|
कम बजेटमा चलचित्र बनाउने परिपाटीको विकास भएकाले पनि कपडामा बजेट नराखेको कारण आफूसँग भएको पुरानै कपडाबाट काम चलाउनुपरेकाले उनी हैरान बनेकी हुन् । त्यसमाथि ती सबै कपडा उनको गडफादर निर्माता नरेश पौड्यालले निर्माण गरेका चलचित्र धड्कनका बेला किनिदिएको खुलासा गर्न उनी चुकिनन् । उनले गडफादरको उपहारलाई सम्हालेर फारो गरिरहेकी छन् ।
अर्की नायिका ऋचा घिमिरेको कपडाको स्टकमा लामाभन्दा छोटा कपडा नै बढी हुन थालेका छन् । आठ वर्षगाडि नेपाली मोडलिङबाट सिने क्षेत्रमा फड्को मारेकी घिमिरेको कलेक्सनमा पहिलादेखि नै छोटा कपडाको चाङ लागेको हो । त्यसै गरी माग र समयअनुसार कपडा खरिद गर्ने उनको बानी छ । त्यसैले चलचित्र तथा मोडलिङबाट कमाइएको अधिकांश रकम उनी कपडामा नै खर्च गर्ने गर्छिन् । समयअनुरुपका ग्लर्ेमर्स कपडा प्रयोग गर्ने निक्कै चाहना राख्ने ऋचा जस्तै अर्की नायिकामा रेजिना उप्रेती पनि हुन् । तर रेजिनासँग ऋचाको जस्तो समयअनुसारको अपडेट फेसनेवल कपडा साथमा छैनन् । त्यस्ता कपडा उनी अक्सर भाडामा ल्याउने गर्छिन् । आफूसँग नभएपछि भाडामा भए पनि ल्याउनर्ुपर्ने आफ्नोजस्तै प्रायः नेपाली सिनेमा उद्योगका नायिकाको बाध्यता रहेको पनि उनले बताएकी छन् । चलचित्र विषको प्रमोसनल एडमा रेजिना र ऋचाबीच ग्लर्ेमर्स प्रतिस्पर्धा देखियो । त्यतिबेला दुवैले उक्त एडमा लगाएको कपडाको हालसम्म पनि चर्चा भैरहेको छ । फेसनको मामलामा अघिल्लो पुस्ताकी नायिका करिश्मा मानन्धर त आमनायिकाभन्दा पनि निक्कै अगाडि रहिन् । उनी कपडाका लागि नै अत्यधिक रकम खर्च गर्ने नायिकाको रुपमा चिनिँदै आएकी हुन् । कपडाकै कुरामा नायिका सञ्चिता लुइंटेल उत्तौलाभन्दा सोभर खाले कपडा नै मन पराउँछिन् । उनी आफू त्यस्तै साधारण खाले फेसन मन पराउने हुँदा आफूसँग कपडा स्टक रहेको बताउँछिन् । |
|
|
|
|
|
|