गोविन्द अनुभव

नेपालगन्जका गोविन्द शाहीलाई एउटै चलचित्रको मात्र अनुभव तर एउटै चलचित्रबाट १० चलचित्रबराबरको अनुभव बटुलेको महसुस भएको

शाही कहाँ छौ कहाँ नामक चलचित्रका निर्माता अनि नायक हुन् तर यो चलचित्र निर्माण गर्ने क्रममा उनले यति धेरै हन्डर खानुपर्यो कि १० वटा चलचित्र बनाएको भन्दा कम अनुभव भइरहेको छैन उनलाई सो चलचित्रको सुटिङ गर्न नेपालगन्ज जाने क्रममा शुरुमै उनको सुटिङ युनिटको माइक्रोबस बेल्खु पुलमा बल्ड्याङ खान पुग्दा ठूलो दर्ुघटना भयो उक्त दर्ुघटनामा त्यसका निर्देशक दयाराम दाहालको ढाडको करङ भाँच्चियो, खलनायक मुकुन्द थापा, छायांकार शम्भु सापकोटा, नायिका झरना थापालगायतका कलाकार प्राविधिकका साथमा गोविन्द आपै+m पनि नराम्ररी घाइते भए दर्ुघटना यति भयानक थियो कि कालबाट बचेकै मान्नर्ुपर्छ

नेपालगन्जमा ४४ ड्रि्रीको गर्मीमा काम गर्ने क्रममा त्यसलाई खप्न नसकी कुक दुइ दिनमै भागिदिए, स्पट ब्वाइहरु पनि टिक्न सकेनन् फेरि सम्पादनको क्रममा सो चलचित्रको फुटेज भएको कम्प्युटरको हार्डडिस्क नै उडिदियो यसरी एकपछि अर्को गरी कदम-कदममा ठक्कर खाइरहे गोविन्दले

केही नबुझी फिल्म लाइनमा आइयो, दुःख पाइयो तर जति दुःख पाए पनि अन्ततोगत्वा फिल्म राम्रो बनेको गोविन्द सन्तोषको सास फेर्छन् ँम तिमीबिना मरिहाल्छुजस्तो फिल्म बनाउने निर्देशक दयाराम दाहालको निर्देशन पाएको फिल्म राम्रो बनेको रिलिजअगाडि नै यही क्षेत्रका दिग्गजहरुबाट प्रशंसा पाएकाले फिल्मबाट आशावादी छु

कहाँ छौ कहाँ उनी आपैले लेखेको कथा हो ँचेलिबेटी बेचबिखनको विषयमा यो फिल्म गोविन्दको भनाइ ँचेलिबेटी बेचबिखन नेपालकै ठूलो समस्या हो तर यस विषयमा फिल्म बनाउन कसैको ध्यान पुगेको छैन, मैले यसैलाई विषय बनाएको छु फिल्मको हिरो बन्ने चाहना गोविन्दमा पहिलेदेखि नै थियो उनी अभिनय, नृत्य, द्वन्द्व सबै कला सिकेर मात्र नायकका रुपमा पदार्पण गर्न चाहन्थे, तर परशुराम चौधरीले निर्देशक दाहालसँग चिनाइदिएपछि एकाएक गोविन्दको स्त्रिmप्टमा उनले नै चलचित्र निर्माण गर्ने तय भयो शुरुमा उनी निर्माता मात्र रहने कुरा थियो, तर दयारामले ँजब तपार्इं नै एउटा राइजिङ स्टार हुन सक्नुहुन्छ भने किन बाहिरको कलाकार लिने भन्दै गोविन्दलाई एउटा रोल गर्न प्रस्ताव गरे अन्ततः दयारामको एक्सनमा उनले सो चलचित्रमा कलाकारका रुपमा राम्रो पर्फमेन्स देखाइदिए उनको सट लिइसकेपछि दयारामले तारिफ गरे ँतपाईंले एक्टिङ गर्न सक्नुहुन्छ जस्तो लागेको थिएन, तर सोचेको भन्दा गजब गरिदिनुभयो

गोविन्दको पनि ठम्याइ ँभित्री मनले चाहेर गर्दा नसकिने कुरा केही रहेनछ त्रिकोणात्मक प्रेम कथाको यस चलचित्रमा गोविन्द झरना थापाका साथ देखिनेछन् ँकलाकारका रुपमा मैले कस्तो काम गरेको छु, त्यो पछि दर्शकले भन्ने कुरा हो, तर समग्रमा फिल्मचाहिँ ब्लास्ट गोविन्द भन्छन् ँमिहिनेत गरेअनुसार फिल्म राम्रो बनेको

 
 [Kamana] [Sadhana] [Nepal Samacharpatra] [Contact Us]


  ? Copyright 2003-2008 newsofnepal
newsofnepal is the internet venture of Kamana Prakashan Samuha
No content available in newsofnepal may be reused in anyway without written permission.