237 अंकमा
c जुर्‍यो जोडी धुर्मुस र सुन्तुक
c टच्ची मैन
c सिरियलजस्तै सिरुको जीवन
c रोक्जेट
c चित्र तस्वीरको समायोजन
c

हरायो दोहोरीको मौलिकत

c

गोविन्दको अनुभव

c

संकटमा संस्कृति

c क्वालिटले चिनायो ब्यान्डलाई
c एड्स भगाउन र्सट सिनेम
c िट्स अफ द मन्थ
c हुईयाँ
 

 

हिट्स अफ द मन्थ

गराइदिए ज्योतिषीले बिहे

सीताराम कट्टेल र कुञ्जना घिमिरेले बिहे गर्नेबारे अहिले नै सोचेकै थिएनन् रे । तर ज्योतिषीले चिना पल्टाएपछि उनीहरुबीच बिहे गर्न ढिलो गरे बिहे नै अफापसिद्ध हुन सक्छ भन्ने सुझाव आएछ । लगनगाँठो बाँध्न ढिलो गरे ठूलै दर्ुघटना पनि हुन सक्छ भन्ने ज्योतिषीको भविष्यवाणी सुनेपछि यसै पालि मंसिरको जाडोमा बिहे गर्ने साइत जुर्‍यो ।

सीताराम र कुञ्जनाले ज्योतिषीको भविष्यवाणी र सुझाव दुवै सुनिसकेपछि मंसिरमै बिहे गर्ने निर्णयगरे । वषौर्ं लामो प्यारलाई अन्तिम रुप दिने अवसर जो थियो, त्यसको पूरापूर फाइदा उठाउने सोच उनीहरुको थियो र मंसिर १४ गते लगनगाँठो कस्ने निर्णयगरे । कुरो ज्योतिषीको भए पनि यसबाट यो प्रेम जोडीलाई फाइदै भयो ।

यसपालि त ज्योतिषले बिहेबारी गर्न ढिलो गरे संकट आउने भविष्यवाणी मात्र गरिदिए । तर फेरि पनि ज्योतिषीलाई देखाउँदा बिहेपछि दाजुभाइसँगै बस्न हुन्न ठूलो संकट आउँछ भनेर भनिदिए भने के गर्ने - खै के खै के म त । आ...१

 युना सुटिङमा बेहोस

 यसपालि एक जना नायिका खान नपाएर बेहोस भएकी छन् । भोकभोकै बस्नुपर्दा नायिका युना उप्रेती एकाएक बेहोस भएर ढल्न पुगिन् ।

कुरो हो चलचित्र र्फजको सुटिङको । त्यस दिन चोभारमा यो चलचित्रको क्लाइमेक्स दृश्यको सुटिङ भइरहेको थियो । जाडो शुरु भइसके पनि त्यस दिन पारिलो घाम छाइरहेका कारण बिहानैदेखि लगातार र्फजको क्लाइमेक्स दृश्यको सुटिङ भइरहेको थियो । कामको रपतार पनि राम्रो थियो । सबै जना फूर्तिपर्ूवक काम गरिरहेका थिए ।

क्लाइमेक्सको कथानक मोडअनुसार नायिकाद्वय युना उप्रेती र ऋचा घिमिरेलाई खलपात्रले चोभार डाँडामुनिको पोखरीमा कीलो ठोकेर बाँधी उनीहरुलाई हैरान पार्ने र नायकहरु आएर बचाउनुपर्ने दृश्य खिचिँदै थियो । लगातार काम गर्दा युना र ऋचा भोकाउनु भोकाए । भोक मेटाउन उनीहरुले केहीबेर ब्रेक गरी केही खान आग्रह गरे । तर कसैले सुनेपो । युना भोकले व्याकुल भइन् । तैपनि काम जारी थियो । कामकै क्रममा उनी बिस्तारै ढलिन्, सबैले सोचे युनाले गजबको सट दिइरहेकी छन् । भुइँमा बज्रिएपछि पो थाहा भयो उनी बेहोस भएकी रहिछन् । हत्त न पत्त पानी छम्केर उनलाई होसमा ल्याइयो । बिचरी युना, चलेको र स्थापित नायिका भएको भए उनी घन्टौं ब्रेक गराएर ठमेलबाट पिज्जा मगाएर खान सक्थिन्, तर परिन् नयाँ, त्यसमाथि दीपक श्रेष्ठको क्याम्पबाहिरको पहिलो फिल्म । खान नपाएर बेहोसै हुनुपर्‍यो ।

