नचल्ने चिजको ग्यारेन्टी लिन त सकिँदैन नि - यो कथन हो राष्ट्रिय चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार र्राईको । उपत्यकामा चलचित्र चल्दा बेलाबेलामा क्यु सिस्टमका आधारमा लागेको पाइन्छ भने कहिले जसको शक्ति उसको भक्ति भएको पाइन्छ । चलचित्र राजनीतिको अग्रपंतिमा रहेका निर्माता र केही गुण्डागर्दी क्षमता भएका निर्माता वितरकका चलचित्र सजिलै चलेको सबैले स्वीकारे पनि गुण्डागर्दी गर्ने निर्माताको नाम कसैले लिन चाहेनन् । निर्माता संघका अध्यक्ष अशोक शर्माले भने माओवादीका चलचित्र लाल सलाम र जनयुद्ध अरुको पालो मिचेर जबर्जस्ती चलाइए ।
नेपाली कला-संस्कृतिमा आधारित चलचित्र, भाषाभाषीका चलचित्र र राष्ट्रियता बोकेको चलचित्रलाई भने विशेष प्राथमिकता दिइने कुरा र्राई बताउँछन् । यस विषयमा हल मालिकहरु आबद्ध चलचित्र संघका नकिम उद्दिन भन्छन् - नयाँटिमको भएपनि राम्रो चलचित्र छ भन्ने प्रभाव पार्न सक्यो भने त्यसले त माग सिर्जना गरिहाल्छ नि । अहिले भुवन केसीको चलचित्र चलाउन सबैले हानथाप गरे । पहिल्यै हेरेर हो र - यसको प्रतिवाद गर्दै चलचित्र निशानाका निर्देशक सुरेश दर्पण पोख्रेल भन्छन् - नयाँका लागि उति सजिलो छैन । मेरो चलचित्रले निश्चय नै माग सिर्जना गरेको छ । यसअनुरुप विश्व ज्योतिका मोहन सराफ, गंगाहलका मदनमान ब्रजाचार्य अनि निर्माता संघका राजकुमार र्राईले अब मि.डनपछि लाग्ने बताएका छन् । तर विभिन्न कोणबाट चलचित्र शहीद, कहाँ भेटिएला, इन्साफ र चलचित्र दोस्ती अगाडि चलाउन प्रेसर आइरहेको हलवालाले बताएका छन् । त्यसैले यहाँ राजनीतिक हस्तक्षेप र दादागिरीको अन्त्य भएको छैन ।
निर्माता संघका अध्यक्ष अशोक शर्माका अनुसार खासै चलचित्र थन्किएर बसेका छैनन् । ०५९ सालमा सेन्सर पास भएको मुनामदन र ०६१ सालको चलचित्र इन्द्रावती अहिलेसम्म उपत्यकामा चलेका छैनन् । यी नचल्नुमा उनीहरुकै कारण छन् तर ६३ मा सेन्सर पास भएका केही चलचित्र बाँकी नै छन् । त्यसैले हामीले कात्तिक १० गतेसम्म सेन्सर पास गरेका चलचित्र आफंै खुलारुपले चलाउन नसकेको खण्डमा आरक्षणका लागि निवेदन दिन सूचना जारी गरेका छौं र निवेदन दिने चलचित्रलाई हामी क्रमशः चलाउँछांै तर कात्तिक १० गतेपछिका चलचित्रलाई भने सेन्सरका आधारमा चलाउँदैनांै । अब खुला प्रतिस्पर्धामा जसको माग हुन्छ उसैको चलचित्र चल्छ । अशोक थप्छन् - दमदार चलचित्र चल्छ अरु चलचित्र खेर जान्छ । दमदार चलचित्रका बारेमा शर्मा स्पस्ट पार्दै भन्छन् -निर्माण भएदेखि नचलेसम्म चलचित्रको कथा, विषयवस्तु र पूरै चलचित्रको विभिन्न समूहले अध्ययन गर्ने मौका पाउँछ । त्यसैबाट चलचित्र राम्रो वा नराम्रो र के कति दम छ भन्ने थाहा भइहाल्छ नि । काठमाडौंमा वर्षा बढीमा १५ ओटा चलचित्र लाग्छ तर वर्षा कम्तीमा पनि २५ ओटा चलचित्र बन्छ अनि काठमाडौंमा हुने चलचित्रको जामलाई रोक्न सकिँदैन । अब स्वतन्त्र व्यापार हुन्छ तर हामी कसैलाई पनि अन्याय हुन दिँदैनौं । खुला बजारका कारण मानिस प्रतिस्पर्धामा उत्रिनका लागि तयार भएर मात्रै आउँछन् । दौडमा जित्न त दौड शुरु गर्नुअघि नै तयारी गरिन्छ नि । अहिले हल पनि भटाभट सुधार हुन लागेका छन् र धेरै वटा चलचित्र हलमा डिजिटल प्रविधि पनि जडान हुन लागेको छ । त्यस कारण खुला बजारले चलचित्रको गुणस्तर वृद्धि गर्ने निश्चित छ । इन्डियामा पनि विभिन्न ग्रेडका चलचित्र बन्छन् र त्यही ग्रेडका हलमा लाग्छन् । नेपालमा पनि बिस्तारै त्यही अवस्था आउनर्ुपर्छ । गुण्डागर्दी र राजनीतिक प्रभाव विगतमा रह्यो तर अब यो क्षेत्रलाई त्यसबाट मुक्त पार्ने प्रयासमा हामी लागेका छौं । कला क्षेत्रको हितका लागि संर्घष्ारत संस्था अखिल नेपाल चलचित्र