237 अंकमा
c जुर्‍यो जोडी धुर्मुस र सुन्तुक
c टच्ची मैन
c सिरियलजस्तै सिरुको जीवन
c रोक्जेट
c चित्र तस्वीरको समायोजन
c

हरायो दोहोरीको मौलिकत

c

गोविन्दको अनुभव

c

संकटमा संस्कृति

c क्वालिटले चिनायो ब्यान्डलाई
c एड्स भगाउन र्सट सिनेम
c िट्स अफ द मन्थ
c हुईयाँ
 

 

चित्र तस्वीरको समायोजन 

भनिन्छ एउटा फोटोमा एक हजार शब्दले भन्न नसकेका कुरा अटाएको हुन्छ कुशल फोटो पत्रकारले खिचेको तस्वीरमा यो कुरा सत्य भएको पुष्टि हुन्छ यस्तै चित्रमा पनि धेरै शब्दले व्यक्त गर्न नसकिने भावहरु अटाउन सकिन्छ क्यानभास सानै किन नहोस्, त्यसमा कुँदिएका रंग रेखाहरु सीमित किन नहोस्, संयोजन उत्तम भए विचित्र अर्थ दिन सक्छ

फोटो चित्रका आफ्नो ठाउँमा छुट्टै विशेषता महत्व रहेका छन् सिर्जनामा ती दुइ विशिष्ट विधाको एकीकरण भएमा त्यसले दिने अर्थ कस्तो होला - यस्तो कल्पना र्सजकको मनमा उत्पन्न हुन सक्छ तर अहिले त्यो कल्पनाले साकार रुप नै लिएको

नेपाल आर्ट काउन्सिलमा गत कात्तिक २४ देखि मंसिर १२ सम्म पर््रदर्शनीमा राखिएका तस्वीर चित्रले सिर्जनामा नयाँ प्रयोग गरेको थियो भने अर्थमा विशिष्टीकरण भएको देखिन्थ्यो ँमुक्ति यात्रा शर्ीष्ाक दिइएको पर््रदर्शनीमा वरिष्ठ कलाकार किरण मानन्धरको कुची फोटो पत्रकार दीपेन्द्र बज्राचार्यको क्यामराको कमाल देख्न सकिन्थ्यो नेपालको सर्न्दर्भमा पहिलोचोटि गरिएको यस किसिमको प्रयोग धेरै किसिमले ऐतिहासिक रहेको विश्लेषकहरुको टिप्पणी

एक दिनको अवधिमा धरहराबाट सम्भवतः विश्वकै सबैभन्दा लामो पेन्टिङ गरेर प्राप्त भएको चर्चा सेलाउन नपाउँदै किरण यो अर्काे नयाँ प्रयोगमा जुटेका हुन् लोकतान्त्रिक आन्दोलनमा आफ्ना सिर्जनासामग्रीसहित सडकमा उत्रिएका किरणको मनमा त्यो कालखण्डलाई कसरी क्यानभासमा जीवन्तता दिने भन्ने तर्कना खेलिरहन्थ्यो त्यसै क्रममा उनले दीपेन्द्रले खिचेका जनआन्दोलन त्यस वरपरका तस्वीरहरु हेरे त्यसपछि उनमा तस्वीर चित्रको एकीकरण गर्ने सोच आएको हो

कवि साहित्यकारहरुसँग धेरै काम गरियो चित्रमा कविता तथा कवितामा चित्रजस्ता प्रयोग हामीले धेरै गर्यौं योभन्दा फरक विधासँग काम गर्ने सोचाइमा थिएँ’ - किरण भन्छन्- ँदीपेन्द्रका फोटोहरुबाट पहिल्यैदेखि प्रभावित थिएँ, त्यसैले उनीसँग आफूलाई फोटोहरु उपलब्ध गराउन आग्रह गरें

किरणको आग्रहलाई दीपेन्द्रले सहजरुपमा लिन सकेनन् उनले सोचे- ती फोटोहरु आफैंमा पर्ूण्ा छन्, फेरि त्यसलाई च्यात्नु, काट्नु, टुक्र्याउनु रंग थप्नुको के अर्थ हुन्छ -

यस्तै सोचेर उनले पहिले तस्वीर दिन आनाकानी गरे, किरणले आफ्नो उद्देश्यबारे बुझाउँदै गए दीपेन्द्रले अनकनाउँदै पहिले दुइ वटा फोटो दिए केही दिनपछि किरणको स्टुडियो पुग्दा आफ्ना तस्वीर टुक्रिएर सुतली रंगहरुबाट जोडिँदा झन् सुन्दर प्रभावपर्ूण्ा भएको पाए त्यसपछि मात्र दीपेन्द्रमा उत्साह जाग्यो उनी आफ्ना अन्य तस्वीर दिन राजी भए

ँकिरण दाइले मेरोअगाडि कहिल्यै फोटो च्यात्नुभएन दीपेन्द्र भन्छन्- ँशायद र्सजकको चित्त दुख्ला भनेर त्यसो गर्नुभएको होला

एक दिन दीपेन्द्रले किरणसँग जिद्दी गरे- आफ्नो फोटो च्यातेको तस्वीर खिच्न चाहन्छु ँकिरण दाइले फोटो उल्टोबाट च्यात्नुभयो त्यसका सबै टुक्रा क्यानभासमा जोडेर चित्र बनाउनुभयो दीपेन्द्र भन्छन्- ँयो घटना मेरो फोटोग्राफी जीवनमा अमूल्य क्षणको रुपमा रहनेछ

आरोहण गुरुकुलले अन्तर्रर्ााट्रय नाटक महोत्सवको सर्न्दर्भ पारेर पर््रदर्शनी आयोजना गरेको यस खालका अत्याधुनिक चित्रको उद्देश्य मुलुकमा मेलमिलापको सन्देश दिनुभएको किरण बताउँछन् जसरी हामी फोटो पत्रकार चित्रकार एकाकार भएका छौं, फरक धारका पार्टर्ीी व्यक्तिहरु पनि यसै गरी एकाकार भएर गणतन्त्र संस्थागत गर्न मुलुकमा शान्ति समृद्धि हासिल गर्न जुट्नर्ुपर्छ’ - किरण भन्छन्

प्रदर्शित २५ वटा तस्वीर चित्रमा जनआन्दोलन मात्र नभई गरिबी, अशिक्षा पछौटेपन पनि पाउन सकिन्छ यी सबैबाट मुक्ति पाई नयाँ नेपाल निर्माणका लागि सबैले हातेमालो गर्नै पर्ने भावभूमि सबै चित्रले बोकेको स्पष्टै देख्न सकिन्छ

                       - व्याकुल पाठक

 
 [Kamana] [Sadhana] [Nepal Samacharpatra] [Contact Us]


  ? Copyright 2003-2008 newsofnepal
newsofnepal is the internet venture of Kamana Prakashan Samuha
No content available in newsofnepal may be reused in anyway without written permission.