यस्तै हो मिस यमुना -उनको असली नाम), दीपक क्याम्पमा भए जतिखेर जे भन्यो त्यही आउँथ्यो, तर के गर्ने, क्याम्पबाहिरको कुरै अर्कै ।

 

सबैलाई थाहा छ चिरञ्जीवी बस्नेत आपनै लगानीमा नियमितरुपमा फिल्म बनाइरहने निर्माता हुन् । सबैलाई थाहा भएको कुरा यो पनि हो कि उनी सस्तोमा फिल्म बनाउँछन् । फिल्मको लगानी कम हुँदा त्यसको गुणस्तर र व्यापारिक सफलता पनि त्यही बराबर हुनु अर्कै कुरा हो ।

तर तिनै सस्ता निर्माता चिरञ्जीवी बस्नेतको निर्माणमा हिट हिट म्युजिक भिडियो बनाउने र कागबेनीजस्तो डिजिटल फिल्म निर्देशन गर्ने भूषण दाहाल तथा म्युजिक भिडियो निर्माणमा नाम कमाई सानो संसारजस्तो रोमान्टिक फिल्म बनाउने आलोक नेम्वाङले फिल्म बनाउलान् - कुरो रमाइलो छ चिरञ्जीवीले ओके वा यस भनेको खण्डमा यी दुवै जनाले उनका लागि कमर्सियल फिल्मको निर्देशन गर्नेछन् ।

वास्तवमा भूषण र आलोक दुवै जना सिबी -चिरञ्जीवीको छोटकरी नाम)ले आफूहरुलाई एक-एक वटा कमर्सियल फिल्म निर्देशन गर्न दिए हुन्थ्यो भन्नेमा छन् । भूषण र आलोक दुवैले राजधानीमा कुमारी र जय नेपालजस्तो स्तरीय हल सञ्चालन गरिरहेको क्वेस्ट इन्टरटेन्मेन्टको ब्यानरमा कागबेनी र सानो संसार बनाए । तर प्रविधिको चर्चा भए पनि उनीहरुको चर्चा भएन । त्यसैले दुवै जना कमर्सियल सिनेमा निर्देशन गरेर आफूलाई साँच्चिकै निर्देशक हुँ भन्ने प्रमाणित गर्न चाहन्छन् । यसका लागि निर्माताको अभाव भएकाले भूषण र आलोकले सिबीलाई आफूहरुलाई फिल्म निर्देशन गर्न दिन अप्रत्यक्षरुपमा प्रस्ताव राखेका छन् । तर सिबीले भने अहिलेसम्म ग्रिन सिग्नल दिइसकेका छैनन् ।

के धेरै सोचिरहनुभएको मिस्टर सिबी - अरु केही नभए पनि भूषणलाई त एउटा सिनेमा दिइहाल्नर्ुपर्छ नि । आखिर पब्लिसिटीका लागि पनि चिन्ता जो हुन्न । भूषण दाहालले निर्देशन गरेपछि फिल्म होस् कि म्युजिक भिडियो पब्लिसिटी र प्रमोसनको त चिन्तै हुने छैन ।

नायिकासँग यौनका कुरा

 

एउटा साप्ताहिक पत्रिकालाई विविध प्रश्नको जबाफ दिने क्रममा यसपालि पूजनाले अमर्ूत जबाफ दिएकी छन् । हुन त उनी आपैमा एउटा अमूत व्यक्तित्व हुन् । कहिले हट पोजमा छाउँछिन् त कहिले

