofnepal may be reused in anyway without written permission.