संघका महासचिव लक्ष्मण शेष चलचित्र क्षेत्रको भलाइका लागि आफ्नो संस्था लगातार लडिरहेको बताउँछन् । पहिलो त नेपालमा हिन्दी र अंगे्रजी चलचित्र सेन्सर नगरीकन लाग्छन्, जसको कारण अश्लील गाली दिइएका शब्द २४ चोटि दोहोरिएको चलचित्र ओमकारा पनि हलमा लाग्यो । हामी यस्ता कार्यका विरुद्धमा आवाज उठाइरहेका छांै । त्यस्तै नेपाली चलचित्र उपत्यकामा प्रदर्शन गर्ने क्रममा पनि सीमित गुण्डागर्दी गर्ने र पहुँच भएका व्यक्तिका चलचित्र मात्रै लागे गरिब निमुखा निर्माताले बनाएका चलचित्र चलेनन् । त्यसैले हामीले यी कुरीतिविरुद्ध आवाज उठाइरहेका छौं र केही समय उपत्यकामा क्यु सिस्टम लगाई थन्किएर बसेका धेरै चलचित्रलाई प्रदर्शन गर्ने मौका दिलायौं । नेपालको सेन्सर प्रणालीका बारेमा लक्ष्मण गुनासो गर्छन् । भारतमा नेपाली चलचित्र लगाउनुपर्यो भने पूरै स्त्रिmप्ट दिनर्ुपर्छ अनि कुनै सिन काट्यो भने त्यो नेगेटिभ त्यहीँ बुझाउनर्ुपर्छ तर नेपालमा अश्लील हिन्दी चलचित्र पनि लाग्छ । अहिले हामीले कडीकडाउका साथ हिन्दी चलचित्रको सेन्सर गरेर मात्रै नेपालमा रिलिज गर्न सेन्सर बोर्डलाई बाध्य बनाएका छांै । कसैको स्वार्थका लागि यसरी अश्लील चलचित्र चलाइनुभनेको सीमित माफियाहरुको स्वार्थको लागि सेन्सरले कानुन मिच्नु हो । चलचित्रमा हुने गुण्डागर्दीको पहिचानको विषयमा प्रश्न गर्दा लक्ष्मण भन्छन्- ँनेपाली चलचित्रमा गुण्डागर्दी गर्ने र माफियाहरु प्रशस्त छन्, तिनलाई सबैले चिनिरहेका छन् तर नामै लिनुचाहिँ उपयुक्त हुँदैन ।’ उपत्यकामा खुला चलचित्र प्रदर्शर्नलाई र्समर्थन गर्दै जय नेपाल र कुमारी चलचित्रका सञ्चालक नकिम उद्दिन भन्छन्- ँबगिरहेको खोलामा उल्टोतिरबाट पौडिन खोजेमा त्यसले बगाउने निश्चित छ । त्यसैले चलचित्रको विश्व बजार जुन हिसाबले चलेको छ त्यसको विपरीत तरिकाले हामी चल्न सक्दैनौं । बजारमा माग नहुने चलचित्र जबर्जस्ती चलाउन सम्भव हँँुदैन । बनेजति सबै चलचित्र उपत्यकामा ताजै लगाउन सकिने अवस्था छैन । फेरि हाम्रो हलको सर्न्दर्भमा कुरा गर्दा हाम्रा दर्शकले सामान्य नेपाली चलचित्र हर्ेर्नै मान्दैनन् । सानो संसार, कागबेनीजस्ता चलचित्र मात्रै मन पराउँछन् । भुवन केसीको चलचित्र पनि सानो चंै हलमा लगायौं तर यसले घाटै भने खाएन, जुन चलचित्र पनि क्युमा राखेर जबर्जस्ती चलाउन खोज्ने हो भने नेपाली चलचित्रको कहिल्यै पनि विकास हुन सक्दैन ।’ सुदूर पश्चिममा रहेको जोशी टकिजका आनन्द जोशीका अनुसार पश्चिममा चलचित्र चलाउन उपत्यकामा जस्तो हानथाप छैन तर द्वन्द्वकालमा हलमा भएको विस्फोटनका कारण अहिलेसम्म पनि नाइटसो भने चल्न सकेको छैन । यद्यपि राम्रो ब्यानरको चर्चित चलचित्रले मात्र राम्रो व्यापार गर्ने र सकेसम्म यस्तै चलचित्र चलाउन प्रयास गर्ने जोशी बताउँछन् । पोखरास्थित कल्पना सिनेमा हलका मालिक दीपेन्द्र गुरुङ पनि समयअनुसार चल्न कल्पना हललाई अत्याधुनिक र डिजिटल प्रविधियुक्त बनाउने काम भइरहेकोे भन्दै अब जस्तो चल्छ त्यस्तै चलचित्र मात्र खुला रुपले चलाउने योजना भएको बताउँछन् । लामो समयपछि को होला मेरो मायालु चलचित्र चलाउन सफल निर्माता पर्ूण्ा परियार भन्छन् - यहाँ सोझाले चलचित्र चलाउन सक्ने अवस्था छैन । अब म चाँडै अर्को चलचित्र बनाउँछु तर त्यो भन्दा अगाडि ग्याङ बनाउँछु, जसले प्रिन्ट आएको भोलिपल्ट चलचित्र लगाउन सक्छ । निर्माता निर्देशक शोभित बस्नेतका अनुसार यहाँ काम गर्न नसक्ने राजनीति गर्न तम्सिनेहरुले सबै बिगारेका छन् । उनी गुनासो गर्छन् - चलचित्र उद्योगभित्र हुने फोहोरी राजनीतिले लगातार चलचित्र बनाउने निर्मातालाई असजिलो भएको छ । - सरोज प्याकुरेल (Saroj_pyakurel@hotmail.com)
|
|
|
|
|
|
|