तनाव महसुस गरेर ध्यान शिविरमा

मग्न हुन्छिन् ।

अमर्ूत स्वभावकी पूजनाले पत्रिकालाई जबाफ दिने क्रममा कुरो पनि अमर्ूत शैलीकै गरिदिइन् । सो पत्रिकामा पूजनालाई

सीधै सोधिएको थियो ँतपाईंलाई यौन अनुभव छ ।’ पूजनाले

यसमा नो कमेन्ट भनेर जबाफ नै नदिन पनि सक्थिन् तर अनौठो जबाफ दिएर जिल्लै पारिदिइन् । उनले जबाफमा भनिन् ँयस विषयमा बोल्दिनँ ।’

यसरी ँयस विषयमा बोल्दिनँ’ भन्नुको दुइ वटा अर्थ हुन्छ । एउटाको अर्थ हुन्छ ँछ तर भन्न मिल्दैन ।’ अर्कोको अर्थ हुन्छ ँबिहे नै नगरी पनि कहीँं यौनको अनुभव हुन्छ - के वाहियात कुरा गरेको -’ तर यी दुइ अर्थमध्ये कुनचाहिँ अर्थमा बुभ\mने हो पूजु -

अनुभव नभइदिएको भए छैन भन्न त समस्या नहुनुपर्ने हो, अनुभव भए मात्र हो, हो भनेर जबाफ दिन गाह्रो, कि होइन पूजु -

 

 

पहिला ताली पछि गाली

 

नेपाली चलचित्र क्षेत्रमा टिकिरहन अभिनय वा हामफाल्ने र उप्रिmने कला मात्र जानेर हुँदैन । राजनीतिज्ञको जस्तो बोल्ने र भाषण गर्ने कला पनि चाहिन्छ । राजनीति गर्न पनि उत्तिकै जान्नर्ुपर्छ ।

यस मामलामा निखिल उप्रेतीलाई कसले भेट्ने - अभिनय त उस्तै हो, भाषण गर्ने कलाले पनि निखिललाई नेपाली चलचित्र क्षेत्रमा टिकाउन मद्दत गरिरहेको छ । नेताहरुलाई जस्तो निखिललाई भाषण गर्नका लागि माइक्रोफोन नै चाहिँदैन । बिनामाइक्रोफोन पनि भाषण दिन निपर्ुण्ा छन् । उनको भाषण पनि लरतरो हुँदैन, घच्चीको हुन्छ । आफूभन्दा सिनियर हुन् वा जुनियर, समकालीन पनि किन नहुन् । जसका अगाडि पनि धूवाँधार भाषण गरेर सबैलाई मोहित पारिदिने खास कलाका धनी छन् निखिल ।

ँहामीले मिलेर काम गर्नुपर्छ, आप\mनो स्तर कायम गर्नुपर्छ, समयमै काम गरिदिनर्ुपर्छ, अरु जे गरे पनि हामी अनुशासित हुनर्ुपर्छ, हामी भनेको एउटै घरको परिवारका सदस्य हौं, हामी एक भए कसैले केही गर्न सक्दैन ।’

केही अगाडि राजधानीमा सम्पन्न फिल्म अवार्ड समारोहमा पनि निखिलले यस्तै धूवँधार भाषण गरे, तालीको गडगडाहट पाए । तालीले सोल्टी होटलको हल नै थर्कियो । तर ताली रोकिन पाएको थिएन, गाइगर्ुइं भयो ँबोलीजस्तै व्यवहार पनि भए पो । यी सबै कुरा आफूमा लागू गरे त गजबै हुन्थ्यो नि ।’

सिद्धान्त र दर्शनका कुरा गरेर स्वामी बन्नुभयो निखिलानन्द निखिलेश्वर स्वामीज्यू, तर ताली बजाउनेहरुले नै व्यक्त गरेको प्रतिक्रिमा पनि ध्यान पुर्‍याउने हो कि ?

