|
पछिल्लो समयमा युवापुस्तामाझ लोकप्रिय बन्दै गएको छ पाश्चात्य शैलीको पप संगीत । पश्चिमेली संगीतमा थपिएको छ हिपहप र र्याप । पश्चिमाञ्चल क्षेत्र लोक संगीतको उर्वर भूमि नै हो । संगीतको इतिहास लामो छ । पछिल्लो समयमा ह्वात्तै लोकप्रिय बन्दै ओरालिएको संगीत लोक दोहोरी नै हो । नेपाल टेलिभिजनमा लोक दोहोरी गीतको कार्यक्रम सञ्चालन गरिएपछि सुषुप्त अवस्थामा रहेको लोक दोहोरी एकाएक आकाशिएको थियो । हरेक सांस्कृतिक कार्यक्रममा लोक दोहोरीले स्थान पाउँदा र्सवसाधारण पनि दोहोरीको पारखी बन्ने लहर नै चल्यो ।
पोखरामा सात वटा दोहोरी साँझ छन् । साँझमा युवापुस्ताले दोहोरी गीत प्रस्तुत गर्दै व्यावसायिकता प्रदान गर्न खोजेको आभास गर्न सकिन्छ । तर दोहोरीमा प्रयोग हुने फोहोरी शब्दले र्सवसाधारणलाई विरक्त बनाउँदा दोहोरीको अवस्था नाजुक बन्दै गएको हो । ँदोहोरीमा हुनुपर्ने स्वाद पछिल्ला पुस्ताको गीतमा पाइँदैन् ।’ पराजुली गुनासो गर्दै भन्छन्- ँशब्द संयोजन र संगीतले दोहोरीलाई वास्तविक लयमा ढाल्छ । पछिल्लो पुस्तामा यो पाइँदैन ।
दोहोरी साँझमा ग्राहक तान्नकै लागि गाइने उत्ताउलो पाराको गीतले दोहोरीको रौनकता घट्दै गएको गण्डकी अञ्चल लोक दोहोरी प्रतिष्ठानका अध्यक्ष तारापति सुवेदी स्वीकार्छन् । व्यावसायिक रुपमा भन्दा सोखको रुपमा दोहोरी गाउनाले पनि गुणस्तरीयतामा प्रश्न चिन्ह उब्जिएको छ । दोहोरीलाई संरक्षणभन्दा केवल मनोरन्जनको साधन बनाइँदा पुराना कलाकारहरुले दोहोरी गीतमा संर्घष्ा गर्नुपरेको तीतो यथार्थ पराजुलीसमक्ष छ । ँदोहोरी साँझ स्थापनाले कलाकार जन्मे पनि मिहिनेत र साधनाबिनाको कलाकारिताले व्यावसायिकता प्रदान गर्न सक्दैन्,’ -अध्यक्ष सुवेदी भन्छन् ।
दोहोरी गीत नेपाली संस्कृतिको एउटा महत्वपर्ूण्ा पाटो हो । १६ वर्षै अवधिमा ह्वात्तै आकाशिएर पलायन हुने स्थितिमा पुगेको दोहोरी गीतलाई संरक्षण र पुनर्ताजगी गराउन तालिम, गोष्ठी र सेमिनारको खाँचो छ । ँदोहोरीको संरक्षणसँगै क्वालिटी बढाउन नयाँ कलाकारलाई प्रशिक्षण दिनु जरुरी छ ।’ पराजुली भन्छन् - ँप्रशिक्षणले संगीत र शब्द चयन गर्न सक्ने क्षमताको विकास गर्छ । आप\mनै घरमा दोहोरी प्रतिष्ठान स्थापना गरी दोहोरीको शुरुआत गरेका पराजुलीले नेपाल लोक दोहोरी राष्ट्रिय प्रतिष्ठानले नयाँ कलाकारलाई प्रशिक्षण दिने सोच बनाएको सुनाउँछन् । नेपाल लोक दोहोरी प्रतिष्ठान २०५८ सालमा स्थापित भएको हो । केन्द्रीय कमिटी गठनपछि २०५९ मा कास्की जिल्लामा र २०६१ सालमा गण्डकी अञ्चल प्रतिष्ठान स्थापना भएको थियो । विभिन्न स्टेज कार्यक्रममा आयोजना गरिने लोक दोहोरी गीतमा प्रस्तुत गरिने शब्दले सबै दोहोरी गाउने कलाकारलाई साँघुरो घेराभित्र बाँधेको अनुभव हुन्छ । अश्लील शब्द प्रयोग गर्दै गीत गाइँदा सुन्ने र्सवसाधारणले कान थुन्नुपर्ने बाध्यतासमेत नेपाली समाजमा विद्यमान छ । र्सवसाधारणलाई उत्साहित बनाउने दोहोरीको फोहोरी शब्दले सांगीतिक क्षेत्रमै आँच पुर्याएको गुनासो अग्रज स्रष्टाहरुको छ । सुवेदी भन्छन् - ँपछिल्लो पुस्तामा दोहोरीको भाका चोरी गर्ने क्रम बढ्नाले पनि गुणस्तरीयता खस्कँदै गएको छ, पकेटमा पैसा भए क्यासेट निकालेर कलाकार बनिदिन्छन् ।’ रिमिक्स गीतले बिर्सरे स्रष्टालाई नेपाली संगीतिक फाँटमा रिमिक्सले निकै चर्चा कमाएको छ । हिजोआज पुरानो लोक तथा आधुनिक गीतहरु पप शैलीमा परिमार्जन गरी रिमिक्समा गाउने गरिएको छ । रिमिक्स चैतको हावाहुरीजस्तै छ । पुराना गीतलाई रिमिक्स भर्सनमा बजारमा ल्याउँदा एकाएक चर्चाको शिखरमा पुगेपछि पलायन हुने सम्भावना बढ्दै गएको छ । नेपाली मौलिक संस्कृतिमा आधारित गीतलाई टपक्कै टिपेर रिमिक्समा निकाल्दा त्यसको भाव फरक हुने गरेको गीतकारहरुको ठम्याइ छ । सकारात्मक चिजको नक्कल गर्नु फलदायी हुन्छ । दशकौंअघिका गीतलाई आधुनिक शैलीमा रिमिक्स गरी र्सवसाधारणसमक्ष प्रस्तुत गर्दा राम्रो चर्चा पाउने गरेको छ । रिमिक्स गीतले दिने क्षणिक चर्चाले पुराना स्रष्टालाई भने बिर्सिने गरिएको छ । आफूलाई मन पर्ने गीतलाई रिमिक्स गरेर हिजोआज श्रोतासमक्ष ल्याउँदै चर्चामा आउन खोज्ने गायकहरुको समेत नेपाली संगीत क्षेत्रमा कमी छैन । पोखरेली जनकविकेशरी धर्मराज थापाको गीत ँहरियो डाँडामाथि हलो जोत्ने साथीलाई युवापुस्ताका गायक रामचन्द्र काफ्लेले रिमिक्समा गाइदिएका छन् । ँवनमा फुल्यो फूल’, रेखा शाहको सिमसिमे पानीमा, ँमाछी मारन दाइ हो, झलझली आँखामा, ँमै छोरी सुन्दरी’लगायतका गीतहरु रिमिक्स भर्सनमा आएका चर्चित गीतहरु हुन् । ती गीतलाई युवापुस्ताले मन पराए पनि वास्तविक स्रष्टा को हुन् भन्ने यकीन छैन । यस्तो प्रवृत्तिलाई अग्रज संगीत स्रष्टा कसैले पनि निको मानेका छैनन् । - धन बस्नेत/पोखरा |
|
|
|
|
|
|