 

भुवन केसीको आइडिया अपरम्पार छ । उनको जत्तिको आइडिया भएको मानिस यो चलचित्र क्षेत्रमै कोही छैन ।

यस्तै गजबका आइडिया लगाएर उनले यसपालि म तिमीबिना मरिहाल्छु नाम गरेको चलचित्र बनाए र त्यसलाई आइडिया निकालेर नै हिट बनाई छाडे । भुवनका आइडिया पनि कस्ता कस्ता - उनले नेपाली सेनाको मन जितेर लाखौं खर्च गरे पनि नपाइने खालका सुटिङका लागि प्रपर्टर्ीीासिल गरे । चलचित्र बनाइसकेपछि एकाएक मुर्म्बई पुगेर आइडिया लगाएरै डिजिटल साउन्ड भरे । सबैतिर आइडियाले नै काम गरेको थियो । त्यसैले रिलिजका बेला आएर आइडिया झिक्न कन्जुस्याइँ गर्ने कुरै थिएन र गरेनन् पनि ।

आइडियाअनुसार उनले आप\mनो चलचित्रको प्रिमियर जय नेपाल हलमा गराए । प्रिमियरका बेला हलमा ताली त बज्नुपर्‍यो । तर जय नेपाल हलमा आएर ताली बजाउने कसले - यसमा पनि उनले अर्को आइडिया झिके ।

भुवनले आप\mनो स्टिकर पोस्टर टाँस्ने समूहलाई गएरै भेटे । अनि खुसुक्क भने ँहेर केटा हो पर्सि मेरो फिल्मको प्रिमियर छ, तिमीहरु १५-१६ जना भएर जय नेपालमा आउनु अनि जहाँ जहाँ मेरो सिन आउँछ हलै थर्किने गरी ताली बजाउनु । म यसबापत तिमीहरुलाई २-४ हजार रुपियाँ हेरिदिउँला ।’ पब्लिसिटी ब्वाइहरु पनि दंग परेर भुवनको कुरामा मन्जुर भए ।

पर्सिपल्ट प्रिमियरको दिन थियो । प्रिमियर शो शुरु हुने बेला भइसकेको थियो, तर अचानकको वषर्ातले भुवनलाई जताततै व्यवधान पुर्‍याइरहेको थियो । पाहुनाहरु मात्र होइन, प्रिमियरको लागि सानदार सुटमा आएका भुवनसमेत मुसा भिजेझैं भैसकेका थिए । उता ती पब्लिसिटी ब्वाइहरुको पनि समस्या त्यस्तै थियो । वषर्ाका कारण उनीहरु हलसम्म पुग्नै सकेनन् । वषर्ाकै कारण उनीहरु दुइ-चार जनाभन्दा बढी एकै ठाउँमा जुट्न पनि सकेनन् । के गर्ने के नगर्ने दोधारको अवस्था थियो । त्यसैले उनीहरुले भुवनलाई मोबाइलमा कल पनि गरे । तर हल्ला र भीडमा भुवनले आप\mनो कोटको खल्तीमा रहेको मोबाइलको रिङटोनको साउन्ड सुने पो । अन्ततः उनीहरुले हलमा पुगेर ताली पनि बजाउन सकेनन् । र पनि भुवन फाइँदैमा रहे । किनभने आखिर प्रिमियर शोमा किन बज्न पर्‍यो ताली - पब्लिक शोमा बजे भइहाल्यो नि । पब्लिक शोमा ताली बजेरै त आज उनको चलचित्र हिट हुन सकेको छ नि ।

तर यस्तो गजब गजबको आइडिया भुवनलाई कसरी आउँछ, अरुलाई किन आउँदैन - अनि आइडियाको खानीचाहिँ कहाँ छ हौ -

 

 

 
 [Kamana] [Sadhana] [Nepal Samacharpatra] [Contact Us]


  ? Copyright 2003-2008 newsofnepal
newsofnepal is the internet venture of Kamana Prakashan Samuha
No content available in newsofnepal may be reused in anyway without written permission.